All Knowledge

All Knowledge

Share

Welcome everyone❤️🙏
Knowledge, Information, PSC, TSC related current affairs updates.....

Photos from All Knowledge's post 19/03/2026

निर्वाचन सम्बन्धि आयोगको प्रतिवेदनका मूख्य कुरा।
©:Mitra sir

04/03/2026

आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल समिकरण ।
मार्च ४ मा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकातामा पहिलो सेमिफाइनल हुनेछ भने भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल मार्च ५ मा मुम्बईमा।

Photos from All Knowledge's post 01/03/2026

पढ्ने नयाँ तरिका।

Photos from All Knowledge's post 01/03/2026

निर्वाचनमा खटिने कर्मचारीहरुका लागि उपयोगी:

_____________________________________________

सामाग्री बुझ्ने सबै सामाग्रीहरु आ आफ्नो निर्वाचन अधिकृतको कार्यालयबाट बुझ्ने । निर्वाचन क्षेत्र अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट २०८२/११/१७ र २०८२/११/१८ गते नै बुझ्ने।

👉 निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सम्बन्धि कागजात / अनुसूचीहरु / मतदान सामग्रीहरु राम्रो सँग रुजुगरी बुझिलिनु पर्ने छ ।

👉👉अनुसूची फारमहरु २ किसिमका छन् । प्रतिनिधि सभा सदस्य मतदान निर्देशिका २०८२ र आचारसहिता २०८२ अनुसारका आचारसहिता प्रतिबद्धता गराउने मात्र रहेको ।

👉रंगिन र सादा गरि २ सेट मतदाता नामावलि छन्। क्रम संख्या अनुसार आफ्नो मतदान केन्द्रको नामावली रुजु गरेर रंगिनलाइ सिलबन्दी गरी सादालाइ खुलै बुझ्नु पर्ने । यो नामावली राजनीतिक दलहरुले पेन ड्राइभमा लगिसकेकोले फोटोकपी गर्न नदिने । उनीहरुले लगेको नामावली र यो नामावलीको क्रम संख्या मिल्छ। नामावली अल्फाबेट अनुसार रहेको ।

👉सादा मतदाता नामावलि मतदाता रुजु गर्ने र चिन्ह लगाउने प्रयोजनको लागि वेन्चमा बस्ने कर्मचारीलाई प्रयोग गर्न

दिने, रंगिन नामावलि मतदान अधिकृतले सुरक्षित राख्ने । केहि गरी सादा नामावलि च्यातियो वा अस्पष्ट भयो भने

रंगिनवाट फोटोकपि गरी काम चलाउने । अल्फाबेट अनुसार नाम हेर्ने अलि पछाडी सरेको हुन्छ । आफनो केन्द्रको मतदाता संख्या लेख्दा क्रम संख्या साथै शुरु र अन्तिमको मतदाताको नामै लेख्ने उदाहरण- मतदान केन्द्र क - १ देखि ९६७ (कमल तामाङ देखि मंगल नेपाल सम्म) ।

👉 मतदाता परिचय पत्र सम्बन्धी

यो पटक मतदाता परिचयपत्र आउदैन। मतदाता नामावलीमा नाम भएका मतदाताहरुले पहिचान खुल्ने नेपाल सरकारले जारी गरेको कुनै कागजात मतदाता परिचयपत्र, नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र आदीले मतदान गर्ने मिल्ने ।

👉 कर्मचारी सम्बन्धी - म अ, स म अ, सहायक कर्मचारी ४(४ जना २ वटा मतपत्र दिन र २ जना मतदाता नामावली रुजु

गर्न) जना र १ जना कास गरि जम्मा ६ जना जिल्लबाट जाने र ३ जना स्वयंसेवक मतदान केन्द्रमा राखे । मतदान केन्द्रमा फाल्गुन १८गते भित्र पुग्ने।

👉 स्वयंसेवक - ३ जनां स्वयसेवक ३ दिनको लागि नियुक्ती दिने । प्रत्येक वडामा १ जना महिला स्वास्थ्य स्वयसेवकले मतदाता शिक्षाको काम गरिरहेकोले उसलाइ प्राथमिकता दिने अन्य २ जना सामन्य लेखपढ गर्न सक्ने ।

