Jyotish गुरु पं. राजेन्द्र खनाल (USA)

Religious work & Astrological advise is my passion and profession, I have more then 15 years of experience in this field. My service is mostly in DC, VA, MD & all � USA.

Jyotish (horoscope+cheena, any astrological problems)

Operating as usual

Photos from राजेन्द्र खनाल - खनाल गुरु's post 11/21/2021

Photos from राजेन्द्र खनाल - खनाल गुरु's post

09/16/2021

🕉आज हरिपरिवर्तिनी एकादशी ब्रत

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल 09/11/2021

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल

ऋषि पन्चमीको पूजा तथा ब्रतको महत्व र विशेषता

https://hinduculturecenter.com/archives/2646?fbclid=IwAR15XiKV9hE71zMkFGXgQe0By_hqyj4Rcu9tMVRPfcmz0C7RSME94iNmZAU

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ Sep 11, 2021 नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज (शनिवार ) ऋषिपञ्चमीक...

09/09/2021

न्याकद्वारा जुमबाट आयोजित तीज पूजाको प्रत्यक्ष प्रसारण

https://www.facebook.com/100000425083282/posts/4710452112312245/?d=n

न्याकको जुम तीज पूजा सम्पन्न

08/12/2021

Happy Nag panchami 2021

Happy Nag panchami 2021

Photos from Jyotish गुरु पं. राजेन्द्र खनाल (USA)'s post 07/28/2021

Vastu pooja Baltimore Maryland USA

04/28/2021

सुसंस्कारी कसरी बनाउने ?

परिवारमा सुसंस्कारका सूत्रहरू : सेयर गरौं
असल विश्वको निर्माण असल व्यक्तिद्वारा मात्रै हुन्छ र त्यस्तो व्यक्तिको निर्माणको जग भनेको बाल्यावस्था नै हो । बाल्यकालमा रोपिएका बिउहरु नै क्रमशः झ्याङ्गिदै जाँदा असल व्यक्ति वा असल मानवको निर्माण हुन्छ ।

गीताको सोह्रौं अध्यायमा दैवी सम्पदा(Divine quality) भनी भगवान् श्री कृष्णले (क) मानवीय गुणहरुलाई सकारात्मक एवं नकारात्मक ( Negative/Positive) गरी दुइ भागमा वर्णन गरेका छन् । यही दैवी सम्पदालाई– (क) Positive attitude आदि नामले आधुनिक मनोविश्लेषकहरुले पनि व्याख्या गर्दै आएका छन् । दैवी सम्पदाको बीजारोपण गर्ने सर्वोत्तम काल भनेकै बाल्यकाल हो । यिनै दैवी सम्पदालाई (अभय, सात्विकता, ज्ञानयोग, दान, दम, यज्ञ, स्वाध्याय, तप, सरलता आदि ) हाम्राँ पूर्वीय चिन्तकहरुले सुसंस्कार, सात्विकी वृत्ति आदि विभिन्न नामले व्याख्या गरेका छन् ।

बाल्यकालमा रोपिएका संस्कार स्थायी रुपले मानिसका हरेक आचरण र व्यवहारमा प्रतिविम्बित हुन्छन् । काँचो माटोको गाग्रीमा कोरिएका चित्रहरु जसरी टिकाउ (sustainable) हुन्छन् त्यसरी नै बाल्यकालमा रोपिएका संस्कारहरु, दैवी सम्पदाहरु आजीवन प्रतिविम्बित हुन्छन् –यन्नवे भाजने लग्नः संस्कारो नान्यथा भवेत् ।

बाल्यकाललाई सुमधुर, सुव्यवस्थित एवं सुप्रभावकारी बनाउनका लागि परिवार व्यवस्थाको (family system ) को ज्यादै ठूलो महत्व हुन्छ । असल परिवार नै असल सन्तानको आधार हो भनी ठोकुवा गर्न सकिन्छ । यही असल परिवारलाई सम्मानित गर्नका लागि हाम्रा पूर्वीय चिन्तकहरुले ‘धन्यो गृहस्थाश्रमः’ भनी निर्देशन गरे । यही असल एवं आदर्श परिवारको दृष्टान्त बुझाउनका लागि हामी श्रीराम, श्रीकृष्ण आदिका कथाहरु पढ्दछौं, सुन्दछौं ।

