Ganesh Rijal

Ganesh Rijal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Rijal, Public Figure, Kathmandu.

07/04/2026
10/03/2026

म नेपाली लोकतन्त्रको सिपाही हुँ।

म कुनै ठूलो पदासिन ब्यक्ति त होइन, तर म गर्वका साथ भन्छु—म लोकतन्त्रको एक प्रतिबद्ध सिपाही हुँ। सिपाही हुनु भनेको केवल झण्डा बोकेर नारा लगाउनु होइन यो त लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारको रक्षा गर्ने पवित्र जिम्मेवारी बोकेको यात्रा हो।
नेपाली काँग्रेस पार्टी केवल एउटा राजनीतिक संगठन मात्र होइन यो त संघर्ष, बलिदान र जनआकांक्षाको इतिहास हो। यही पार्टीले निरंकुशता र अन्यायको विरुद्ध आवाज उठायो, जनताको अधिकारका लागि जेल, नेल, यातना र संघर्षको बाटो रोज्यो। बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता महान नेताहरूले देखाएको लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकताको मार्ग आज पनि हाम्रो प्रेरणाको स्रोत हो।

सत्य स्वीकार्न हामी डराउँदैनौं। गत निर्वाचनमा नेपाली कांग्रेस केही हदसम्म खुम्चिएको सत्य हो। जनताले दिएको सन्देशलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। त्यो परिणाम निराशाको कारक होइन, बरु आत्ममूल्यांकन गर्दै अझ सशक्त भएर अघि बढ्ने दृढ प्रतिज्ञा हो।

इतिहास साक्षी छ—नेपाली कांग्रेस संकटमा झन् मजबुत बनेको पार्टी हो। संघर्षले हामीलाई झुकाउँदैन, बरु अझ बलियो बनाउँछ। जनताको भरोसा, लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धता र देशप्रतिको निष्ठाले नेपाली कांग्रेस भविष्यमा फेरि नयाँ ऊर्जा, नयाँ दृष्टि र नयाँ विश्वासका साथ अझ सशक्त रूपमा उठ्नेछ।

सिपाहीको रूपमा मेरो विश्वास स्पष्ट छ—पद, प्रतिष्ठा वा स्वार्थका लागि होइन देश, जनता र लोकतन्त्रका लागि समर्पित भएर काम गर्नु नै साँचो राजनीति हो। म लोकतन्त्रको पक्षमा उभिएको एक साधारण तर दृढ नागरिक हुँ।
त्यसैले म गर्वका साथ भन्छु—
म लोकतन्त्रको (नेपाली कांग्रेसको) सिपाही हुँ।
लोकतन्त्रको ज्योति निभ्न नदिने, देशको भविष्य उज्यालो बनाउने अभियानमा सधैं अडिग रहनेछु।
जयनेपाल🇳🇵

25/02/2026

सबैमा सादर निमन्त्रणा।।।

Photos from Ganesh Rijal's post 03/09/2025

हाम्रो सम्पदा हाम्रो संष्कृती🙏

13/06/2025

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ (क) काठमाण्डौको तेस्रो प्रदेश सभा क्षेत्रिय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम २०८२ को नेपाली काँग्रेसका महामन्त्री मा. गगन कुमार थापाको प्रमुख आतिथ्यमा हुने समारोह भोलि मिति २०८२ जेठ ३१ गते शनिवार बिहान ८:०० बजे देखी न्हु ज पार्टिप्यालेस बागबजारमा हुने भएकाले यस वडाका वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यूहरू, टोल कार्य समितिका पदाधिकारी तथा सदस्य ज्यूहरू, सल्लाहाकार ज्यूहरू, क्षेत्रिय प्रतिनिधि ज्यूहरू, भात्री संघका पदाधिकारी तथा सदस्य ज्यूहरू, सुबेक्षुक संघ सस्थांका प्रतिनिधि ज्यूहरू, विभिन्न पदासिन आदर्णिय ब्यक्तित्वहरू, संम्पूर्ण क्रियासिल सदस्यहरू साथै नेपाली काँग्रेसलाई बिस्वास तथा मायाँ गर्नुहुने आदर्णिय वडा बासि दाजुभाई दिदि बहिनीहरूमा यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
जयनेपाल।
नेपाली काँग्रेस काठमाण्डौ महानगरपालिका २६ वडा कार्यसमिति
जय नेपाल।

04/01/2025

हार्दिक निमन्त्रणा।।।

25/05/2024

सरकारी अनुदारवाद, अधिनायकवाद तथा अलोकतान्त्रिक रबैयाको बिरूद्ध खुल्ला सभामा सहभागी बनौ।
भोली मिती २०८१ जेष्ठ १३ गते मध्यन्न १२:३० शान्तिबाटिकामा भेला भई प्रदर्सनिमार्गमा नेपाल सरकारको सहकारी ठगी, गिरी बन्दु टिस्टेट काण्ड, लगाएतका काण्डै काण्डहरूको भण्डाफोर गर्नको लागि बिरोध सभामा नेपाली काँग्रेस काठमाण्डौ महानगरपलिका २६ वडा कार्य समितिका पदधिकारी एवं सदस्य ज्यूहरू, टोल कार्य समितिका पदाधिकारी एवं सदस्य ज्यूहरू सबै क्षेत्रिय प्रतिनिधि ज्यूहरू, सल्लाकार ज्यूहरू तथा संम्पूर्ण क्रियासिल सदस्य ज्यूहरू भात्रृ तथा सुबेक्षुक संघका पदाधिकारी तथा सदस्य ज्यूहरू, सुभचिन्तक ज्यूहरू सबैमा उपस्थित हुनुहुन र एक आपसमा खबर गरि उपस्थित गराउने कार्य गर्न पनी हार्दिक अनुरोध गर्दछौ ।
गणेश रिजाल
कार्बहाक सभापती
नेपाली कांग्रेस कामपा २६ वडा कार्य समिति

12/04/2024

नयाँ वर्ष २०८१ को पावन अवसरमा देश बिदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा, दिदिबहिनि, दाजुभाईमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏

24/03/2024

रगंहरूको चाहाड फागु पुर्णिमा (होलि)को रंगीबिरङ्गी रगंहरूले सबैको जीवनमा रंगिन बहार आउन सकोस्। उत्साह, उमंग एवं खुसीले मनका अभिलाषाहरू पुर्ण हुदै जान सकोस्। सबै नेपालीहरूमा धार्मिक एवं सामाजिक सद्भाव, मित्रता, भाईचरा, तथा सहिष्णुता प्रगाढ भई न्याय, समानता, नैतिकता, इमानदार, कर्तब्यनिष्ठ चरित्रमा आधारित राष्ट्रिय एकता एक आपसमा मजबुत एवं विकसित हुदै सम्मुनत नेपाली, समृद्ध नेपाल निर्माण हुने बाटोमा लाग्न सकोस्।
फागु पुर्णिमा (होलि) पर्वको सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
जयनेपाल ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Kathmandu