Deshdut

Deshdut

Share

A trusted News & Media platform bringing you accurate, timely, and impactful stories- from local updates to global developments.

Stay connected for breaking news, in-depth analysis, and credible journalism that informs and inspires.

13/05/2026

त्रिवि क्रिकेट मैदानमा पहिले खचाखच भरिने प्याराफिट अहिले किन खाली ? 🤔

12/05/2026

कांग्रेस केन्द्रीय समिति विस्तारमा इतर पक्ष शेखर कोइराला र पूर्णबहादुर खड्का असन्तुष्ट, कसले के भने ?

पूर्णबहादुर खड्काको फेसबुक स्टाटस :
भर्खरै विशेष महाधिवेशनबाट गठन गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार गरिएको छ । यस विषयमा विभिन्न सञ्चार माध्यममा गरिएका टिप्पणीहरू र देशभरि साथीहरूमा देखिएको भ्रम अनि जिज्ञासा तथा यसमा मेराे भूमिकाका बारेमा उठाइएका प्रश्नका सम्बन्धमा मेराे गम्भीर ध्यानाकर्षण भएको छ ।
१. केही हप्ता पहिला गगन थापाजीसँग एक्लै र केही दिन अघि गगनजी र विश्वप्रकाशजीसँग सामूहिक भेटघाट–छलफल हुँदा मैले आफ्ना तर्फबाट–
क) देशको राष्ट्रियता इतिहासमै अत्यन्त ठूलो जोखिममा रहेको कुरा केही दृष्टान्त दिएर मेराे धारणा बताएकाे थिए ।
ख) नेपाली कांग्रेस स्थापना कालदेखि आजसम्मको हरेक भूमिका र कालखण्डमध्ये सबैभन्दा अप्ठेरो र प्रतिकूल अवस्थामा उभिएको घडी छ ।
ग) पपुलिज्मको नाममा संविधानवाद र लोकतन्त्रका आधार स्तम्भ तथा हाम्रा मूल्यमान्यताहरूमा एकपछि अर्को आक्रमण निरन्तर भइरहेकाे अवस्था छ लगायतका विषयहरू ......
यस्तो अवस्थामा,
२. सर्वप्रथम म प्रष्ट छु र प्रष्ट पार्न चाहन्छु कि नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौँ । त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजीको र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ । समय कम छ । अरू सबै कुरा भन्दा सर्वाधिक प्राथमिकतामा राखेर पार्टीलाई सम्पूर्ण रूपमा एक बनाउने अभियानमा आजैदेखि लाग्नुहोस् भनेर अनुरोध गरेको थिएँ ।
३. सम्बन्धित सबैमा प्रष्ट होस्, हिजो वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल–परामर्श भएको छैन, मेराे जानकारीमा छैन ।
मेराे प्रष्ट मत छ :– २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।
४. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हन्डर मात्र खानु परेन, हामीले आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यौँ । त्यसैले त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको इतिहासको अनुभव हामीसँग छ ।
५. हामीले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको परिणामले हामीलाई झस्काएको मात्रै होइन, ठूलो क्षति समेत बेहोर्नु पर्यो । यसबाट सबक सिक्दै हामीले नयाँ सोच, दृष्टिकोण र साझा भावधारासहित सम्पूर्ण एकताको बाटोबाट अगाडि बढ्न प्रेरणा लिनुपर्ने संगीन घडीमा उभिएका छौँ ।
६. अझै पनि मलाई आशा छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू पार्टीको बृहत् र सम्पूर्ण एकता गरी सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्ने दिशातर्फ अग्रसर हुनुहुनेछ ।
जय नेपाल 🙏🌳

शेखर कोइरालाको फेसबुक स्टाटस :
भर्खरै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको छ । साथीहरुमा यसवाट स्वभाविक रुपमा मेरो भूमिका के कस्तो रह्यो र मैले कसरी यसलाई लिएको छु भन्ने जिज्ञाशा होला ।
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं ।
विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।
अन्त्यमा, हिजो बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ ।

12/05/2026

वैशाख २८ गतेको कांगेेस केन्द्रीय समिति विस्तारमा मसँग छलफल परामर्श गरिएको छैन : पूर्णबहादुर खड्का

12/05/2026

नेपाल ए टिमले दुईपल्ट हराएको स्कटल्याण्डसँग नेपालको सिनियर टोली पराजित ! 🤔

12/05/2026

पूर्वगृहमन्त्री सुधन गुरुङले भने- खोइ ममाथि छानबिन गरेको ?

