LSU POLOK

LSU POLOK

Share

LOVISM BHAJAN KARAOKE

01/11/2025

गुरु हजुरले गर्नुभएको भविष्यवाणी पूरा हुँदै आएको छ र आउने दिनहरू मा के हुन्छ भनेर पनि भविष्यवाणी गर्नुभएको छ।

01/11/2025

"प्रेमबाट शान्ति"
𝐆𝐨𝐝𝐚𝐧𝐠𝐞𝐥 𝐛𝐚𝐧𝐢 𝟎𝟏 𝐍𝐨𝐯𝐞𝐦𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟓,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै गड्याञ्जल वाणी तर्फ प्रवेश गर्दछु।

"प्रेमबाट शान्ति"
प्रेमबाट शान्ति भन्नाले प्रेम मार्फत भित्री शान्ति उजागर गर्न लाई जनाउँदछ अर्थात प्रेमलाई शान्ति प्राप्त गर्ने माध्यमको रूपमा व्याख्या गर्दछ। केवल प्रेमले मात्रै घृणालाई हटाउन सक्छ। यस अवधारणाले शान्ति र भावनात्मक लचिलोपनको अवस्था सिर्जना गर्न प्रेम र शान्तिको अन्तरसम्बन्धलाई विशिष्टतामा राख्न सकिन्छ, चाहे त्यो अरूको लागि प्रेम मार्फत होस् वा आफ्नो लागि। शान्तिको स्रोत प्रेम हो यसले अरू प्रतिको प्रेम: दया, सम्मान र उदारता व्यक्त गर्नाले द्वन्द्वमा शान्तिपूर्ण समाधान निम्त्याउन सक्छ र अरू सँगको सम्बन्ध बलियो बनाउन सक्छ। साथै आफ्नो लागि प्रेम: यसमा आत्मा-हेरचाह समावेश हुन सक्छ र आफ्नो भावनात्मक कल्याणको रक्षा गर्न सीमाहरू निर्धारण गर्दछ। हाम्रो सेवा गर्ने भावनालाई अग्रसर गर्नु भनेको आत्मा-प्रेमको गहिरो कार्य हो जसले शान्ति ल्याउन सक्छ। प्रेम मार्फत शान्तिको खेती गर्ने अभ्यास ध्यान, प्रकृतिमा समय बिताउने वा अरुलाई सेवा दिने र अबोध प्राणीहरुको सेवा गर्ने गतिविधिहरूमा संलग्न हुने जस्ता अभ्यासहरू मार्फत प्राप्त गर्न सकिन्छ।

शान्तिको अनुभूति कुनै बाह्य परिस्थितिहरूमा निर्भर नभई शान्ति र खुशी आन्तरिक अनुभूतिहरुमा निर्भर रहन्छ। लचिलोपनले पनि बाह्य तनावको सामना गर्दा आन्तरिक शान्तिको लागि आधार बन्न सक्छ। शान्तिको मुल जरा अर्थात शान्तिको स्रोत प्रेम हो,यो “प्रेम” शब्द कुनै नयाँ होइन, प्रेम सम्बन्धी दर्शनहरु नआएका पनि होइन। तर प्रेमवाद दर्शनले प्रेमलाई “वाद” अर्थात् विचारधाराको रुपमा अगाडी सार्नु, प्रेम साधन नरही साध्य बनोस् र त्यो केवल आदर्शको रुपमा मात्रै नरहोस् तर जीवनमा अभिव्यक्त हुन सकोस् भन्ने प्रेमवाद दर्शनको मुख्य उदेश्य हो। यही भावभुमिमा टेकेर प्रेमवाद दर्शन संसारमा अगाडी लम्किरहेको वर्तमान परिपेक्षमा समुन्द्र मनथन हुँदा अमृत मात्रै होईन तर हलाहल बीस पनि निस्किए झै दर्शनले संसारलाई असल कुराहरु ग्रहण गराउदै हरेक धर्म संस्कार हुँदै ब्यक्तिमा हुने खराब अन्धविश्वास जस्तो कुरितीहरु लाई पनि औल्याउँने काम गर्दै आएको छ।