शिक्षा, सीप आदिको मूल आधार स्कूल हो भने संस्कारको मूल आधार परिवार नै हो । अर्थात् प्रत्येक बच्चाका लागि परिवार यस्तो पाठशाला हो जहाँ उसले संस्कार सिक्छ, जीवनको जग बनाउँछ, दैवी सम्पदाको बिउ रोप्छ । ती बच्चाहरु भाग्यमानी हुन् जसले त्यस्तो परिवार प्राप्त गर्छन् र ती आमाबुवाहरु सहस्र धन्यवादका पात्र हुन् जसले त्यस्तो सुन्दर परिवार व्यवस्थालाई कायम गर्छन् ।

तर दुर्भाग्य ! आज परिवार व्यवस्था क्रमशः टुट्दैंछ । हाम्रो पूर्वीय संस्कृतिको मूल आधार नै परिवार हो । तर आज त्यही क्रमशः विखण्डित हुँदैछ । मलाई के लाग्छ भने परिवारले संस्कृति बचाउँछ र संस्कृतिले परिवार बचाउँछ । यी दुवै अन्योन्याश्रित (interdependent) छन् ।

क) अभयं सत्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।१।।
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम् ।।२।।
तेजःक्षमा धृतिः शौचमद्रोहो नातिमानिता ।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ।।३।। (गीता–१६, अ.१–३)

किन कमजोर बन्दैछ त हाम्रो पारिवारिक व्यवस्था ? यसबारे पनि केही विचार गरौं ।
–पूर्वीय दर्शन र संस्कृतिको सही ज्ञानका अभावले ।
– भौतिकवादी चिन्तनका प्रभावले ।
–पश्चिमेली आडम्बरी संस्कृतिका प्रभावले ।
–सस्तो खाले मूल्यहीन मिडियाका मनोरञ्जनात्मक कार्यक्रमको प्रभावले ।
–आर्थिक,भौतिक समस्याका कारणले ।
–तीव्र महत्वाकांक्षा र विलासी जीवनका प्रभावले ।
–विविध सामाजिक विसंगतिका कारण ।
–यान्त्रिक जीवनको प्रभाव बढ्दै जानाले ।
– अस्वस्थ राजनीतिक कारणले ।

तर जे जस्तो भए तापनि धन कमाउने नाममा, सुखद् जीवनको आशामा एवं पश्चिमेली चकाचौंधको प्रभावमा हामीले आफ्नो परिवार व्यवस्था भने गुमाउनु हुँदैन । पश्चिमी मुलुकका मानिसहरु यही परिवार व्यवस्था गुम्नाले आज रोइरहेका छन्, अनेकौं सामाजिक विसंगतिको शिकार भइरहेका छन् । भनिन्छ, अमेरिकामा मात्रै करिब ८० प्रतिशत परिवार अव्यवस्थित, अप्राकृतिक वा अमर्यादित (unnatural family) छन् रे । यस्तै असन्तुलित परिवारका कारणले आज पश्चिमेली समाजमा अनेकौं डरलाग्दा समस्याहरु देखिएका छन् । जस्तैः

–डिप्रेसन, फस्टेसन तथा अन्य मानसिक रोगहरुमा वृद्धि
–हत्या, हिंसा, अपराधका घटनाहरु
–सम्बन्ध विच्छेद तथा आत्महत्याको बढ्दो संख्या
––लागू पदार्थ, दुव्र्यसन तथा घरेलु हिंसाका घटनाहरुमा वृद्धि
–सुस्त मनस्थिति एवं मानसिक विचलन भएका बच्चाहरुको संख्यात्मक वृद्धि ।
–स्वार्थी एवं व्यक्तिवादी प्रवृतिको दिनानुदिन वृद्धि ।
–बच्चाहरुमा एक्लोपन, उदासीपन, भय, लज्जा, संकोच आदिको विकास

