TrueGuff
The true voice of Nepal latest news and engaging content for all Nepal
निर्वाचन २०८२ फागुन २१ गते अब ३० दिन बाँकी !
संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाको आडमा देश जलाउने, झण्डा ओढेरै मत माग्ने जस्ता गतिविधि प्रचलित कानुनअनुसार बर्जित रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय झण्डा कुनै राजनीतिक दल, आन्दोलन वा व्यक्तिको ‘प्रोप्स’ नभई सिंगो राष्ट्रको प्रतीक भएकाले यसको दुरुपयोग तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।आचार्यले पछिल्लो समय राष्ट्रिय झण्डालाई भावनात्मक रूपमा प्रयोग गरेर राजनीतिक सन्देश दिन खोज्ने प्रवृत्ति बढेको उल्लेख गरेका छन् । विशेषगरी हालै जनकपुरमा आयोजित एक कार्यक्रममा बालेन शाहले राष्ट्रिय झण्डा ओढेर सम्बोधन गरेपछि उनले यो धारणा सार्वजनिक गरेका हुन् । यसअघि पनि जेन–जी आन्दोलनका क्रममा विद्यार्थीहरूले राष्ट्रिय झण्डा बोकेर सडक आन्दोलनमा सहभागी भएको सन्दर्भ स्मरण गर्दै आचार्यले यो प्रवृत्तिलाई ‘एक तीर, दुई निशाना’ जस्तै गरी झण्डाको प्रयोग राजनीतिक उद्देश्य पूरा गर्न खोजिएको संकेतका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार राष्ट्रिय झण्डा ओढ्नु कुनै पहिरन वा ‘कपडा’ जस्तै प्रयोग गर्नु संविधानको मर्मविपरीत हो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्नु, झण्डा ओढेर देश जलाउने गतिविधिमा संलग्न हुनु वा झण्डाको आडमा मत माग्नु संवैधानिक र नैतिक दुवै दृष्टिले गलत अभ्यास हो । उनले यस्ता गतिविधिप्रति सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने र आवश्यक नियन्त्रण तथा स्पष्ट दिशानिर्देश जारी गर्नुपर्नेमा जोड दिएका छन् ।संविधानविद् आचार्यले राष्ट्रिय झण्डाप्रति सम्मान सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै राजनीतिक प्रतिस्पर्धा वा आन्दोलनका नाममा राष्ट्रको प्रतीकमाथि खेलवाड नगर्न आग्रह गरेका छन् । उनका अनुसार राष्ट्रिय झण्डा प्रयोग गर्ने विषयमा स्पष्ट कानुनी व्याख्या र कार्यान्वयन नहुँदा भविष्यमा झण्डाको गरिमा झन् कमजोर हुने खतरा छ । त्यसैले अब ढिलाइ नगरी राष्ट्रिय झण्डाको मर्यादा र सम्मान जोगाउन राज्य संयन्त्र गम्भीर रूपमा अघि बढ्नुपर्ने उनको निष्कर्ष छ ।
21/01/2026
मतदान बहिष्कारदेखि
बालेन को संघीयता विरोध कि राजनीतिक चाेख्याई!
