Milesh Rai
politician
18/04/2026
"BGPM को प्रतिबध्दता जनतालाई"
BGPM को चुनाउ घोषणा पत्र ।।
for Amar Lama
for 🔦
आज मिरिकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विशाल जनभेला उत्साहपूर्ण रूपमा सम्पन्न भयो। कार्यकर्ता, समर्थक तथा जनसमुदायको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई भव्य र प्रभावशाली बनायो। जनताको अपार समर्थन र विश्वासले आगामी दिनहरूका लागि थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
२४ नम्बर समष्टि अन्तर्गत मरमा-बस्तीको बुथ लेभलबाट आज मिरिकमा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी रेली तथा जनसभामा उत्साहपूर्वक उपस्थिति जनाउन आउँदै गरेका समर्थकहरूको प्रेरणादायी दृश्य। जनताको अपार साथ, विश्वास र समर्थनले परिवर्तनको लहर अझ बलियो बन्दै गएको अनुभूति ।।
17/04/2026
२४ नम्बर समष्टि अन्तर्गत जमनसिंह गाउँमा आज पञ्चायत सदस्य सुस्मिता देवनको उपस्थितिमा सशक्त जनभेटघाट तथा चुनाव प्रचारप्रसार अभियान सम्पन्न गरियो। जनताको अपार समर्थन, विश्वास र उत्साहले परिवर्तनको स्पष्ट सन्देश दिएको छ। अब विकास र जनसेवाको नयाँ अध्याय सुरु गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौँ ।।
17/04/2026
मिरिक बस्ती थुलुङ्ग गाउँ शाखाद्वारा आज चुनाव प्रचारप्रसार अभियानका क्रममा पञ्चायत सदस्य दमित लेप्चाको सहभागितामा कार्यक्रम सम्पन्न गरियो। साथै, विगतमा पञ्चायत समिति सदस्य रहनुभएकी जुना लेप्चाले हामीलाई छोडेर जानुभएको पीडादायी क्षणलाई सम्झिँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो।
उहाँको सम्झना, विचार र परिवारप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण पार्टी परिवारले दुई मिनेट मौनधारण गरी उहाँप्रति सम्मान प्रकट गर्यो। त्यसपछि कार्यक्रमलाई निरन्तरता दिँदै चुनाव प्रचारप्रसार अभियानलाई अगाडि बढाइयो।
17/04/2026
आज सद्भावना समाज, मिरिक वार्ड नं. ४ भानुटोल क्षेत्रका समाजका आदरणीय सदस्यहरूसँग भेटघाट तथा छलफल गर्ने अवसर प्राप्त भयो ।।
17/04/2026
आज मिरिक कृष्णनगर पार्टी कार्यालयमा ।।
16/04/2026
आज बिहान सर्वप्रथम म थर्बु नौमाइल गाउँमा हालसम्म सम्पन्न भएका सम्पूर्ण कामहरूको रिपोर्ट लिन पुगेँ। साथै, आउँदो दिनहरूमा गाउँको विकासका लागि के–के गर्नुपर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल तथा विचार–विमर्श गरियो।
16/04/2026
आज २४ न० समष्टि अन्तर्गत नयाँ कमान, डुप्टिन टार क्षेत्रमा चुनावी प्रचार–प्रसार अन्तर्गत पोस्टरिङ कार्यक्रम सक्रिय रूपमा सम्पन्न गरियो। यस क्रममा स्थानीय बासिन्दा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनायो।
साथै, आज इसाई धर्मावलम्बीहरूको प्रार्थना सभामा समेत उपस्थित भई उनीहरूसँग आत्मीय भेटघाट गर्ने अवसर प्राप्त भयो। उक्त सभामा सहभागी भई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश आदान–प्रदान गरियो, जसले चुनावी अभियानलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्यायो।
15/04/2026
२४ नं. समष्टि अन्तर्गत नाम्सु चालिसे २४/१३७ नं. बुथ, कञ्चनपुर शाखामा आज एक महत्वपूर्ण चुनावी सभा भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा पञ्चायत उपप्रधान मानव सुब्बाको विशेष उपस्थिति रहेको थियो भने स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता देखियो ।
कार्यक्रम धनप्रसाद सुब्बाको कुशल सञ्चालनमा अघि बढाइएको थियो, जहाँ आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न विषयमा विस्तृत छलफल, विचार–विमर्श तथा रणनीतिक योजना प्रस्तुत गरियो। उपस्थित सबैले एकताबद्ध भएर पार्टीलाई सशक्त बनाउने तथा चुनावमा विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।।
14/04/2026
आज मिरिक बस्ती ग्राम पञ्चायतका प्रधानको गरिमामय उपस्थितिमा डुप्टिन बुथअन्तर्गत सिलोगाउँ शाखाको सभा सफलतापूर्वक सम्पन्न भयो।
13/04/2026
आज मिरिक क्षेत्रमा हाम्रो प्रचारप्रसार अभियान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। विभिन्न संघ–संस्था तथा समाजसेवीहरूसँग भलाकुसारी गर्दै उहाँहरूका विचार, सुझाव र समर्थन प्राप्त गर्ने अवसर मिल्यो।
यसै क्रममा मिरिक उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रद्धेय गुरु गजेन गुरुङ सर तथा गुरुआमासँग पनि महत्वपूर्ण सरसल्ला सम्पन्न भयो। उहाँहरूको मार्गदर्शन र सकारात्मक सोचले हाम्रो अभियानलाई अझ ऊर्जा दिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Multi Purpose Gorkha Rangamancha Bhawan, New Krishnanagar, Mirik, Gorkhaland Territorial Administration
Darjeeling
734214