Bhanu Update
ROTB
मिडियाको आधारभूत धर्म भनेको 'निष्पक्षता र तटस्थता' हो, तर आजभोलि 'न्युज' र 'अपडेट' को नाममा दर्ता भएका केही फेसबुक पेज तथा अनलाइन पोर्टलहरू कुनै निश्चित पार्टीको 'प्रचार शाखा' जस्ता देखिनु अत्यन्तै विडम्बनापूर्ण छ। एक व्यक्तिले आफ्नो निजी आइडीबाट कसैलाई समर्थन गर्नु उसको लोकतान्त्रिक अधिकार होला, तर मिडियाको आवरणमा बसेर समाचारको साटो दलीय 'एजेन्डा' पस्कनु र उम्मेदवारको 'पी.आर. एजेन्ट' बनेर भोट माग्नु पत्रकारिताको आचारसंहिता (Code of Ethics) माथिको नाङ्गो प्रहार हो। जुन मिडियाले आज प्रश्न सोध्ने हैसियत गुमाएर नेताको गुणगानमा व्यस्त छ, भोलि त्यही नेतृत्वले गर्ने भ्रष्टाचार र नीतिगत विचलनमा उसले कसरी खबरदारी गर्न सक्ला? त्यसैले, मिडियाको ट्याग झुण्डाएर राजनीतिक भक्ति गर्नेहरूले बुझ्नुपर्छ कि उनीहरूको काम समाजलाई 'शिक्षित' र 'सचेत' बनाउने हो, कुनै दलको 'कार्यकर्ता' उत्पादन गर्ने होइन। सूचनाको हकलाई व्यापार र राजनीतिसँग साट्ने यस्ता संयन्त्रहरूबाट सचेत रहनु नै आजको आवश्यकता हो।
आह्वान: तनहुँ क्षेत्र नं. १ को भविष्यका लागि "नागरिक बहस" (Public Debate) – एउटा साझा पहल!
सम्पूर्ण आदरणीय तनहुँवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अभिवादन ।
मुलुक अहिले निर्वाचनको सङ्घारमा छ। राष्ट्रिय स्तरमा प्रधानमन्त्रीका दाबेदारहरूबीच सार्वजनिक बहस (Public Debate) हुनुपर्छ भन्ने आवाज सडकदेखि सदनसम्म गुञ्जिरहेको अवस्थामा हाम्रो तनहुँ क्षेत्र नं. १ ले पनि एउटा स्पष्ट मानक स्थापना गर्नु आवश्यक छ। के हामी सांसदका रूपमा केवल 'भाइरल' अनुहार वा पार्टीको 'टिकट' मात्र रोज्दैछौँ? कि देशको संविधान र कानुन कोर्ने एक योग्य 'विधायक' रोज्दैछौँ?
अहिलेसम्म नेताहरूले हामीलाई जे सुनाउन चाहे, हामीले त्यही सुन्यौँ। तर यसपटक हामी चाहन्छौँ— हामीले जे सोध्न चाहन्छौँ, नेताले त्यसको जवाफ दिनुपर्छ।
तसर्थ, एक स्वतन्त्र र सचेत नागरिकको हैसियतले म तनहुँ-१ का प्रमुख उम्मेदवारहरू:
* डा. स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी)
* भगवती न्यौपाने (नेकपा एमाले)
* गोविन्द भट्टराई (नेपाली कांग्रेस)
* अन्य उम्मेदवारहरूलाई...
एउटै मञ्चमा "खुला नागरिक बहस" का लागि हार्दिक आह्वान गर्दछु ।
१. आदरणीय डा. स्वर्णिम वाग्ले ज्यू (रास्वपा): तपाईँको अर्थशास्त्रीय विज्ञता तनहुँको किसानको हलो र कोदालोसँग कसरी जोडिन्छ?
२. आदरणीय गोविन्द भट्टराई ज्यू (नेपाली कांग्रेस): तपाईँको दशकौँको राजनीतिक निष्ठाले तनहुँका युवाहरूको विदेश पलायन कसरी रोक्छ?
३. आदरणीय भगवती न्यौपाने ज्यू (नेकपा एमाले): तपाईँको पार्टीको नीतिले तनहुँको शिक्षा र स्वास्थ्यमा कुन क्रान्ति ल्याउँछ?