जसरी प्रकृतिमा भएका सबै कुराले दिन्छ त्यसरी नै मानव स्वभाव पनि निस्वार्थ रूपमा अरुलाई सेवा दिने हो। हामी तर्क गर्न सक्छौं कि क्रोध र आक्रामकता प्रबल हुन्छ, तर हाम्रो उदारताको कुनै सीमा हुँदैन। चाहे त्यो प्राकृतिक प्रकोप होस्, आतंकवादी हमला होस्, दुर्घटना होस्, हिंसा होस्, महामारी होस्, वा कुनै पनि अप्रिय घटना होस्, हामी संसारलाई मद्दत गर्न एउटै परिवारको रूपमा एकताबद्ध हुन्छौं,अपेक्षाहरू बाट स्वीकृतिमा परिवर्तन गरेर हामी एक-अर्कामा प्रेम बाड्छौ,अरुलाई क्षमा गरेर हामी करुणा दिन्छौं, आलोचना वा गफबाट प्रशंसामा परिवर्तन गरेर हामी प्रेम सम्मान दिन्छौं,जब हामी हाम्रो अन्तरक्रियामा शान्त रहन रोज्छौं तब हामी बाट शान्ति सिर्जना हुन्छ। यसलाई सिर्जना गरेर हाम्रो शान्तिको ऊर्जा अर्को व्यक्तिमा पुग्छ र उ भित्र पनि शान्ति आउँछ। त्यसैले यदि कोही रिसाएको छ भने हाम्रो शान्तिले उसलाई शान्त पार्छ। यदि कोही चिन्तित छ भने हाम्रो शान्तिले उसलाई सशक्त बनाउँछ।यी सबैको सुरुवात नै प्रेम हो। प्रेमले क्षमा,करुणा जस्ता भावहरु सृजना गरेर ब्यक्ति-ब्यक्ति हुँदै राष्ट्र अनि संसारमा प्रेमको उर्जा फैलाई संसारमा दिगो शान्ति स्थापित गर्न सकिन्छ।

वर्तमान युगको तिन मूल घटक धर्म, राजनीति र व्यापारले मानव चेतनालाई विवेकहीन तुल्याउँदै लगेको समयमा प्रेमले व्यक्ति र सामाजिक चेतनालाई अलिकति भए पनि तरङ्गित गर्न सक्यो भने त्यसले शान्ति स्थापनामा योगदान पुग्न सक्छ भन्ने दर्शनको मर्म रहेको छ। संविधान, कानून र जेलहरुले भन्दा प्रेमले व्यक्तिहरुलाई शान्तिको मार्गमा हिँडाउन सक्छ भन्ने मत प्रेमवाद दर्शनले राख्दछ।यही विश्वास, प्रयास र अवधारणाको भावभूमिमा प्रेमवाद उभिएको छ। स्मरण रहोस् प्रेमवाद ध्वंसका लागि होइन निर्माणको लागि आएको दर्शन हो।
जय प्रेम !
With love and blessings
Guruhajur

30/10/2025

JAI PREM ❤

Photos from LSU POLOK's post 29/09/2025

JAI PREM EVERYONE ❣️

Sara prithvi ma vaya ko pasu prani hru ko kalyan ko lagi hamro dharati ko lagi aja 29/09/2025 somwar ko din sampurna (POLOK) sakha ka yatri hru dwara (PHUL PATI) puja sampana garaw🌺🙏❣️😇

29/09/2025

❣️❣️

𝗛𝗮𝗽𝗽𝘆 𝗱𝗮𝘀𝗵𝗮𝗶𝗻 𝟮𝟬𝟴𝟮!

प्रिय आमाबाबा नानुहरु आज फुलपाती अनि महान् चाड बडा दशैंको शुरुवातको दिनमा स्वस्थ र दिर्घायुको कामनाका साथ हजुर सबैमा मँगलमय शुभकामना ब्यक्त गर्दछु ।
Happy Dashai ! 2082 !
***
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु‍ते।।
Once again,
Happy Dashai ! 2082 !
________________________________________
यसै विसेस्का साथ अबोध प्राणीहरुको भावना ईँगित् एक सानो लेख
समर्पण गर्दछु :-
________________________________________
कसैको लागि दशैं कसैको लागि दशा ?
*
कोहि आनन्दको रमझम्मा नाचिरहँदा
टाढाटाढाबाट आएर
आफन्तजन्बीचमा उल्लासका साथ भेटघाट भइरहन्दा
म भने
म बाट खोसेर
मेरो आमाको घाँटी रेटीएको शोकमा डुबेको छु ।
मेरो प्राण प्रिय आमालाई खोसेर मारीएको शोकमा
सहनै नसक्ने गरि पिंडाको दहमा डुबेको छु ।
शायद मेरो भाग्य यस्तो हो कि ?
मान्छेहरुको कु्रर्ता हो ?
म भन्दा बलियोहरुले म - बिचरा - निर्धालाई
माया गर्नुको सट्टा टुहुरा बनाएको शोकमा डुबेको छु ।
म मर्नु न बाँच्नु भएको छु । हे नाथ !
आमाको सट्टामा मेरो प्राण लिइएको भए हुन्थ्यो नि !
हाय ! मेरो जीवन् !
म निस्पट्टै अन्धकारको हाहाकारमा डुबेको छु ।
हाय !
*
अरुहरु खित्का छोडेर हाँसिरहँदा
म रुईरहेको कस्ले सुन्ने ?
अरुहरु खुशी बाँडिरहँदा
मेरो निसाहाय–दुःखी–अनुहार आँशुले पोतिएको कस्ले हेर्ने ?
अरुहरु मासुको स्वाद लिइरहन्दा
त्यो मेरो आमाको ज्यान हो भनि कस्ले बुझ्ने ?
अरुहरु खुशीका साथ नया र न्यानो बेडमा पल्टिरहन्दा
मेरो न्यानो आमाको कोख, सदा–सदालाई, खोसिएको कस्ले देख्ने ?
अनि,
आमाबाबाले आफ्नो छोराछोरीहरुलाई कति माया दिइरहेको देख्दा
मलाई प्रश्न उठ्छ :
आफ्नै ठानेर पालेको मेरो आफ्नै मालिकले
मलाई किन मार्छ ?
मलाई किन बेच्छ ?
म बाट स्वाद वा पैसा लिएर आफ्नो छोराछोरीहरुलाई खुशी तुल्याउनु पर्ने ?
आफ्नो छोराछोरी माझमा के : वहाँहरु जस्तै म पनि एक थिइन र ?
मेरो चाँहि खुशी खुशी हैन ?
मेरो चाँहि आँशु आँशु हैन ?
हे नाथ !
म यहिँ वीस गर्दैछु कि
म बाट मेरो आमालाई सदाको लागि खोसिनुको सट्टा मलाई मारीएको भए !
हे भगवान् !
अर्थात मेरो आमालाई दया गरि नमार्दिएको भए !
*
साच्चैनै मेरो आमालाई नमार्दिनुभएको भए
म सदा झैं मेरी आमाको न्यानो काखमा सुत्न पाउँथे
मेरो आमाको हिमाल जस्तो प्यारो अग्लो ढाँडमा चढेर पर सम्म हेर्दै खेल्न पाउँथे
मेरो आमाले खान लागेको घाँसलाई म चोरेर खाइदिएर आमालाई खुशी तुल्याउँथे
मेरो आमाको बुबु स्रवण गर्न पाउँथे ।
जसरी
मालिकका बच्चाहरुले आफ्नो आमाबाबा बाट माया पाइरहेकाछन्
मलाई त कस्ले माया दिने ?
मलाई माया दिने मेरी आमाको घाँटि रेटीएको छ
मलाई न्यानो काख दिने मेरी आमाको मुटु निकालिएको छ
मलाई शितल्ताको छाहारी दिने मेरी आमाको शरीरलाई भट्भट् उम्लिने तेलमा खारिएको छ
अब मेरो खुशी काहाँ छ ?
सिद्धियो ......!!!
म निर्धा निशाहाय टुहुरा
यो मेरो भाग्याको दोष हो ?
कि
मेरो मालिक कहलिएका मान्छेहरुको क्रुरर्ता हो ?
मलाई थाहा छैन !
तर यति थाहा छ
मेरो आमाको गुमाईले मेरो सारा संसार गुमेको छ
सारा आकाशले थिचेको छ
हाय !
मेरो आमाको सट्टामा मलाई नै मारीएको भए ।
________________________________
________________________________
Note :
यो लेख धर्म बिशेष हैन तर प्राणीहरुको ईगिँत आवाज हो !
कुनै पनि धर्मको नाममा बली हुनु वा प्राणीको हत्या हुनु
कदाचित धर्म हुन सक्दैन ।
"मेरो धर्म नै सर्बधर्म हो
अत : सारा धर्महरु
निर्बल र आवाजबिहिन् प्राणीमाथि दया राख्ने बनोस्
तर हिँसा र हत्या गर्ने हैन
यहिँ बिन्ति र ध्यायका साथ सदा अघि बढिरहने म सर्बधर्मको एक बटुवा हुँ ।"