11/05/2026

सरकार चलाउनेलाई हिसाब सिकाउनुपर्ने बाध्यता आयो, ६ मा ३ कसरी बहुमत भयो ?

11/05/2026

सुदूरपश्चिमका धार्मिक पर्यटकीय क्षेत्रलाई कहिले अघि बढाउने ?

10/05/2026

विश्वकप लिग-२ का शीर्ष दुई टोली नेपाल ए टोलीसँग पराजित

10/05/2026

रेडक्रसमा समर्पित दुई दशक : मोहम्मद आयतुल्ला रहमानको यात्रा नयाँ पुस्ताका लागि प्रेरणा

विद्यार्थी जीवनबाटै सामाजिक सेवामा सक्रिय भएका मोहम्मद आयतुल्ला रहमान अहिले नेपाल रेडक्रस सोसाइटी सुर्खेतका परिचित र समर्पित स्वयंसेवकका रूपमा स्थापित छन् । करिब दुई दशक लामो रेडक्रस यात्रामा उनले नेतृत्व, संगठन निर्माण र मानवीय सेवामार्फत उल्लेखनीय योगदान दिएका छन् ।

उनको रेडक्रस यात्रा वि.सं. २०६३ मा सुर्खेतको मेहेलकुनास्थित विद्यालयमा जुुनियर रेडक्रस सर्कल (जु.रे.स.) सदस्यका रूपमा सुरु भएको थियो । एक वर्षमै उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्दै वि.सं. २०६४ मा सोही विद्यालयको जु.रे.स. कार्यसमिति अध्यक्षको जिम्मेवारी सम्हाले ।

वि.सं. २०६५–२०६६ मा सूर्य ज्योति उच्च माध्यमिक विद्यालय, मेहेलकुनामा युवा रेडक्रस सर्कल (यु.रे.स.) कार्यसमिति सदस्यका रूपमा उनले सक्रिय भूमिका निभाए । यही अवधिमा उनले आजीवन सदस्यता लिएर नेपाल रेडक्रस सोसाइटीको घुमखहरे उपशाखासँग औपचारिक रूपमा आबद्धता जनाए ।

उनको सक्रियता विद्यालय र कलेज तहमा मात्र सीमित रहेन । वि.सं. २०६८–२०६९ मा सुर्खेत क्याम्पस (शिक्षा), वीरेन्द्रनगरमा यु.रे.स. कार्यसमिति अध्यक्ष बनेर उनले युवा नेतृत्वको उदाहरण प्रस्तुत गरे । सोही वर्षदेखि उनी जिल्ला शाखा सुर्खेतका सक्रिय स्वयंसेवकका रूपमा निरन्तर सेवामा छन् ।

वि.सं. २०७० मा घुमखहरे उपशाखाबाट विशिष्ट सदस्यता प्राप्त गरेका रहमान सोही वर्षदेखि २०७३ सम्म निर्विरोध रूपमा कार्यसमिति सदस्य रहे । त्यसपछि वि.सं. २०७४ देखि २०७७ सम्म उपशाखाको उपसभापतिको जिम्मेवारी सम्हाल्दै संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेले ।

वि.सं. २०७९–२०८० र वि.सं. २०८२ देखि हालसम्म पनि उनी घुमखहरे उपशाखाको कार्यसमिति सदस्यका रूपमा सक्रिय छन् ।

रेडक्रसको सिद्धान्त, मानवीय सेवा र समाजप्रतिको उत्तरदायित्वलाई जीवनशैलीकै रूपमा अंगालेका रहमान विद्यार्थी जीवनदेखि आजसम्म निरन्तर सेवामा छन् । स्थानीय स्तरमा विपद् व्यवस्थापन, रक्तदान अभियान, जनचेतना कार्यक्रम तथा स्वयंसेवक परिचालनमा उनको भूमिका विशेष रूपमा स्मरणीय मानिन्छ ।

सहयोग, सेवा र समर्पणलाई मूल मन्त्र बनाएका मोहम्मद आयतुल्ला रहमानको रेडक्रस यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ । लामो समय सेवा गरेका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने रेडक्रसकर्मीहरू बताउँछन् ।

10/05/2026

राष्ट्रपति बन्ने संकेत नपाएपछि सुशीला कार्की रिसाउनुभएको हो !

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu