Pyuthan Calling
प्युठानको आँखा
15/06/2026
स्वर्गद्वारी क्षेत्रमा स्कार्पियो दु!र्घटना टर्यो, पार्किङ बार भाँ'चेर रुखमा ठो!क्कियो
भारतीय तीर्थयात्री सवार स्कार्पियो गाडी पार्किङ गर्ने क्रममा अनियन्त्रि,त भई पार्किङको बार भाँ!चेर अगाडि हुत्तिएको छ। सामुन्ने रहेको ठूलो रुखमा ठो'क्किएपछि सम्भावित ठूलो दु!र्घटना टरेको हो, गाडीमा क्ष*ति भए पनि मानवीय क्ष*ति नभएको प्रहरीले जनाएको छ।
धन्याबाद स्वर्गद्वारी प्रभुमहाराज हजुरलाई !
15/06/2026
प्युठानको ऐरावती गाउँपालिका वडा नंवर –६ ऐटारीस्थित बरौंला–जोगिटारी सडक ढलानमा सरिया बाहिर निस्किँदा सवारी र पैदलयात्री जो!खिममा परेका छन्। २०७९ जेठमा ढलान गरिएको उक्त सडक म,र्मत नहुँदा स्थानीयले स'मस्या भोगिरहेका छन्।
15/06/2026
माडी नदीमाथिको जलुके–नल्सी पक्की पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता १२ वर्षपछि र!द्द गरिएको छ। सडक डिभिजन कार्यालय, प्युठानले काममा प्रगति नदेखिएपछि कम्पनीविरु'द्ध कानुनी तथा प्रशासनिक कारबाही अघि बढाएको हो। स्वर्गद्वारी नगरपालिका–३ जलुके र वडा नं. ७ नल्सी जोड्ने यो पुल २०७३ मा करिब ९ करोड ८५ लाख रुपैयाँमा सम्झौता भएको थियो।
अब धरौटी ज'फत, का!लोसूची सिफारिस र नयाँ ठेक्का प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।
14/06/2026
प्यूठानमा बाल सञ्जाल गठन, मनोज पोखरेल अध्यक्ष
प्यूठान जिल्लामा सम्पन्न पाँचौँ बाल भेलाबाट जिल्लास्तरिय बाल क्लब सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालको अध्यक्षमा मनोज पोखरेल सर्वसम्मत चयन भएका छन्।
उपाध्यक्षमा पृथा श्रेष्ठ, सचिवमा शिक्षा बस्नेत, सहसचिवमा सिम्रन शर्मा र कोषाध्यक्षमा भेषमान कार्की चयन भएका छन्। सदस्यमा सागर गिरी, मनिषा अधिकारी र साधना शर्मा छन्।
14/06/2026
नेकपा प्युठानको नेतृत्व चयन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानको इन्चार्जमा प्रभात केसी, सह–इन्चार्जमा इमानसिंह भारती, संयोजकमा डा. भोजविक्रम बुढामगर र सह–संयोजकमा बुद्धबहादुर बस्नेतले जिम्मेवारी पाएका छन्।
14/06/2026
नावालक छोरालाई टुहुरो बनाएर गइन् दुर्गा
प्युठानको नौबहिनी गाउँपालिका–५ गावै माझटोल निवासी २१ वर्षीया दुर्गा गिरीको भिरविसौना नजिक अँधेरीखोलामा घाँस का!ट्ने क्रममा ल'डेर दुःखद नि'धन भएको छ। घरमा दुधे छोरा छाडेर गएकी दुर्गाको असामयिक नि'धनले गाउँ नै शो*कमा डु'बेको छ।
- पत्रकार महेश थापाको सहयोगमा
14/06/2026
सरुमारानीमा एक वर्ष नपुग्दै उप्कियो कालोपत्रे, गुणस्तरमा प्रश्न
आर्थिक वर्ष २०८१/०८२ मा सरुमारानी गाउँपालिका प्युठानको बड्डाडा–ऐरावती सडक खण्डमा गरिएको कालोपत्रे एक वर्ष नबित्दै उ'प्किने, भ'त्किने र जी!र्ण बन्न थालेपछि निर्माण गुणस्तरमाथि ग!म्भीर प्रश्न उठेको छ। स्थानीयले कमजोर निर्माण, मापदण्डको पालना नभएको वा प्रभावकारी अनुगमनको अभावका कारण यस्तो अवस्था आएको हुन सक्ने भन्दै छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।
13/06/2026
पुर्व पत्रकार ॠषी धमलाले प्यूठान जिल्लाको पवित्र स्वर्गद्वारी मन्दिरको दर्शन गरेका छन। ❤️🙏
13/06/2026
अन्जुली मल्ललाई नगदसहित भव्य सम्मान
१६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३००० मिटर दौडमा स्वर्ण र १५०० मिटरमा रजत पदक जित्न सफल प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा निवासी अन्जुली मल्ललाई श्री रजवारे मल्ल ठकुरी दर्शन समाजले नगद रु ७६,००० सहित खादा, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको छ।
सोही कार्यक्रममा साविक रजवारा–१ स्थित देउराली स्वास्थ्य आमा समूहले रु २,१०० तथा साविक रजवारा–३ स्थित समाज सुधार आमा समूहले रु २,५०० नगदसहित सम्मान गरेका थिए। यसरी विभिन्न संघ–संस्थाबाट उनलाई प्रोत्साहनस्वरूप सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो। यश अघि गौमुखी गाउपालिकाले उनलाइ एक लाख प्रदान गरेको थियो।
13/06/2026
प्युठानको सरुमारानी गाउँपालिका–६ ले लोपोन्मुख कुसुन्डा जातिका व्यक्तिलाई परम्परागत भेषभूषा खरिद गरी वितरण गरेको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
22300