१. भुइँमान्छेको न्याय: यो बहस कुनै चिल्लो स्टुडियोमा होइन, यस बहसमा कुनै ठुला पत्रकार वा भीआईपीले मात्र होइन, बरु हाम्रा किसान दाइहरू, ट्याक्सी/ट्रक चालकहरू, मजदुर, विद्यार्थी र गृहिणीहरूले प्रत्यक्ष प्रश्न सोध्नेछन्। जसको आवाज कहिल्यै काठमाडौँको सत्ताले सुन्दैन, उनीहरूले आफ्ना उम्मेदवारको आँखामा आँखा जुधाएर प्रश्न गर्नेछन्।
२. नीतिगत स्पष्टता (Policy over Populism): सांसद भनेको विकासको ठेक्का बाँड्ने एजेन्ट होइन । उम्मेदवारहरूसँग शिक्षा, स्वास्थ्य, र देशको जर्जर अर्थतन्त्र सुधार्ने के 'नीति' (Policy) छ? उनीहरूले सदनमा हाम्रो क्षेत्रको प्रतिनिधित्व कसरी गर्छन्? यसको बौद्धिक परीक्षण हुनेछ।
मेरो अपिल: तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण सचेत नागरिकहरू, आउनुहोस्! यो अभियानलाई साझा बनाऔँ। हामीलाई 'भाइरल' पात्र होइन, 'जिम्मेवार विधायक' चाहिएको हो। यदि तपाईँ आफ्नो र आफ्नो सन्तानको भविष्यप्रति चिन्तित हुनुहुन्छ भने, यो बहसमा हाम्रो साथ दिनुहोस्।
यो कुनै पार्टीको विरुद्ध होइन, यो त लोकतन्त्रको सुदृढीकरण र हाम्रा भविष्यका लागि हो।
"प्रश्नले नै मान्छेलाई जिम्मेवार बनाउँछ, अब बहस चौतारीमा हुनेछ!"
17/09/2025
दमौली, ३१ भदौ । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले पुस्तक विक्री गरी आर्थिक रुपमा विपन्नलाई सहयोग गर्ने भएका छन् । आलेले व्यक्तिगत रुपमा 'नेपालमा ऋषिङको परिचय' नामक पुस्तक प्रकाशन गर्न लागेका हुन् ।
पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने उनले जानकारी दिएका छन् । पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्था गर्नेछु ।"
पालिकाभित्र रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकासँग सहकार्य गरेको उनले बताए ।
प्रतिष्ठानका अध्यक्ष आलेले प्रतिष्ठानबाट पालिकाभित्रका विपन्न ज्येष्ठ नागरिकलाई विद्युतीय चुलो, न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका मनकारी काम गरिरहेका छन् ।
Https://khabarpunja.com/2025/09/16/89820?fbclid=IwdGRjcAM3KjFjbGNrAzcpmWV4dG4DYWVtAjExAAEex315s7RL9YxG_ysg8hNat3Ye01-ZqmsYFQUmeHbx7dMId8RK29NNaN4Wgmk_aem_L7hLdhbNGw57MyKA_LXi_A
आलेले ‘नेपालमा ऋषिङको परिचय’ पुस्तक प्रकाशित गर्ने, पुस्तकबाट आउने रकम विपन्नमा लगानी गरिने दमाैली, ३१ भदाै । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले पुस्तक विक्री गरी आर्थिक रुपमा विपन....
27/02/2025
Aafu nii sutdiinaa hamlii nii
Sutnaa didainaa yrr. 2:51
29/08/2024
आँबुखैरेनी बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन् !
आँबुखैरेनी बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन् दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भ.....
13/07/2024
गैँडाकोटमा भेटिएको एक शव सिमलताल घटनाकै, अर्को शवको सनाखत बाँकी चितवन : नवलपरासी पूर्वको गैँडाकोटमा भेटिएको दुई शव मध्य एक शवको पहिचान खुलेको छ। उक्त शव सिमलताल घटनाकै रहेको प्र....
Click here to claim your Sponsored Listing.
14/07/2024