The Rising Voice Of Nepal
Independent Digital News Platform, Bringing You Trusted News, Real Stories & Honest Perspectives. Amplifying Truth.
Empowering Nepal. - Stay informed with the latest updates on politics, society, economy, culture, and global affairs that matter to Nepal.
04/05/2026
क्याम्बोडियामा गैरकानुनी रूपमा बसिरहेका वा अनलाइन ठगी केन्द्रमा संलग्न रहेका नेपाली नागरिकलाई तत्काल त्यस्ता गतिविधि बन्द गरी स्वदेश फर्किन थाइल्याण्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ। नयाँ कडा कानुनी व्यवस्था लागू भएपछि यस्तो चेतावनी जारी गरिएको हो।
दूतावासका अनुसार पर्यटक भिसामा क्याम्बोडिया पुगेका धेरै नेपाली भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको पाइएको छ भने केही व्यक्ति गैरकानुनी अनलाइन ठगी कार्यमा समेत संलग्न रहेको जानकारी प्राप्त भएको छ। नयाँ कानुनअनुसार यस्ता गतिविधिमा संलग्न पाइएमा ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्म सजाय हुन सक्ने बताइएको छ।
दूतावासले रोजगारीका लागि विदेश जानुअघि वैधानिक प्रक्रिया अपनाउन, रोजगारदाता र प्रस्तावको सत्यता सम्बन्धित निकायमार्फत पुष्टि गर्न तथा आधिकारिक स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेको छ। साथै क्याम्बोडियामा रहेका नेपालीलाई स्वदेश फर्किन सहयोग गर्न विवरण संकलन भइरहेको र प्रभावितलाई सहकार्य गर्न अनुरोध गरिएको छ।
#क्याम्बोडिया #नेपाली #ठगी #वैदेशिकरोजगार # #ताज़ाखबरें
04/05/2026
सहकारी ठगी प्रकरणसँग जोडिएको समाचारले गालीबेइज्जती गरेको भन्दै निकिता पौडेलले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतले दाबी नपुगेको ठहर गर्दै खारेज गरेको छ। उक्त मुद्दा अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित विभिन्न मिडियाका २९ जनाविरुद्ध दायर गरिएको थियो।
काठमाडौं महानगरले साई स्वागत बचत तथा ऋण सहकारीमा छापा हानेपछि सार्वजनिक गरिएको विवरणमा आधारित समाचारप्रति असन्तुष्टि जनाउँदै मुद्दा दायर गरिएको भए पनि अदालतले त्यसमा पर्याप्त आधार नभेटिएको निष्कर्ष निकालेको हो। यससँगै मुद्दा औपचारिक रूपमा खारेज भएको छ।
#रविलामिछाने #निकितापौडेल #अदालत #ताजाखबर
04/05/2026
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले इरानलाई अमेरिका विरुद्धको युद्ध अन्त्य गर्न वार्तामा सहभागी हुन कडा सल्लाह दिएको बताएका छन्। ग्रीसको एथेन्समा आयोजित पत्रकार सम्मेलनमा उनले युरोपमा नेटोको प्रतिरोधात्मक क्षमतामा कुनै कमी नआउने स्पष्ट पारे।
यसैबीच, अमेरिकाले जर्मनीबाट करिब ५,००० सैनिक आगामी ६ महिनादेखि एक वर्षभित्र फिर्ता लैजाने घोषणा गरेको छ। इरान सम्बन्धी युद्ध तनाव र अमेरिका तथा युरोपबीच बढ्दो मतभेदका बीच यस कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
#जर्मनी #इरानयुद्ध #अमेरिका #विश्वराजनीति #ताजाखबर
04/05/2026
इरानले हर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी युद्धपोतले चेतावनी अटेर गरेपछि दुईवटा मिसाइल प्रहार गरेको दाबी गरेको छ। तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गर्दै कुनै पनि जहाजमा आक्रमण नभएको स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति Donald Trump ले ‘Project Freedom’ नामक नौसैनिक अभियान घोषणा गरेपछि क्षेत्रीय तनाव झन् चर्किएको छ। विश्वकै महत्वपूर्ण तेल मार्ग मानिने यस क्षेत्रमा विकसित घटनाक्रमले अन्तर्राष्ट्रिय बजार र सुरक्षामा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।
#हर्मुजसंकट #अमेरिकाइरानतनाव #विश्वराजनीति #ताजाखबर
03/05/2026
राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेशलाई पुनः अध्ययन गरी आवश्यक संशोधन गर्न सरकारलाई निर्देशन दिँदै फिर्ता पठाउने निर्णय गरिएको हो।
सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको विगतको व्याख्या अनुसार हाल कुनै पनि ‘कानुनी शून्यता वा अभाव’ नरहेको निष्कर्षका आधारमा यस्तो निर्णय लिइएको बताइएको छ।
03/05/2026
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले अभियोग पुष्टि नहुने ठहर गर्दै उनलाई निर्दोष ठहर गरेको हो।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो रकमसहित पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको थियो। साथै, बाल यौन दुर्व्यवहार र मानिस बेपत्ता पार्ने आरोपसमेत उनीमाथि लगाइएको थियो, जसमा केही मुद्दामा यसअघि नै सफाइ पाइसकेका छन्।
