हरेक खबर अनलाइन All in one
online media
हर्क साम्पाङ्ग माटो को यता छुट्टै चहलपहल छ फेरि 🤣🤣
01/05/2026
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नै पर्छ! कुविद्वानहरुले किचकिच नगरौं 😡😡मैले धेरै बर्ष अगाडी देखि जनताहरुलाई फाईदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्झ्याउँदा धेरै दुख पाएको भुक्तभोगी म हुँ । 😡 जेनजी आन्दोलन पछि शिक्षा मन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरु ऐन कानुन देखाएर नै कर्मचारीहरूले अगाडी बढाउन दिएनन् । साथै मैले ल्याउन खोजेको तीन वटा अध्यादेशहरु ल्याउन धेरै प्रयासका बावजुद पनि सफल हुन दिएनन्।😡 अनि चुनाव लडेर सांसद भएको हो नि।🤣 कुरा बुझ्नु भो ?😡
26/04/2026
-कमिसन १० प्रतिशतमा सीमित गरिँदै
-सर्ज प्राइसिङमा पनि कडाइ
-१० वर्ष मुनिकालाई दुई पाङ्ग्रेमा यात्रा गर्न रोक
-सीसी बार, ड्याशक्याम र SOS बटन अनिवार्य
-१५ वर्ष पुराना सवारी चलाउन नपाइने
-दुर्घटना भए १० लाखसम्मको बीमा
-राइड शेयरिङ कम्पनीका सर्भर नेपालमै हुनुपर्ने...
26/04/2026
गुगल म्यापको नक्सामा भरपर्दा सिडिबाट ओरालो लागेको ट्याक्सी। कुलेश्वर काठमाण्डौ।
25/04/2026
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
***अपडेट***
•काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन,उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।
• हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।
• सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ।
• वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।
how is this beatbox?
बर्षा को समय आउदै छ खोला बाडी आएर बगाउला पुर्ला मानबिय क्षेती होला भनेर उनिहरुकै सुरक्षा को लागि खोला किनारको बस्ती खाली गराइएको हो। - बालेन शाह
24/04/2026
प्रधानमन्त्री बालेन शाहले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायलाई आइतबारसम्मको समयसीमा दिएका छन्। यो बस्ती व्यवस्थापनका लागि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०७० सालमै इचंगुनारायणमा १४ करोडको लागतमा २३३ परिवार अट्ने अपार्टमेन्ट निर्माण गरिएको थियो।
यद्यपि, २०७३ सालमा निर्माण सम्पन्न भइसकेका ती भवनहरू सुकुमबासीहरूले पायक नपर्ने भन्दै जान अस्वीकार गरेपछि झन्डै एक दशकदेखि प्रयोगविहीन अवस्थामा छन्। राज्यले विकल्प नदिई बल प्रयोग गर्न खोजेको आरोप लागिरहेका बेला, प्रधानमन्त्री बालेनले भने करोडौँ खर्चेर बनाइएको विकल्पलाई लत्याइएको भन्दै अन्तिम 'अल्टिमेटम' मार्फत बस्ती हटाउने तयारी अघि बढाएका हुन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Bagmati
Lalitpur