👉मतदान केन्द्रको क्षेत्र तोक्ने :- मतदान निर्देशिकाको दफा २२, अनुसुची -३ अनुसार ३०० मि क्षेत्रलाइ ४ किल्ला तोक्ने प्रचार प्रसार निषेध सुचना प्रकाशन गर्ने। मतदान निर्देशिकाको दफा २३ अनुसुची -४ अनुसार ( ४८ घण्टा अघि- ११/१८

गते)

👉अस्थायी मतदान - अस्थायी मतदाता नामावलीमा नाम भएका कर्मचारी र सुरक्षाकर्मी बृद्धाश्रममा रहेका बृद्धा र कारागारमा रहेका कैदीहरुले प्रतिनिधि सभा तर्फको समानुपातिक तर्फ मतदान गर्न पाउने । अस्थायी मतदाताको नामावलीमा कस कसको नाम छ सोको एकिन गरि उनीहरुलाइ सबैले मतदान गरिसकेपछी वा घुम्ती सुरक्षा टोलीको हकमा खाली भएको वा उनीहरुको अनुकुल भएको समयमा मतदानको व्यवस्था मिलाउने तर उनीहरुले मतदान गर्दा झुक्किएर अन्यमा पनि मतदान गर्न सक्छ यो बिचार गर्ने

👉 मतदान भन्दा अगाडीको कार्यहरु- स्वयंसेवक नियुक्ती र कार्य विभाजन- ४ जना ( नङमा मसी लगाउने १ जना, तथ्यांक फारम भर्ने- १ जना र लाइन मिलाउने – १ जना )

मतदान केन्द्र वरीपरीका पोष्टर पम्लेट हटाउने र निर्वाचनको पोष्टरहरु (मतदान केन्द्रको ढाचा, सुरक्षित मतदान, मतदान कसरी गर्ने, मत संकेत गर्ने सहि तरिका, अपंगता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रिया आदी) टास्ने ।

💢 कर्मचारीहरुलाइ आचार सहिताको अनुसुची - २ अनुसार प्रतिबदता गराउने

💢सर्वदलिय बैठक राख्ने मतदान प्रतिनिधि तोक्ने, अनुमति पत्र दिने, राजनितिक दलका प्रतिनिधिहरुलाइ आचार सहिताको अनुसुची -३ बमोजिम प्रतिबद्धता गराउने। अशक्त मतदाताको हकमा एकाघर परिवारका व्यक्तिले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था भएको भनी सोही अनुसार गर्नको लागि राजनीतिक दलहरुलाइ जानकारी दिने ।

👉सहायक कर्मचारीहरु, सुरक्षा कर्मी र स्वयंसेवकहरुलाइ कामको बिभाजन, अनुशिक्षण दिने, सामाग्री पनि सोही

अनुसार जिम्मा दिने । सहायक म अ overall हेर्नुपर्ने मतदाताले सबै मतपत्र लियो लिएन, मतपत्र सम्बन्धित

बक्सामा खसालिरहेको छ वा छैन, स्वस्तिक छाप सहि छ, छैन, मतदान अधिकृबाट हस्ताक्षर भएको मतपत्र २ स्थानमा सहि तरिकाले बितरण भएको छ छैन आदी( कालो र रातो १/१मतपत्र भएकोले झुक्किन सक्छ)

👉नामावली रुजु गर्ने कर्मचारी- अल्फावेट अनुसार नाम रहेको परिचयपत्र र नामावलीको क्रं स मिल्दैन अल्फाबेट

आधारमा खोज्ने र सानो कागजको टुक्रमा क्र स लेखेर मतदातालाई दिने ।२ ठाउमा उसले सोही क्र स देखाउदै

मतपत्र लिन्छ। मतपत्र दिने कर्मचारीले यसैको आधारमा अर्धकट्टीमा मतदाता क्र स लेख्ने ।

👉तथ्याँक फाराम भर्ने -सिलबन्दी नगर्ने महिला पुरुष र अन्यको चिन्ह लगाउदै जाने, १ /१ घण्टामा खसेको मत reporting,

👉नङमा मसी लगाउने- मार्कर रहेको, बायाँ हातको बुढी औलामा नङ दायाको बुढी औला सो नभए बायाको चोरी साइली कान्छीर मासुको जोर्नीमा चिनो लगाउने। बाया नभए

