All In One
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All In One, Media/News Company, Dhapakhel Road, Lalitpur.
कहिलै पनि बिहे नगर्ने भन्ने Viral अघोरी बाबाको ,श्रीमती संग यस्तो अबस्थामा भेटिए!
संसदमा हर्क साम्पाङको अनौठो सम्बोधन: ‘खाली कुर्सी ज्यूहरू’ भन्दै गरे अभिवादन
15/06/2026
⚡🇳🇵 नेपालबाट फेरि बंगलादेशमा विद्युत् निर्यात सुरु, दक्षिण एसियाली ऊर्जा सहकार्यको नयाँ अध्याय!
नेपालले भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत बंगलादेशमा पुनः जलविद्युत् निर्यात सुरु गरेको छ। त्रिपक्षीय सहकार्य सम्झौताअन्तर्गत मध्यरातदेखि नयाँ मौसमी विद्युत् व्यापार चक्र औपचारिक रूपमा सुरु भएको हो।
ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी का अनुसार, सम्झौताअनुसार हरेक वर्ष जुनको मध्यदेखि नोभेम्बरको मध्यसम्म नेपालले बंगलादेशलाई विद्युत् आपूर्ति गर्नेछ, जुन समय बंगलादेशमा विद्युत्को माग उच्च हुने र नेपालमा जलविद्युत् उत्पादन बढ्ने समय हो।
हाल नेपालले ४० मेगावाट जलविद्युत् बंगलादेशलाई निर्यात गरिरहेको छ। नेपालले सन् २०२४ मा पहिलोपटक भारतमार्फत बंगलादेशमा विद्युत् निर्यातको परीक्षण गरेको थियो भने २०२५ मा पूरै सिजनभर ४० मेगावाट विद्युत् आपूर्ति गरेको थियो। यस वर्ष पनि सोही परिमाणको विद्युत् निर्यात जारी रहनेछ।
राजदूत भण्डारीले "४० मेगावाट ठूलो मात्रा नभए पनि दक्षिण एसियामा भएको यो पहिलो त्रिपक्षीय ऊर्जा व्यापार ऐतिहासिक उपलब्धि हो" भन्दै भविष्यमा यसको दायरा अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भइसकेको छ। भारतको स्वीकृति प्राप्त भएमा नेपालको कुल विद्युत् निर्यात ६० मेगावाट पुग्नेछ।
🌏 यो सहकार्यले नेपालको जलविद्युत् क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै क्षेत्रीय ऊर्जा व्यापारको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
🤣🤣
15/06/2026
नर्सिङ छाडेर नेवारी स्वादलाई अस्ट्रेलियामा चिनाउँदै कृति महर्जन, मेलवर्नबाट सफल क्याटरिङ व्यवसाय सञ्चालन 🇦🇺🇳🇵
काठमाडौंकी कृति महर्जन ले अस्ट्रेलियाको मेलवर्नमा नेपाली तथा विशेषगरी नेवारी परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै सफल क्याटरिङ व्यवसाय सञ्चालन गरिरहेकी छन्।
सन् २००७ मा कुकरी अध्ययनका लागि अस्ट्रेलिया पुगेकी उनले पछि डेन्टल नर्सिङ अध्ययन गरी आठ वर्षसम्म अस्पतालमा काम गरिन्। तर, कोभिड महामारी र दोस्रो सन्तान जन्मिएपछि जागिर छाडेर आफ्नो पाककलाप्रतिको रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरिन्।
सुरुआतमा साथीभाइका लागि खाना बनाएर सुरु गरेको यात्रा सन् २०२१ को तीजमा ५० जनाको अर्डर प्राप्त गरेपछि व्यवसायिक मोडमा प्रवेश गर्यो। उनले आफ्नो क्याटरिङ सेवाको नाम 'लुमन्ती' राखेकी छन्, जसको नेवारी भाषामा अर्थ 'यादगार' हुन्छ। ग्राहकले स्वाद लामो समयसम्म सम्झिरहून् भन्ने उद्देश्यले यो नाम रोजिएको उनले बताएकी छन्।
'लुमन्ती' मा छोयला, चिउरा, आलु, तामा, यःमरी, लखमरी, पुष्टकारी जस्ता मौलिक नेवारी परिकारसँगै दालभात र पुलाउ समेत उपलब्ध छन्। विशेषगरी उनको चिकेन छोयला निकै लोकप्रिय रहेको छ, जसमा नेपालबाट ल्याइने परम्परागत मसलाको प्रयोग गरिन्छ।
हाल चार जनाको टोलीसहित व्यवसाय सञ्चालन गरिरहेकी कृतिका परिकार मेलवर्न र सिड्नीका नेपाली पसलहरूमा समेत उपलब्ध छन्। दुई सन्तानको हेरचाहसँगै आफ्नो रुचिलाई व्यवसायमा बदल्न सफल भएकी उनी ग्राहकको सकारात्मक प्रतिक्रिया र सन्तुष्टिबाट थप प्रेरित भइरहेको बताउँछिन्।
✨ विदेशी भूमिमा नेपाली स्वाद र संस्कृतिको पहिचान जोगाउँदै अघि बढेकी कृति महर्जन धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन्।
15/06/2026
🚨 काठमाडौंमा २४ घण्टामै २,०२५ सवारी चालक कारबाहीमा, राज्यकोषमा १० लाखभन्दा बढी राजस्व संकलन! 🚔💸
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार २५ जना सवारी चालक ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। कारबाहीबाट रु १० लाख ४८ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
📌 कारबाहीमा परेकामध्ये: ▪️ मापसे गरेर सवारी चलाउने – १०० जना
▪️ अवैध राइड सेयरिङ गर्ने – १०७ जना
▪️ ट्राफिक बत्ती उल्लंघन गर्ने – १३६ जना
▪️ तीव्र गतिमा सवारी चलाउने – १६५ जना
▪️ लेन अनुशासन उल्लंघन गर्ने – ५८ जना
▪️ निषेधित क्षेत्रमा हर्न बजाउने – १०९ जना
▪️ सडक पेटीमा पार्किङ गर्ने – १०५ जना
▪️ एकतर्फी सडकमा सवारी चलाउने – ११७ जना
▪️ अन्य नियम उल्लंघन गर्ने – १,१२८ जना
ट्राफिक प्रहरीले सबै चालकलाई सडक सुरक्षा नियमको पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ।
❓ के काठमाडौंमा ट्राफिक नियम उल्लंघन नियन्त्रणका लागि अझ कडा कारबाही आवश्यक छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।
15/06/2026
GoodNews: अमेरिका र इरान बिच अर्को हप्ता स्विजरल्यान्डमा शान्ति सम्झौता हुने भएको छ । यो सम्झौतापछि तेलको मूल्य बिश्वभर घट्ने र शान्ति छाउने अपेक्षा गरिएको छ । ❤️
15/06/2026
आज सातै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै, शिक्षा–स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकतामा!
देशका सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने भएकाले प्रदेशका आर्थिक मामिला मन्त्रालयहरूले आय–व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।
यसपटक शिक्षा, सुशासन, कृषि, रोजगारी, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जनाइएको छ। यसअघि संघीय सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ।
❓ तपाईंको प्रदेशको बजेटमा कुन क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ? 👇
14/06/2026
जनकपुरमा विद्यार्थीले आफ्नै शिक्षिकालाई क्लास भित्रै मुक्कै मुक्का बर्साए।
゚viralシ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lalitpur