Major F.c

Major F.c

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Major F.c, Sports Team, Pokhara.

Photos from Major F.c's post 10/01/2026

KIEC Pokhara Presents First 7 A Side Veterans Football Tournament 2082 पोखरा १ बगर, पुरानो टुँडिखेलमा सन्चालन भईरहेको प्रतियोगितामा आज दिनको ठिक ३:०० बजे MAJOR FC Vs KASERI बिच फाईनल खेल हुने सम्पुर्ण MAJOR FC का सदस्यहरुलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरुको मनोबल तथा हौसला बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

Photos from Major F.c's post 10/08/2025

हिजो सम्पन्न Manish Dhan Mau Present 2nd 35+ Veterans Cup 2025 मा उत्कृष्ट प्रदर्शन गर्दै MAJOR FC (RED) द्वारा प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने उक्त प्रतियोगिताको फाइनल खेलमा Man of the match को उपाधी MAJOR FC का RAJU GURUNG ले प्राप्त गर्नुभयो र सर्वाधिक गोलकर्ता मेजर कै SANGAM KARKI ले प्राप्त गर्नु भयो भने MAJOR FC कै खेलाडी एवं नेपाली राष्ट्रीय फुटबल खेलड़ी BIJAY GURUNG प्रतियोगिता कै उत्कृष्ट खेलडी घोषित भए।

Photos from Major F.c's post 27/06/2025

हाम्रा MAJOE FC का क्याप्टेन, कुशल खेलाडी एबम् हाम्रा प्रिय मित्र Gobin Thapa ज्यु लाई जन्म दिनको शुभ अवसरमा सुख शान्ति ,शु-स्वस्थ्य, दीर्घायु र उज्ज्वल भबिस्यको कामना सहित जन्म दिनको अनगिन्ति शुभकामना ब्यक्त गर्दछौँ।
मेजर एफ.सी परिवार।

Photos from Major F.c's post 18/05/2025

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा हाम्रा आदरणीय ब्यक्तित्व श्री मिलन गुरुङ ज्यु चयन हुनुभएकोमा मेजर एफ सी परिवार हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्न चाहन्छौं l

19/04/2025

हाम्रा MAJOR FC का कुशल खेलाडी सुविन श्रेष्ठ ज्यु गण्डकी प्रदेश महिला फुटवल टिमको मुख्य प्रशिक्षक मा नियुक्त हुनु भएकोमा वहाँ लाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।🎊🎉💐
-Major fc family

29/03/2025

🥇🏅Back to back 🏅🥇Champion🏆🏆🏆
(2nd dhalke jowan cup 2081)

28/03/2025

"Football for fun & friendship" भन्ने मूल नाराका साथ दोस्रो संस्करणको ढल्के जोवन फुट्सल प्रतियोगिता २०८१ GANDAKI SPORTS CLUB र MAJOR FC को सहकार्यमा हाम्रै मेजर एफसी का एक कुशल खेलाडी गोबिन थापाको आयोजनामा आगामी चैत्र ८ र ९ गते हुने भनिएको प्रतियोगिता करणबस उक्त मितिमा हुन नसकेको र आज चैत्र १५ बाट पोखरा १३ अवस्थित खेलकुन्ज ऐरेना मा संचालन भैरहेको छ ।
बिस्तृत जानकारीको लागी सम्पर्क नं:-
GOVIN THAPA - 9829116853
KUSHAL CHHETRI -9806566697

03/03/2025

"Football for fun & friendship" भन्ने मूल नाराका साथ GANDAKI SPORTS CLUB र MAJOR FC को सहकार्यमा हाम्रै मेजर एफसी का एक कुशल खेलाडी गोबिन थापाको आयोजनामा आगामी चैत्र ८ र ९ गते पोखरा १३ अवस्थित खेलकुन्ज ऐरेना मा फुट्सल प्रतियोगिता हुने भएको छ । दोस्रो संस्करणको ढल्के जोवन 35+ 5A SIDE VETERAN'S FUTSAL CUP-2081 मा सहभागी भईदिनु हुन साथै साथ-सहयोग को लागि पनि बिनम्र अनुरोध गर्दछौं।
बिस्तृत जानकारीको लागी सम्पर्क नं:-
GOVIN THAPA - 9829116853
KUSHAL CHHETRI -9806566697

