Learning Together
#Nepalshearsmarket
#trading
#investing#learninhwithme
#learningtogether
26/09/2025
😀😀
आज शोक दिवस।
आमाबाबुका रित्तिएका काख, रोएको नेपाल,
थपिएका कालरात्रि, इतिहास र वर्तमान दुवै शोकमा, भविष्यले पनि शोक मनाइरहेको छ, अनन्त भविष्यसम्म ! कलिला, होनहार बाबुनानीको लाश र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड एवम् प्रतिस्प्रर्धा !
कहाँ छ मुलुक ? कहाँ छन् जनता ?
कहाँ छ रगतको सम्मान ?कसरी पूरा गर्ने नानीबाबुका सपना भन्ने छैन मनमा !!! सधै भरी अझै पनि मानसिक रोगीहरुको पद र अहमको छट्पटी ?
सबै शहीद प्रति उच्च सम्मान।
चन्द्र भण्डारी।
17/09/2025
हार्दिक श्रद्धाञ्जली तपाईहरुले दिएको यो योगदान हामीले कहिले भुल्ने छैन। देशले कहिले भुल्ने छैन। तपाईहरुले भोलिको लागि गरेको यो प्राणवती निश्चय पनि व्यर्थ जाने छैन। We all miss you beautiful soul 🥹🥹🥹Nepal Stock Exchange NewsArthasansar.comNEPSE ALPHAJokes NEPAL
कसैप्रति आग्रह र पूर्वा आग्रह नराखी भन्दा आज जसलाई हामी एउटा भोलिको राम्रो नेताको रुपमा हेरेका छौं उसबाट फेसबुक स्टाटस लेख्ने बाहेक जनताहरूको बीचमा गई उनीहरूको दुःखमा दुःख साट्ने काम देखिएन सन्दर्भ हाम्रा जेन्जी को अन्तिम विदाइमा पनि उसलाई देखिएन। मलाई लाग्छ जुन नेताहरूलाई हामी महाराजा भन्यो त्यो भन्दा अहिले एउटा मेयर पदमा बस्दा पनि त्यति धेरै घमण्ड छ भने भोलि देशको नै सबैभन्दा शक्तिशाली व्यक्तिभन्दा जनताप्रति गरिने व्यवहार कस्तो हुन्छ होला पछिल्ला केही घटनाहरू हेर्दा बोलीमा कुनै पनि संयमता नभएपनि जनता भनेकै म हो। मेरो देश र जनतालाई चाहिएको बेलामा मैले सकेको गर्छु भनेर बाटोमा आउने हर्क साम्पाङ नै मेरो लागि त्यो घमण्डमा भरिएको र सबैको आँखामा पट्टी बानेको एउटा मेयर भन्दा सयौं गुणा राजनेता बन्न लायक देख्छु। यो मेरो नितान्त व्यक्तिगत विचार हो।
13/09/2025
सरकारको पहिलो काम भनेको आन्दोलनमा वीरगति प्राप्त गर्नेहरू सबैलाई सहित घोषणा गर्ने र घाइतेहरूलाई सहयोगको आश्वासन व्यक्त गर्ने भयो भने धेरै राम्रो हुने थियो।
: देशका लागि परिवर्तन खोज्दै जेन्जिको आ!न्दोलनको अग्रपंक्तिमा रहेर आफ्नो ज्या!न गुमाएका ३६ ज!नाका आफन्तलाई र अस्पतालमा उपचाररत ३०० भन्दा बढी युवाहरूलाई देशको जिम्मेवारी म लिन्छु भन्दै आउनेहरु कसैले अहिलेसम्म भेट गर्नुभएको छ ? सन्तान गुमाएका परिवारलाई के परेको छ ? अस्पतालमा भएका युवाहरु के चाहान्छन कसैलाई केहि मतलब छ ? सबैलाई देश चलाउन र पद पाउनु मात्रै रहेको !सबैलाई याद रहोस् त्यो पदका लागि तपाईलाई बोल्न लायक बनाउने युवा यिनै हुन ! 🙏😥
11/09/2025
अन्तरिम सरकार गठनको नेतृत्वबारे नेपाली सेनाको समन्वयमा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम तय गरिसकेकाले, आजको छलफलले उक्त प्रस्तावलाई औपचारिकता दिने अपेक्षा गरिएको छ ।
किन रवि लामिछाने
किनभने उनले दुईचोटि गृहमन्त्री सम्हालिसकेका छन्। साथमा थोरै भएपनि राजनीति बुझेका छन्। अहिलेको अवस्थालाई नजिकबाट निहाल्दा रवि लामिछाने एकदम उचित पात्र हुन्। देशलाई थप संकटमा नपार्नको लागि सबैले एकजुट भएर यो टाइम भनेको डिसिजन लिने टाइम हो। म त चाहन्छु रवि लामिछानेलाई नै राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतले नभई एक आम नेपाली नागरिकको हैसियतले भन्छन् भने जय नेपाल
