Generic Health Informatics

Generic Health Informatics

Share

We produce health education materials - audio visual and print, organize health education programs and conduct health research.

Photos 19/07/2016

बाबुनानीहरुलाई #खोकी किन लाग्छ? खोकी बास्तवमा के हो? रोग वा आवस्यक प्रक्रिया? के यसको उपचार गरिहाल्नु पर्छ? की गर्नै पर्दैन? के खोकीको उपचार गर्दा समेत हानी हुन्छ? आउनोस यसबारे चर्चा गरौँ।

खोकी के हो?
खोकी हाम्रो शरीरले फोक्सो र सास नालिहरु लाई सफा राख्नको लागि उपयोग गर्ने प्रतिरक्षात्मक क्रिया हो। अधिकांश अवस्थामा यो मानिसको इक्षा नभईकन नै स्वचालित रुपमा एक्कासि आउने गर्छ। यस्तो क्रिया लाई चिकित्सकीय भाषा मा ‘रिफ्लेक्स’ भनिन्छ। शरीरलाई आवश्यक हावा बाहेकका चिज जस्तै पानी, खाना, खकार इत्यादि कुनै तरिकाले सास नली वा फोक्सोमा पुगेमा वा जम्मा भएमा शरीरले खोकी रिफ्लेक्स सुरु गर्छ र त्यसले उक्त चिज लाई श्वास प्रस्वास प्रणाली बाट बाहिर निकालिदिन्छ।

खोकीको बिज्ञान (फिजियोलोजी):
एक पटक खोक्नको लागि खोकीको सुरुवात देखि अन्त्य हुँदा सम्मका केहि सेकेन्ड भित्र शरीरले संचालन गर्ने प्रणालीहरु जटिल तर प्रक्रियागत रुपमा त्यति नै ब्यबस्थित हुन्छन। सर्वप्रथम सास नली वा फोक्सोमा तरल वा ठोस पदार्थ वा बिषालु ग्यास पुगेको वा जम्मा भएको कुरा त्यहाँका स्नायुहरुको टुप्पोमा रहेका सुक्ष्म ज्ञानेन्द्रीय (मेकानिकल र केमिकल रिसेप्टर) हरु ले थाहा पाउछन र यसको सूचना मस्तिस्कको तल्लो भागमा अवस्थित मेडुला भन्ने स्थानमा रहेको ‘खोकी नियन्त्रण केन्द्र’ मा पठाउँछन्। त्यस्तो सूचना प्राप्त भएपछी मेडुला ले खोकी ल्याउनको लागि चरणबद्द रुपमा श्वास प्रश्वास क्रिया संग सम्बन्धित विभिन्न माम्शापेसी हरुलाई स्नायु मार्फत आदेश जारी गर्दछ। यो प्रक्रिया मानिसको आफ्नो इक्षा को नियन्त्रणमा हुदैन, मेडुलाले स्वतस्फुर्त रुपमा यसको संचालन गर्दछ। फल स्वरूप श्वास्प्रस्वास प्रणालीमा निम्न तिन चरणमा घटनाक्रम बिकसित हुन्छ:

१. लामो सास भित्र तानिने
२. सास बाहिर फाल्ने माम्शापेसीहरु सक्रिय हुने तर स्वर यन्त्र बन्द रहने। जसले गर्दा सास नली र फोक्सोमा हावा को प्रेसर अत्याधिक बृद्धी हुन पुग्छ तर हावा बाहिर निस्कन पाएको हुदैन।
३. स्वर यन्त्र एक्कासि खोलिने। यसले गर्दा उच्च प्रेसरमा रहेको हावा एक्कासि सास नली बाट बाहिर निस्कन्छ, यो अत्यन्तै ठुलो गतिमा बाहिर निस्कन्छ जसको बेगले त्यहाँ रहेका तरल वा ठोस पदार्थहरुलाई उडाएर वा धकलेर बाहिर निकाल्छ।