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाली राजनीतिमा सधैं फरक शैली का कारण चर्चामा रहँदै आएका छन्। तर उनको राजनीतिक धारणा मात्र होइन, राजनीतिक अभ्यासप्रति उनको दृष्टिकोणमाथि गम्भीर प्रश्न पनि खडा गरेको छ। बालेन शाह प्रदेश सभा निर्वाचनमा मतदान नगरी मतदान बहिष्कारको सन्देश दिएका थिए। यी समाचार अनुसार उनले सुसासनको मुद्दा लिएर राजनीतिमा आएका प्रदेश सभा सदस्यका उम्मेदवारलाई मतदान नगरेर असहमति जनाएका थिए। यो कदमलाई धेरैले प्रणालीप्रतिको असन्तोष संघीय संरचनाप्रतिको प्रश्न र प्रतीकात्मक विरोध का रूपमा व्याख्या गरे।उनका समर्थकहरूका लागि यो साहसी कदम थियो गलत अभ्यासमा सहभागी नहुने अडान बालेन शाह राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णयलाई कार्यक्षेत्रगत व्यस्तता का कारण देखाउँदै समग्र निर्वाचन प्रणालीप्रति असहमति होइन भन्ने सन्देश देखाएका थिए। अझ रोचक कुरा त के भने यसअघि उनले तिर्सकार गरेको अभ्यासकै बारेमा पछि आएर राम्रो अभ्यास जस्तो व्याख्या हुन थालेको अनुभूति धेरैलाई भएको छ।यहीँबाट प्रश्न उठ्छ के बालेनको अडान परिवर्तन भएको हो ?कि यो समय सन्दर्भ र राजनीतिक सन्देशको फरक प्रस्तुति मात्र हो ?वास्तवमा बालेन शाहको स्वतन्त्र मा हुदाँ राजनीति परम्परागत दलगत लाइनभन्दा बाहिरको छ। उनी संस्थागत राजनीतिभन्दा बढी नैतिक असहमति र प्रतीकात्मक प्रतिरोध मा विश्वास गर्थे। प्रदेश सभा निर्वाचन बहिष्कार गरेर उनले यो संरचनाले जनताको अपेक्षा पूरा गर्न सकेन” भन्ने सन्देश दिन खोजेका थिए। तर राष्ट्रिय सभा निर्वाचनमा नजाने निर्णयलाई उनले व्यवस्था माथिको आक्रमण होइन व्यक्तिगत र प्रशासनिक सीमासँग जोडेर प्रस्तुत गरे।यद्यपि, यही दोहोरो व्याख्याले उनको आलोचना पनि बढाएको छ। आलोचकहरू भन्छन् हिजो गलत भनेको आज ठीक कसरी भयो ? मतदान बहिष्कार जनताका लागि उदाहरण हो कि भ्रम ? बालेन शाहको राजनीतिमा रहेको द्वन्द्व देखाउँछ आन्दोलन र व्यवस्थाबीचको द्वन्द्व। उनले उठाएका प्रश्नहरू गलत छैनन् तर उही अभ्यासलाई कहिले तिर्स्कार र कहिले स्वीकार गर्ने शैलीले उनको राजनीतिक स्पष्टता र दीर्घकालीन दृष्टिकोणमाथि बहस अनिवार्य बनाएको छ।आजको नेपाली राजनीतिमा बालेन शाह वैकल्पिक आवाज हुन्। तर विकल्प बन्न निरन्तरता स्पष्टता र स्थिर अडान चाहिन्छ। नत्र चित्त नबुझ्दा गरेकाे विरोध पनि आफैंमा भारि बन्न सक्छ कि।
यो समय जनता परिवर्तन चाहन्छन् । चाहनु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो । परिवर्तन हुनुपर्छ र हुन्छ पनि । तर प्रश्न के हो भने हामी जुन परिवर्तन खोजिरहेका छौँ, त्यसको जिम्मेवारी कसको काँधमा हाल्ने ? आफ्नो निर्वाचन क्षेत्रमा पटक पटक टिकट लिएर चुनाव जित्ने नेताले उल्लेखनीय काम गर्न सकेन भन्ने गुनासो जनताबाट आउनु स्वाभाविक हो । जितेर पनि परिणाम देखाउन नसक्नु नेताको कमजोरी पनि उत्तिकै हो । तर परिवर्तन नेता जितेर मात्रै खोज्ने जनमानसको सोच पनि पुनःसमिक्षा गर्नैपर्ने अवस्थामा पुगेको छ।