10/09/2025
Yasko ghar vatna
एमाले महासचिव शंकर पोखरेल भन्नुहुन्छ : “धैर्यपूर्वक संयम अपनाऔं, हामी पुनः अघि बढ्नेछौं।”
साच्चिकै भन्नुपर्दा युद्ध जीतेर पनि धेरै कुरामा हार्यौ हामी Gen-Z पुस्ता हामी हार्नुका मुख्य कारण :
1.प्रशासन जल्यो- नागरिकको आफ्नो पहिचान जल्यो
2.मालपोत जल्यो - नेपालिकै लालपुर्जा जल्यो
3.सर्वोच्च जल्यो - न्याय जल्यो
4.सिंहदरबार जल्यो - नेपालको राणा/पंचायत/बहुदल / गणतन्त्र संगै सयौं बर्ष पहिले देखिको अभिलेख जल्यो
5 अख्तियार आयोग जल्यो - भ्रष्टाचारीको प्रमाण जल्यो
6. संबैधानिक निकाय जल्यो - नेपालको संविधान र कानुन जल्यो जनताकै अर्बौको सम्पती जल्यो
6. कैलाली कञ्चनपुरका पोखरा काठमाण्डौ लगायत कयौ जिल्लाका कारागारबाट हजारौ कैदी अपराधीलाई निकालियो जसले समाजमा हत्या, हिम्सा, लुटपाट बलत्कारको जोखिम बढ्यो
हाम्रो लक्ष्य थियो भ्रष्ट सरकार र भ्रटाचारको अन्त्य गरी शान्ति र सुव्यवस्थित नया नेपाल बनाउने | तर कैदी अपराधीलाई किन बाहिर निकालियो ? ऐतिहासिक दस्ताबेज किन नष्ट गरिदैछ ? न्यायालयका सम्पुर्ण अभिलेख किन नष्ट गरियो ? कतिपय दलका भ्रष्ट नेताहरुलाई किन छोडियो कतै न कतै जेन जि को नाममा सिमित दलहरुको स्वार्थपुर्ती भएन र ? अब आगामी दिनमा पनि यावत कुराहरुलाई नजरअन्दाज गरियो भने आन्दोलनले आफ्नो खुट्टामा, आफै बन्चरो हाने " जस्तो हुनेछ देश झनै दशकौ पछाडी जानेछ तसर्थ अब भन्नोस यो जीत की हार ? कतै जितेको अनुभुती छ त कतै हार मात्रै देखिदैछ ।
यो कालो दिन मुश्लोले भोलि हामिलाइ नतर्साओस भोलीका दिनहरु अहिलेको पुस्ताले चाहेको जस्तै बनुन् 🙏🇳🇵नेपाली हामी रहौला कहाँ नेपालै नरहे !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
09/09/2025
बङ्गलादेश र नेपालको आन्दोलनमा के फरक छ
बंगाला देश को आन्दोलन, देशका सार्वजनिक संरचना सुरक्षित राखे कुनै पनि मन्त्रालय कार्यालयहरू जलेनन् कुनै पनि कलकारखाना उद्योगमा क्षति पुर्याएनन् खाली त्यहाँ नेताका घरहरु र नेताहरुलाई लक्षित गरेर आन्दोलन गरे।
नेपालको आन्दोलन नेताहरूको घर जलाई ठिकै छ। नेताहरूलाई भौतिक कारबाही गरे त्यो पनि ठिक छ। तर भौतिक संरचना ध्वस्त पारे संसद भवन जलाए राष्ट्रपति कार्यालय जलाए सिंहदरबार जलाए अदालत जलाए सडक विभाग जलाए ठुलठूला उद्योग कलकारखाना जलाए स्वास्थ्य मन्त्रालय जलाए विभिन्न देशसँग गरेका सन्धि सम्झौता जलाए लाखौंका मुद्दा मामिलाहरू जलाए डाटा सङ्कलन कार्यालय जलाए समग्र मा भन्नुपर्दा नेपालमा भएका हाम्रा पासपोर्ट नागरिकताका डाटाहरु पनि जलाए। अब बंगलादेश र नेपालको आन्दोलनमा कसरी बराबर भयो के यो आन्दोलन नेपाल र नेपाली जनताको लागि थियो या विदेशी लागि थियो भौतिक संरचना त सक्षम मान्छे आयो भने श्रमदान गरेर पनि बनाउन सक्छ। तर ती जलेका डाटाहरू विभिन्न देशसँग गरेका सन्धि सम्झौताहरु कसरी लिन सक्छौ ।।
09/09/2025
कुरा जित र अर्को होइन
मेरो नेपाल जलिरहेको छ।
Click here to claim your Sponsored Listing.