In Our Nepal

In Our Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from In Our Nepal, News & Media Website, Musikot.

14/01/2026

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा पक्षका तरुण दलले पहरा दिएको छ ।

कारबाहीमा परेका गगन थापा, विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले तरुण दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालयमै आगो तापेर बसेका छन् ।

14/01/2026

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डपमा गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सभापतिमा गगन थापा चयन भएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध भएका छन्।

महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भए। सहमहामन्त्रीमा डिला संग्रौला (महिला), उदयशमशेर राणा (खस आर्य), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली ‘स्नेही’ (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाति), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको क्षेत्र) सर्वसम्मत चयन भएका छन्।

14/01/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रूपैयाँ महँगो हो।

Photos from In Our Nepal's post 14/01/2026

सिमतताल दुर्घटनामा पुरिएको बस निकाल्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितका प्राविधिक टोली

14/01/2026

अमेरिकी दूतावास नेपालले टुरिस्ट भिसा आवेदन गर्नेहरूका लागि धरौटी रकमसम्बन्धी विवरण आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ

जनवरी २१, २०२६ देखि, बी–१ / बी–२ (व्यवसायिक वा पर्यटक) अमेरिकी भिसा स्वीकृत भएका सबै नेपालीले अधिकतम १५,००० अमेरिकी डलरसम्मको धरौटी रकम तिर्नुपर्ने हुन्छ। यो नियम जनवरी २१/माघ ७ अघि जारी गरिएको मान्य बी–१ / बी–२ भिसा भएका व्यक्तिहरूमा लागू हुँदैन।

धरौटी रकम अग्रिम रूपमा नतिर्नुहोस्। अग्रिम भुक्तानीले भिसा सुनिश्चित गर्दैन, र तेस्रो पक्षका वेबसाइटहरू ठगी हुन सक्छन्। अन्तर्वार्ता अघि गरिएको कुनै पनि भुक्तानी फिर्ता हुँदैन। भिसाका सर्तहरू पालना गरेमा धरौटी रकम फिर्ता गरिनेछ।

14/01/2026

गोल्ड मेडल सहित एकै वर्षमा २ बाट लोकसेवामा उत्तीर्ण: ओखलढुंगाकी २४ वर्षीया भावना अधिकारीले BALLB कार्यक्रममा त्रिवि टपर बनेर स्वर्ण पदक जितेकी छन् । उनले पहिलो प्रयासमा लोकसेवाको २ परीक्षा पनि उत्तीर्ण गरेकी छिन् र अहिले Nepal Livestock Service मा कानुनी अधिकृतको रूपमा कार्यरत छिन् ।

14/01/2026

Sad News
यी हुन भारतमा ग्यास सिलिन्डर वि स्फोट हुँदा मृत्यु हुने ९ जना नेपाली

भारतको हिमाचलमा ग्यास सिलि ण्डर वि स्फोट हुँदा ९ जना नेपालीको मृ त्यु भएको छ। हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमार गाउँपालिका-२ का ९ जनाको मृत्यु भएको वडाध्यक्ष मेघराज बुढाथोकीले जानकारि दिए ।

३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र २२ महिनाका राजन विकको मृ त्यु भएको हो। त्यस्तै ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृ त्यु भएको हो।

14/01/2026

फोर्ब्सका अनुसार एलोन मस्क हाल ७२४.५ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्।

13/01/2026

फागुन २१ गते हुने निर्वाचनका लागि भारतले नेपाललाई ५३८ वटा गाडी दिने निर्णय गरेको छ।

13/01/2026

कालिकोटका बिजय शाहीले Upward Lotus Pose मा Guinness World Records राखेपछि केपी ओलिले सम्मान गरेका छन् ।

Want your business to be the top-listed Travel Agency in Musikot?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Musikot
94087