Dxn Roshan Ram
Health,wealthy,happens by freedom life Dxn contact for information 980-0834374
15/02/2026
अहिलेको अवस्था बाबा महादेव मन्दिर जलेश्वर ।
26/12/2025
सिरहाका सत्य नारायण साफीको जीवनकथा केवल सफलताको कथा होइन, यो इच्छाशक्ति, परिश्रम र अठोटको जी'वित प्रमाण हो।
आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नै खर्च टार्न उनी हरेक दिन करिब ९ घण्टा ज्याला मजदुरी गर्न बाध्य थिए। थुप्रैका लागि यति समय मजदुरी गरेपछि पढाइ सम्भव नहोला भन्ने लाग्छ, तर सत्य नारायणले यही धारणालाई गलत सावित गरे।
२४ घण्टामध्ये २० घण्टा पढाइमा समय दिँदापनि नाम निकाल्न नसकिने MBBS जस्तो कठिन प्रतिस्पर्धामा उनले दिनभर मजदुरी र बाँकी समय निरन्तर अध्ययन गर्दै MBBS Full Scholarship मा नाम निकाल्न सफल भए। समय कम थियो, साधन सीमित थिए, शरीर थाकेको हुन्थ्यो, तर सपना जि'उँदो थियो र इच्छाशक्ति अडिग।
उनको सफलताले स्पष्ट पार्दछ कि यदि लक्ष्य स्पष्ट छ, मनैबाट केही गर्ने अठोट छ र मेहनतसँग सम्झौता गरिँदैन भने असम्भव भन्ने शब्द केवल बहाना मात्र हुन्छ। सत्य नारायण साफी आज संघर्ष गरिरहेका हजारौँ युवाका लागि प्रेरणाको उज्यालो बनेका छन्। ❤️🙏
सत्य नारायण साफीलाई उज्ज्वल भविष्यको शुभकामना 🙏❤️
25/12/2025
सुगर, प्रेसर, ग्यास्ट्रीक, कोल्स्ट्रोल, युरिक एसिड, पायल्स, तथा मुटु, मृगौला, कलेजो र स्नायु सम्बन्धि समस्याहरु लगाएत ३०० भन्दा बढी रोगहरुमा निकै लाभदायक ।।
20/10/2025
यह दिवाली आपके जीवन में सभी उज्ज्वल और सुंदर चीजों की शुरुआत का प्रतीक हो। आपको हँसी, एकजुटता और प्रियजनों की गर्मजोशी से भरी दिवाली की शुभकामनाएँ। यह त्यौहार हमें याद दिलाए कि छोटी सी रोशनी भी अंधकार को दूर कर सकती है। प्यार, खुशी और अनंत मधुर क्षणों से जगमगाती दिवाली की शुभकामनाएँ।
Roshan Ram 🎆🎇
Once Again Happy दिपावली 🎉🎊🎆
02/10/2025
दशैंको हार्दिक मंगलमय शुभकामना! 🙏
आज टीकाको यो शुभ साइतमा परिवारको न्यानोपन, आमा-बुबाको आशीर्वाद र मीठो जमराको स्पर्श ले जीवनलाई ऊर्जा दिएको छ। 🙏 पुराना दुःख बिर्सेर, नयाँ उमङ्गका साथ अगाडि बढ्ने प्रेरणा मिलोस्। देवी दुर्गा भवानीले तपाईं सबैको रक्षा गरून् र जीवनमा सुख, शान्ति र समृद्धि ल्याऊन्।
सबैमा हर्षोल्लासपूर्ण दशैं! ❤️
#दशैं #दशैं२०८२
16/09/2025
दुई जना मन्त्रीको बोल्ड निर्णयले बच्यो राज्यको १ खर्ब २२ अर्ब
अन्तरिम सरकारका दुई जना मन्त्रीको बोल्ड डिसिजनले राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब बचेको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले नेताका आफन्त नातागोतालाई दिइएका टुक्रे आयोजनाको बजेट कार्यान्वयन नगर्ने निर्णय गर्दै राज्यको ढुकुटीको करिब १ खर्ब रुपैयाँ फजुल खर्च रोकेका छन् । त्यस्तै ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । दुबै मन्त्रीले गरेको निर्णयबाट राज्यको ढुकुटीमा १ खर्ब २२ अर्ब भेला हुने भएको छ ।
16/09/2025
मोरु ५ महेन्द्र राजाको पालामा २०१६ फागुन ७ गते नीष्कासीत नेपालको प्रथम गभर्नर हिमालय शमशेर जबरा को हस्ताक्षर रहेको नोट ेपालीपुरानोपैसासङ्कलन
16/09/2025
कसरी बन्यो सिंहदरबार ?
१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।
२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।
३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।
४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।
५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।
६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।
७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।
८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।
९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।
१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।
११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।
१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।
१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।
१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।
१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।
Source :- Social Media 📸
12/09/2025
शिर निहुराउनै परे परोस त सत्य, निष्ठाको
गुलामै हुन परे पनि होऔ आफ्नै इमानको
हनुमानै हुन परे होउ आफ्नै देशको
स्याबास सुदन जि 🙏👏
र स्पष्टी गरिदिनु भयो कि नेता ठुलो भासणले होइन,
जिम्मेवारी बोधले हुन्छ ।
नमन ति ताराहरु प्रती जो अस्ताए !
यो फोटो इतिहास बन्ने छ !
नेतै हुन परे देशको हुनु, आफ्नै विवेकको हुनु ,
आफू भित्रको इमानको हुनु ! ......... को होइन ।
Thank you for safe landing of Gen Z protest2025.
17/08/2025
"दुनिया में हजारों लोग हैं,
जो तुम्हें सलाह देंगे,
प्रेरणादायक बातें सुनाएंगे,
लेकिन सच ये है…
जब तक तुम्हारे अंदर खुद उठने का जज़्बा नहीं होगा,
कोई भी तुम्हें बदल नहीं सकता।
मोटिवेशन बाहर से नहीं आता,
वो तुम्हारे अंदर से उठता है।
जब तुम खुद तय कर लेते हो
कि अब हार नहीं माननी,
अब पीछे नहीं हटना…
तब कोई ताकत तुम्हें रोक नहीं सकती।
लोग तुम्हें रास्ता दिखा सकते हैं,
लेकिन उस रास्ते पर चलना तुम्हारे कदमों का काम है।
और याद रखो —
खुद को हर दिन मोटिवेट करना
सफलता की सबसे पहली सीढ़ी है।
क्योंकि जीत हमेशा उसी की होती है,
जो खुद को हिम्मत देने की कला जानता है।"
11/08/2025
Europe office 😍 980-0834374
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Doha
57