अदालतको पछिल्लो निर्णयसँगै बम्जनसम्बन्धी कानुनी विवादमा नयाँ मोड आएको छ, यद्यपि अन्य केही आरोपसम्बन्धी प्रक्रिया भने अझै बाँकी रहेको छ।
03/05/2026
रवि लामिछानेले आफ्नो पार्टी र नेताहरूलाई एक रुपैयाँ पनि नचाहिएको स्पष्ट पार्दै आफूहरूले पैसा कमाउन चाहेको दिन देश नै सकिने बताएका छन्।
राजनीतिमा लागेर पैसा कमाउन आफूहरूलाई एक मिनेट पनि नलाग्ने तर त्यस्तो गलत मनसायमा आफूहरू बिलकुलै नरहेको उनले जोड दिएका छन्।
‘हाम्रा नेताहरूलाई एक रुपैयाँ पनि चाहिएको छैन, हामीले पैसा कमाउन चाहेको दिन त देश सकियो,’ उनले निजी क्षेत्रसँगको छलफलमा भने, ‘पैसा कमाउन २०–३०–४० सेकेन्डभन्दा बढी लाग्दैन होला, तर हामी त्यहाँ बिलकुलै छैनौं।’
कार्यक्रमका सहभागीहरूलाई आश्वस्त पार्दै रवि लामिछाने ले रास्वपाको नीतिले सधैँ उनीहरूलाई संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो पोलिसीले तपाईंहरूलाई प्रोटेक्ट गर्छ, यसमा थोरै पनि डाउट नराख्नुस्,’ उनले भने।
साथै, उनले सीमा क्षेत्रमा हुने तस्करी रोक्न सरकारले कडाइ गरे पनि उपभोक्ताको संवेदनशीलतालाई ध्यानमा राख्दै त्यसमा पुनर्विचार गर्ने तयारी भइरहेको बताएका छन्। खुल्लमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नैपर्ने अवस्था रहेको उनको भनाइ थियो।
03/05/2026
सरकारले प्रशासनिक खर्च कटौती र कार्यक्षमता बढाउने उद्देश्यले ४ वटा मन्त्रालय खारेज गर्ने तयारी गरेको छ। यसै योजनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिने भएको छ। प्रशासनिक सुधारको यो नयाँ कदमले सरकारी सेवा प्रवाहलाई छिटो-छरितो बनाउने अपेक्षा गरिएको छ।
सरकारको यो मन्त्रालय घटाउने निर्णयले देशको प्रशासनिक खर्च साँच्चै कम होला त? तलको कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोस्👇
03/05/2026
विश्वको सर्वोच्च शिखर सगरमाथा पछिल्लो समय शक्तिशाली राष्ट्रहरूका लागि अत्याधुनिक प्रविधिको परीक्षण गर्ने मुख्य केन्द्र बन्न थालेको छ। विदेशी राष्ट्रहरूले यहाँको चरम मौसमी अवस्थालाई सदुपयोग गर्दै सञ्चार उपकरण, ड्रोन र अन्य नवीन प्रविधिहरूको परीक्षण गरिरहेका छन्। यसले आरोहण र उद्धारमा सहजता ल्याउने भए पनि हिमाली वातावरणमा पर्न सक्ने असरलाई लिएर गम्भीर चिन्ता उब्जाएको छ।
03/05/2026
रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा व्यापक बनेको तस्करी नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन्। यद्यपि, सीमा वारिपारि सस्तो बजारबाट किनमेल गर्ने स्थानीय नागरिकको व्यावहारिक कठिनाइलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। उपभोक्ता र व्यवसायी दुवैको हित हुने गरी हालको नीतिमा पुनर्विचार गर्ने तयारी भइरहेको उनले स्पष्ट पारेका छन्।
सीमा क्षेत्रमा भइरहेको कडाइलाई तपाईंले कसरी हेर्नुभएको छ? तलको कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोस्👇
03/05/2026
'मिस नेपाल २०२६' को लागि आवेदन खुल्ला भएको छ। १८ देखि २७ वर्ष उमेर समूहका, कम्तीमा ५ फिट ३ इन्च उचाइ भएका र प्लस टु पास गरेका अविवाहित युवतीहरूले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। यस वर्षदेखि गैरआवासीय नेपाली (एनआरएन) कार्डवाहकले समेत भाग लिन पाउने नयाँ नियम ल्याइएको छ भने फिनाले साउनको मध्यतिर हुनेछ।
तपाईंका विचारमा मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिताहरूले हाम्रो समाजलाई कस्तो संदेश दिन्छ जस्तो लाग्छ? तल कमेन्ट गर्नुहोस्! 👇
03/05/2026
इरानबाट तेल खरिद गरेको आरोपमा अमेरिकाले पाँचवटा चिनियाँ 'टीपट' रिफाइनरीहरूमाथि लगाएको प्रतिबन्धलाई चीनले अस्वीकार गर्दै रोक लगाएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकी प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुन विपरीत भएको र यसले देशको सार्वभौमसत्ता तथा विकासमा असर पार्ने भन्दै पालना नगर्ने घोषणा गरेको हो। इरानसँगको तेल व्यापारलाई लिएर यी दुई महाशक्ति राष्ट्रहरूबीचको टकराव झनै बढ्दै गएको छ।
अमेरिका र चीनबीचको यो बढ्दो व्यापारिक तथा राजनीतिक टकरावले विश्व अर्थतन्त्रलाई कुन दिशामा लैजाला? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोस्👇
Click here to claim your Sponsored Listing.