नेपालको शहरी जीवन पनि तीव्र गतिले यस्ता खाले कुसंस्कारबाट प्रभावित हुँदैछ । भूमण्डलीकरणले गर्दा हामीले साइन्स र टेक्नोलोजीको क्षेत्रमा धेरै फाइदा पाएका छौं भने चिन्तन र संस्कारका हिसाबले धेरै कुरा गुमाउँदैछौं । आधुनिक यन्त्रहरुको प्रभावले जीवन यान्त्रिक बन्दै गएपछि मानिस मान्त्रिक बन्न सक्दो रहेनछ । बौद्धिकताको विकास हुँदै जाँदा हार्दिकता क्रमसः गुम्दो रहेछ । बुद्ध हराएको छ, युद्ध मौलाएको छ । पानी महङ्गो भएको छ, युद्ध सस्तो भएको छ । जीविकाको स्तर बढ्दो छ, जीवनको स्तर घट्दोछ । दलीय चिन्तन बढ्दै छ, मानवीय मूल्य घट्दै छ । कतै चर्को प्रकाशले आँखा तिरमिराएका छन्, भने कतै निस्पट्ट अन्धकारमा आँखा टोलाएका छन् । कतै अट्टहासमा हाँसो हराएको छ भने कतै आँशुमा हाँसो डुबेको छ । कतै धेरै हुँदा कसरी सम्हाल्ने भन्ने चिन्ता छ भने कतै केही नहुँदा कसरी गुजार्ने भन्ने चिन्ता छ ।

यस लेखको मूल प्रसंग भने बालवालिकाको सर्वाङ्गीण विकास नै हो । त्यसमा पनि विशेष गरेर नैतिक विकास, चारित्रिक विकास, ज्ञानको विकास, भावनाको विकास, स्वस्थ मनोविज्ञानको विकास आदि । शैक्षिक प्रतिस्पर्धाको दौडमा संस्कार कसरी कायम गर्ने ? जीविकाको खोजीमा जीवन मूल्य कसरी कायम गर्ने ? सफल बन्ने क्रममा असल कसरी बन्ने ? सिंगो विश्वलाई अंगाल्ने क्रममा आफ्नै माटोलाई कसरी सपार्ने ? आदि अनेकौं महत्वपूर्ण प्रश्नहरु आज शैक्षिक जगत्मा देखा परेका छन् । परिवारका कयौं सदस्यहरु भने यो त स्कूलको जिम्मेवारी हो एवं राज्यको दायित्व हो भनी आँखा चिम्ली आफ्नै अन्धो दौडमा निरन्तर दौडिरहेका छन् ।

विशेष गरेर अमेरिका, युरोप जस्तो विदेशी मुलुकमा जन्मेका वा सानै उमेरमा विदेशिएका हाम्रा नेपाली बच्चाहरुलाई कसरी सन्तुलित जीवनको आधार दिने ? भन्ने एक ज्यादै ठूलो चुनौती नै छ । विदेशिएका नेपालीहरुलाई ‘यी त आखिर विदेशिएका त हुन् नि’ भनी हामीले आँखा चिम्ले पनि हुन्छ तर साथै ‘यी हाम्रै बच्चाहरु हुन् र भोलि कुनै न कुनै रुपले नेपाल फर्कने छन्’ भनी स्वीकार्दा पनि हुन्छ । मैले स्वयं अमेरिका र युरोपको भ्रमणकालमा कैयौं ठाउँमा समर क्याम्पहरु लगाउँदै जाँदा एक सुखद् आशाको अनुभूति गर्दै आएको छु । ‘प्रवासमा रहेका यी बच्चाहरुले पनि नेपाल सम्झने छन् र नेपाल आमाको सेवामा एक दिन हातेमालो गर्ने छन्’ भन्ने मधुर कल्पनाले एक दरिलो स्थान बनाएको छ मेरो मनमस्तिष्कमा । त्यसैले प्रवासमा रहेका यी कलिला बच्चाहरुको जीवनलाई सुसंस्कारित गर्नका लागि केही गम्भीर, दूरदर्शी एवं इमान्दारितापूर्ण प्रयास गर्नै पर्छ । जस्तैः
–यी बच्चाहरुलाई नेपाली भाषा र साहित्यको बाल्यकालदेखि नै अभ्यास गराउने, त्यसका लागि घरमा आमाबुबाले अनिवार्य रुपमा नेपाली भाषा नै बोल्ने ।

