REPORTER SURAJ

REPORTER SURAJ

Share

सत्य खोज्ने र प्रसारण गर्ने अभियानमा

29/12/2025

कुर्सी दौड

28/12/2025

भानु माध्यमिक विद्यालयका विद्यार्थी बहिनीहरूको स्वागत नाच।

28/12/2025

भानु माध्यमिक विद्यालयमा शिक्षकहरूले प्रस्तुत गरेको देशभक्ति नाच।

05/09/2025

“छाउगोठ भत्काएर केही हुँदैन” भन्नेहरूका लागि अछामको उदाहरण महत्त्वपूर्ण छ। मेल्लेख गाउँपालिकामा छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको तथ्य बाहिर आएको छ। अछाम प्रहरीले जनाएको अनुसार करिब १ सय छाउगोठ भत्काउँदा ७ वटा गोठभित्र सर्प निस्किएको देखियो।

यसले स्पष्ट देखाउँछ—छाउगोठ केवल अन्धविश्वासको प्रतीक मात्र नभई जीवनका लागि खतर'नाक पनि हुन्छन्। त्यसैले भौतिक छाउगोठसँगै मनका छाउगोठ पनि भत्काउन जरुरी छ।🙏🙏🙏

Photos from REPORTER SURAJ's post 03/09/2025

३ दिनदेखि अवरुद्ध सडक अध्यक्ष दिपु कुवरको पहलमा खुल्दै

बागलुङ, भदौ १८ । लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक खण्ड अन्तर्गत देविस्थान–हर्पे क्षेत्र तीन दिनपछि सञ्चालनमा आउने प्रक्रिया सुरु भएको छ ।

गत १६ गतेको अविरल वर्षापछि सडकका विभिन्न स्थानमा ठूलो मात्रामा पहिरो खसेको थियो । सडक अवरुद्ध हुँदा आवतजावत पूर्णरुपमा ठप्प भएको थियो ।

निसीखोला–७ का वडा अध्यक्ष दिपु कुवरको पहलमा आजदेखि पहिरो पन्छाउने कार्य सुरु भएको र छिट्टै सडक सुचारु हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले लामो समयसम्म सडक बन्द हुँदा दैनिक यातायातमा समस्या भोग्नु परेको जनाएका छन् । सडक सञ्चालनमा आएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

स्रोत : Nisibhuji Highlightis

31/08/2025

दुःखद खबर 😔

गौमुखी गाउँपालिका–२ अर्खा बोंगाले भन्ने स्थानमा हिजो बेलुकी परेको चट्याङ् का कारण एक जनाको मृत्यु र अर्को एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा वाईचौर निवासी रतिमान राना (वितालु) रहनुभएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना।

स्मरण रहोस्, चट्याङ् पर्दा मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गर्नु खतरनाक हुन सक्छ।

स्रोत: केदार थापा मगर & हेमन्त थापा मगर


---

Photos from REPORTER SURAJ's post 20/08/2025

नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सोमपाल कामीको सानदार बलिङमा नेपालले आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गर्यो।

19/08/2025

पहिलो जित! 🇳🇵
नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा होबार्टलाई ६७ रनले पराजित गर्दै पहिलो जित हासिल गर्यो। नेपालले निर्धारित २० ओभरमा १८० रन बनायो भने होबार्ट १६.१ ओभरमा ११३ रनमै समेटियो। नेपाली टिमको शानदार ब्याटिङ र बलिङ प्रदर्शनले जीत सुनिश्चित गर्‍यो।

Photos from REPORTER SURAJ's post 08/08/2025

बडिगाड–१० निगलपानीमा केरा चोरीको घटना बढ्दै, स्थानीय त्रसित

बागलुङ – बडिगाड गाउँपालिका–१० निगलपानीमा पछिल्ला केही वर्षयता केरा चोरीको घटना बढ्दै गएको छ। स्वयम् मेरो आफ्नै बारीबाट मात्र पछिल्ला २–३ वर्षमा ३ वटा केरा बोट चोरी भइसकेका छन्।

अनुसन्धान गर्दा थाहा भएको अनुसार अघिल्ला वर्षहरूमा नमे बि.क., पदम बुढा, कामती थापा लगायत थुप्रै स्थानीयको बारीबाट समेत केरा चोरी भएको पुष्टि भएको छ।

केही दिनअघि पनि बुटाबाट अनुमति बिना केरा च्यातेर खाने घटना भएको थियो भने, आज राति मात्र मेरो घरको बारीमा रहेको केरा बोट काटेर लगिएको हो।

यस्ता चोरहरूको गतिविधिले गाउँमा असुरक्षा बढेको छ।
दोषी पहिचान गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण होस ।

आज केरा चोर्नेले भोलि अन्य बस्तु चोरी नगर्ला भन्न सकिन्न,

05/08/2025

: भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले धराली गाउँको बस्ती बगाउँदा ४ जनाको मृ'त्यु र ५० भन्दा बढी बे'पत्ता भएका छन्। हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा आएको आकस्मिक बाढीले यो विपत्ति निम्त्याएको हो।

Want your public figure to be the top-listed Public Figure in Baglung?
Click here to claim your Sponsored Listing.

Category

Address


Baglung