Computer operator

Computer operator

Share

This is computer question answer group and latest IT information, computer's jobs. Loksewa aayog computer related posts.

04/09/2026

त्रिशूली–३ ‘ए’ सुरुङबाट सुरु भयो उद्धार, सञ्जय शाहलाई नेपाली सेनाले बोकेर निकाल्यो

लामो समयदेखि त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाहको सफल उद्धार भएको छ।

नेपाली सेना र विदेशी विज्ञसहितको उद्धार टोलीको निरन्तर प्रयासपछि शाहलाई सुरुङबाट बाहिर निकालिएको हो।

उद्धारपछि नेपाली सेनाका सुरक्षाकर्मीले शाहलाई बोकेर सुरक्षित स्थानतर्फ ल्याएका छन्। उद्धारको यो दृश्यले लामो समयदेखि चिन्तामा रहेका परिवार, सहकर्मी र शुभेच्छुकमा खुसी छाएको छ।

04/09/2026

उद्दार गरिएको मान्छेलाई काठमांडौ लगिदै
#उद्दार #सहजिकरण #नेपाल

04/09/2026

Trishuli 3-A Update: टनेल अब पावरहाउसबाट १६० मध्ये १३० मिटर मात्र टाढा रहेको छ। भोलि बिहानसम्म पावरहाउस पुग्ने अनुमान गरिएको छ।
Video: Shri Ram neupane
#न्युज #त्रिशुली #मानवउद्दार

04/09/2026

१० दिनसम्म टनेलभित्र जीवनसँग संघर्ष गर्नुभएका इन्जिनियर सन्जय साहलाई आज जिउँदै उद्धार गरिएको खबरले मनमा आशा र आँखा रसाउने खुसी दुवै दिएको छ। 🙏💔

यो एउटा जीवनको उद्धार मात्र होइन, अझै आशा बाँकी छ भन्ने बलियो सन्देश पनि हो।
टनेलभित्र रहेका अरू सबै दाजुभाइ तथा दिदीबहिनीहरू पनि सकुशल, स्वस्थ र जिउँदै आफ्ना परिवारको काखमा फर्किन सकून् भन्ने हृदयदेखि प्रार्थना गर्दछु। 🤲

जसका परिवारहरू १० दिनदेखि हरेक पल आशा र पीडाबीच पर्खिरहेका छन्, उहाँहरूको त्यो प्रतीक्षा अब सुखद खबरमा परिणत होस्।
सबैको सकुशल उद्धार होस्, कुनै पनि आमाको काख नउजाडियोस्, कुनै पनि परिवारको आँसुमा थप पीडा नहोस्। 🙏

ईश्वरले सबैलाई शक्ति, साहस र जीवन प्रदान गरून्।
हाम्रो प्रार्थना सबैका लागि छ। 🕊️🙏

25/08/2026

निशुल्क AI Content Creator तालिम सम्बन्धी सूचना

25/08/2026

19/08/2026

सेवा करारमा कर्मचारीको माग

07/08/2026

सबै मन्त्रालयबाट खरिदार–सुब्बा ‘आउट’ ! तीन वर्षभित्र दरबन्दी शून्य बनाउने सरकारको निर्णय 😮
ओ एण्ड एममा अहिले नै खरिदार र नायब सुब्बाका करिब ४ सय दरबन्दी कटौती, बाँकी दरबन्दी पनि तीन वर्षभित्र स्वतः खारेज हुने; मन्त्रालयलाई ‘अधिकृतमूलक’ बनाउने नीति।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १८ वटै मन्त्रालयमा खरिदार र नायब सुब्बालाई शून्य बनाउने भएको छ । मन्त्रालयहरुलाई अधिकृतमूलक प्रशासन बनाउने अवधारणा अनुसार सरकारले आगामी ३ वर्ष भित्र सबै मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य पार्ने निर्णय गरेको हो । त्यसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटै मन्त्रालयबाट खरिदार र नायब सुब्बा (नासु) तहका दरबन्दी तीन वर्षभित्र पूर्णरूपमा हटाइने भएको छ ।
सरकारले हाल भइरहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मार्फत मन्त्रालयमा रहेका राजपत्र अनंकित कर्मचारीका दरबन्दी क्रमशः कटौती गर्दै लैजाने र ओ एण्ड एम स्वीकृत भएको मितिले तीन वर्षभित्र खरिदार र नासुको दरबन्दी शून्यमा झार्ने निर्णय गरेको हो ।
यससँगै संघीय मन्त्रालयमा अब अधिकृत, उपसचिव, सहसचिव, सचिव र मुख्यसचिव तहका कर्मचारीको प्रशासनिक संरचना रहनेछ । कार्यालय सहयोगी तथा चालकजस्ता सहयोगी तहका कर्मचारी भने यथावत् रहने बताइएको छ ।

28/07/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Paraş Jagri, Shiv Raj, Dipendra Bk, Pal Prem, प्रकाश ओड, Md Ajruddin Shaikh, Biku Ranain, Sonu Khatri, Er Om Prakash Mandal, Prem Raj Dhungana

28/07/2026

६ जना कम्प्युटर शिक्षक आवश्यकता

Telephone

Website

Address

Kathmandu