insidenepal.com
हाम्रो पेजमा यहाँहरु सम्पुर्णलाई हृदय देखि नै स्वागत छ |
09/06/2026
शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग मन्त्री महावीर पुनले भने - "बधाई दिने सबैलाई धन्यवाद । धेरै प्रश्न नसोध्नुहोला । मन्त्री बनेको होइन पासोमा परेको हो, अरुलाई पासोमा थाप्छु भनेको आफैं पासोमा पर्यो । भोलि के गर्नुहुन्छ के छ योजना भनेर नसोध्नुहोला, आफ्नो बुद्धिले भ्याएसम्म गर्ने हो, सबैले एकैचोटि जानेर आएको हुँदैन ।
07/06/2026
अब्बल महिला मन्त्री — अहिलेको मन्त्रीमण्डलमा सायद कुनै चर्चा नखोजी काम र जिम्मेवारीलाई निरन्तर निभाईरहको मन्त्री हुन्, प्रतिभा रावल ।
प्रतिभा आफैमा संघर्षले उदाएको महिला हुन् । पाँच वर्षकै उमेरमा आफ्नो बुवा गुमाएको प्रतिभाको लालनपालन र पढाइ उनको आमाले गरेको थिइन् । उनको लागि आमा नै पहिलो प्रेरणा बनिन । एउटी महिलाको संघर्षलाई भोगेर हुर्कन पाइन् ।
सुदुरपश्चिम जस्तो विकट क्षेत्र, उपचार र रोजगारीको लागि भारतमा निर्भर हुनुपर्ने अवस्था र पत्रकारिता मार्फत देशको अवस्थालाई निकै धेरै नजिकबाट चिन्न सकेको प्रतिभाले त्यसको समाधान गर्नको लागि नै राजनीति रोजेको थिइन्, र आज भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रीसम्म बन्न सकिन ।
झन्डै अढाई महिनाको कार्यकालमा उनको नेतृत्वमा निकै धेरै सुधारका कामहरू भए, उनले पदवहाली भएपश्चात तत्काल विचौलिया मुक्त मालपोतको लागि अभियान सुरु गरिन । मालपोत र नापीमा अभूतपूर्व सुधारका कामहरू सुरु भए ।
मालपोत नामलाई भू-सेवा केन्द्र बनाएर स्थानीय तहबाटै सेवा लिन सकिने बनाइन । नापी सेवाको लागि मेरो कित्तालाई आधुनिक र प्रविधी युक्त बनाएर छुट्टै मोबाइल एप सार्वजनिक गरिन । उनकै नेतित्वमा बाचा गरे अनुसार निकै जटिल मानिएको सहकारी समस्याको समाधानको लागि 'रिभोल्विङ फन्ड' स्थापना गरी ३७८ जना बढीको बचत रकम फिर्ता गर्ने काम सुरु गरिन ।
उनले कर्मचारीलाई दिएको स्पष्ट संदेश छ, "मन्त्रीलाई होइन, सेवाग्राही खुसी पारौं" । यी सबै उनले चर्चा पाउन गरेको देखिदैन । उनलाई लोकप्रियताको रहर होइन बरू कामप्रतिको जिम्मेवारी बोध भएको देखिन्छ ।
एउटी महिलाले पनि उत्कृष्ट काम गर्न सक्छ भन्ने उदाहरण हुन्, प्रतिभा रावल । हामीलाई उनि जस्तै महिला नेतृत्वको अझ धेरै आवश्यकता छ ।
07/06/2026
यो चरालाई गाउँ घरको भाषामा के भनिन्छ ?
