Belchauri Fc

Belchauri Fc

Share

मलाई प्यारो लाग्छ नेपाल

Photos from Belchauri Fc's post 08/07/2026

हाम्रो बेलचौरी क्लबका पूर्व खेलाडी तथा हाल पत्रकारिता क्षेत्रमा सक्रिय अगम लिम्बूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
तपाईंको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य, सफलता र सम्मानले भरिपूर्ण रहोस्। पत्रकारिता र सामाजिक सेवामार्फत समाजप्रति पुर्‍याइरहनुभएको योगदान अझ प्रभावकारी बनोस्। उज्ज्वल भविष्य, दीर्घायु र निरन्तर प्रगतिको हार्दिक शुभकामना।

Photos from Belchauri Fc's post 10/06/2026

🕊️ भावपूर्ण श्रद्धाञ्जली 🕊️

"खेलमैदान आज निशब्द छ, बेल्चौरी क्लब स्तब्ध छ..."

हाम्रो केराबारी–९, बेल्चौरी फुटबल क्लबका होनाहार, प्रतिभाशाली युवा खेलाडी एवं प्रिय भाइ दिवश परियारको असामयिक र अकल्पनीय निधनको खबरले सिंगो खेलकुद क्षेत्र र क्लब परिवार मर्माहत बनेको छ।

मैदानभित्र उनको उत्कृष्ट खेल हाम्रा लागि सधैं अविस्मरणीय रहनेछन्। क्लबले आज आफ्नै परिवारको एउटा बलियो खम्बा र चम्किलो तारा गुमाएको छ, जसको अभाव सधैं खड्किरहनेछ।

दुःखको यस कठीन घडीमा दिवंगत भाइको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त परिवारजन र आफन्तहरूमा यो ठूलो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्दै बेल्चौरी फुटबल क्लबको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछौं।

अलविदा प्रिय भाइ, तिमी हाम्रा हरेक खेल र मुटुमा सधैं अमर रहनेछौ! 😭💔⚽🕊️

Rest In Peace, Diwash Pariyar. 🙏

शोककुल:

सम्पूर्ण बेल्चौरी फुटबल क्लब परिवार

केराबारी–९, मोरङ, नेपाल

18/01/2026

हाम्रो बेल्चौरी एफ सी का भाइहरु ल्होसारको झल्क।

17/01/2026

मेहनतले बनाएको आजको हाम्रो संसार,
ल्होसार मेलामा मुस्कानको साथ हाम्रा,भाइबहिनीको अपार।

Want your business to be the top-listed Gym/sports Facility in Nepa?
Click here to claim your Sponsored Listing.

Category

Address

Nepa