JCI Surkhet Lady
"Women Leadership, Skill Development, Community Impact"- Surkhet Lady JCI
21/03/2026
नेपाल जेसीज द्वारा प्रदान गरिएको “Sankalpa to Success Award – February 2026” प्राप्त गर्न सफल भएका छौं ।
यो सम्मान हाम्रो टिमको निरन्तर मेहनत, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनको परिणाम हो । Project Sankalpa अन्तर्गत रणनीतिक योजना, प्रभावकारी कार्यान्वयन र उत्कृष्ट संचारमार्फत प्राप्त गरिएको यस उपलब्धिले हामीलाई अझै उर्जा र प्रेरणा दिएको छ ।
यसमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
08/03/2026
Thank You for news coverage
महिला दिवसमा कानुनी साक्षरता तालिम सम्पन्न, दृष्टिविहीन छात्रालाई छात्रवृत्ति सुर्खेत । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्खेत महिला जेसीजले आयोजना गरेको महिलाहरूका लागि कानुनी...
08/03/2026
२०८२ साल फागुन २४ गते ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्खेत महिला जेसीजको आयोजनामा महिलाहरूका लागि कानुनी साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी मनु सुनार ज्यूको अध्यक्षता तथा सुर्खेत महिला जेसीज वर्ष १३ का अध्यक्ष एवं संस्थापक महासचिव जेसी ज्योति कार्की पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–६ का विभिन्न टोलका महिलाहरूलाई लक्षित गरी कानुनी सचेतना तथा अधिकारसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षक जेसीआई सिनेटर तथा अधिवक्ता अनिल बहादुर शाही रहनुभएको थियो । उहाँले महिलाहरूलाई आफ्नो अधिकार, कानुनी प्रक्रिया, महिला हिंसासम्बन्धी कानुनी व्यवस्था तथा अन्य महत्वपूर्ण विषयमा जानकारी गराउनुभएको थियो । महिलाहरूलाई आफ्नो अधिकारप्रति सचेत रहन तथा अन्यायका विरुद्ध कानुनी रूपमा आवाज उठाउन सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
यसै अवसरमा अमेरिकामा बसोबास गर्दै आउनुभएकी कमला खाँडले सुर्खेत महिला जेसीजलाई रु। २९,००० सहयोग प्रदान गर्नुभएको थियो। उक्त सहयोग रकममध्ये रु १५,००० वीरेन्द्रनगरस्थित श्री संस्कृत तथा साधारण माध्यमिक विद्यालय, इत्राममा अध्ययनरत दृष्टिविहीन छात्राहरूलाई छात्रवृत्तिका रूपमा प्रदान गरिएको छ। बाँकी रकम भने महिला कानुनी साक्षरता तालिम सञ्चालनमा लगानी गरिएको छ।
कार्यक्रममा वीरेन्द्रनगर–६ का विभिन्न टोलबाट आएका महिलाहरू, सुर्खेत महिला जेसीजका बोर्ड तथा पदाधिकारीहरू, पूर्व अध्यक्षहरू तथा दृष्टिविहीन छात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
02/03/2026
आज मिति २०८२ साल फागुन १८ गते सुर्खेत महिला जेसीजको आयोजनामा फागु पूर्णिमाको पावन अवसरमा मानव सेवा आश्रम, वीरेन्द्रनगर–१२ मा होली मिलन तथा भोजन सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनार ज्यू को अध्यक्षता तथा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव जेसी ज्योति कार्की ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेसीजका पदाधिकारी, बोर्ड सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, छिमेकी शाखा दैलेख तथा अछामबाट आउनुभएका प्रतिनिधिज्यूहरू साथै मानव सेवा आश्रममा आश्रित परिवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
होली पर्वको अवसर पारेर मानव सेवा आश्रममा रहनुभएका परिवारहरूसँग रंग आदानप्रदान, शुभकामना साटासाट तथा भोजन सेवा गर्ने अवसर पाउँदा हामी सम्पूर्ण सुर्खेत महिला जेसीज परिवार अत्यन्तै हर्षित भएका छौं ।
सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने मानव सेवा आश्रम परिवार, उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, जेसीज परिवार तथा सहयोगी हातहरू प्रति विशेष आभार व्यक्त गर्दछौं।
20/02/2026
Gorkhapatraonline
पुरानै विकासे प्रतिबद्धता सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका पाँच जना उम्मेदवारले जिल्लाको विकास निर्माणमा पुरानै यो....
20/02/2026
Thank You journalist Lalit Basl
Five candidates outline old promises in Surkhet-2 Five candidates contesting the House of Representatives election from Surkhet Constituency-2 have reiterated largely familiar development pledges, vowing to carry forward long-discussed plans for prosperity in the district.
