Voice Of Rongo
"VOICE OF RONGO"' is the local news channel of Rongo.A page dedicated to raise voice for voiceless.
हामी भ्रष्टचार विरुद्ध जितेर देखाउँछौ - सुदन गुरुङ
पहाडका ३१३ शिक्षक शिक्षिकाहरूले पाए राहत। यो जीत जीटीएको जीत, भुक्तभोगी शिक्षक - शिक्षिकाहरुको जीत।
केशवराज पोख्रेल
शिक्षकहरु Meritorious हुनु पर्छ , पार्टीको झन्डा बोक्नेहरु लाई मात्र स्कूलमा हालेर नानीहरू बन्दैन- एन बी छेत्री,
भूतपूर्व विधायक एवं भुतपूर्व प्रधानअध्यापक
एक बर्ष अघि संजीव लामाले जिटिए चेयरम्यान अनित थापाको आफन्त र पार्टी क्याडरको अवैध शिक्षक भर्तीमा संग्लन केहि नामहरू खुलस्त गरेका थिए।
३१३ शिक्षकहरू मध्ये पोर्खेबुङ्ग उच्चतर माध्यमिक विद्यालयमा ३२ जना स्वयंसेवक शिक्षकलाई नियुक्ति दिइएको थियो -सुदन गुरुङ
19/12/2025
पहाडमा 78,991 मतदाताको नाम काटियो
स्रोत: हिमालय दर्पण
नातावाद–कृपावादका कारण योग्य शिक्षकहरूको भविष्य अन्धकारमा परेको हो- सञ्जीव लामा, दार्जिलिङ भाजपा
कोलकत्ता उच्च न्यायालयले जिटिए क्षेत्रका ३१३ शिक्षकहरू का नियुक्ति खारेज गरेपछि के भन्छ अनित थापा हेर्नुहोस पूरा भिडियो
18/12/2025
सम्पूर्ण पहाड भरि B.Ed पास गरेर बस्नु हुने युवाहरूलाई तयारी भएर बस्ने अनुरोध! यदि कसै पनि शिक्षक संगठनले पार्टीको क्याडर जस्तै काम गरेर स्कुल बन्द गर्छ भने निःशुल्क सेवा पुर्याउन अगाडि आउने अपिल! यो पहाड हाम्रो यो स्कुल हाम्रो हो, हामी शिक्षालाई राजनीतिक टुँडिखेल गर्ने मैदान बनाउन दिने छैनौँ।
- Concerned Youth Of Hills
17/12/2025
दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने — शिक्षक संगठनको घोषणा
प्रेस विज्ञप्ति
गत २५ वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन। तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? २५ वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे । यो २५ वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक/शिक्षिकाहरूले नै गरेका छन्।
दार्जीलिङ पहाड़मा २००२ सालदेखि नै स्वयँसेवी शिक्षक शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो । यो शिक्षक/शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छन् । यसको सजाय शिक्षक/शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक/शिक्षिकाहरूसितै स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक/शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सगंठनले सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ या त विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले संगठनको आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सगंठन रहने छैन।
सन्तोस खडका
महा सचिव
संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन केन्द्रिय समिती
कलकत्ता उच्च न्यायालयले ३१३ जनाको नियुक्तिलाई अबैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेको छ। पश्चिम बंगाल राज्य सरकारले 8 March 2019 मा ३१३ अनि ५९ जना लाभार्थीहरूलाई स्थायीकरणको निर्दैश गर्दै बिनय तामाङलाई चिठ्ठी लेखेका थिए भने 26 June 2019 को दिन वर्तमान जिटिए चेयरमेन अनित थापा उक्त नियुक्ति जिटिए सचिवालय लालकोठी कार्यकारिणी निर्देशक Executive Director, Manobendra Modhak, District Inspector Pran Gobinda Sarkar, Ex MLA Amar Sing Rai को उपस्थितमा नियुक्ति आफ्नो हातले वितरण गरेका थिए।
अभिषेक राईले GTA IDOL सिजन १ मा रोङ्गो, ४४ औं नम्बर समष्टिको प्रतिनिधित्व गर्दै दोस्रो उपविजेता स्थान हासिल गरे। हार्दिक बधाई र भविष्यका प्रयासहरूको लागि शुभकामना।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Rongo , Jaldhaka
Kalimpong
735206