07/06/2026
भारत भ्रमणका क्रममा भारतीय पत्रकारहरूलाई परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्ट जवाफ -
🔹लिपुलेक-लिम्पियाधुरा हाम्रो भूमि हो, नेपाललाई नसोधी भारत र चीनले आपसमा सहमति गर्न सक्दैनन्।
🔹 भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्थता होइन, त्यहाँ रहेका ऐतिहासिक कागजातमा पहुँच खोजिएको ।
यता फेरि के गर्दै छन त अन्टिहरु 😂😜🤭
06/06/2026
यो सानो बाबु को होला चिन्नुभयो त ? 😮
06/06/2026
🙏 हार्दिक श्रद्धाञ्जली:
नेपाली सेनाकी जवान ईश्वरी भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। उहाँको आत्माले चिरशान्ति पाओस्। यस अपूरणीय क्षतिको घडीमा शोकाकुल परिवारजन र उहाँका सहकर्मीहरूमा गहिरो समवेदना प्रकट गर्दछौँ।
💬 "देशको सेवा गर्ने योद्धा हारिन्, तर उहाँको साहस र सम्झना कहिल्यै मर्ने छैन।"
06/06/2026
प्रतिनिधिसभा सांसद ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मा'रेको आ'रोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी परेको छ । ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राई भोजपुर टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुँदा बाँदर मा'रेको भनी अन्तर्वार्तामा स्वीकार गरेको भिडिओ प्रमाणका आधारमा कार'बाहीको माग गर्दै जाहेरी दिएका हुन् । जाहेरीमा वन्यजन्तु मा'र्ने वा घा'इते बनाउनेलाई कानुन अनुसार १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उल्लेख छ ।
05/06/2026
सुखी गृहस्थ ।
एक पटक अनाथपिण्डक जहाँ भगवान बुद्ध हुनुहुन्थ्यो, त्यहाँ आए, अभिबादन गरेर एक छेउमा बसे ।
अनाथपिण्डक जान्न चाहान्थ्यो कि गृहस्थ कसरी सुखी रहन सक्छ ?
तदनुसार अनाथपिण्डकले भगवान बुद्धसग प्रार्थना गरे कि उहाँले उसलाई गृहस्थ जिबनका सुखको रहस्य बुझाइ दिउन ।
तब भगवान बुद्धले भन्नुभयो :- गृहस्थको पहिलो सुख सम्पत्तिको मालीक बन्नु हुन्छ । एक गृहस्थका साथमा धार्मिक तरिकाले, न्यायसंगत धेरै परिश्रमले, मेहनतले पसिना बगाएर कमाएको धन हुन्छ । यश बिचारले कि मेरो साथमा न्यायोचित आर्जन गरेको धन छ, उसलाई प्रसन्नता मिल्छ ।
दोस्रो सुख सम्पत्तीको भोगको हुन्छ । एक गृहस्थसग धार्मिक तरिकाले, धेरै परिश्रम गरेर, मेहनतले पसिना बगाएर कमाएको धन हुन्छ । उ आफ्नो धनको उपभोग गर्दछ र पुण्य कर्म गर्दछ । यश बिचारले कि म आफ्नो न्यायोचित तरिकाले आर्जित धनले पुण्य कर्म गर्दछु, उसलाई खुशी मिल्दछ ।
तेस्रो सुख "ऋण" ग्रस्त नहुनू हो । कुनै पनि गृहस्थको शिरमा धेरै थोरै कुनै पनि किसिमको ऋणको बोझ हुदैन । यश बिचारले कि मेरो शिरमा कसैको पनि ऋण छैन, उ प्रसन्न रहन्छ ।
चौथो सुख दोष रहित हुनुको हो । एक गृहस्थको शारीरिक कर्म निर्दोष हुन्छ, वाणिको कर्म निर्दोष हुन्छ र मनको कर्म निर्दोष हुन्छ । उसलाई निर्दोषताको सुख प्राप्त हुन्छ ।
अनाथपिण्डक ! निश्चय नै यी चार सुखहरु यस्ता छन जसलाई गृहस्थले प्रयास गरेमा प्राप्त गर्न सक्नेछन् ।
Buddhism in Nepal
Click here to claim your Sponsored Listing.