19/02/2026
Thank you So Much
नेतृत्व र सुशासनका लागि जेसीजको विशेष तालिम कार्यक्रम सम्पन्न - Deepjyotikhabar सुर्खेत। नेपाल जेसीज वर्ष २०२६ को कार्ययोजना अनुसार विभिन्न शाखाहरूको संयुक्त आयोजनामा बहु-अध्याय “संसदीय बैठक...
19/02/2026
Multi Chapter Training (Parliamentary Meeting Procedure)
आज मिति २०८२ साल फागुन ७ गते सुर्खेत महिला जेसीजको आयोजना तथा दैलेख जेसीज, कर्णाली जेसीज, अछाम जेसीज, भेरीगंगा जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको सह–आयोजनामा Multi Chapter Training (Parliamentary Meeting Procedure) सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी मनु सुनारज्यूको अध्यक्षतामा तथा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्षज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष २००५ का अध्यक्ष जेसीआई सिनेटर गेहेन्द्र प्रसाद दाहालज्यूले संसदीय बैठक प्रक्रिया सम्बन्धी प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा सुर्खेत महिला जेसीज, दैलेख जेसीज, कर्णाली जेसीज, अछाम जेसीज, भेरीगंगा जेसीज तथा वीरेन्द्रनगर जुनियर जेसीजका बोर्ड सदस्य, पदाधिकारीहरू तथा सम्पूर्ण शाखाका पूर्व अध्यक्षज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले संसदीय बैठक प्रक्रियाको ज्ञान अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकासमा महत्वपूर्ण टेवा पुर्याएको विश्वास लिइएको छ।
18/02/2026
प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न
आज मिति २०८२ साल माघ ६ गते नेपाल जेसीजको पत्राचारअनुसार सुर्खेत महिला जेसीजको आयोजनामा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारबीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षता तथा संस्थापक अध्यक्ष जेसी सीमा चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन सुर्खेत क्षेत्र नं २ का उम्मेदवारहरू सहभागी रहनुभएको थियो । संवादमा कुलमणि देवकोटा (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), झकबहादुर मल्ल (नेकपा) , रमेश सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी), कबिराम पुरी (उज्ज्वल नेपाल पार्टी), गम्भीर सिंह भुल ( उज्यालो नेपाल) तथा स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले आफ्ना धारणा तथा प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्षरअप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏
17/02/2026
सम्पूर्णमा हार्दिक निमन्त्रणा 🙏
13/02/2026
आज मिति २०८२/११/०१ गते महाशिवरात्रिको अवसर पारेर सुर्खेत महिला जेसीज वर्ष २०२६ को आयोजनामा वीरेन्द्रनगर–०३, तातापानी सुर्खेत स्थित श्री हरिडिलभूमि माध्यमिक विद्यालयमा Self Realisation Session तथा Cyber Crime सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम सुर्खेत महिला जेसीजका का. व. अध्यक्ष कार्यकारिणी उपाध्यक्ष भिमा शाही ज्युको अध्यक्षता तथा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव जेसी ज्योति कार्की ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्य, आत्मचिन्तन क्षमता, आत्मविश्वास अभिवृद्धि तथा बढ्दो डिजिटल अपराधप्रति सजग बनाउने उद्देश्यसहित यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा साइको काउन्सेलर दीपेश शाही ठकुरीज्यूले Self Realisation सम्बन्धी सत्रमार्फत आत्मपहिचान, भावनात्मक सन्तुलन र जीवनमा सही निर्णय लिन आवश्यक मनोवैज्ञानिक पक्षबारे महत्वपूर्ण प्रशिक्षण दिनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी निरीक्षक राजन भट्टराईज्यूले Cyber Crime Awareness सत्रमार्फत सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर अपराधका प्रकार तथा त्यसबाट जोगिने उपायहरूबारे विद्यार्थीहरूलाई व्यवहारिक जानकारी प्रदान गर्नुभयो ।
विद्यार्थी, शिक्षक, सम्पूर्ण सहयोगी, प्रशिक्षक, पूर्व अध्यक्ष ज्यूहरु, बोर्डका पदाधिकारी ज्यूहरु, विद्यालय परिवार तथा सहभागी सबैमा हार्दिक धन्यवाद ।
08/02/2026
सुर्खेत महिला जेसीज वर्ष २०२६ को दोस्रो बोर्ड बैठक महत्वपूर्ण निर्णयहरू गरि सम्पन्न भएको छ । बैठक सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।
बोर्ड बैठकमा प्रमुख सल्लाहकार जेसी ज्योति कार्की पौडेल, सल्लाहकार सुस्मा गिरी, पूर्व अध्यक्षहरू, पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकले संस्थागत गतिविधि, आगामी कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
21700