नेपालको संघीय सरकार पाँच वर्ष स्थिर रूपमा टिक्न नसक्नु, हरेक राम्रा काममा दलगत स्वार्थले अवरोध खडा हुनु, सही कदम चाल्दा पनि आवश्यक समर्थन नपाउनु यी सबै कारणले परिवर्तनको गति अवरुद्ध भएको तथ्यलाई बेवास्ता गर्न सकिँदैन यस्तो संरचनागत कमजोरीलाई नदेखी, सबै दोष नेताको मात्रै हो भन्नु न्यायसंगत हुँदैन ।हामी आफैँ पनि इमानदार भएर प्रश्न गर्न सक्नुपर्छ हामी अवसर नपाएर मात्रै असल भएका हौँ कि साँच्चै असल छौँ ? अवसर पाएपछि फरक व्यवहार देखाउने प्रवृत्ति समाजमा व्यापक छ । सरकारी कर्मचारीको भूमिका पनि यहाँ नजरअन्दाज गर्न मिल्दैन । कुनै पनि सरकारी कार्यालयमा एकपटक प्रवेश गरेर त्यहाँका गतिविधि नियाल्नुस् ढिलासुस्ती,गैरजिम्मेवारी र सेवाग्राहीप्रति उदासीनता परिवर्तनका ठूला बाधक हुन् ।अर्कोतर्फ, नेपालमा स्वतन्त्रता धेरै छ, तर अनुशासन र जिम्मेवारी कम देखिन्छ । सामाजिक सञ्जाल हेर्दा हामी कति फुर्सदिला छौँ भन्ने कुरा आफैँ प्रमाणित हुन्छ । राजनीति परिवर्तनका उपदेश फेसबुक र टिकटकमा बाँडिन्छन्, तर ती उपदेश कसलाई दिइँदै छन् ? कसले मान्छ ? त्यो कसैलाई थाहा छैन,व्यक्तिको सामुन्ने बोलेर प्रश्न गर्न नसक्ने, तर सामाजिक सञ्जालमा धाक, धम्की र घुर्की देखाउने प्रवृत्तिले कुनै परिवर्तन ल्याउँदैन । आफूले मत दिएर जिताएको नेतासँग नजिकबाट कुरा गर्न नसकेर पछाडिबाट आलोचना गर्ने बानी नै हाम्रो राजनीतिक गरिबी हो। सक्छौँ भने आफ्नो मताधिकार सही व्यक्तिलाई दिऔँ । सकिँदैन भने “मेरो यति भोट छ, उति भोट छ” भनेर घुर्की नलगाउ तपाईं काे एक भोट हाे । हजारौँ भोटको अधिकार तपाईं को होइन । लोकतन्त्र जिम्मेवारी सहितको अधिकार हो, धाक देखाउने हतियार होइन । परिवर्तन नेता मात्रै होइन, जनता, कर्मचारी, दल र प्रणाली सबैबाट आउनुपर्छ एकतर्फी दोषारोपणले होइन, सामूहिक आत्मसमीक्षाले मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ नत्र हामी सधैँ परिवर्तनको नारा लगाउँदै, परिवर्तन नआएको गुनासो गरिरहनेछौँ याे युग सामाजिक सञ्जाल मा popular हुने युग हाे यहाँ परिवर्तन कसैले गर्छ भन्ने विश्वास लिनु मुर्खता हाे नयाँ लाई परिक्षण गरेर हुनेवाला केही छैन पुराना ले सबै बिगारे नयाँ ले सबै सपार्छन भन्ने पनि छैन जनता ले नेता बदल्ने र नेता निति बदलेमात्र साच्चै परिवर्तन हुन्छ ।
नयाँ उदाएकाहरू काे भ्रम र अहंकारि राजनीति
नेपालको राजनीतिक इतिहास साना ठूला आन्दोलन संघर्ष र बलिदानले बनेको हो। परापूर्वकालका साना आन्दोलनदेखि लिएर गोरखा एकीकरण राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलन पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष २०४६ सालको जनआन्दोलन माओवादी जनयुद्ध दोस्रो जनआन्दोलन हुँदै २०७२ सालको नयाँ संविधान जारी हुँदासम्म आइपुग्दा यी सबै चरणमा सामान्य जनताको योगदान उत्तिकै थियो। कुनै एक दल एक समूह वा एक व्यक्तिको मात्रै इतिहास होइन यो समग्र नेपाली समाजको साझा यात्रा हो।यस लामो यात्रामा नेपाल बदलिएको छ संरचना फेरिएको छ चेतना बढेको छ। तर आज आएर “पुराना दलले केही गरेनन् सबै बिगारे” भन्ने भ्रमपूर्ण निष्कर्ष निकाल्नु न त तथ्यसँग मेल खान्छ न त इमानदार विश्लेषणसँग। यदि पुराना दलहरूले केही पनि गरेका छैनन् भने आजको संघीय संरचना गणतन्त्र संविधान अधिकार र स्वतन्त्रताको जग कहाँबाट आयो भन्ने प्रश्न रहन्छ।
