nayapusta.com

nayapusta.com

Share

Welcome to NayaPusta for Nepali News and Stories. Nepali Online News Portal, www.Nayapustanews.com

07/06/2026

नेपालको आफ्नै AI प्लेटफर्म निर्माणका लागि भारतले प्राविधिक सहयोग गर्ने भएको छ ll

07/06/2026

पर्यटन मन्त्रीलाई जेन्जिहरुका आफन्तले पोखरामा कालो ब्यानर देखाएका छन् ll

07/06/2026

जापानको क्योटो नजिक हराएका अमेरिकी विद्यार्थी मृत फेला

जापान भ्रमणका क्रममा हराएका अमेरिकी विद्यार्थी जेम्स हिगिनबोथम क्योटो नजिक मृत अवस्थामा फेला परेका छन्। उनकी आमा न्यान्सी हिगिनबोथमले शनिबार फेसबुकमार्फत आफ्नो छोरा मृत भेटिएको जानकारी दिएकी हुन्।

अमेरिकाको अलाबामा निवासी २० वर्षीय हिगिनबोथम अबर्न विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत थिए। उनी वेस्टन नामले पनि चिनिन्थे। न्यान्सीका अनुसार उनको शव क्योटो बाहिरको पहाडी क्षेत्रमा स्वयंसेवी खोज तथा उद्धार समूहले फेला पारेको हो।

मृत्युको कारण र घटनाबारे थप विवरण तत्काल सार्वजनिक गरिएको छैन। “हाम्रो परिवार हृदयविदारक अवस्थामा छ। हामीले महसुस गरिरहेको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ,” न्यान्सीले लेखेकी छन्।

हिगिनबोथम मे २९ तारिख क्योटो क्षेत्रको यामाशिना स्टेशन नजिक अन्तिम पटक देखिएका थिए। त्यस रातपछि उनको फोन बन्द भएको र लोकेशन सेवा पनि बन्द गरिएको उनकी आमाले यसअघि बताएकी थिइन्। त्यसअघि परिवारले लाइफ३६० एपमार्फत उनको गतिविधि ट्र्याक गरिरहेको थियो।

उनका अभिभावकका अनुसार उनी नजिकैको हाइकिङ ट्रेलतर्फ गएको हुन सक्ने अनुमान गरिएको थियो। न्यान्सीले आफ्नो छोरालाई सम्भवतः केही समय एक्लै बस्न आवश्यक परेको हुन सक्ने बताएकी थिइन्।

हिगिनबोथम परिवार उनका कान्छा भाइको हाई स्कूल ग्र्याजुएसन मनाउन जापान भ्रमणमा आएको थियो। जापानी अधिकारीहरूले सुरुमा तीन दिनसम्म खोजी गरेका थिए, जसमा करिब १०० प्रहरी, कुकुर टोली र हेलिकप्टर परिचालन गरिएको थियो। तर, त्यस क्रममा उनको कुनै सुराग फेला परेको थिएन।

07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो जिल्ला अधिवेशनमा सहभागी हुन पूर्व गृहमन्त्री सुदन गुरुङ गृह जिल्ला गोर्खा पुगेका छन्।

07/06/2026

बालेन शाहलाई मानसिक रोगको समस्या देखियो : महेश बस्नेत

07/06/2026

नाकामा एकजना मानिस साइकल चढेर आयो, जसको पछाडि एउटा बोरा राखिएको थियो।

भन्सार अधिकृतः "declare गर्नुपर्ने केही सामान छ भाइ ?"

मानिसः "छैन।"

भन्सार अधिकृतः "अनि यो बोराभित्र के छ नि?"

मानिसः "बालुवा।"

जाँच गर्दा बोराभित्र साच्चै बालुवा नै भेटियो।

पूरै एक हप्तासम्म ती मानिस दिनहुँ साइकल र पछाडि बालुवाको बोरा लिएर नाका काट्थे। आठौं दिनमा भन्सार अधिकृतलाई शंका लाग्यो।

भन्सार अधिकृतः "यो बोरामा के छ?"