नभए दायाको चोरी..... दुबै हात नभए अर्धकटीमा कैफित लेखि मतपत्र दिने

,👉४ मतपत्र दिने कर्मचारी – आफ्नो जिम्मामा कुन मतपत्र पर्यो, मतपत्रमा हस्ताक्षर छ छैन मतदान अधिकृतबाट हस्ताक्षर

गराएर ल्याउदा आफ्नो मतपत्र पर्यो कि परेन, मतपत्र १/१ वटा मात्र स्केल च्यातेर दिने, ल्याप्चे लगाउनेको हात

पुछ्न लगाएर मात्र मतपत्र दिने, आफुले दिएको मतपत्र मतदाताले कुन मतपेटिकामा खसाल्दै छ? हेर्ने मतदान अधिकृतले ।।

शान्ति भंग गर्न निषेधको सुचना- मतदान निर्देशिकाको दफा २४ अनुसुची -५ अनुसार ( ३ घण्टा अघि - ११/२१ गते)

मादक पदार्थ निषेध सुचना- मतदान निर्देशिकाको दफा २५ अनुसुची -६ अनुसार ( ४८ घण्टा अघि- ११/१८गते)

हातहतियार निषेध सुचना- मतदान निर्देशिकाको दफा २६ अनुसुची -७ अनुसार ( ४८ घण्टा अघि-११/१८ गते)

👉मतदान केन्द्र निर्माण गर्ने :- मतदान निर्देशिकाको दफा २७, अनुसुची ८ अनुसारको ढाँचामा (११/२०गते)- २ वटा मतपत्र क्रमै सँग प्राप्त गरी क्रमैसँग मतपेटिका खसाल्ने भएकोले सो मतदाताले एउटा मतपत्र अर्को बाक्सामा नखसाल्ने गरी डोरीको बाटो बनाउने ताकि उसले २औ मतपत्र खसाली सकेपछि मात्र बाहिर निस्कन सकोस । कुनै १ मात्र मत संकेत गरेर झुक्किएर बाहिर जान नसकोस । तर अस्थायी मतदाता (कर्मचारी र सुरक्षाकर्मी)ले प्रतिनिधि सभाको समानुपातिक तर्फको दोस्रो मतपत्रमा मात्र मतदान गर्न पाउने भएकोले यी मतदाताहरुको हकमा यो लागु हुदैन । सबै मतदाता सकिए पछि वा खाली भएको बेला मतदान गर्ने व्यवस्था मिलाउने ।

👉√ सानो ठूलो जुन मतपेटिकामा पनि २ किसिमको जुनसुकै मतपत्र पनि १००० आट्ने ।

👉यदि ठूलो मतपेटिका २ वटा भएमा समानुपातिकको दुबै मतपत्र खसाल्नको लागि प्रयोग गर्ने र सानोलाइ प्रत्यक्षको मतपत्र खसाल्न प्रयोग गर्ने ।

👉मतपेटिका भरिएमा स्केलले थिच्नु पर्ने भएपनि लठ्ठीले थिचेमा तलसम्म जाने तर मतपत्र च्यातिने हुनुहुदैन ।

👉गोप्य कक्ष (मतपत्रमा छाप लगाउने ठाउँ) प्रत्यक मतपत्रमा मतदान गर्नको लागि १।१ वटा मात्र बनाउने ।

👉मतदाताहरु chain मा बस्ने (कोही पहिलो मतपत्र लिदै गरेको कोही त्यही लाइनमा अन्तिम २औ मतपत्रमा मत संकेत गर्दै ) साथै सानो मतपत्र भएको र १ चिन्हमा मात्र मतसंकेत गर्ने भएकोले समय धेरै लाग्दैन ।

👉यसमा सम्बेदनशिल हुनुपर्ने । यसमा लेखिए अनुसार मतपत्र सोमा लाग्ने स्टिकर बारेमा ध्यान दिने ।

👉 २ मतपेटिकामा स्टिकर - पहिलो मतपेटिका प्रत्यक्षको लागि रातोले १ लेखिएको स्टिकर टाँस गर्नु पर्ने छ।

