Area Police office Simara
About activity of Area Police Simara Bara.
19/11/2023
मिति २०८०।०८।०२ गते अं.११ः३० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.०२ सिमरा बस्ने उमेश श्रेष्ठको नाममा दर्ता रहेको प्रदेश ०३-०२६ ९९७४ नम्बरको २०० सिसि पल्सर NS मोटरसाईकल ऐ.सिमरा चौक स्थित पार्किङ गरेको अवस्थामा चोरी भएकोमा उक्त मोटरसाईकलको खोजतलाश गर्दै जाँदा मिति २०८०।०८।०३ गते अं.०७ः०० बजेको समयमा ऐ.सिमरा स्थित रहेको पुरानो तराई हस्पिटल अगाडी गल्लिमा वेवारिशे अवस्थामा फेला परेको हुद उक्त मोटरसाईकल उमेश श्रेष्ठ (मो.सा.धनि) को जिम्मा लगाई पटठाईएको व्यहोरा जानकारीको लागी नुरोध गरिएको छ ।
19/11/2023
मिति २०८०।०८।०३ गते जिल्ला जुम्ला गौठिचौर गा.पा.वा नं.०१ बस्ने किरण महतराको 1+ (one pluse) मोबाईल सिमरा एयरपोर्टमा हराएको जानकारी यस कार्यालयमा गराएकोमो उक्त मोबाईल खोजतलाश गरी मोबाईल धनि किरण महतरालाई जिम्मा लाईएको व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।
03/11/2023
प्रस्तुत बिषयमा जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.०६ नगौल-घुसुकपुर जाने कच्चि सडक छेउमा सडक देखि अं. २० मिटर पश्चिम खर(घाँस) मा तत्काल नाम थर वतन नखुलेकी अं.बर्ष ३०/३५ की जस्तो देखिने, उचाई ५ फिट रहेकी मझौला शरीर भएकी महिलाको लाश वेवारिशे अवस्थामा फेला परेको हो । सो महिलाकी दाहिने हाँतको नाडिमा UNUM लेखिएको ट्याटु रहेको र दाहिने खुट्टाको गोलिगठाको भागमा कालो धाँगा बाधिएको उक्त लाशको ट्याटु सहितको फोटो राखिएको छ , कोही कसैले माथि उल्लिखित हुलिया भएको महिलालाई चिन्नु हुन्छ वा कही कतै देखनु भएको छ भने यस कार्यालयमा समपर्क राख्न हुन अनुरोध गर्दछौ ।
20/06/2023
उपरोक्त सम्बन्धमा मिति २०८०।०३।०३ गते जिल्ला बारा परवानिपुर गाउपालिकाका अध्यक्ष ज्युले पसहा खोला नजदिक बाट कार्टुनमा प्याक गरिएको अबस्थामा मेडिकलका सामाग्रिहरु वेवारिशे अबस्थामा फेला पारी यस कार्यालयमा बुझाउनु भएकोमा वहाँलाई धन्यबाद दिन चाहन्छौ साथै उक्त मेडिकल सामग्री को कसको हो हाल सम्म जानकारी हुन नसकेकोले, उक्त सामग्री को कसको हो ? सम्बन्धित व्यक्तिले उक्त सामग्री खरिद गरिएको कागजात सहित यस कार्यालयमा सम्पर्क गरी आफ्नो बहु मुल्य चिज बस्तु बुझी लिनको लागी जानकारी साथ अनुरोध गर्दछौ ।
19/06/2023
मिति २०८०।०३।०३ गते जिल्ला बारा जीतपुरसिमरा उप महानगरपालिका वडा नं.०१ स्थित रहेको श्री जगदम्बा स्टिल प्रा.लि.को तर्फबाट श्री ईलाका प्रहरी कार्यालय सिमरा बाराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री प्रदीप बहादुर क्षेत्री सरको बिशेष पहलमा, यस कार्यालय तथा मातहत र्कायालयका वडा एरिया भित्र शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरी क्रमचारीलाई आवश्यक परेका प्लोरिसेन्ट ज्याकेट थान-३५ सहयोगको रुपमा प्रदान गरिदिनु भएकोमा यस कार्यालयको तर्फबाट श्री गजदम्बा स्टिल प्रा.लि.लाई विषेश धन्यबाद प्रकट गर्न चाहन्छौ ।
16/06/2023