–हाम्रो सनातन संस्कृति र संस्कारका लागि बाल्यकालदेखि नै समुचित ज्ञान दिने, त्यसका लागि दशैं, तिहार, माघी, छठ, ल्होसार, तीज, रामनवमी, कृष्णाष्टमी, बुद्धजयन्ती, शिवरात्री आदि पर्वहरु यथासम्भव आफ्नै परिवारमा वा समाजमा मिलेर मनाउने ।
– नेपालीहरुको राम्रो बस्ती भएको ठाउँमा अनौपचारिक शिक्षाका रुपमा Sunday Nepali School सञ्चालन गर्ने ।
–नेपाली बहुल क्षेत्रमा सानै भए पनि आफ्नै मन्दिर वा सांस्कृतिक केन्द्र बनाउने ।
–वर्षमा कम से कम एक पटक भाषा, साहित्य र संस्कृतिको विशेष प्रशिक्षण दिने उद्देश्यले summer camp को आयोजना गर्ने ।
–नियमित रुपले विभिन्न घरहरुमा ÷टोलहरुमा पालैपालो संध्याकालीन सत्संगको आयोजना गर्ने । जसमा भजन, कीर्तन, प्रार्थना, वन्दना, कथा, प्रवचन आदिको व्यवस्था गर्ने ।
–लामो विदा भएको बेलामा योजनाबद्ध रुपले सुव्यवस्था सहित यी बच्चाहरुका लागि नेपाल दर्शन ÷भ्रमणको आयोजना गर्ने ।

उपयुक्त बुँदाहरु बाहेक सुसंस्कारको विकासका लािग आमाबुवाले एवं परिवारका सदस्यहरुले स–साना जीवन सूत्रहरुमा पनि अत्यन्तै ध्यान पु¥याउनु पर्छ । Value based educaton, Holistic Approach of education, Alternative education, Home schooling system आदि जति पनि नयाँ—नयाँ शैक्षिक अभियान पश्चिमी जगत्मा पनि देखा पर्न थालेका छन् ती सबैको मूल उद्देश्य पनि मानवीय मूल्यको संरक्षण, संवद्र्धन गर्नु र बालहरुमा सुसंस्कारको विकास गर्नु नै हो । सुसंस्कारको विकासका लािग बालमनोविज्ञानलाई बुझ्नु अति आवश्यक छ र तदनुरुप आमाबुवा आदि परिवारका विशिष्ट सदस्यहरुको सदाचारमा विकास र घरपरिवारको वातावरणमा सुव्यवस्था हुनु अति आवश्यक छ । ठूलाले जे जस्तो गर्छन्, सानाले त्यसकै अनुसरण गर्छन् भनी गीताले पनि स्पष्ट भनेकै छ । (ख) अतः यी केही सूत्रहरुलाई ध्यानमा राख्दा उपयुक्त हुनेछ । जस्तैः
–जथाभावी T.V. को प्रयोग गर्न नदिने ।
–Video Game को दुष्प्रभावबारे सचेत गराउने ।
–आमाबुबाले बच्चाहरुसँग सकेसम्मसँगै भोजन गर्ने ।
–आमाबुवाले वा कुनै एकले बच्चासँग बढी समय बिताउने, उनको कुरा सुन्ने, उनको मनलाई बुझ्ने ।
–महिनामा एक वा दुई पटक केही घण्टाका लागि भए पनि परिवारका सबै सदस्यहरु कुनै सुन्दर मर्यादित, प्राकृतिक ठाउँमा घुम्न जाने ।
–प्रकृतिमा रम्ने, खेल्ने वातावरणको सृजना गरिदिने ।
–ज्ञानवर्धक एवं चरित्रप्रधान पुस्तक आदिको व्यवस्था मिलाइदिने ।
–असल संगीसाथीसंग पढ्ने, खेल्ने, घुम्ने वातावरण मिलाइ दिने ।
–योग, ध्यान, गीतापाठ, भजन–कीर्तन, प्रार्थना आदिको व्यवस्था घरमा दैनिक अथवा कम्तिमा हप्तामा एक
पटक गर्ने ।
–बच्चाको रुचि र क्षमता अनुसार नृत्य, संगीत, खेलकूद, चित्रकला, स्वीमिङ आदिको व्यवस्था मिलाइदिने ।
–सकेसम्म सात्विक एवं प्राकृतिक भोजनको व्यवस्था मिलाइदिने ।

ग) ‘‘यद्यदाचरति श्रेष्ठस्तन्त्तदेवेतरो जनः । स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते” ।। गीता