अहिले नयाँ शक्तिहरू उदाउँदै छन यो सकारात्मक कुरा हो। नयाँ सोच नयाँ शैली र नयाँ नेतृत्वको चाहना स्वाभाविक पनि हो। तर हामी मात्र सही हामीले मात्र देश बनाउँछौं भन्दै पुराना सबैलाई दोषारोपण गर्नु राजनीतिक अपरिपक्वता र अहंकार हो। इतिहासले देखाइसकेको छ देश परिवर्तन गर्न नाराभन्दा बढी नेतृत्वमा हुटहुटी त्याग र दीर्घकालीन प्रतिबद्धता चाहिन्छ।हिजो कांग्रेस, एमाले,माओवादी लगायतका दलहरू गठबन्धन वा एकीकरण गरेर चुनावमा होमिएको कुरा जनताले देखेकै हुन्। चुनावपछि भागबण्डाको हिसाब नमिल्दा उत्पन्न असन्तुष्टि, सरकारको अस्थिरता र जनस्तरका समस्या आज पनि जिउँका तिउँ छन्। त्यसबेला यही अभ्यासलाई “सत्ताको मोह”, “जनताको हितविरुद्ध” भन्दै मुर्दावाद गर्नेहरूमा आज बालेन, रवि र कुलमान र तिनका समर्थक पनि थिए।तर आज के भइरहेको छ ?रवि लामिछानेको रास्वपा, कुलमान घिसिङको उज्यालो नेपाल र बालेन शाह वरिपरि बनेको राजनीतिक घेराले तालमेल र सहकार्य गर्यो भने त्यसलाई गठबन्धन होइन भन्ने हाेलान। जनता मूर्ख छैन्न नाम जे दिए पनि अभ्यास उही हो। विडम्बना के छ भने हिजो गठबन्धनलाई गाली गर्नेहरू आज त्यसैमा ताली बजाइरहेका छन्।
अझ खतरनाक प्रवृत्ति त के देखिन्छ भने
यी नयाँ दलमा लाग्ने सबै “बुद्धिजीवी”पुराना दलमा लाग्ने सबै “खराब” भन्ने मापदण्ड। यथार्थ त के हो भने, हिजो कांग्रेस, एमाले, माओवादीमै बसेर व्यक्तिगत स्वार्थ लिने शक्ति प्रयोग गर्ने र बढी स्वार्थ खोज्दा नपाएर उछिट्टिएर गएकाहरू नै आजका धेरै “नयाँ अनुहार” हुन्। यो कुरा जनताले राम्ररी देखिरहेका छन्।अब प्रश्न उठ्छ फागुन २१ पछिको चुनावपछि के हुन्छ ?नेपाली राजनीतिमा कहिल्यै स्थिरता र स्पष्ट बहुमत आएको इतिहास छैन। सम्भावना के छ भने कसैको बहुमत नपुगेपछि फेरि उही दृश्य दोहोरिन्छ आजका नयाँ नेताहरू नै भोलि देउवा, ओली, प्रचण्डसँग “आउनुस् मिलेर आलोपालो सरकार चलाऔं” भन्न समय लाग्दैन। किनभने राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् स्थायी हुन्छ त केवल सत्ता समीकरण।
रवि लामिछाने स्वयं यस अभ्यासको उदाहरण हुन् हिजो मिलेरै सरकारमा गएका थिए, आज फरक भूमिकामा छन्। त्यसैले जनताले अब बुझ्नुपर्ने समय आएको छ राजनीति आफैंले गरे मज्जा अरूले गरे दलाल देखिने प्रवृत्ति राजनीतिक चेतनाको कमजोरी हो।नयाँ आउनु गलत होइन पुराना हुनु अपराध होइन। गलत त आफूलाई देवता र अरूलाई राक्षस ठान्ने सोच हो। देश एक्लैले बन्दैन न त एक पुस्ताले मात्रै। इतिहासबाट सिकेर अहंकार त्यागेर जनताको पीडालाई केन्द्रमा राखेर अघि बढ्न सकियो भने मात्र परिवर्तन सम्भव हुन्छ नत्र पात्र फेरिन्छन् प्रवृत्ति उही रहन्छ।
सत्ताको लत सबैकाे कुलत
हिजो धिक्कार आज विबेक!
