Kalimpong Diary
Local news of hills
अलग राज्यको माग राष्ट्रिय चिनारी सङ्कट भनेर हैनहाम्रो अस्तित्व सङ्कट भनेर माग्नुपर्ने भएको छ:बिक्रमआदि राई
गोर्खाल्याण्ड नौलो संघर्ष समितिले जीटीए सम्झौताको विरोधमा पैदल यात्रा गर्ने:बिक्रमआदि राई
कालेबुङको माडवाडी भवनमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको आयोजनामा ‘गोर्खा मिलन पर्व’कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य,'नौलो संघर्ष’को अवधारणा,आगामी योजना तथा युवाहरूको भूमिकाबारे बिक्रमआदि राईले पत्रकार सम्मेलन गर्दै यसो भनेका छन।
11/09/2026
मन्सोङमा १२५ वर्षको उत्सवसँगै भव्य ७-साइड फुटबल, विजेतालाई ₹१.५० लाख
सिन्कोना बगान मन्सोङले आफ्नो १२५ वर्षे ऐतिहासिक यात्रा पूरा गरेको गरिमामय अवसरमा मन्सोङ खेल मैदानमा भव्य 7-साइड ओपन नकआउट फुटबल प्रतियोगिता 2026 आयोजना गर्ने भएको छ। मन्सोङ १२५औँ अर्धशतवार्षिक जयन्ती समारोह समितिको आयोजनामा प्रतियोगिता २० सेप्टेम्बरदेखि सुरु हुनेछ।
प्रतियोगिताको विजेता टोलीले ₹१ लाख ५० हजार तथा उपविजेता टोलीले ₹१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। आकर्षक पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताले विभिन्न क्षेत्रका फुटबल टोली तथा खेलप्रेमीको ध्यान तानेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले १५ सेप्टेम्बरभित्र नाम दर्ता गराइसक्नुपर्नेछ।
टोली दर्ताका लागि सम्पर्क :
📞 सुबम घिसिङ – 7029020160
📞 अन्कित गुरुङ – 9832391145
📞 सिसिर गुरुङ – 9332335726
📞 उत्सभ प्रधान – 6295520729
फाइनल दिन फुटबलसँगै सांस्कृतिक कार्यक्रम तथा सिन्कोना बगानको १२५ वर्षे गौरवशाली इतिहास झल्काउने विशेष प्रस्तुति समेत आयोजना गरिने आयोजकले जनाएको छ।
राज्यको मुख्यमन्त्री शुभेन्तु अधिकारीको कालेबुङ भ्रमण रद्द
मुख्यमन्त्री शुभेन्तु अधिकारीलाई स्वागत जनाउन
कालेबुङमा तयारी मुख्यमन्त्री 12 बजे आइपुग्ने।
07/09/2026
कालेबुङ डायरीले गरेको गोर्खाल्याण्ड संकल्प यात्राको पोस्टमा नेपालकी चर्चित गायिका अस्था राउतको चासो, सामाजिक सञ्जालमा राखिन् आफ्नो धारणा।
06/09/2026
संगठन मजबुत बनाउन GJM को नयाँ कदम, विभिन्न पदमा मनोनयन
काश्येम,६ सेप्टेम्बर :गोर्खा जनमुक्ति मोर्चा (GJM) को ३९ नम्बर समष्टिमा संगठन विस्तार गरिएको छ। समष्टिलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न व्यक्तिहरूलाई नयाँ जिम्मेवारी दिइएको हो। समष्टिका प्रमुख संयोजक अर्जुन छेत्री (अशोक) को नेतृत्वमा सम्पन्न सभाले उक्त निर्णय गरेको हो।
सभामा काश्येम विभागका भुषण तामाङ र विकास थापालाई समष्टि कोर कमिटी सदस्यमा मनोनयन गरिएको छ। त्यस्तै, जिनस खवासलाई प्रेस तथा पब्लिसिटी विभागको जिम्मेवारी दिइएको छ।
यसैगरी,नारी मोर्चाकी ससी शेर्पा र सरिता तामाङलाई पनि समष्टि कोर कमिटी सदस्यको जिम्मेवारी दिइएको जनाइएको छ।
सभामा संगठनका गतिविधि, आगामी दिनमा संगठन विस्तार गर्ने योजना तथा विभिन्न कार्ययोजनाबारे छलफल गरिएको थियो। छलफलपछि नयाँ जिम्मेवारीका लागि प्रस्तावित सबै नाम सर्वसम्मतिले पारित गरिएको बताइएको छ।
३९ नम्बर समष्टिका संयोजक अर्जुन छेत्रीले नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ बलियो बनाउन सबै सदस्यबीच एकता र सहकार्य आवश्यक रहेको बताए। संगठनको हितका लागि सबैले मिलेर सक्रिय रूपमा काम गर्नुपर्नेमा पनि उनले जोड दिए।
📸 KALIMPONG PHOTOGRAPHY
We Capture Emotions & Create into Memories
✨ Professional Photography & Videography for Every Special Moment
*Our Services
💍 Pre-Wedding & Post-Wedding
💐 Reception Photography & Videography
🤰 Maternity Photoshoot
🎂 Birthday & Celebration Events
🎥 Cinematic Videography & Reels
📖 Premium 4K Magazine-Albums
🎬 Promotional Videos & Advertisements
📸 Indoor & Outdoor Events
✨ All Types of Events & Special Occasions
Your special day happens only once make sure every emotion,smile and unforgettable moment is captured beautifully. ❤️
🔥 DON’T WAIT UNTIL YOUR DATE IS BOOKED!
📅 BOOK YOUR SHOOT TODAY & SECURE YOUR DATE!
📞 Call/WhatsApp: 6296065228
**KALIMPONG PHOTOGRAPHY**
05/09/2026
कालेबुङमा आज नयाँ पार्टी निर्माण समितिको गोर्खाल्याण्ड संकल्प यात्रा
Category
Contact the business
Telephone
Website
Address
Kalimpong
734301