Simarakhabar
News & Media Website
03/10/2024
मुख्य राजमार्ग अवरोध ( मिति: २०८१/०६/१७ गते ०८:०० बजे
हेलो सरकार, गृह मन्त्रालय HelloSarkar National Disaster Risk Reduction & Management Authority
Nepal Police
11/03/2024
चैत ३ गतेबाट प्रथम जीतपुर सिमरा क्रीकेट कप आयोजना हुँदै औराहा : जीतपुरसिमरा उपमहानगरपालिकामा खेलाडी उत्पादन गर्ने हेतुले प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने भएको...
09/02/2024
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन्। उनले यो खेलमा सन् २०१४ को विश्वकपमा उनि सङ्गै खेलेका टोलीको कप्तानी गर्नेछन्।
07/02/2024
बाराको बडहर्वामा टिपरको ठक्कर बाट राष्ट्रिय अनुसन्धानका पुर्ब प्रहरी नायब उपरीक्षक बिष्णु थापाको मृत्यु भएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
07/02/2024
जितपुर सिमरा ३ वडा अध्यक्ष तारा बहादुर कार्कि विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता सिमरा– घुससहित पक्राउ परेका जितपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीबिरुद्ध भ...
07/02/2024
जितपुर सिमरा १ अन्तर्गत पर्ने १५० वर्ष पुरानो इतिहास बोकेको बाण लिङ्गेश्वर महादेव ।
05/02/2024
Breaking News : सर्लाहीको मलङ्गवा नापी कार्यालयका १० जना सवार कर्मचारीको गाडी मलङ्गवा -१० गम्हरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी घाइते सबैलाई अस्पताल लगिएको छ ।
05/02/2024
Breaking: बाराको कलैयाबाट पिलुवा जाने सडक खण्डमा पैनीटोल नजिक मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अर्का एकजनाको अवस्था सामान्य छ। उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। घाइतेको विवरण खुल्न बाकी
03/02/2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दद्वारा राजीनामा
01/02/2024
🎖️ | Amar returns: बिस्तारै मोफसलका प्रतियोगितामा देखिदै पुर्व राष्ट्रिय खेलाडी अमर डङ्गोल ⚽️🇳🇵
One of the renown in Nepalese football during his time, Amar Dangol was seen in the ongoing 3rd edition of Manaharwa Gold Cup 2024.Captain Dangol was even adjudged man of the match scoring a goal in a 2-0 win over the organizers Mauwa Devi Yuwa club for his team Birgunj United FC.
It's a pleasure to watch such talents like Amar Dangol being active in the domestic football.🇳🇵
31/01/2024
सिमरा बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।
घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्याङ बनाउन राखिएको रडमा छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोले जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । गोले पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।
आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रड राखेर भर्याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।
अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।
गोलेको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Simara
44400