Kankrebihar Daily
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kankrebihar Daily, Media/News Company, Birendranagar/4, Surkhet.
04/05/2026
वीरेन्द्रनगर सुर्खेत स्थित पिपिरा चौकको आईतबारसाँझको दृष्य ।
Photo:Kalam Din
11/04/2026
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। आज (शनिवार) अन्दाजी दिउँसो ३ बजे वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ललित केसीको घरमा जुवा खेल भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१० का २७ वर्षीय शिशिर केसी, वीरेन्द्रनगर–७ का ३० वर्षीय डिकेन्द्र थापा, वीरेन्द्रनगर–९ का ३१ वर्षीय करण गुरुङ, वीरेन्द्रनगर–१२ का ४७ वर्षीय परशुराम सोती, वीरेन्द्रनगरका ३७ वर्षीय ललित रेश्मी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार उक्त स्थानबाट १२ गड्डी ताससहित रु. १ लाख ४७ हजार ७९० नगद रुपैयाँ समेत बरामद गरिएको छ।
कलाकार ‘बले’ प्रक्राउ परेका छन् ।
बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
03/04/2026
जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात समितबिच भएका सहमति :
१. सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने।
२. यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने।
३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।
४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।
५. तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने।
६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।
७. सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।
८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने।
९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।
यो सहमति सँगै विहानबाट बन्द भएका सवारीसाधन सूचारू भएका छन् ।
धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर बिकिल अधिकारी छन् ।
शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
03/04/2026
सुर्खेतमा शुक्रबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू बन्द गरिएको छ । यातायात व्यवसायीहरूले वीरेन्द्रनगरस्थित बसपार्कबाट छुट्ने सवारी साधनहरू बन्द गर्ने निर्णय गरेका हुन् । जसका कारण सयौँ यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।
यातायात व्यवसायीहरूले सार्वजनिक सवारीका मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाएका छन् । साथै, निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीहरूलाई खुला छाडिएको पनि उनीहरूको भनाइ छ ।
सुर्खेतमा यातायात व्यवसायीहरूले सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनी दिएका छन् । प्रहरीले सार्वजनिक सवारीका मजदुरमाथि धरपकड गरेको र रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल रोक्न माग गरेका छन् ।
रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबर सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सभामुखमा प्रस्ताव गनेए निर्णय गरेको हो। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्।
यस्तै संसद सचिवालयले पनि सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयका अनुसार शुक्रबार दिउँसो ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आइतबार बिहान ११ बजे बैठकले सभामुख चयन गर्ने छ।
बिचौलिया १६ जना पक्राउ:
सुर्खेतको यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालयबाट ६ जना पुरूष गरी १६ जना व्यक्तिले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु , जग्गा नामसारी तथा भु-सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको रूपमा भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटियको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश दिपक ढकालको एकल इजलाशले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।
चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको जानकारी दिए ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Surkhet
21700