यस बाट प्रष्ट हुन्छ कि खोकी आँफैमा कुनै रोग होइन यो प्रथमतः सुरक्षा को उपाय हो र श्वास्प्रस्वास प्रणालीमा कुनै खराब चिज जम्मा भएको संकेत हो अर्थात लक्षण हो। तर खोकीले कहिले काहीं बाबुनानीहरुलाई निकै अत्त्याउँछ र कुनै कुनै बेला सानो समस्याको प्रतिक्रिया को रुपमा ठुलो र दुख दिने लामो खालको खोकी पनि लाग्न सक्छ। यस्तो खोकी भने लक्षण मात्र नभई आँफैमा समस्याको रुपमा बिकसित हुन्छ।

बिमारी हुँदा खोकी किन लाग्छ?
माथि छलफल गरिएझैं रुघा-खोकी, टन्सिल वा घांटी वा स्वर यन्त्र को संक्रमण वा निमोनिया इत्त्यादी लागेमा श्वासप्रश्वास प्रणालीमा धेरै परिमाणमा सिंगान जस्तो चिप्लो लेग्रा जम्मा हुन्छ, यसलाई ‘म्युकस’ भनिन्छ। म्युकस संगसंगै रोगको किटाणु संग शरीरका सुरक्षा प्रणालीका कोश (WBC) हरुको द्वन्दको कारण जम्मा हुन गएका मृत कोष र किटाणुहरु समेत मिसिएको हुन्छ , कहिले कहिँ यो पीप जस्तै पनि हुन सक्छ। यी यस्ता चीज फोक्सो र सास नलीमा जम्मा हुना साथ ‘खोकी रिफ्लेक्स’ सक्रिय भएर खोकी लगाउँछ र खकारको रुपमा सासनलीबाट बाहिर निकालिदिन्छ। अधिकांश बाबुनानीहरुमा हुने खोकी यहि कारणबाट हुने गर्छ। रुघा खोकी जटिल बनेर पिनास भएमा समेत यसरीनै खोकी लाग्छ।

नाक वा घांटीको एलर्जी खोकीको अर्को प्रमुख कारण हो। बाल्यकालको दम भएका बाबुनानिहरुमा समेत खोकी प्रमुख लक्षणको रुपमा देखा पर्छ। यी दुवै अवस्थाहरुको छुट्टै उपचार आवस्यक हुन्छ।

क्षयरोग लागेका बाबुनानिहरुमा पनि अन्य संक्रमणहरुमा जस्तै खकार जम्मा भएको कारणले खोकी लाग्छ। तर यस्तो खोकी दुइ हप्ता भन्दा बढी महिनौं सम्म रहन्छ, सामान्य एन्टिबायोटिक को प्रयोग पछी पनि नियन्त्रण हुदैन, बच्चाको तौल घट्दै जान सक्छ। क्षयरोगको उपचार सुरु गरेपछि मात्र यस्तो खोकी नियन्त्रण हुन्छ।

रातीमा मात्र खोकी लाग्ने बाबुनानीहरुमा पेटबाट अन्न नली हुँदै पेटको पानि मुखसम्म फर्केर आउने (रिफ्लक्स) हुन सक्छ। रिफ्लक्स भएर मुख सम्म आएको पानी मध्ये केहि सर्को पर्न सक्छ भने मुख्य रुपमा यस्तो पानीमा हुने अम्ल (हाइड्रोक्लोरिक एसिड) को कारण घांटी कै स्नायु हरुले ‘खोकी रिफ्लेक्स’ सुरुवात गरिदिन्छन।

बाबुनानीहरुमा खोकी का अन्य थुप्रै कारणहरु हुन सक्छन तर प्रमुख चाहिं माथि उल्लेख गरिएकाहरु नै हुन्।

