Time Reference Nepal TRN
समय अनुसारका अपडेट साथै विविध कुराहरुको जानकारीका लागि हामीलाई Follow गर्नुहोला।
आफैंसँगको युद्ध ⚔️🖤
कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो युद्ध बाहिर होइन, आफ्नै मनभित्र चलिरहेको हुन्छ।
हामी अरूलाई जित्ने दौडमा यति व्यस्त हुन्छौँ कि आफ्नै कमजोरी, आफ्नै डर र आफ्नै गल्तीहरूसँग सामना गर्न बिर्सिन्छौँ।
“म आफ्नै विरुद्धमा छु…”
यो सुन्दा अचम्म लाग्न सक्छ, तर साँचो यही हो—हामी धेरैजसो समय आफ्नै सबैभन्दा ठूलो आलोचक हुन्छौँ।
हामी आफ्ना निर्णयमाथि शंका गर्छौँ, आफ्नै क्षमतामाथि प्रश्न उठाउँछौँ, अनि आफ्नै सपनालाई सानो बनाइदिन्छौँ।
तर यही भित्री संघर्षले नै हामीलाई बलियो पनि बनाउँछ।
यदि हामी आफैंलाई प्रश्न गर्न सक्दैनौँ भने सुधार कसरी आउँछ?
यदि आफैंलाई चुनौती दिन सक्दैनौँ भने अघि बढ्ने बाटो कसरी खुल्छ?
जीवनमा अगाडि बढ्न कहिलेकाहीँ आफैंसँग हार्नु पनि आवश्यक हुन्छ—
किनकि त्यो हारले नै भोलिको जितको आधार तयार गर्छ।
आउनुहोस्,
अरूलाई दोष दिनु अघि एकपटक आफैंभित्र झाँकौँ।
आफ्ना गल्ती स्वीकारौँ, सुधार गरौँ, अनि फेरि नयाँ ऊर्जा लिएर उठौँ।
किनकि अन्ततः…
सबैभन्दा ठूलो जित भनेको आफैंलाई जित्नु हो। 💯🔥
29/03/2026
Breaking : पूर्वमन्त्री दिपक खड्का पक्राउ
18/03/2026
रास्वपाका नेता मनिष झाले बालेन Orientation मा नआउनुको कारण खुलाएका छन् । उनले भने: केही दिनपछि बालेन पूर्ण रूपमा मानसिक र शारीरिक रूपमा सक्रिय भएर धेरै खट्नुपर्ने, मेहेनत गर्नुपर्ने अवस्थामा हुनुहुन्छ । त्यसैले अहिलेको अवस्थामा केही आराम, केही स्वास्थ्य लाभको आवश्यकता रहेकोले गर्दाखेरि यसमा कुनै पनि राजनीतिक अर्थ लगाउनुपर्ने आवश्यकता छैन। यो व्यावहारिक र शारीरिक-मानसिक कुराहरू हो र त्यही कारण मात्र हो ।
16/03/2026
पेट्रोल पम्पले बाइकमा बाहेक खाली ग्यालेनमा तेल नदिने भनेपछि बाइक बीचमा नै बिग्रिएपछि बाइकको टंकी नै बोकेर तेल हाल्न आए गाउँबाट एक स्थानीय।😃
16/03/2026
यिनै हुन् बीच बाटोमै कुटाइ खाने राइडरहरू 😳
यी दुई युवा हुन् भ्लगर विशाल तामाङ र लक्सकुमार राई। युट्युबमा ‘RG Rider Vlog’ र ‘RB Vlog Legend’ नामका च्यानल चलाउने उनीहरू हाल एक घटनाका कारण चर्चामा छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोपछि धेरैले उनीहरूको पक्षमा समर्थन जनाइरहेका छन्।
उक्त घटना शनिबार दिउँसो करिब १२ बजेतिर तेलकोट (नगरकोट) क्षेत्रमा भएको बताइएको छ। भिडियोमा देखिएअनुसार, स्यान्ट्रो कारका चालकले राइडरद्वयमाथि अश्लील गालीगलौज गर्दै हातपात गरेका थिए। साथै, उनले गोप्रो क्यामेरा फुटाइदिने धम्की दिएको, बाइकको चाबी थुतेको र एउटा बाइक भुइँमा लडाइदिएको दृश्य पनि प्रस्ट देखिन्छ।
राइडरहरूले पटक–पटक “हाम्रो गल्ती भयो, सरी दाइ” भन्दै माफी माग्दा र आफूहरू घुम्न आएको मात्र बताउँदा पनि चालक शान्त नभएको भिडियोमा सुनिन्छ। उल्टै उनले “हाइवेमा जे पनि गर्दिन्छु” भन्दै दादागिरी देखाएको आरोप छ। अन्त्यमा, चालकले धम्की दिँदै राइडरमध्ये एक जनाको फोन नम्बरसमेत मागेर लगेको बताइएको छ।
कुटपिट र ज्यानमार्ने धम्कीपछि पीडितहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन्।
विशालको भनाइ छ, “हाम्रो कुनै गल्ती थिएन। उसको गल्ती हुँदा पनि उसकै क्षेत्र भन्दै हामीलाई कुटियो। हामीले जाहेरी दिएका छौँ, अब प्रहरीले के गर्छ हेरौँ।”
यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुई जना भएर पनि किन प्रतिकार नगरेको भन्ने खालका विभिन्न प्रतिक्रिया पनि देखिएका छन्। 😳🤔
Yesto vako raixa hernus
रास्वपाले प्रत्यक्षतर्फ सोचेको भन्दा धेरै सिट जितेको र त्यसमा पनी अधिकांश पुरुष भएकाले संसदमा ३३% महिला कोटा पूरा गर्न समानुपातिकतर्फ करिब ४८ जना महिला र पुरुषबाट जम्मा ९ जना मात्र पठाउनुपर्ने अवस्था बनेपछि चर्चामा आएका पुरूषहरु यसपटक सांसद नबन्ने भएका छन भने धेरै महिला उम्मेदवार हरु ले उहाँ हरु आफैले नसोचेको अवसर पाउने भएका छन्।
Comment your thoughts
I thik yo sarkar le gareko haina ??
उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
सर्लाही क्षेत्र नं. ४ को मतगणना परिणाम
समय: बिहान ७:४५ बजेसम्म
रास्वपा – घण्टी (अमरेश कुमार सिंह) : ४४९६ मत
काङ्ग्रेस – रुख (गगन थापा) : २५३० मत
नेकपा एमाले – सूर्य (अमनिश कुमार यादव) : ६४३ म
नेकपा – तारा (डा. रजनिश राय) : १४० मत
जसपा – छाता (रामेश्वर राय यादव) : ९ मत
जनमत – हरन (राकेश मिश्रा) : ३५८ मत
Gen Z भनेको १२ देखि २७/२८ वर्षसम्मको उमेर समूह हो।
हाम्रा जग्गा बाँझै छन्, देशमै रोजगारी पाइँदैन।
१६/१८ वर्ष पुगेपछि बाध्य भएर विदेश जानुपर्ने अवस्था आएको छ।
अब ५–१० वर्षभित्र विद्यालयमा शिक्षकसमेत नपाइने अवस्था आउन सक्छ।
अब हामी आफैँ सुध्रिनुपर्छ।
परिवर्तनका लागि— Dr. Hari Rokka
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
04/02/2026