नेपाली राजनीतिमा सत्तालाई लिएर एउटा अनौठो नियम चलेको छ हिजो अरूले पाए पाप, आज आफूले पाए रणनीति।
हिजो माओवादी, कांग्रेस र एमाले गठबन्धन गरेर चुनावमा जाँदा “सत्ताको दलाल”, “सिद्धान्त बेचुवा”, “लोकतन्त्रको हत्यारा” भनेर कराउनेहरू नै आज जेन्जि आन्दोलनको नाम टाँसेर नयाँ दल खोलेका छन् र फागुन २१ को चुनावका लागि गठबन्धन नगरी नहुने निष्कर्षमा पुगेका छन्। जस्तै रबि,बालेन,कुलमान ,मिल्ने रे कारण के रहेछ ?
पुराना दलले बहुमत ल्याउने डर!अचम्म ! सत्ता नपाउँदा लोकतन्त्र खतरामा, तर आफू नपुग्दा मात्रै डर लाग्ने ?हिजो उनीहरू भन्थे— हामी सत्ता होइन प्रणाली बदल्न आएका हौँ।आज उनिहरू भन्छन् हामी मिलेनाैँ भने पुराना दलले जित्छन्।अर्थात् प्रणाली पछि, सत्ता पहिला।
गठबन्धन गलत होइन, तर हिजो त्यसैलाई “राजनीतिक अपराध” घोषणा गर्नेहरूले आज त्यसैलाई “राजनीतिक विवेक” भन्दै प्रस्तुत गर्नु भनेको जनतालाई मूर्ख ठान्नु हो। सिद्धान्त यस्तो रहेछ विपक्षमा हुँदा आदर्श, सत्ताको गन्ध आउँदा व्यवहार।नयाँ दल भनेर आएका यी शक्तिहरूले कम्तीमा यति त देखाउनुपर्ने थियो हिम्मत। एक्लै लड्ने साहस। हार्ने भए पनि आफ्नै खुट्टामा उभिएर हार्ने आँट। तर देखियो के ? चुनाव अगावै सत्ताको गणित, सिटको जोडघटाउ र मन्त्रीको सम्भावित सूची।हिजो सत्ताको मोहमा अन्धा भनेर गाली गरिएका पुराना दल आज शान्त छन् किनकि उनीहरूले नयाँलाई आफ्नै ऐना देखाइरहेका छन्। फरक यति मात्रै हो पुरानाले सत्ता चाखिसके, नयाँले चाख्न आतुर छन्।जनता भने यो तमाशा हेरिरहेका छन्। उनीहरू अब नारामा होइन, नांगो व्यवहारमा विश्वास गर्छन्। नयाँ नाम, नयाँ झण्डा, नयाँ अनुहार तर चरित्र उही भए परिवर्तनको नाममा गरिएको यो राजनीति आफैंमा ठूलो व्यङ्ग्य हो।
अब त हामिले पनि भन्नैपर्छ
सत्ता मोह पुरानो रोग होइन रहेछ,
यो त सार्वभौमिक संक्रमण रहेछ।
बालेन :
सुशासनको नारा र व्यवहारको परीक्षा
नेतृत्वको महानगर र करोडौँ बेरुजु