प्राणीहरुको दुःखलाई आफ्नै दुःख सम्झिने मान्छे बनौं
वहाँहरुको ज्यानमा रमाउने राक्षसी स्वाभावको मान्छे हैन तर ज्यान बचाउने करुणादत्त प्रेमीलो बन्न सकौं !
5.
अनि गहिराइबाट यो बुझ्ने बनौ कि :
वहाँहरुलाई पनि आफ्नो बच्चा वा आमा खोसिदिंदा हामीलाई झैं पिंडा हुन्छ
वहाँहरुको पनि आँशु हुन्छ,
वहाँहरुलाई पनि आफ्नो ज्यानको माया लाग्छ
वहाँहरुलाई पनि खुशी मन पर्छ,
वहाँहरुलाई पनि बाँच्न मन् पर्छ ।
*** *** ***
सबै धर्मलाई हत्या मुक्त बनाउ
भन्ने आग्रह नै
मेरो सबैभन्दा ठुलो धार्मिक आग्रह हो ।
Jai prem
With love and blessings
Guru Hajur

29/09/2025

JAI PREM❣️❣️

21/09/2025

"करुणा भाव कुनै विश्वविद्यालयमा सिकाइँदैन, यो त आफैंभित्र हुन्छ।"
Master Godangel

Photos from LSU POLOK's post 18/09/2025

"ENVIRONMENTAL CLEANESS BEGANS WITH EACH INDIVIDUAL DESIRE TO BE CLEAN"

JAI PREM
TODAY DATE:18/09/2025 We lovism youths and LSU (LOVISM STUDENTS GROUP) of polok block observed cleanliness drive at our surrounding

16/09/2025

Parents often make sacrifices that go unnoticed. It’s essential for children to understand the depth of parental love, which can sometimes be masked by the struggles of daily life. True appreciation comes from recognizing the efforts and sacrifices made for u

30/08/2025

"यदि सामान्य मानिसहरूले पनि असाधारण सफलता प्राप्त गर्न सक्छन् भने, हामी किन नसकौं? यसको आधार हाम्रो सोच र दृष्टिकोण हो—सधैं ऊर्जावान, सकारात्मक र अडिग रहौं! दृढ संकल्प र गतिशील मानसिकतासहित हामी हरेक बाधा पार गर्नेछौं र आफ्ना सपनाहरूलाई यथार्थमा रूपान्तरण गर्नेछौं, जस्तै हाम्रा मार्गदर्शकहरूले गरेका थिए । सफलता हाम्रो हातमै छ—आफ्नो सम्पूर्ण क्षमता उजागर गरौं र अझै जोशसहित अघि बढौं, आफ्ना सपनाहरूलाई यथार्थ बनाउँदै !"

22/08/2025

AWTAI FULAA KAFEE HUNXA
LOVISM BHAJAN BY SHRADHA RAI AND ESHAN RAI JAI PREM 🙏

Want your business to be the top-listed Media Company in Namchi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Singhithang, Namchi
Namchi
737126