खोकी को उपचार कसरि गर्ने?
खोकीको उपचार भन्दा पहिले खोकी को कारण को उपचार गर्नु पर्छ। ‘खोकी को औषधी’ भनेर खोकी रोक्ने खालको औषधीको प्रयोग गर्नु हानीकारक हुन सक्छ। सामान्य रुघा खोकी भएमा लाक्षणिक सहजता हुने औषधीको प्रयोग गर्न सकिन्छ। टन्सिल वा घांटीको संक्रमण वा निमोनिया भएमा एन्टिबायोटिक आवस्यक पर्छ। क्षयरोग भएमा त्यसको उपचार गर्नु पर्छ। एलर्जी भएमा त्यसको फरक उपचार हुन्छ। दम भएमा घरेलु सतर्कता संगै लामो समयसम्म सास नलीहरु खुकुलो पार्ने औषधीहरु आवस्यक पर्न सक्छ। पेटबाट रिफ्लक्स भएमा त्यसको फरक उपचार हुन्छ। अन्य कारणले खोकी लागेको भएमा उपचार कारण पिच्छे फरक फरक हुन्छ।

यसमा महत्वपुर्ण बिषय भनेको के हो भने खोकीको कारणको उपचार नगरी खोकी निको हुदैन र त्यस्तो कारण निदान गरी औषधि चलाएपछि मात्र खोकी सहज पार्ने खालका औषधीहरु प्रयोग गर्न सकिन्छ। अधिकांश यस्ता औषधीहरुले खकारमा पानीको मात्र बढाएर खकार पातलो पारी खकार बाहिर निकाल्न सजिलो पार्छन भने अन्य औसधीले घांटीमा सितलो पार्ने काम गर्छन। तर यी मध्ये धेरै जसो औषधीहरु दुइ बर्ष भन्दा कम उमेरका बाबुनानिहरुमा कति सुरक्षित छन् वा के कस्तो साइड इफेक्ट गर्छन भनेर यथेष्ट अनुसन्धान भएका छैनन।

अधिकांश बाबुनानीहरु खोकी लागिरहंदा बान्ता समेत गर्छन. खाकारको लेग्रा अल्झेर यस्तो बान्ता हुने गर्छ। बान्ता संगै यस अघि बच्चाले निलेको खकार समेत पेटबाट बाहिर निस्कन्छ। खोकीको कारण यसरी लागेको बान्ताको छुट्टै उपचार गरिरहनु आवस्यक हुँदैन।

कुनै कुनै अवस्थामा खकार ननिकाल्ने किसिमको खोकी लाग्दछ। यसले बाबुनानीहरुलाई दुख मात्र दिने गर्छ। यस्तो अवस्थामा खोकी कम गर्ने औषधिहरु प्रयोग गर्नु पर्ने हुन सक्छ तर यो कुराको निर्णय बाल बिशेषग्य चिकित्सक संग परामर्श गरेर मात्र गर्नु पर्दछ।

अन्तमा:
खोकीको कारण पत्ता लगाई त्यसको उपचार सुरु गरेपछि मात्र खोकी सहज गर्ने उपचार गर्न सकिन्छ। जथाभाबी ‘खोकीको औषधी’ भनेर खोकी रोक्ने औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ।

(मन परे पेज लाइक गरौँ र जनहितका लागि सेयर गरौँ | सुझाव वा जिज्ञासा भएमा कमेन्ट गरौँ। facebook.com/BabuNani.info)

Photos 18/07/2016

बाबुनानीहरुमा हुने भाइरल ज्वरो ( in Children):

भाइरल ज्वरो विभिन्न भाइरस (विषाणु) हरु जस्तै इन्फ्लुएन्जा, एडिनो भाइरस, दादुरा, रुबेल्ला इत्यादीको संक्रमणका कारण हुने गर्छ। यी मध्य इन्फ्लुएन्जा सबै भन्दा बढी संक्रमण गर्ने मध्यमा पर्दछ। समशीतोष्ण (temperate) क्षेत्र हरुमा इन्फ्लुएन्जा प्रकोप जाडो मौसममा बढी हुने गर्दछ। तर नेपालको अधिकांश भूभाग उष्ण प्रदेशीय (tropical) जलबायु क्षेत्रमा रहेको हुँदा सिद्दान्ततः बर्षभरि नै इन्फ्लुएन्जाको जोखिम रहन्छ। भाइरल ज्वरो अन्य थुप्रै भाइरसहरुले गर्न सक्दछन् र ती मध्ये केहीले निकै जटिल किसिमका रोग पनि लगाउन सक्छन। तर त्यस्ता भाइरसहरुको संक्रमण साधारणतया अत्यन्तै थोरै हुने हुँदा यहाँ छलफल गरिएको छैन। बाबुनानीहरुको एकातर्फ रोगसंग लड्ने क्षमता पूर्ण रुपमा विकसित भईसकेको हुँदैन भने अर्को तर्फ विभिन्न भाइरसहरुसंग शरीरको पहिलो पटक जम्काभेट हुने हुँदा शरीरले पूर्व तयारी गर्ने मौका पाएको हुँदैन त्यसैले अन्य संक्रमण जस्तै भाइरसहरुको पनि संक्रमण हुने सम्भावना बेसी हुन्छ।

