Nepali Content

Nepali Content

Share

From the Himalayas to Your Feed

06/23/2026

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचयपत्रको विदेशी ठेक्का रद्द गरिएको छ। अब राष्ट्रिय परिचयपत्र सरकार आफैंले छाप्ने भएको छ।

06/22/2026

He is so humble and kind, he even missed the penalty so Ronaldo fans can atleast have something to celebrate in this world cup.

For us believers he gave 2 goals to celebrate ❤️

Top scorer in world cup history 👑

🐐🐐🐐🐐🐐

06/15/2026

नेपालमा काम नगर्ने ठेकेदारलाई ठेक्का रद्ध , जरिवाना अथवा , पक्राउ गरेर राज्यलाई पुगेको क्षेति असुल सम्म गर्न सकिने व्यवस्था खारेज भएर मन्त्रीको आादेशमा खुट्टा भाँच्न सकिने कानुन आइसकेको हो र ?

05/02/2026

कुन कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचिसाहित)

–नेपाल वायुसेवा
–राष्ट्रिय समाचार
–कर्मचारी सञ्‍चय
–गोरखापत्र
–नेपाली भाषा प्रकाशन
–चलचित्र जाँच
–सञ्‍चार संस्थान
–शिक्षक सेवा
–गुठी संस्था र त्यसका
–राष्ट्रिय प्रकृति संरक्षण कोष

–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

–नेपाल विद्युत् प्राधिकरण

–लुम्बिनी विकास कोष

–नेपाल संस्कृति विश्वविद्यालय

–पशुपति क्षेत्र विकास कोष

–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्

–आयुर्वेद चिकित्सा परिषद्

–काठमाडौं उपत्यका विकास प्राधिकरण

–राष्ट्रिय बीउबिजन समिति

–नेपाल खानेपानी संस्थान

–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नागरिक लगानी कोष

–प्रेस काउन्सिल

–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान

–कृषि अनुसन्धान परिषद्

–राष्ट्रिय दुग्ध विकास बोर्ड

–काठमाडौं विश्वविद्यालय

–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति

–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

–समाज कल्याण परिषद्

–त्रिभुवन विश्वविद्यालय,

–विश्वविद्यालय अनुदान आयोग

–नेपाल स्काउट

–पूर्वाञ्चल विश्वविद्यालय

–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति

–नेपाल नर्सिङ परिषद्

–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था

–नेपाल स्वास्थ्य व्यवसायी परिषद्

–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

–पोखरा विश्वविद्यालय

–दूरसञ्चार प्राधिकरण

–नेपाल नागरिक उड्डयन प्राधिकरण

–नगर विकास कोषका कार्यकारी निर्देशक

–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति

–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति

–नेपाल इन्जिनियरिङ्ग परिषद्‌

–नेपाल पशु चिकित्सा परिषद्‌

–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

–नेपाल फार्मेसी परिषद्‌

–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

–सडक बोर्ड

–धितोपत्र बोर्ड

–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड

–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण

–लुम्बिनी बौद्ध विश्वविद्यालय

–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

–सार्वजनिक खरिद पुनरावलोकन समिति

–सूचना आयोग

–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

–बिरूवा क्वारेन्टाइन समिति

–नेपाल ट्रष्टको सञ्चालक समिति

–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान

–नेपाल प्रज्ञा प्रतिष्ठान

–सुदूरपश्चिम विश्वविद्यालय

–मध्यपश्चिम विश्वविद्यालय

–कृषि तथा वन विज्ञान विश्वविद्यालय

–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

–सत्य निरूपण तथा मेलमिलाप आयोग

–राष्ट्रिय युवा परिषद्

–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल खुला विश्वविद्यालय

–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति

–विशेष आर्थिक क्षेत्र प्राधिकरण

–केन्द्रीय श्रम सल्लाहकार परिषद

–सामाजिक सुरक्षा कोष

–विपद् व्यवस्थापन प्राधिकरण

–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्वास्थ्य बीमा बोर्ड

–राजर्षि जनक विश्वविद्यालय

–अपाङ्गता राष्ट्रिय निर्देशन समिति

–राष्ट्रिय सहकारी नियमन प्राधिकरण

–लगानी बोर्ड

–राष्ट्रिय जनस्वास्थ्य समिति

–नेपाल मेडिकल काउन्सिल

–राष्ट्रिय चिकित्सा शिक्षा आयोग

04/22/2026

बालेन्द्र शाह ले हालका लागि गृहमन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राख्ने निर्णय गरेका छन्। गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सचिवालयले उक्त मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्ने जानकारी दिएको हो।
गुरुङ विवादित व्यवसायी दीपक भट्ट सँगको साझेदारी तथा सेयर कारोबारसम्बन्धी विषयमा विवादमा तानिएका थिए। सोही प्रकरणमा निष्पक्ष छानबिन होस् भन्ने माग गर्दै उनले गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।
सरकार गठन भएको २६ दिनमै गृहमन्त्रीको बहिर्गमन भएको छ। केही दिनअघि गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। तर उक्त विवरण अस्वाभाविक भएको भन्दै आलोचना भइरहेका बेला माइक्रो इन्स्योरेन्सलगायत क्षेत्रमा थप लगानी रहेको तथ्य बाहिर आएको थियो।
यस्तै, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा प्राप्त सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको आरोप पनि सार्वजनिक भएपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो। सोही दबाबका बीच उनले बुधबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन्।
गुरुङको राजीनामापछि नयाँ गृहमन्त्री नियुक्त नभएसम्मका लागि प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैं सम्हाल्ने भएका छन्। यस कदमले सरकारको आन्तरिक व्यवस्थापन र सुरक्षा संयन्त्रमा प्रधानमन्त्रीको भूमिका अझ सशक्त बन्ने विश्लेषण गरिएको छ।

04/22/2026

गृहमन्त्री सुधन गुरुङले फेसबुकमा स्टाटस लेख्दै पदबाट राजीनामा दिएका छन्। उहाँको स्टाटस यस प्रकार छ:
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

04/21/2026

Breaking News!!!!
गृहमन्त्री सुधन गुरुङ राजीनामा गर्न तयार
गृहमन्त्री सुधन गुरुङले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्री बालेन शाहले सो विषयमा स्पष्टीकरण माग गरेपछि गुरुङले सोमबार साँझ लिखित जवाफ पेस गरेका थिए। आफूविरुद्ध उठेका प्रश्नहरूको अनुसन्धानमा सहयोग पुर्‍याउन र विवादमुक्त भएर फर्कने वातावरण बनाउन प्रधानमन्त्रीको सुझाव र आफ्नै प्रतिबद्धता बमोजिम उनी पदबाट बाहिरिन तयार भएका हुन्।

04/02/2026

आजको संसदमा हर्का साम्पाङ भन्छन्, "हामिले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ । सबैभन्दा पहिला आफुले आफैंलाई परिवर्तन गर्नपर्छ ... अघिल्लो सपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिला थियौ भने आज १६ मिनेट ५५ सेकेन्ड हामी ढिला भएका छौँ । जनताले हामिलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन । त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं ।"

Photos from Nepali Content's post 03/30/2026

मन्त्रि परिषद् को दोस्रो औपचारिक बैठक अहिले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।

03/30/2026

नेपालका प्रधानमन्त्री बालेन शाहले आज साँझ करिब ४ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ। उक्त बैठकमा उहाँले के–के निर्णय गर्नुहुनेछ भन्ने सबैको चासोको विषय बनेको छ।

Want your business to be the top-listed Engineering Company in Austin?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Austin, TX