Routine Of Mallarani Banda

Routine Of Mallarani Banda

Share

We will give all the updates and true facts

06/05/2026

सार्वजनिक सुचना!!

22/04/2026

Sudan Gurung: "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"

14/04/2026

नयाँ वर्ष२०८३ को धेरै धेरै शुभकामना! 🙏

नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलता ल्याओस्।
आशा, उत्साह र सकारात्मक ऊर्जासहित यो वर्ष अझै उपलब्धिमूलक र खुशीयालीपूर्ण बनोस्।

Routine of Mallarani Banda को तर्फबाट देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना! 🎉🌸

13/04/2026

हार्दिक निमन्त्रणा 🙏

मल्लरानी डाँडाको रमणीय वातावरणमा आयोजना हुन गइरहेको
“चौथो मल्लरानी खाना महोत्सव २०८३” मा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

स्वादिष्ट परिकारहरू, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति र मनोरञ्जनले भरिपूर्ण यस महोत्सवमा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुन अनुरोध छ।

मिति: २०८२ चैत्र ३० देखि २०८३ वैशाख १ गतेसम्म
स्थान: मल्लरानी डाँडा

आउनुहोस्, घुमौं – रमाऔं – स्वाद लिऔं 🍲

07/04/2026

प्युठान,मल्लरानी २का स्थानीय ८२ वर्षीय चेत बहादुर राहु मगरले बासुरी बजाउँदै गीत गाएर सबैलाई छक्क पार्नुभएको छ। उमेरले पाका भए पनि उहाँको कला, ऊर्जा र आत्मविश्वास साँच्चै प्रेरणादायी देखिन्छ।

पूर्व सैनिकको जीवनशैली कति अनुशासित र कठोर हुन्छ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ। कठिन परिस्थितिमा खारिएको अनुभव, आत्मबल र निरन्तर अभ्यासले गर्दा नै आज पनि उहाँ यति सक्रिय र प्रतिभाशाली हुनुहुन्छ।

उहाँजस्ता व्यक्तित्वले हामीलाई सिकाउँछन्—उमेर केवल संख्या मात्र हो, इच्छाशक्ति र मेहनत भए जीवनको कुनै पनि चरणमा आफ्नो प्रतिभा देखाउन सकिन्छ।

Photos from Routine Of Mallarani Banda's post 07/04/2026

📢 महत्वपूर्ण सूचना | रोजगारी अवसर

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा सीप परीक्षण मूल्याङ्कनकर्ता (Skill Test Assessor) तालिमका लागि आवेदन आह्वान गरिएको छ।

नेपाल व्यावसायिक योग्यता प्रणाली (NVQSP-II) अन्तर्गत सञ्चालन हुने यस कार्यक्रममा विभिन्न प्राविधिक तथा सीपमूलक क्षेत्रमा दक्ष व्यक्तिहरूलाई सहभागी हुन सुनौलो अवसर प्रदान गरिएको छ।
🔹 आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र
🔹 आवेदन दिने तरिका:
👉 Email: [email protected]
👉 वा मन्त्रालयमा प्रत्यक्ष उपस्थित भएर
👉 फारम डाउनलोड: https://mosdfive.org.np/
🔹 आवश्यक संख्या: ४० जना

👉 सम्बन्धित क्षेत्रमा योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले समयमै आवेदन दिन सक्नुहुने छ।

06/04/2026

Breaking!

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ।

Photos from Routine Of Mallarani Banda's post 05/04/2026

दु:खद समाचार!

ऐरावती गाउँपालिका १ छेडाघाटमा आगलागी हुँदा घर, गोठ र पशु चौपायाहरूमाथि क्षति पुगेको छ। स्थानीयवासीहरूको सहयोगमा हाल आगलागी नियन्त्रणमा आएको छ।

02/04/2026

प्युठानमा इभि दुर्घटना: ३ जना घाइते, बुटवल रिफर

प्युठान । दाङको भालुबाङदेखि प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१.००१ ज ०७६२ नम्बरको इभि गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

सरुमारानी गाउँपालिका–४ बड्डाडा (दर्भान साइड) मा भएको दुर्घटनामा नौबहिनी–१ स्याउलिबाङका ७६ वर्षीय दलबहादुर पुन, करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–रामपुरका खेमराज खनाल घाइते भएका हुन्।

घाइते सबैलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।

Want your organization to be the top-listed Government Service in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Pyuthan