–घरमा देवीदेवता, महापुरुष राष्ट्रिय विभूति आदिका चित्रहरु सजाउने ।
–सानै भए पनि पूजाकोठा वा पूजा गर्ने थलोको व्यवस्था गर्ने ।
–बच्चासँग कुरा गर्दा अत्यधिक सचेत भई सकारात्मक कुरा मात्रै गर्ने ।
–बच्चासँग नेपालका बारेमा सुन्दर आशावादी कुराहरु मात्रै गर्ने ।
–बच्चाबच्चीका सामु आफ्नो झगडा, आफ्नो कमजोरी एवं परिवारका टीकाटिप्पणी आदि नगर्ने ।
यी कुराहरु हेर्दा, पढ्दा वा सुन्दा अत्यन्तै साना छन् तर मनोविज्ञानका हिसाबले सुसंस्कारको विकासका लागि साना कुराहरु नै ज्यादै प्रभावशाली हुन्छन् । मदर टेरेसाले ”We do small things but with great love ” भनेको पनि यही हो । यी स–साना जीवन सूत्रहरु अमेरिका, युरोप आदि मुलुकहरुमा बस्ने नेपाली परिवारलगायत नेपालकै शहरी जीवनमा रम्नेका लागि पनि लाभदायी हुनेछन् । सम्पत्ति कमाएर सन्तति गुम्यो भने के गर्ने ? शिक्षाको दौडमा संस्कार गुम्यो भने के गर्ने ? दुनियाँलाई हेर्ने, बुझ्ने नाममा आफ्नै देश छुट्यो भने के गर्ने ? ग्लोबल फ्यामिलीको नाममा आफ्नै परिवार गुम्यो भने के गर्ने ? यस्ता कैयौं प्रश्नहरु छन्, जसबारे समयमै सचेत हुनु अत्यावश्यक छ । सन्तुलित उत्तर खोज्नु आवश्यक छ साथै दूरदर्शी एवं आशावादी भई सुदृढ पाइला चाल्नु अत्यन्तै आवश्यक छ ।

🍦(चिन्तामणि योगी)

12/15/2020

वैज्ञानिक डा. रुद्र अर्याल (अमेरिका) नेपाली समृद्धिमा प्रवासी विज्ञ नेपालीहरूको सदुपयोग

hinduculturecenter.com 11/20/2020

छठ पर्व महत्व र विशेषता – ज्योतिष/पण्डित राजेन्द्र खनाल

🙏🕉आज छठपर्व विशेष दिन अर्थात् सूर्यको ब्रत लिने दिन ! सबैमा हार्दिक मंगलमय शुभकामना !

hinduculturecenter.com वैदिक तथा पौराणिक मान्यतासहित छठ पर्वको महत्व र विशेषता 11/12/2020 यो छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस...

enepalese.com 11/12/2020

छठ पर्वको महत्व र विशेषता – ज्योतिष / पण्डित राजेन्द्र खनाल

https://www.enepalese.com/2020/11/294417.html

enepalese.com यो छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा धार्मिक परम्पराअनुसार हर्षोल्ला...

youtube.com 10/21/2020

घटस्थापना तथा दशैँ को पूजा विधि

youtube.com

10/17/2020

🕉🙏 🎉अमेरिकामा आज घटस्थापना, पूजा तथा जमरा राखिँदै
विहान ११ बजेसम्मको जमरा अर्डर मात्र लिईने हुँदा छुट्नु भएका महानुभावहरुले यी तलका नम्बरहरुमा कल गरी सम्पर्क गर्नु हुन अनुरोध - 703) 909-7123‬‬‬
703-870-6480‬‬

न्याकद्वारा बडादशैँको शुभकामनासहित निशुल्क जमरा वितरण गरिने हुंदा अक्टोबर १७ तारिख अगावै जमरा अर्डर गर्न समुदायलाई अनुरोध

१०-११ बजेको साईत राम्रो ।


नमस्ते!

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले यस वर्षदेखि हरेक साल बडादशैमा स्थानीयबासी सदस्यहरुको सुविधाको लागि गुरूहरुबाट मन्त्रणा गरिएका जमरा वितरण गर्ने भएको कुरा यहॉहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं।

डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि जमरा उपलब्ध गराउन बडादशैँ २०७७ को अबसरमा यही अक्टोबर १७ तारिख, शनिवार पण्डित गुरुहरुबाट वैदिक विधिपूर्वक घटस्थापना गरी नवदुर्गा अवधिभर पूजा आराधना गरिने छ र अक्टोबर २५ तारिख आईतबारको दिन नवदुर्गाको पूजापछि निशुल्क रुपमा जमरा बितरण गरिने छ ।

