Pardeshi.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pardeshi.com, News & Media Website, galyang, Syangja.
30/08/2022
लायन्स क्लब गल्याङ सिटिको आयोजनामा भएको तिज बिशेष कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिए |
कार्यक्रममा लीईएका केही फोटोहरु |
25/08/2022
यस बर्ष कोरियाको उत्पादनमुलक छेत्रमा १५००० जनालाई उतिर्ण गराउने
परदेसि डट कम सम्बाददाता
काठमाडौ भदौ ९
ई पि एस अन्तर्गत उत्पादन मुलक क्षेत्रमा यस बर्ष १४९१३ जना कामदार उतिर्ण हुने भएका छन | यो सन्ख्या झन्डै १५ हजारको हाराहारी हो |
ई पि एस कोरिया साखाले एक पत्रमा भनेको छ | पहिला कायम भएको ६९१३ लाई बढाएर ८००० थप गरी १४९१३ पुर्याईएको पुष्पराज खडकाद्वारा जारि गरिएको पत्रमा उल्लेख छ |
यो पास हुने सन्ख्या दुई चरण गरी हुने सन्ख्या हो | कोरिया पास हुनु रोजगारिको ग्यारेन्टि भने होईन | कोरिया हामीले सोचेजस्तो सजिलो नभएको कोरिया पुगेर आएका एक जना नेपालीले हामीलाई बताए | कोरियनको ब्वव्हार नेपालीको साथीभाई लाई गर्ने ब्यव्हारले कोरिया काम गर्नु फलामको चिउरा जतिकै छ उनको तर्क छ|
25/08/2022
चाडपर्बलाई लक्षित गर्दै सनिवार गल्याङ बजार खोलिने
परदेसि डट कम सम्बाददाता
गल्याङ भदौ १०
सनिवार बन्द हुँदै आएको गल्याङ बजार चाडपर्बको माहोल संगै खोलिने भएको छ |
चाड पर्बमा उपभोग्य सामानको माग बढी हुनाले ग्राहकको मागलाई मध्यनजर गरी बजार खोलिन लागेको गल्याङ उधोग बाणिज्य महासंघका अध्यक्ष यज्ञ अर्यालले परदेसि डट कमलाई बताए |
चाडपर्बको समयमा सनिवार पसल हुँदा बजार पर्ति ग्राहकको मानसिकतामा नकारात्मक प्रभाव पर्न सक्छ त्यसैले खोलिएको महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई ले भन्नुभयो |त्यसले बजारलाई पनि भविस्यमा असर पर्न सक्छ उहाले जोड दिनुभयो |सनिवार बजार कार्तिक २० गते सम्म खुल्ने छ |
24/08/2022
गल्याङमा तिज महोत्सव २०७९ हुने
परदेसि डटकम समबाददाता
स्याङ्जा भदौ ९
गल्याङमा तिज महोत्सव २०७९ हुने भएको छ | लायन्स कलब गल्याङ सिटिको आयोजनामा उक्त महोत्सव हुने भएको हो |
हरेक बर्ष झै हरितालिकाको दिन उक्त महोत्सव हुने आयोजकले जनाएको छ |
चर्चित कलाकार पूर्णकला बिसिको बेजोड प्रस्तुती हुने कार्यक्रममा स्थानिय कलाकारले पनि साथ दिने जनाईको छ |
कार्यक्रम सफल पार्नको लागि सबै उपस्थिती भै सहयोग गरिदिन लायन्स गल्याङका सचिव सुर्य प्रसाद भट्टराईले हामीलाई बताए |
यस्ता कार्यक्रमले नेपाली चाडपर्बलाई जगेर्ना गर्ने सहयोग पुग्ने लायन्स अध्यक्ष तथा गल्याङ ३ का वार्ड अध्यक्ष कृष्ण प्रसाद भट्टराईले परदेसि डटकम लाई बताए |
कोरियामा बस्ने नेपालीले लगानि गरेको मिल्ति हाईड्रोपावरको पैसा हिनामिना
परदेसि डट कम सम्बाददाता
काठमाडौ भदौ ८
रोजगारिको सिलसिलामा दक्षिण कोरिया गएका नेपालीले लगानि गरेको सानो मिल्ति हाईड्रोपावरको पैसा हिनामिना भएको छ |
राम्रो प्रतिफलको आशा देखाई पटक पटक गरी पैसा उठाईको थियो | आज भन्दा अगाडि काम के भै राखेको छ भन्दा काम भै राखेको छ भनेर बोर्ड समितिका एक सदस्य ले भनेका थिए तर अहिले बुझ्न खोज्दा उहा सम्पर्क बाहिर हुनुहुन्छ ,एक पीडितले हामीलाई बताए |उहाले यदि काम भएन भने लगानि फिर्ता दिन्छु भन्दै आस्वासन दिनु भएको कुरा खुलाए |
संचालक समितिका एक सदस्य जो अहिले नेपाल खेलकुद महासंघमा हुनुहुन्छ | एक पीडितले भने ‘मलाई उहाले तपाईंको काम भएन म लगानि फिर्ता दिन्छु भन्नु भएको थियो तर उहा बेखबर हुनुहुन्छ’यस्तै अवस्था भयो भने हामीले जस्तो सुकै कदम नि चाल्न सक्छौ ‘यो मेरो उहालाई चुनौती नै हो |
अहिले सानो मिल्ती पर्ति नेपालीहरु आक्रोसित छन |
02/09/2019
लायन्स कल्ब अफ गल्याङ सिटीको आयोजनामा गरिएको तिज कार्यक्रममा दर्शकहरुले भरपुर मनोरन्जन लिए |उनिहरु यसरी रमाए |
भर्खरै काठमाडौंमा भुकम्पको धक्का महशुस ४ रेक्टर स्केल इपिसेन्टर क्रीतिपुर
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Syangja