सर्ने तरिका:
भाइरल ज्वरोका बिषाणुहरु विशेषतः श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्छन्। संक्रमित मानिसले खोक्दा वा हाक्ष्युं गर्दा फैलने छिटाहरु मार्फत बिषाणुहरु हावामा पुग्दछन्। यसरी हावामा तैरिएका भाइरसहरु श्वास प्रश्वासको प्रक्रियामा स्वास्थ्य बाबुनानीहरुको शरीरमा प्रवेश गर्दछन् र बिरामी पार्छन्। यस बाहेक खोक्दा वा हाक्ष्युं गर्दा संक्रमित मानिसको हातमा समेत भाइरस हरुको उपस्थिति हुन जान्छ र त्यस्तो हात अर्को व्यक्ति संग हात मिलाउंदा वा साना बाबुनानिहरुलाई खेलाउंदा समेत भाइरल ज्वरो सर्ने गर्छ।

लक्षणहरु:
भाइरल ज्वरोको प्रमुख लक्षण भनेको ज्वरो नै हो। यसमा ज्वरो बिस्तारै बढ्दै जान्छ र १०२ – १०३ डिग्री फरेनहाइट सम्म पुग्न सक्छ। अन्य कुनै पनि ज्वरोमा जस्तै ज्वरो आउनु अगाडी हात खुट्टा चिसो हुने वा जाडो हुने हुन सक्छ। ज्वरो आउने क्रम अघिल्लो २ - ४ दिनमा बढ्दो हुन्छ भने त्यसपछि घट्दो हुन्छ र करिब एक हप्तामा ज्वरो हराउँछ।
अधिकांश भाइरल ज्वरोहरुमा बाबुनानीहरुलाई रुघा लाग्ने गर्छ। सिगान धेरै बग्ने, नाक बन्द हुने, खोकी लाग्ने जस्ता लक्षण देखा पर्छन्। खोकी लागेर कहिले काहीं बान्ता समेत हुन सक्छ। श्वास नालीमा खकार जम्मा हुन गई सास फेर्दा घ्यार-घ्यार आवाज समेत आउन सक्छ। ज्वरो बढी भएको अवस्थामा सासको गति बढी हुन्छ, आमाहरु यसलाई स्याँ स्याँ भएको भनि बताउने गर्नुहुन्छ तर निमोनिया नभएको अवस्थामा ज्वरो घटे संगै यसरी बढेको सासको गति पनि घटेर सामान्य हुन्छ।
भाइरल ज्वरोमा अर्को प्रमुख लक्षण भनेको शरीर दुख्नु हो। विशेषतः शरीरका मांसपेशीहरु दुख्ने हुँदा बाबुनानीहरुले ‘खुट्टा दुख्यो’ वा ‘हात दुख्यो’ वा ‘टाउको दुख्यो’ वा ‘अया भयो’ भन्ने वा झिज्जिने र झगडा गर्ने गर्दछन्। पेटका मांसपेशी दुखेमा ‘पेट दुख्यो’ भनि पेटमा देखाउन सक्छन्। कुनै कुनै भाइरल ज्वरोमा भने पखाला समेत लाग्न सक्ने हुँदा त्यस कारणले पनि पेट दुख्न सक्छ।
यस बाहेक भाइरल ज्वरोमा खान अरुचि हुने, छालामा डाबरहरु आउने, गाला रातो हुने, बान्ता हुने, पखाला लाग्ने, जोर्नी दुख्ने जस्ता लक्षणहरु समेत देखा पर्न सक्छ। एकदमै थोरै संख्यामा भने मुर्छा पर्ने वा बेहोस हुने समेत हुन सक्छ।
जटिलता नभएको अवस्थामा प्यारासिटामोल खाएपछि वा आफै ज्वरो घटेको बेला बाबुनानीहरु सामान्य जस्तै टाठो भएर खेल्ने गर्दछन्। त्यसो नभएमा भाइरल ज्वरो सामान्य नहुन सक्छ र तुरन्तै चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ।

