adrishyadrishti.com

adrishyadrishti.com

Share

We provide you fresh , new & real with important news .

24/01/2023

गोदावरी नगरपालिका हरिसिद्दिमा प्रत्यक शनिवार दिउसो ४ बजेको हाराहारि तिर हारमोनियम , तवला र झ्यालिसङ्गै गायन कार्यक्रम सुरु हुने गरेको छ ।
सोहि अनुसार गत शनिवार पनि उक्त कार्यक्रममा हारमोनियम र गायन नरेस शाक्य ,तवलावाधक विक्रम गौतम तथा
झ्याली निरन्जन श्रेष्ठले बजाउदै कार्यक्रम सञ्चालन गर्नु भेको थियो जहाँ उपस्थित स्थानियले साथ दिएका थिए।
Also like & subscribe on Youtube : https://youtu.be/dm42WylSqYA

24/01/2023

गोदावरी नगरपालिका हरिसिद्दिमा प्रत्यक शनिवार दिउसो ४ बजेको हाराहारि तिर हारमोनियम , तवला र झ्यालिसङ्गै गायन कार्यक्रम सुरु हुने गरेको छ ।
सोहि अनुसार गत शनिवार पनि उक्त कार्यक्रममा हारमोनियम र गायन नरेस शाक्य ,तवलावाधक विक्रम गौतम तथा
झ्याली निरन्जन श्रेष्ठले बजाउदै कार्यक्रम सञ्चालन गर्नु भेको थियो जहाँ उपस्थित स्थानियले साथ दिएका थिए।

Photos from adrishyadrishti.com's post 04/11/2022

पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै मोरङ ३ का महिला उत्साहित, रेखालाई भव्य स्वागत

मोरङ । मोरङ ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।

आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।

थापालाई फुल माला र अभिरसहित स्वागत गर्न आएकी मन्जरा कार्कीले भनिन् 'यो क्षेत्रमा एउटा महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।'

त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् 'हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।'

थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको मन्जरा बताउँछिन् । 'एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।'

चलचित्र जगतबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएकी छन् ।

02/11/2022

आचारसंहिता विपरित कानेपोखरीको अध्यक्ष एमालेको भोट माग्दै

कानेपोखरी । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले निर्वाचन आचारसंहिता विपरित राजनितिक दल नेकपा एमालेको भोट माग्दै गरेको पाइएको छ ।

कानेपोखरी गाउँपालिका वार्ड नं ६ र ७ मा इङ्गनामले मोरङ क्षेत्र नं ३ मा एमालेबाट प्रतिनिधि सभा तर्फका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सभा (क) तर्फका उम्मेद्वार दिलिपकुमार राईको भोट मागेको पाइएको हो ।

इङ्गनामले निर्वाचन लक्षित गरिएको अगुवा कार्यकर्ता भेलामा कानेपोखरी ६ र ७ का स्थानिय व्यक्तीहरुलाई पार्टी प्रवेश गराउँदै एमालेको भोट मागेको पाइएको हो ।

इङ्गनामले आफू कार्यक्रममा उपस्थित भएको तर नेताहरुसँग भेट गर्न मात्र गएको फोन सम्पर्कमा बताएकी छन् । उनले एमालेले कुनै घरदैलो कार्यक्रम कानेपोखरीमा नगरिएको तर पार्टीको काममा नेताहरुसँग उपस्थिती भएको स्विकार गरेकी छन् । यद्यपि 'एमाले जिताउँ अभियान कानेपोखरी' नामक फसबुक पेजले घरघरमा गाउँपालिका अध्यक्षसहित मोरङ क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभाका उमेदवार भानुभक्त ढकालको टिम पुगेको जिकिर गरेको छ ।

प्रतिनिधि सभा मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले स्थानिय तहका जनप्रतिनिधी जो कोहिले आफ्नो पालिका भन्दा बाहिर रहेर मात्र पार्टीको काममा उपस्थित हुन पाउने व्यवस्था रहेको बताएका छन् । उनले भने 'निर्वाचन आचारसंहितामा उलंघन गरेमा नियम बमोजिम कारबाही गरिन्छ । त्यसको लागि आयोगमा उजुरी गर्न सकिन्छ ।'

25/09/2022

सत्य तथा तथ्य घटनाहरुको बारेमा ख्कोजी गरी जमानस सम्म पुर्‍याउनु हम्रो दाइत्त्व हो।

20/09/2022

पुन्य प्रसाद प्रसाई तथा पुर्व डिआईजी रमेश खरेलले गरे काभ्रे वसीलाई आवहान

20/09/2022

पुन्य प्रसाद प्रसाईले गरे काभ्रे वसीलाई आवहान

Photos from adrishyadrishti.com's post 18/09/2022

with Sanjiv Sir

Photos from adrishyadrishti.com's post 18/09/2022
18/09/2022
Want your business to be the top-listed Media Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Lalitpur
LALITPUR