Iman Singh Rana

Iman Singh Rana

Share

श्रमजिवी बटुवा ।

14/06/2026

भूपू सैनिक राइजिङ्ग अंग्रेजी माध्यमिक विद्यालय रामपुर नगरपालिका–५, मटेरीले आईएसओको लोगो प्राप्त । यस संगै आईएसओको लोगो प्राप्त गर्ने विद्यालय रामपुर नगरपालिकामा ६ वटा पुगेको छ ।

13/06/2026

भूपू सैनिक राईजिङ्ग अंग्रेजी माध्यमिक विद्यालयका छात्र डिप्लव सेनले राख्नु भएको मन्तव्य ।

11/06/2026

विहिबार भएको प्रतिनिधि सभाको बैठक भएको आगामी आर्थिक वर्षको राजस्व र व्याय माथिको छलफलमा आफ्नो भनाई राख्नु हुँदै सन्दीप राना ।

11/06/2026

प्रतिनिधि सभा सदस्य सीता थपलियाले विहिबार संसद् मा प्रस्तुत गर्नु भएको कविता ।

11/06/2026

प्रतिनिधि सभा सदस्य सन्दीप राना चुनढुङ्गा खानी प्रभावित क्षेत्रका जनताको समस्या संसदमा राख्नुहुँदै ।

10/06/2026

अंशुवर्मा माविका शिक्षक खेम बहादुर वि.क.(अजय) ज्यूको कला ।

10/06/2026

पाखानवेद ।
पिसाव नली वा मृगौलामा पथ्थरी, मूत्ररोग, यौन रोग, जीउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा, यौनशक्ति बढाउन, रगत बगेको रोक्न, पिसाव लगाउन, खानेकुरा पचाउन, मांशपेसी दरिलो पार्नको लागि यसको काण्ड (गानो) जडीबुटीको रुपमा प्रयोग हुन्छ । तर पछिल्लो समय पाखानवेद राखेर तयार गरिएको तीनपाने (घरेलु मदिरा) ले जीउ दुख्न निको हुन्छ भन्ने बुझाई संगै पहरामा पाईने जडीबुटी पहाडी क्षेत्रमा लोपहुने अवस्थामा पुगेको छ ।

09/06/2026

केही समय अघि मात्र उमेरहदका कारण विदाई हुनुभएका महिला स्वास्थ्य स्वंय सेविका आफ्नो अनुभव सहित स्वंय सेविकाहरुको पिडाको बारेमा जानकारी गराउनुहुँदै ।

Photos from Iman Singh Rana's post 09/06/2026

निस्दी गाउँपालिका-२ जुरेमा सम्पन्न घाँगी गुफा भलिबल प्रतियोगिताका विजेताहरुलाई बोका र कुखुराको भाले पुरस्कार वितरण गरिदै । कुनै समय गाउँगाउँमा मात्र शिल्ड र कपको पुरस्कार सहित हुने भलिबल प्रतियोगिताहरुमा भाले, बोका, खसी हुँदै अहिले पुरस्कार नगद र चेकमा रुपान्तरण भएका छन् । स्वदेश मै निर्माण हुने शिल्ड र कप भन्दा आयातित ट्रफी र मेडलको प्रयोग बढ्दो छ । पछिल्लो समय पुरस्कारमा नगद, ट्रफी, मेडल र प्रमाण पत्र मात्र देख्दै आएकोमा भाले र बोका पुरस्कारले विगतमा ४/५ दिन सम्म आनन्दी भञ्ज्याङ्गमा हुने भलिबल प्रतियोगिताको याद आयो ।
तस्विर : Bhim Pahadi ज्यूको फेसबुक मार्फत साभार ।

Want your public figure to be the top-listed Public Figure in Palpa?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Palpa
32502