समय अवधि:
जटिलता नभएमा भाइरल ज्वरो सामान्यतः एक हप्तामा आफै ठिक भएर जान्छ। खोकी लागेको रहेछ भने यो सबै भन्दा पछी हराउँछ। कहिले कहीं १० – १२ दिन सम्म खोकी लाग्न सक्छ तर बाबुनानीहरुको अन्य सम्पूर्ण गतिबिधि सामान्य नै रहन्छ र कुनै बिमारीको लक्षण देखिंदैन।

जटिलताहरु:
साधारणतया भाइरल ज्वरोमा जटिलता देखा पर्दैन । सबैभन्दा बढी हुने समस्या भनेको ब्याक्टेरिया (जीवाणु) को संक्रमण थपिनु हो । यस्तो संक्रमण घांटी, टन्सिल वा फोक्सो कहीं पनि हुन सक्छ । फोक्सोमा संक्रमण भएमा नेमोनिया हुन्छ । ब्याक्टेरिया को संक्रमण बिना नै भाइरस स्वयंले पनि निमोनिया गराउन सक्छ । नेमोनिया भएमा बाबुनानिहरुको सासको गति बढ्न सक्छ । ज्वरो कम हुँदा समेत छिटो छिटो सास फेर्ने भैरहन सक्छ भने कोखा हान्ने समेत हुन सक्छ । यस्तो कुनै लक्षण देखा परेमा तुरुन्त बाल बिषेशज्ञको परामर्श लिनु पर्दछ । कुनै कुनै भाइरल ज्वरोमा पखला लाग्ने हुन सक्छ । पखाला लागुन्जेल प्रसस्त मात्रामा झोलिलो खानेकुरा र पुनर्जलीय झोल खुवाएमा खासै ठुलो समस्या आउदैन तर जलबियोजन भएको खण्डमा भने निकै ठुलो समस्या समेत आउन सक्छ । यस बाहेक अत्यन्तै कम संख्यामा भाइरल ज्वरोको जटिलताको कारण बाबुनानीहरु मुर्छा पर्ने, बेहोस हुने, मस्तिष्कको संक्रमण हुने, कुपोषण हुने, रोग प्रतिरोधी प्रणाली ह्रास हुने इत्यादी हुन सक्छ ।

खतरा का चिन्हहरु:
निम्न लक्षणहरु खतराका मुख्य सूचक हुन्:
• एकोहोरो ज्वरो आइराख्नु वा कडा ज्वरो (१०४ वा माथि) आउनु
• ज्वरो घट्दा समेत बाबुनानीहरु सिकिस्त देखिनु
• सासको गति बढेर स्याँ स्याँ भईरहनु
• सास फेर्दा बल गर्ने (ठस ठस कन्नु)
• कोखा हान्नु
• धेरै पखाला लागिरहनु वा बान्ता भैरहनु
• पिसाब कम हुनु वा हुदै नहुनु
• लट्ठ पर्नु
• मुर्छा पर्नु, बेहोस हुनु
• दश दिन भन्दा बेसी बिरामी भैरहनु
यी वा यस्तै लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्दछ ।