बडा दशैँको अवधिभर प्रत्येक दिन विहान ७ देखि ‪९ बजे‬ सम्म पूजा आराधना तथा सप्तशती पाठ गरिने र सप्तमीको दिन बेलुका गुरुहरुबाट विधिपूर्वक फूलपाती भित्र्याउने कार्यक्रम रहेको जानकारी गराइन्छ ।

ठूलो तथा सानो ट्रेमा जमरा राख्नको लागि अक्टोबर १७ तारिखको बिहानसम्म तलका नम्बरहरुमा वा अनलाईन मार्फत वा न्याकको ईमेलमार्फत यहॉहरुले अर्डर दिन पनि सक्नु हुनेछ ।

कार्यक्रम समय तालिका र सम्पर्क:

जमरा राखिने समय :

1. अक्टोबर १७ तारिख विहान घटस्थापनाको दिन नबदुर्गा पूजा तथा जमरा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म।
2. अक्टोबर २२, २०२० फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ५.३० बजे देखि ७ बजेसम्म
3. अक्टोबर २३, २०२० महाअष्टमी विशेष पूजा बिहान ‪‪७ बजे‬‬ देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म
4. अक्टोबर २४, २०२० शनिवार महानवमी विशेष पूजा बिहान ‪‪७ बजे‬‬ देखि ९ बजेसम्म,
5. अक्टोबर २५ रविबार दशमीको दिन देवी विसर्जन तथा जमरा बितरण बिहान 10 बजेदेखि १२ बजेसम्म ।
6. अक्टोबर २५ तारिख: टीकाको कार्यक्रम विहान ‪‪१० बजे‬‬ ।
7. जमरा वितरणको कार्यक्रम अक्टोबर 25 र २६ तारिख विहान ‪‪१० बजे‬‬ मनासस स्थित न्याक भवनबाट गरिने भएकोले समयमै आईपुग्नु अनुरोध गरिएको छ।

8. जमरा वितरणको लागि ठेगाना
‪‪
10501 Balls ford Rd Manassas VA 20109‬ ‬

थप जानकारीका लागि संपर्क

१. अरुण रूपाखेती - ‭‪‪(703) 909-7123‬‬‬
२. राजेन्द्र खनाल ‪‪703-870-6480‬‬
(न्याक महिला समुह )
४. सुनिता खत्री ‪‪(703) 727-3067‬‬
५. सीता काफ्ले ‪‪(703) 975-0997‬‬
६. कल्पना सत्याल ‪‪(571) 334-2877‬‬
६. विना खड्का लामा ‪‪(703) 901-6508‬‬
७. सुनिता सुवेदी ‪‪(703) 229-3516‬‬

आयोजक :

नेपाली अमेरिकन सामुदायिक केन्द्र, परिवार

09/16/2020

🙏आज औँशी/ पूर्णिमा श्राद्ध !
सम्पूर्ण पितृहरुको जय होस् ! शुभाशीष प्राप्त होस् । 🎆
सेप्टेम्बर १६, २०२०
USA 🇺🇸 and Canada 🇨🇦

hinduculturecenter.com 09/09/2020

के हो श्राद्ध ? किन र कसरी गर्ने ? By Rajendra Khanal

hinduculturecenter.com ज्योतिष शास्री राजेन्द्र खनाल, वासिंटन डिसी, अमेरिका तपाइ हामी संसारको जुन सुकै ठाउँमा पुगे पनि हाम्रो वैदिक सना.....

09/08/2020

HINDU CULTURAL CENTER

🕉 आज सप्तमी श्राद्ध ,
पितृहरुको जय होस् !
सेप्टेम्बर ८, २०२०
For USA 🇺🇸 and Canada 🇨🇦!

09/04/2020

🕉
आज तृतीया श्राद्ध ,
तृतीया तिथि पर्ने पितृहरुको जय होस् !
सेप्टेम्बर ४, २०२०

hinduculturecenter.com 09/01/2020

सोह्रश्राद्ध : पितृगणप्रति श्रद्धा हरि पाण्डेय ‘पथिक’

hinduculturecenter.com सोह्रश्राद्ध : पितृगणप्रति श्रद्धा हरि पाण्डेय ‘पथिक’ सेप्टेम्बर १, २०२० दिवङ्गत पितृहरूलाई उद्देश्य गरेर श्रद.....

hinduculturecenter.com 07/24/2020

नागपन्चमी – महत्व र विशेषता

नागपञ्चमी पर्व को हार्दिक शुभकामना !
नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल

in details https://hinduculturecenter.com/archives/2433

hinduculturecenter.com जुलाई, २०१९ By HCC Priest Rajendra Khanal हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्....

hinduculturecenter.com 07/12/2020

अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँ

hinduculturecenter.com अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँस्कार कर्म) कसरी गर.....