02/03/2025

धेरै भन्दा धेरै युवा हरुलाई खेलकुद प्रति आकर्षित गर्न ,खेल कौशलको वृद्धि विकास गर्न साथै युवाहरु बिच भातृत्व विकासमा टेवा पुर्याउने हेतुले Major Fc द्वारा आयोजित 1st 35+ 5 'A Side veterans futsal tournament 2081 लाई सभ्य तथा भव्य तबरले सम्पन्न होस् भन्ने कामनाका साथ POKHARA निवासी हाल् वैदेशिक रोजगार को सिलसिलामा नेपाल बाहिर रहनु भएका हाम्रा अति सहयोगी एबं समाजसेवी आदरणीय व्यक्तित्व SARJU KUMAR THAPA MAGAR ज्यु र परिवार बाट हामीलाई सहयोग स्वरूप Rs.- 7777/- सहयोग प्रदान् गर्नु भएको छ। वहाँ प्रति हाम्रो MAJOR FC परिवार हार्दिक आभार ब्यक्त गर्दछौं।
🙏 धन्यबाद् 🙏

Photos from Major F.c's post 02/03/2025

यही मिति २०८१ साल फाल्गुन १६ र १७ गते मेजर एफ सी को आयोजनामा भएको प्रथम ३५+ 5'A साईड भेट्रान्स फुट्सल प्रतियोगिता -२०८१ (1st 35+ 5 'A Side veterans futsal tournament 2081) सफतापूर्वक सम्पन्न भएको छ।
पोखरा १३ अवस्थित खेलकुञ्ज एरेना मा सञ्चालन गरिएको उक्त प्रतियगिताको पहिलो दिनमा मेजर एफ सी का अध्यक्ष श्री दिपक गुरुङ ज्यु को सभापतित्व साथै पोखरा महानगर पालिका वडा नं १३ का अध्यक्ष श्री किरण बराल ज्यु को प्रमुख आतिथ्यतामा वहाँकै बाहुलीबाट प्रतियोगिताको समुद्घाटन गरी खेल सञ्चालन गरिएको थियो। उक्त अवसरमा विशेष अथिति को आतिथ्यतामा एन्फा कास्कीका उप अध्यक्ष तथा संगम क्लबका अध्यक्ष श्री नरेन्द्र जङ्ग गुरुङ ज्यु, एन्फा कास्कीका कोष अध्यक्ष तथा श्री सत्य युवा क्लब ( B-13 ) का अध्यक्ष श्री हितमान गुरुङ ज्यु लगायत विभिन्न ओहदाका आदरणीय ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
लामाचौर फुटसल र टच इभेन्ट मीडिया पार्टनर रहेको उक्त प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको ३५+ उमेर समूहको फुट्सल प्रतीयोगीतामा सबै टिमलाई पछि पार्दै 8to9 एफ.सी , मेजर एफ.सी'A', एल जी एसोसिएसन र 10to11 एफ.सी सेमीफाइनल प्रवेस गर्न सफल भएको थियो। सेमीफाइनल र फाइनल खेल दोश्रो दिन पोखरा महानगर पालिका वडा नं ११का निवर्तमान अध्यक्ष तथा समाजसेवी श्री मोहन प्रसाद बास्तोला ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सेमफाइनल खेलमा एल.जी एसोसिएसन द्वारा 10to11 एफ.सी लाई र मेजर एफ.सी 'A' द्वारा 8to9 एफ.सी लाई पराजित गर्दै फाइनल प्रवेस गरेको थियो। मेजर एफ.सी र एल.जी एसोसिएसन बिच भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टिमको समान १/१ गोल रहेको हुँदा खेल टाई ब्रेकरमा धकेलिएको थियो, अन्तत: टाई ब्रेकरमा एल.जी एसोसिएसन लाई स्तब्ध पार्दै मेजर एफ.सी ले उपाधि कब्जा गर्न सफल रह्यो। प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्दै मेजर एफ.सी का गोबिन थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए र उत्कृष्ट गोलरक्षकको विधा पनि मेजर एफ.सी कै गोलरक्षक भीमसेन दुराले प्राप्त गरे भने सर्वाधिक गोलकर्ता को विधा एल.जी एसोसिएसन का धन गुरुङ्ग ले प्राप्त गरे र फेयर प्ले अवार्ड 8to9 एफ.सी ले प्राप्त गर्न सफल भयो।
साथै समापन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका मेजर एफ.सी का अध्यक्ष श्री दिपक गुरुङ ज्युले प्रतियोगिता सभ्य तथा भब्य रूपमा सफल पार्न सहयोग पुर्याउनु हुने रेफ्री द्वय श्री संतोष गुरुङ ज्यु र श्री भक्त गुरुङ ज्यु,क्लबका पदाधिकारी तथा सदस्यहरु, विभित संघ संस्थाहरु,सम्पूर्ण आर्थिक तथा भौतिक तवरले सहयोग गर्नुहुने सहयोग दाताहरु लगाएत सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम बिसर्जन गर्नु भयो।

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Pokhara