मानिसः "केबल बालुवा।"

भन्सार अधिकृतः "हँ... ल हेरौं त।"

यसपटक बालुवालाई छान्ने जालीले राम्ररी छानियो। नतिजाः बालुवा बाहेक केही थिएन।
त्यो मानिस दिनहुँ नाकामा आइरह्यो। दुई हप्तापछि भन्सार गार्ड वाक्क भएर त्यो बालुवा प्रयोगशाला (Lab) मा पठाए। नतिजा फेरि उही आयोः केबल बालुवा।

यसरी नै 'बालुवा ढुवानी' चलेको एक महिना भयो। भन्सार अधिकृतले अब सहन सकेनन् र ती मानिसलाई सोधेः

"हेर, म तिमीलाई लिखित रूपमै दिन्छु कि म यो कुरा कसैलाई भन्ने छैन। तर मलाई जान्नै मन छ - तिमी पक्कै केही न केही तस्करी गर्दैछौ। कृपया मलाई भन न, तिमी के चोरी-निकासी गर्दैछौ?"

मानिसले विस्तारै भन्योः "साइकलहरू😁

नि:शब्द भए म....😂😂😂😂

07/06/2026

नेपालीले अब भारतमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउने ll

07/06/2026

सडक बनाउन हिडेकाे लाेडर अर्जुनचौपारी गाउँपालिका ४ स्थित अर्घाैदीमा दुर्घटना । चालक सामान्य घाईते भएका छन् ।

07/06/2026

🇳🇵 अमेरिकाको जितले नेपाललाई फाइदा, अंक तालिकाको दौड रोचक बन्दै

🇺🇸 अमेरिकाले 🇨🇦 क्यानडालाई पराजित गरेपछि नेपालले अंक तालिकामा अप्रत्यक्ष फाइदा पाएको छ।

प्रतिस्पर्धी टोली क्यानडाले महत्वपूर्ण अंक गुमाउँदा नेपालको शीर्ष स्थानतर्फको सम्भावना थप बलियो बनेको छ।

अब नेपालले आफ्ना आगामी खेलहरूमा राम्रो नतिजा निकाल्न सके अंक तालिकामा अझ माथि उक्लिने अवसर रहनेछ। 🏏🇳🇵

07/06/2026

नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) अन्तर्गतको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमबाट थप ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्ने भएको छ। आइएमएफको कार्यकारी बोर्डले सातौँ तथा अन्तिम समीक्षा पूरा गरेपछि अन्तिम किस्ताको रकम स्वीकृत गरेको हो।

स्वीकृत रकम एसडिआर ३१.३२ मिलियन अर्थात् करिब ४२.९ मिलियन अमेरिकी डलर बराबर रहेको छ। शुक्रबारको विनिमयदरअनुसार यो रकम ६ अर्ब ५० करोड ४४ लाख रुपैयाँ हुन आउँछ।

यससँगै इसिएफ कार्यक्रमअन्तर्गत नेपालले प्राप्त गरेको कुल कर्जा एसडिआर २८२.४२ मिलियन पुगेको छ, जुन करिब ३८४.१ मिलियन अमेरिकी डलर अथवा ५८ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बराबर हो।

आइएमएफले सन् २०२२ जनवरी १२ मा नेपालका लागि उक्त कार्यक्रम स्वीकृत गरेको थियो। नेपालले आर्थिक सुधारका विभिन्न प्रतिबद्धता कार्यान्वयन गरेपछि अन्तिम किस्ता उपलब्ध गराइएको जनाइएको छ।

संस्थाका अनुसार कार्यक्रमले आर्थिक पुनरुत्थान, स्थायित्व, वित्तीय सुरक्षाको क्षमता वृद्धि तथा कमजोर वर्गको संरक्षणमा सहयोग पुर्‍याएको छ।

आइएमएफले मौद्रिक व्यवस्थापनको आधुनिकीकरण, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण सुधार, ऋण पोर्टफोलियो समीक्षा, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी सुधार तथा सार्वजनिक संस्थानहरूको उत्तरदायित्व सुदृढीकरणलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu