RC Rimal

RC Rimal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RC Rimal, Artist, Kathmandu.

05/04/2026

आफ्नै गीत “सिन्की अचार” प्रस्तुत गर्दा मनको गहिराइसम्म सम्झनामा बसिरहने अविस्मरणीय पल ❤️❤️❤️

Photos from RC Rimal's post 04/04/2026

आज “स्वर संगीत पाठशाला”को आयोजनामा सम्पन्न “स्वर संगीत आइडल” कार्यक्रममा निर्णायकको रूपमा बस्ने र आफ्नै प्रस्तुति दिने अवसर पाउँदा निकै भावुक र गर्व महसुस भयो।

मञ्चमा देखिएको प्रतिभा, साधना र सपना साँच्चै मन छुने खालको थियो। सम्पूर्ण सहभागी कलाकार भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल सांगीतिक भविष्यको शुभकामना।

यस्तो सम्मान र अवसरका लागि स्वर संगीत पाठशालाप्रति हार्दिक धन्यवाद।

New Holi Song - Jhumauna Holiko Umangama | RC Rimal | Ft. Yumi Balami | Sahas Shakya | Basanta 02/03/2026

क–कस्ले हेर्नु भयो त? 👀
मेरो नयाँ गीत “झुमाऔँ होलीको उमङ्गमा” कस्तो लाग्यो हजुरहरूलाई?
रङ्ग, रमाइलो र उमङ्गले भरिएको यो प्रस्तुति
हजुरहरूको माया र साथ बिना अधुरो छ। ❤️
हेरेर कमेन्टमा आफ्नो अमूल्य प्रतिक्रिया दिन नबिर्सनु होला है 🙏

New Holi Song - Jhumauna Holiko Umangama | RC Rimal | Ft. Yumi Balami | Sahas Shakya | Basanta Available On Music Streaming Platforms ------------------------------------------------------------------ Streaming Platforms : https://bit.ly/4haw9QiApple...

01/03/2026

नवराज श्रेष्ठ भाइ तिम्रो असामयिक बिदाइले हाम्रो मन अत्यन्तै दुःखी र स्तब्ध भएको छ।
तिम्रो मुस्कान, सरलता र मिठो व्यवहार सधैं हाम्रो सम्झनामा जीवित रहनेछ।
ईश्वरले तिम्रो आत्मालाई चिरशान्ति प्रदान गरून्।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली। 🙏🕊️

25/02/2026

आमाको काखमा पाइने शान्ति
संसारका हजारौं सुखभन्दा ठूलो हुन्छ।
त्यो अँगालो नै मेरो स्वर्ग हो। 🤍

24/02/2026

जीवनमा यस्ता क्षणहरू बारम्बार आउँदैनन्,
जहाँ मुस्कान साँचो हुन्छ, नजरमा आत्मविश्वास हुन्छ
र हरेक कुरा मनले महसुस गरिरहेको हुन्छ। यो पल सम्झनामा सँधै ताजा रहोस् 🤍
fans

22/02/2026

बादलले ढाकेको आकाश होस् या जीवनका चुनौतीहरू,
आत्मविश्वास साथमा भयो भने हरेक दृश्य सुन्दर देखिन्छ।
उचाइ ठाउँले होइन, सोचले बनाउँछ।

21/02/2026

दिदी हजुरको असामयिक बिदाइले हाम्रो मन अत्यन्त दुःखी र स्तब्ध भएको छ।
तपाईंको सरलता, माया, सद्भाव र सम्झनाहरू सधैं हाम्रो मनमा जीवित रहनेछन्।
शरीरले साथ छोडे पनि तपाईंको आत्मा र तपाईंले दिएको प्रेरणा हाम्रो जीवनमा सधैं रहिरहनेछ।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्
र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली।

20/02/2026

मानिसलाई उसको व्यवहारले मात्र होइन,उसले भोगेको जीवनले चिनाउँछ। कसैको रिसको पछाडि पीडा हुन्छ,कसैको कठोरताभित्र डर लुकेको हुन्छ। हामी सबै आफ्नै संघर्षको कथा बोकेर बाँचिरहेका छौं। निर्णय गर्नु अघि बुझ्ने प्रयास गरौँ,घृणा गर्नु अघि सहानुभूति राखौँ। किनकि अन्ततः मानिसलाई बदल्ने शक्ति न त सजाय हो, न त घमण्ड सबै भन्दा ठूलो शक्ति हो माया र समझदारी।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address

Kathmandu