नेपालको समसामयिक राजनीतिमा “सुशासन” शब्दलाई व्यवहारमा उतार्ने दाबीका साथ उदाएका पात्रमध्ये काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रमुख नाम हुन्। पुराना दल, भ्रष्ट अभ्यास र ढिलासुस्तीको विकल्पको रूपमा उनले आफूलाई प्रस्तुत गरे। “देश बनाउनु पर्छ” भन्ने सन्देश उनका भाषण, सामाजिक सञ्जाल र नीतिगत घोषणामा बारम्बार दोहोरियो। तर यही सुशासनको बाटो देखाउन खोजिएको महानगरमा करोडौँ रुपैयाँ बेरुजु निस्कनु ले गम्भीर प्रश्न उठाएको छ।बेरुजु आफैँमा नयाँ कुरा होइन। नेपालका अधिकांश सरकारी निकाय बेरुजुबाट ग्रसित छन्। तर फरक यति हो—बालेन नेतृत्वको महानगरले आफूलाई पुरानो प्रवृत्तिको विरोधी, पारदर्शिता र जवाफदेहिताको नमुना संस्थाका रूपमा प्रस्तुत गर्दै आएको थियो। यही कारणले यहाँ देखिएको बेरुजुले सामान्य प्रशासनिक त्रुटिभन्दा बढी नैतिक र राजनीतिक अर्थ बोकेको छ।बेरुजु निस्कनु भनेको सबै पैसा भ्रष्टाचार भयो भन्ने सीधा निष्कर्ष होइन। कतिपय अवस्थामा कागजात नपुगेको, प्रक्रिया नमिलेको, समयमै फर्छ्यौट नगरेको जस्ता कारणले पनि बेरुजु देखिन्छ। तर सुशासनको दाबी गर्ने नेतृत्वबाट अपेक्षा के थियो भने—यस्ता कमजोरी हुन नदिनु, भए तुरुन्त सच्याउनु र जनतालाई स्पष्ट जवाफ दिनु।
समस्या बेरुजु निस्कनु मात्रै होइन, यसप्रति देखिएको प्रतिक्रिया र जवाफदेहिता हो। आलोचना गर्नासाथ “पुराना दलका एजेन्ट”, “परिवर्तनका शत्रु” जस्ता आरोप लगाएर प्रश्न उठाउनेलाई नै खारेज गर्ने प्रवृत्ति सुशासनसँग मेल खाँदैन। सुशासनको सार भनेकै प्रश्न सहन सक्ने क्षमता, तथ्यका आधारमा जवाफ दिने संस्कार र गल्ती स्वीकार्ने साहस हो।यदि बालेन साँच्चै नयाँ राजनीतिक संस्कारको प्रतिनिधि हुन् भने, यो बेरुजु उनको छविलाई ध्वस्त पार्ने होइन, आफूलाई सुधार्ने अवसर बन्नुपर्छ। बेरुजु कसरी निस्कियो? कुन शीर्षकमा कति रकम? कसको जिम्मेवारी? फर्छ्यौट कहिलेसम्म? यी प्रश्नको स्पष्ट, लिखित र सार्वजनिक उत्तर दिनु नै सुशासनको अभ्यास हो।देश बनाउने कुरा नाराले होइन, प्रणाली सुधारले सम्भव हुन्छ। पुराना दलका कमजोरी देखाएर आफू चोखो बन्ने होइन, आफूले फरक काम गरेर देखाउनुपर्छ। यदि नयाँ भनिने नेतृत्व पनि पुरानै ढिलासुस्ती, कागजी अस्तव्यस्तता र आलोचना असहिष्णुतामा फस्यो भने जनताको भरोसा चाँडै टुट्छ।अन्ततः बालेन र उनको महानगरको परीक्षा यहीँ छ। सुशासनको बाटो देखाउनेले त्यो बाटो आफैंले पनि हिँड्नुपर्छ। बेरुजु लुकाएर होइनसच्याएर आलोचना दबाएर होइन, स्वीकारेर मात्र “देश बनाउनु पर्छ” भन्ने भनाइ सार्थक हुन्छ।
20/12/2025
झोले को हो ?
पार्टीले होइन, व्यवहारले देखाउँछ!
रवि लामिछाने दोषी छन् कि छैनन्—यो फैसला अदालतले गर्छ। भावनाले होइन, प्रमाणले न्याय हुन्छ। तर अहिले अदालतभन्दा बाहिर एउटा अनौठो अदालत चलिरहेको छ, जहाँ रवि लामिछानेका समर्थकहरू आफैँ न्यायाधीश बनेका छन्। समस्या यहीँबाट सुरु हुन्छ।रवि समर्थकहरू आफूलाई सबैभन्दा बाठा, सचेत र परिवर्तनकारी ठान्छन्। उनीहरूका अनुसार रविको पार्टीमा लाग्नेहरू झोले हुँदैनन्, तर अरू पार्टीमा लाग्नेहरू चाहिँ जन्मजात झोले रे। यो कस्तो तर्क हो ? कुन संविधान, कुन लोकतान्त्रिक मूल्यले यस्तो छुट दिएको छ ?
राजनीतिमा लाग्नु अपराध होइन—कुनै पनि पार्टीको होस्। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट वा रविको पार्टी—सबै पार्टीका समर्थक बराबर नागरिक हुन्। तर जब आफ्नाे पार्टीको हरेक कुरा सही र अरूको हरेक कुरा गलत ठानिन्छ, त्यहीँ झोलेपन सुरु हुन्छ।
आज रवि लामिछानेमाथि प्रश्न उठ्दा समर्थकहरू किन यति रोईलो गर्छन् ? किन अनुसन्धानलाई नै षड्यन्त्र भनिन्छ ? यदि रवि निर्दोष छन् भने छानबिनसँग किन डर ? र यदि दोषी ठहरिए भने पनि “हाम्रो नेता” भन्दै बचाउन खोज्नु के लोकतन्त्र हो ?
अझ हास्यास्पद कुरा के छ भने—अरू पार्टीका समर्थकलाई गाली गर्नेहरू आफैँ सबैभन्दा ठूलो झोले जस्तो देखिन्छन्। नेताको आलोचना गर्न नसक्ने, प्रश्न गर्न नजान्ने, सामाजिक सञ्जालमा गाली र भावुक स्टाटस लेखेर आफूलाई क्रान्तिकारी ठान्ने—यिनै हुन् आजका नयाँ झोले।
झोलेपन पार्टी बदलिँदा हट्दैन, सोच नबदलिँदा रहिरहन्छ। आज रविको पक्षमा अन्धभक्त हुनेहरू भोलि अरू कुनै नेताको पक्षमा पनि त्यत्तिकै अन्धो हुन सक्छन्। फरक नाम, उही रोग।
राजनीति सुधार्न नेता फेरेर मात्र हुँदैन, मानसिकता फेर्नुपर्छ। नेता भगवान् होइनन्। उनीहरू पनि प्रश्नको दायरामा पर्नैपर्छ। कानून सबैका लागि बराबर नहुने हो भने परिवर्तनको कुरा गर्नु नै ढोंग हो।
आज प्रश्न रवि लामिछानेको होइन। प्रश्न हाम्रो चेतनाको हो। हामी सचेत नागरिक हौँ कि नयाँ ब्रान्डका झोले मात्र ? यदि आफ्ना नेताको गल्ती देख्न सक्दैनौँ भने, अरूलाई झोले भन्ने नैतिक अधिकार हामीसँग छैन।
लोकतन्त्र अन्धभक्तले होइन, प्रश्न गर्ने नागरिकले बचाउँछ।
रबि समर्थक ले देखेकाे एउटा बाघ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600