07/09/2020

Rigbed samapan virtual Program

06/06/2020

ज्योतिषीय सरसल्लाह तथा जानकारीको लागि यो पेजमार्फत सम्पर्क गर्नुहोला !
703-870-6480

05/14/2020

भविष्य अन्धकारमय छ, तर पनि मान्छे आफ्नो अहंकारलाई त्याग्न सक्दैन, किनकि उसभित्र काम,क्रोध , लोभ र मोहले डेरा जमाई राखेको हुन्छ !

04/16/2020

HINDU CULTURAL CENTER

कोरोनाको भविष्य ? Future of COVID 19 - ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका
https://hinduculturecenter.com/archives/3882

04/13/2020

नव वर्ष २०७७ काे मंगलमय शुभकामनाका लागि प्रार्थना !

ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ ।

तथा
राेगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वामाश्रितानां न विपन्नराणां
त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।।

तथा
ॐ नमाे भगवते वासुदेवाय !,
श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: !
तथा अन्य नामसंकीर्तन ।
सन्ध्या समयमा बेलुकी ७ बजे दीपप्रज्ज्वलन गरी विशेष प्रार्थना गरिने छ !

पुन: नव वर्ष २०७७ काे पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।
-
विश्व अध्यात्म केन्द्र परिवार
In details
कोरोनाको भविष्य ? Future of COVID 19 - ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका
https://hinduculturecenter.com/archives/3882

04/01/2020

विश्वशान्तिका लागि पुन: जप तथा पाठ यज्ञ ! सहभागिताको लागि आह्वान -
चैत्राष्टमीको शुभकामना !
ईश्वरको अनुकम्पा भयो भने बँच्न पनि सकिन्छ, अनुकम्पा भएन भने एक छणमा नाश हुन पनि सकिदो रहेछ भन्ने कुरा अहिले
विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट सम्पूर्ण जगतलाई चेतना हुँदैछ ।यस संसारमा भगवानभन्दा ठूलो कोही छैन, यसकारण भगवानलाई सम्झी आफ्नो आत्मविश्वासलाई बढाउनु भयो भने यसको डर र त्रासबाट बँच्न सकिन्छ ।
आज दुर्गा कवच, सप्तसती (चण्डी) पाठ तथा औँ ऐं ह्रिं क्लिं चामुन्डायै विच्चे’ मन्त्रको जप
In details
https://hinduculturecenter.com/archives/3759

hinduculturecenter.com 04/01/2020

विश्वशान्तिका लागि पुन: जप तथा पाठ यज्ञ हुने ! सहभागिताको लागि आह्वान

विश्वशान्तिका लागि पुन: जप तथा पाठ यज्ञ हुने ! सहभागिताको लागि आह्वान -
चैत्राष्टमीको शुभकामना
ईश्वरको अनुकम्पा भयो भने बँच्न पनि सकिन्छ, अनुकम्पा भएन भने एक छणमा नाश हुन पनि सकिदो रहेछ भन्ने कुरा अहिले
विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट सम्पूर्ण जगतलाई चेतना हुँदैछ ।यस संसारमा भगवानभन्दा ठूलो कोही छैन, यसकारण भगवानलाई सम्झी आफ्नो आत्मविश्वासलाई बढाउनु भयो भने यसको डर र त्रासबाट बँच्न सकिन्छ ।
आज दुर्गा कवच, सप्तसती (चण्डी) पाठ तथा औँ ऐं ह्रिं क्लिं चामुन्डायै विच्चे’ मन्त्रको जप
In details
https://hinduculturecenter.com/archives/3759

hinduculturecenter.com विश्वशान्तिका लागि पुन: जप तथा पाठ यज्ञ हुने ! सहभागिताको लागि आह्वान –

Videos (show all)

नव वर्ष २०७७ काे मंगलमय शुभकामनाका लागि प्रार्थना ! ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिव...
विश्वशान्तिका लागि पुन: जप तथा पाठ यज्ञ ! सहभागिताको लागि आह्वान - चैत्राष्टमीको शुभकामना !ईश्वरको अनुकम्पा भयो भने बँच्...
Luray Cavern VA USA
Luray cavern VA

Telephone

Address


14102 Sullyfield Circle #300
Chantilly, VA
20151

General information

Religious work and Astrological advise is my passion and profession, I have more then 10 years of experience in this field. My service is most DC,Virginia, Maryland & all states of America, Canada. In detials www.satchakraastrology.vpweb.com contact: 703-870-6480 (डीसी, भर्जिनिया, वेस्ट भर्जिनिया, मेरिल्याण्डलगायत अमेरिका तथा क्यानडामा बस्नुहुने सम्पूर्ण नेपाली तथा इण्डियन बन्धुहरुले ज्योतिषीय सुझाव, सल्लाह, चिना, टिप्पन तथा वैदिक पध्दतिअनुसार सत्यनारायण, रुद्री, ग्रहपूजा, नामकरण, ब्रतबन्ध, विवाह, गृहप्रवेश, वास्तुलगायत जुनसुकै धार्मिक कार्य गर्नु परेमा सम्झनु होस् । हामीकहाँ तपाइका हरेक समस्याको समाधान गर्ने प्रावधान छ । फोनबाट हुने सेवा निशुल्क रुपमा लिनसक्नु हुनेछ ।)विस्तृत जानकारीका लागि धार्मिक एवम् ज्योतीषीय साइट www.satchakraastrology.vpweb.com हेर्नुहोस् ।

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 9pm
Wednesday 9am - 9pm
Thursday 9am - 9pm
Friday 9am - 9pm
Saturday 1pm - 9pm
Sunday 1pm - 5pm
Other Chantilly contractors (show all)
Insight Insight
14707 Willard Rd
Chantilly, 20151

Helping engineers, developers and general contractors plan around what's underground.

Building Infrastructure Group, Inc. Building Infrastructure Group, Inc.
14310 Sullyfield Cir Ste 400
Chantilly, 20151

Structured cabling, wireless, A/V, DAS networks—Design, installation, support ... We build the infrastructure that supports your mission-critical networks

Granite & Marble Express Granite & Marble Express
14154 Mariah Court
Chantilly, 20151

Granite Countertops Fabricator and Installer serving DC, MD & VA. We have over 2,000 slabs in inventory. Visit our showroom in Chantilly Virginia.

ABC Kitchen & Bath ABC Kitchen & Bath
14220 Sullyfield Circle, Unit D
Chantilly, 20151

ABC Kitchen & Bath is a remodeling company built on a firm foundation of superior service in the industry.

ACE Air Conditioning & Heating Service, Inc. ACE Air Conditioning & Heating Service, Inc.
14088 Sullyfield Cir
Chantilly, 20151

ACE provides services for all of your residential heating and cooling needs. We are a family owned and operated company serving the Northern Virginia area.

Home Works Painting Home Works Painting
14240 Sullyfield Circle Ste. T
Chantilly, 20151

Home Works Painting is licensed (Virginia Class A) and insured (Workman’s Comp and General Liability), and has been servicing Northern Virginia since 2005.

Home of Furnishings Home of Furnishings
4425 Brookfield Corporate Drive
Chantilly, 20151

Home Of Furnishings The Tiles Store Chantilly Virginia | One stop store for Builders/Contractors & Home Owners for Tiles, Mosaics, Counter tops, Wooden Flooring, Kitchen Cabinets etc Tiles store Chantilly Ashburn Fairfax Centreville Virginia

Moss Building & Design Moss Building & Design
4125 Lafayette Center Dr
Chantilly, 20151

MOSS Building & Design is an award-winning residential remodeling company located in Chantilly, Virginia. As a trusted home improvement company in Northern Virginia, MOSS focuses on providing customer service that is unparalleled by any other contractors.

A&T Heating and Air Conditioning A&T Heating and Air Conditioning
42990 Elk Place
Chantilly, 20152

We are located in South Riding, Virginia! Call us to schedule an appointment! 703-327-1895.

BaronTech BaronTech
Chantilly, 20151

Heating/Air Conditioning, Fireplaces/Chimneys, Air Duct Cleaning, Ventilation/Air Quality, Major Plumbing/Humidity Control Residential & commercial

L&B Universal L&B Universal
3852 Dulles South Ct Unit G
Chantilly, 20151

Air Conditioning and heating

Red River Red River
14111 Park Meadow Dr
Chantilly, 20151

Technology Decisions Aren't Black and White. Think Red.