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट खटिएका प्रहरी गस्ती टोलीले मिति २०८०।०२।३० गते यस कार्यालयका वडा एरियाबाट नम्बर एकिन नभएका चेसिस नं. *MD2A13EX3MCH94857* र ईन्जिन नं. DKXCH29132 भएको कालो रंगको २२० सिसि पल्सर मोटरसाईकल र अर्को चेसिस नं. *MD2A36FX2LCJ81778* र ईन्जिन नं. JLXCLJ51780 भएको कालो रंगको NS 200 CC PULSAR मोटरसाईकल वेवारिसे अवस्थामा फेला पारी यस कार्यालयमा ल्याईएको हुदाँ उक्त मोटरसाईकल को कसको हो येकिन गर्न नसकिएकोले निम्न मोटरसाईकल धनी मोटरसाईकलको कागजात लिई यस कार्यालयमा समपर्क गर्न हुन जानकारीको लागी सबैमा सुचित गरिएको छ।
02/06/2023
यस कार्यालयबाट खटिएका प्नहरी टोलीले बिभिन्न समयमा भन्सार छली गरी ल्याएको सामानहरु नियन्त्रणमा लिई बरामद गरी यस कार्यालयमा दाखिला गरेकोमा उक्त सामानहरुको मुल्य २५९९५० (दुई लाख उन्तनसाठी हजार नौ सय पचास ) तय गरी आज जेष्ठ १९ गते राजश्व कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सम्पुर्णमा जानकारीको लागी अनुरोध गरिएको छ ।
20/05/2023
जिल्ला बारा जितपुरसिमरा उप महानागरपालिका वडा नं.०७ जीतपुर स्थित नाम थर वतन बताउन नसक्ने मानसिक अबस्था कमजोर रहेका अ.बर्ष १५ को पुरुष व्यक्ति वेवारिशे अबस्थामा फेला परेकोले कोही कसैको पहिचान वाला अथवा चिनजानका व्यक्ति हुन भने ईलाका प्रहरी कार्यालय सिमरा बारामा सम्पर्क गर्न भनी जानकारी गराईदिनु हुन अनुरोध गर्दछौ ।
06/05/2023
30/04/2023
उपरोक्त सम्बन्धमा मिति २०८०।०१।१५ गते अं.१९;०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.१४ स्थित दुधौरा खोलामा अबैध रुपमा गिट्टि बालुवा उत्खन्न गरी ना ४ त ७१५८ नम्बरको ट्याकटरमा हाली ल्याईरहेको अबस्थामा यस कार्यालबाट खटिएका प्रहरी गस्ति टोलीले नियणत्रनमा लिई आवश्यक कार्वाहीको लागी जितपुरसिमरा उ.म.न.पा.को कार्यालयमा पठाई १०,०००। (दस हजार) को जरिवाना काटी उक्त सवारी धनिको जिम्मामा लगाई पठाईएको ब्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।
28/04/2023
मिति २०८०/१/१४ गते बुधबार अन्दाजि १७ः०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. वडा नं. ४ स्थित दुधौरा खोला बगरमा अवैध रुपमा बालुवा उत्खनन् गरेको अवस्थामा ना ७ त ६२२६ र प्र २ -०३-००१त १८२८नम्बरको ट्र्याकटर यस कारयालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई जितपुर सिमरा उ. म .न .पा. को कार्यालयमा कारवाहीको लागी बुझाईएको ।
29/03/2023
मिति २०७९।१२।१२ गते राति अं.०९:०० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.१ स्थित सडकमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दक्षिण बीरगंज तर्फबाट जिल्ला रामेछाप खाँडदेवी गा.पा.वडा नं.२ बस्ने बर्ष ३१ को अर्जुन कुमार श्रेष्ठले हांकी चलाई आएको र जि.बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.३ बस्ने बर्ष १९ को दिपेश कार्की बसी आएको म.प्र.०३-००१ क.२२४३ नम्बरको टेलर (लहरी) को क्याविनमा चालक र सह-चालक बस्ने सिट पछाडी रहेको लामो सिटमुनीबाट नियन्त्रित लागुऔषध ईन्जेक्शन 2ml को DIAZEPAM २८ एम्पुल, NOOPHIN २८ एम्पुल, PHENERGAN २८ एम्पुल, NITRAVET-10 लेखिएको ७५ ट्यावलेट र NITRAZEPAM लेखिएको ८० ट्याव्लेट फेला परेकोले बरामद तथा पक्राउ गरी यस कार्यालयमा ल्याई चालक अर्जुन कुमार श्रेष्ठ र सह-चालक दिपेश कार्की उपर लागुऔषध सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Simara
123456