उपचार:
जटिलता नभएको अवस्थामा भाइरल ज्वरोको उपचार भनेको ज्वरो नियन्त्रण गर्नु नै प्रमुख हो । यस का लागि प्यारासिटामोल दिने गरिन्छ । ज्वरो धेरै आएमा मनतातो पानीमा सफा रुमाल वा कपडा भिजाएर निधार वा हात खुट्टा पुछिदिने गर्न सकिन्छ । खोकी धेरै लागेमा घांटी सितल पर्ने महमा आधारित औसधि प्रयोग गर्न सकिन्छ तर खोकी नै कम गर्ने औसधी प्रयोग गर्नु राम्रो हुदैन । पसलबाट किनिने ‘खोकीको औसधी’ हरु मध्ये अधिकांसमा एन्टीहिस्टामिन मिसाईएको हुन्छ, यसले ज्वरोको कारण मुर्छा पर्ने ‘फेब्राइल सिजर’ को सम्भावना बढाउने कुरा हालसालैका अनुसंधान्हरुमा देखिएको हुँदा त्यसरी ‘खोकीको औसधी’ प्रयोग नगरेको राम्रो हुन्छ ।

रोकथाम:
घरमा अन्य कसैलाई रुघा लागेको छ भने मास्क लगाउनु पर्दछ र बालबालिकाहरुको सम्पर्कमा सके सम्म कम जाने गर्नु पर्छ । बाबुनानिहरुले मानेसम्म उनीहरुलाई मास्क लगाइदिने र घरमा अन्य सबैले मास्क लगाउने गर्नु पर्दछ । घरको सबै जनाले बारम्बार साबुन पानीले हात धुने गर्नु पर्दछ । बच्चा बिरामी भएमा निको नहोउन्जेल सम्म स्कूल पठाउनु हुदैन । इन्फ्लुएन्जा को बिरुद्ध को खोप लगाउन सकिन्छ, यसले केहि हद सम्म भाइरल ज्वरोको रोकथाम गर्दछ, यो बर्षको एक पटक लगाउनु पर्छ । ‘न्युमोकोकस’ भन्ने ब्याक्टेरिया बिरुद्ध को खोप लगाएको छ भने जटिल किसिमको निमोनिया हुने सम्भाबना निकै कम भएर जान्छ । बिगत दुइ बर्ष देखि यो खोप नेपाल सरकारले एक बर्ष भन्दा कम उमेर का बाबुनानीहरुलाई नियमित खोप मै लगाइदिने गरेको छ । त्यस अघिका पांच बर्ष नपुगेका बाबुनानीहरुलाई यो खोप एक पटक लगाउन सकिन्छ ।

(मन परे पेज लाइक गरौँ र जनहितका लागि सेयर गरौँ | सुझाव वा जिज्ञासा भएमा कमेन्ट गरौँ। facebook.com/BabuNani.info)

Health Messages 12/12/2015
नयाँ नेपाल बनाउनु छ (भिडियो सहित) - Nepali Headlines 06/07/2015

Watch it once and comment.
The video was edited in the studio of generic health informatics.

नयाँ नेपाल बनाउनु छ (भिडियो सहित) - Nepali Headlines Home मनोरञ्जन नयाँ नेपाल बनाउनु छ (भिडियो सहित) मनोरञ्जननयाँ नेपाल बनाउनु छ (भिडियो सहित) SHARE Facebook Twitter tweet टी-ब्रदरस् ब्याण्ड (T-Brothers Band) ले ‘कालो छ दिन’ नामक प्रेरणात्मक गीतको भिडियो सार्बजनिक गरेको छ । सन्देशमूलक शब्द बोकेको यस भिडियोमा अनुप बिक्रम शाही र विभिन्न नेपाली हस्तीहरुक…

MPOWER ORIENTATION PROGRAM 04/07/2015
Photos from Generic Health Informatics's post 01/07/2015
29/06/2015

Dear participants of MPOWER orientation program, please bring your pen drive while you come for the program tomorrow.
that makes things easy and flawless.
best wishes.

Photos 27/06/2015

this is by an amateur photographer, professional copy will follow soon.

Activities 26/06/2015

against the to***co epidemic

Tuberculosis: Transmission, pathogenesis and symptoms 23/06/2015

https://m.youtube.com/watch?v=C9LD8vFg0SM

Tuberculosis: Transmission, pathogenesis and symptoms क्षयरोग सर्ने तरिका र लक्षणहरू

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu