Jhapali samaj malta

Jhapali samaj malta

Share

Initiated to develop stable relationship, Jhapali Samaj is the community of Jhapali people living in

Photos from NRNA NCC MALTA's post 16/05/2026

सहयोगी हातहरुलाई हार्दिक धन्यवाद प्रकट गर्दछौ |
झापाली समाज माल्टा परिवार 🙏🏿

13/05/2026

हालै सम्पन्न थारू समाज माल्टाको अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्री विशाल चौधरीज्यू लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यहाँहरूको कार्यकाल समाजको हित, एकता तथा प्रगतिका लागि फलदायी र सफल रहोस् भन्ने कामना गर्दछौँ ।

धन्यवाद ।

झापाली समाज माल्टा परिवार

11/05/2026

:

झापाली समाज माल्टा (JSM) का युवा संयोजक तथा समाजसेवी व्यक्तित्व श्री डिकेस काफ्ले ज्युलाई जन्मदिनको हार्दिक शुभकामना। 🎂

उहाँलाई सु-स्वास्थ्य, दीर्घायु तथा जीवनमा निरन्तर सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

झापाली समाज माल्टा परिवार (JSM) तर्फबाट हार्दिक मंगलमय शुभकामना।

05/05/2026

:

झापाली समाज माल्टा (JSM) का अध्यक्ष समाजसेवी व्यक्तित्व श्री YEG RAJ RAUT ज्युलाई जन्मदिनको हार्दिक शुभकामना। 🎂

उहाँलाई सु-स्वास्थ्य, दीर्घायु तथा जीवनमा निरन्तर सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

झापाली समाज माल्टा परिवार (JSM) तर्फबाट हार्दिक मंगलमय शुभकामना।

30/04/2026

हार्दिक श्रदाञ्जली 🌸

29/04/2026

नेपाल, काभ्रेपलाञ्चोक जिल्ला (साबिक सौर्य–०९, वाल्टिङ) घर भई विगत ३ वर्षदेखि माल्टालाई कर्मथलो बनाउँदै आउनुभएका २८ वर्षीय रामकुमार सिजालीको हिजो गोजो टापुमा असमयमै भएको दुःखद निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ।

स्वर्गीय रामकुमार सिजालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। भगवानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।

झापाली समाज माल्टा परिवार |

29/04/2026

हार्दिक निमन्त्रणा !

किराँत समुदायको महान चाड “उभौली साकेला” (उधौली–उभौली) को शुभ अवसरमा, यलम्बर सम्बत ५०८६ को अवसरमा, देश तथा विदेशमा बसोबास गर्नु भएका सम्पूर्ण किराँती तथा गैरकिराँती नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। यस पर्वले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको कामना गर्दछ।

झापाली समाज माल्टा परिवार 🙏🏿

Photos from Jhapali samaj malta's post 25/04/2026

17 April 2026, Jhapali Samaj Malta प्रस्तुत Melina Rai Live — एक अविस्मरणीय साँझ। कार्यक्रममा उपस्थित भई साथ दिनुहुने सम्पूर्ण सबैलाई हार्दिक धन्यवाद 🙏

23/04/2026

सुचना .......... !

📢 सम्पूर्ण माल्टा तथा गोजोवासी नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा जानकारी 🙏🇳🇵

माल्टामा 28 April देखि 2 May सम्म घुम्ती राहदानी तथा कन्सुलर शिविर सञ्चालन हुँदैछ। जस–जसको पासपोर्ट म्याद सकिन लागेको छ, नजिकिँदै छ वा कसैलाई राहदानी तथा अन्य कागजात सम्बन्धी समस्या परेको छ भने, कृपया यो अवसरलाई उपयोग गर्नुहोस् र पछि अफ्ठ्यारोमा नपर्नु होला।

यस शिविरबाट राहदानी सेवा, जन्म/मृत्यु दर्ता, कागजात प्रमाणीकरण, वारेसनामा प्रमाणीकरण लगायतका सेवा उपलब्ध हुनेछन्।

स्थान (Venue) सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिनेछ। आवश्यक कागजातहरू समयमै तयार राख्न अनुरोध गरिन्छ।

👉 सबैलाई जानकारी गराइदिनु होला 🙏

धन्यवाद !

झापाली समाज माल्टा परिवार 🙏🏿

Want your public figure to be the top-listed Public Figure in Bugibba?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


St. Paul's Bay
Bugibba