Update Nepal

Update Nepal

Share

News Update !

22/09/2026

चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा प्रदर्शनको दोस्रो हप्तामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै बढेको माउथ पब्लिसिटीका कारण चलचित्रले देशभर दोस्रो हप्तामा समेत राम्रो शो पाइरहेको छ।पोखराका तीन प्रमुख चलचित्र हलमा मात्रै ‘पेन्सन पट्टा’ले हालसम्म १ करोड २ लाख ३ हजार ७ सय रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको छ। पोखरा ट्रेडमलस्थित क्यूएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरको व्यापार जोड्दा उक्त रकम पुगेको हो।

21/09/2026

चलचित्र ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङसहितको टोलीले सोमबार आज रुपन्देहीमा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का साथीहरूसँग भेटघाट गरेको छ।

प्रदर्शनरत चलचित्र ‘पेन्सन पट्टा’बारे दर्शक तथा शुभेच्छुकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा टोलीले परिषद्का साथीहरूसँग भेटघाट गरेको हो। भेटका क्रममा चलचित्रको प्रदर्शन, दर्शकको प्रतिक्रिया तथा चलचित्रप्रतिको दर्शकको साथ र समर्थनका विषयमा कुराकानी भएको थियो।

21/09/2026

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले पहिलो सातामा ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार प्रदर्शनको पहिलो सातासम्म चलचित्रले उक्त कारोबार गरेको हो। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको ‘पेन्सन पट्टा’ले पहिलो सातामै उत्साहजनक व्यापार गर्न सफल भएको छ।

पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तुका कारण चलचित्रले दर्शकको ध्यान खिचेको निर्माण पक्षको भनाइ छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा भइरहेको चर्चाले चलचित्रको व्यापारमा थप सहयोग पुगेको जनाइएको छ।

चलचित्रले दोस्रो सातामा पनि देशभर उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। काठमाडौं उपत्यकासहित पूर्वी नेपालका विभिन्न हलमा समेत दर्शकको भिड देखिएको र अधिकांश हलमा चलचित्रले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको बताइएको छ। दर्शकको बढ्दो चासोका कारण चलचित्रको प्रदर्शन अवधि र शो संख्या थपिने थपिएको छ।

चलचित्रको व्यापार उत्साहजनक बनेपछि निर्माण टोली पनि हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ। निर्माण टोलीले चलचित्रलाई साथ दिने दर्शक, प्रदर्शक तथा वितरकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि दर्शकको साथ निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

21/09/2026

गैंडाकोट (तमु) आदर्श गुरुङ समाज, तमु ह्युल छोंज धीं तथा श्री सांगे छ्योलिङ महाबौद्ध गुम्बा, गैंडाकोट, नवलपुरले चलचित्र ‘पेन्सन पट्टा’को टोलीलाई स्वागत गरेको छ।

चलचित्रको प्रचार–प्रसार तथा दर्शक भेटघाटका क्रममा गैंडाकोट पुगेको निर्देशक माओत्से गुरुङसहितको टोलीलाई संस्थाका पदाधिकारी तथा सदस्यहरूले आत्मीय स्वागत गरेका हुन्। सो अवसरमा चलचित्र ‘पेन्सन पट्टा’प्रति शुभकामना व्यक्त गर्दै सफलताको कामना गरिएको थियो।

20/09/2026

दमौलीस्थित QFX Cinemas मा चलचित्र ‘पेन्सन पट्टा’ हेर्ने दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म ६ हजार ५ सयभन्दा बढी दर्शकले दमौलीमा चलचित्र हेरेका छन्।

दर्शकको माया र सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी थप बलियो बन्दै गएको छ। 🙏❤️

20/09/2026

चलचित्र ‘बुकी फूल’को शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बाले गुरुङ समुदायको संस्कृति, जीवनशैली र मौलिक कथालाई चलचित्रमार्फत अभिलेखीकरण गर्ने प्रयास महत्वपूर्ण रहेको बताए। उनले ‘बुकी फूल’ गुरुङ समुदायको सांस्कृतिक दस्तावेज बन्न सक्ने धारणा व्यक्त गरे।

19/09/2026

पोखरामा आयोजित गण्डकी इण्टर स्कूल क्रिकेट प्रतियोगिता कार्यक्रममा चलचित्र पेन्सन पट्टा का निर्देशक माओत्से गुरुङको विशेष उपस्थिति। क्रिकेटको मैदानमा विद्यार्थी खेलाडीको उत्साहसँगै निर्देशक माओत्से गुरुङको उपस्थितिले कार्यक्रमलाई थप रोचक बनाएको छ। चलचित्रसँगै खेलकुद र युवापुस्तासँगको उनको आत्मीय सम्बन्ध पनि निरन्तर देखिँदै आएको छ।

19/09/2026

चितवनमा ५३ वर्षीय हात्ती रोनाल्डो मृ*त अवस्थामा फेला || Ronaldo Elephant ||

19/09/2026

एस के डान्स स्कुलका निर्देशक तथा कलाकार राम लामाले आज चलचित्र पेन्सन पट्टा हेरेपछि निर्देशक माओत्से गुरुङसँगै आफ्नो जन्मदिन मनाएका छन्। चलचित्र हेरेको खुसीसँगै जन्मदिनको अवसरमा निर्देशक माओत्से गुरुङसँग केक काटेर मनाएको यो विशेष क्षण राम लामाका लागि अविस्मरणीय बनेको छ। प

19/09/2026

फिल्म "छ माया छपक्कै- २" को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म यही असोज ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

Telephone

Website

Address

Kathmandu