👉दोस्रो मतपेटिक समानुपातिकको लागि कालोले १लेखिएको स्टिकर टाँस गर्नु पर्ने छ।

क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्यको लागि हुने निर्वाचनको (१ न रातोले

लेखिएको) मतपेटिका

ख) समानुपातिक निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्यको लागि हुने निर्वाचनको (२ न - कालोले

लेखिएको) मतपेटिका

नोट:- थप मतपेटिका प्रयोग गर्नु परेमा प्रत्येक मतपेटिकाको लागि यसै बमोजिम छुटाछुटै मुचुल्का तयार गर्नुपर्ने । थप

मतपेटिका प्रयोग गर्दा पहिलो मतपेटिकामा उल्लेखित न पछि क र दोस्रो मतपेटिकामा उल्लेखित न पछि ख उल्लेख गर्ने।

स्वस्तिक छाप( रबरको) जाँच गरेको मुचुल्का :- मतदान निर्देशिकाको दफा ३८ (१), अनुसुची -१३ अनुसार

👉👉👉मतपत्रको सिलबन्दी प्याकेट खोलेको मुचुल्का

- मतदान निर्देशिकाको दफा ३८(२), अनुसुची १४ अनुसार ४

प्रकारको मतपत्रको प्याकेट खोल्ने

👉👉> मतपत्रमा दस्तखत गर्ने । क्रमै सँग १ देखि गर्दै जाने । २ वटा मतपत्रमा दस्तखत गर्नु पर्ने भएकोले एकदम होसियार हुनुपर्ने । समय पनि बढी लाग्न सक्छ । पुच्छ्रे सहि गर्दा राम्रो । मतपत्र दिने कर्मचारीले पनि कुन मतपत्र हो सो हेरेर मात्र दिने

➤👉मतपत्र दिने कर्मचारीले आ आफ्नो मतपेटिका र

सुरक्षण सिल लाउने -हरियो सुरक्षण सिल लगाई रित्तो मतपेटिका बन्द गरेर मुचुल्का गर्ने- मतदान निर्देशिका को दफा

३७, अनुसूची-११(सुरक्षण सिलको नम्बर उल्लेख गर्ने (सुल्टो तरिकाले लगाउने- मतदान निर्देशिकाको पेज ८०हेनें)

👉मतदान कार्य प्रारम्भ

मतदान प्रारम्भ भएको मुचुल्का- मतदान निर्देशिकाको दफा- ३९(३), अनुसूची- १५

👉तथ्याङ्क फारम भर्नु पर्ने- मतदान निर्देशिकाको दफा ४४ (१) - महिला पुरुष र अन्य छुट्याउने संख्या छुट्याउने (लाहा छाप नलागाइ बुझाउने।) स्वस्तिक छाप १०. १० मिनेटमा जाच गर्ने

👉मतदान अधिकृतले पोल बुकमा भनें ।

८ मतदान कार्य समाप्त पछिको कार्य मतपेटिकाको मतपत्र खसाल्ने प्याल बन्द गरेको मुचुल्का मतदान निर्देशिकाको दफा ६८(२) अनुसुची २४ , ४ वटा मतपेटिकाको सिल नम्बर राखे प्रत्येक मतपेटिकालाइ कोरा कपडाले बेर्ने ताकि झुन्डाउन सजिलो होस।तर लाहा छाप नलगाउने। मतपत्रको फाटबारी मतदान निर्देशिकाको दफा ६९ (१) अनुसुची २५ - मतपत्र तथा अन्य कागज खाम बन्दी गरिएको मुचुल्का मतदान निर्देशिकाको दफा-७० (३) अनुसूची २६.

👉मतदान कार्य सम्पन्न भएपछि मतदान केन्द्रमा गराइएका मुचुल्का फारम लगायतका सुचना/निर्णयहरुको खामबन्दी

गरि मतपेटिकाका साथ सो पोका आ आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा मतदान निर्देशिकाको दफा ८१(१) अनुसुची ३२ बमोजिम बुझाउने ।

👉👉👉👉👉सिलबन्दी नगर्ने कागजातहरु - मुचुल्काहरु अनुसुची १२ (रितो मतपेटिका बन्द गरेको), १३ (स्वस्तिक छाप जाँच गरेको), १४(मतपत्र खोलेको), १५ (मतदान प्रारम्भ), २४(मतपेटकाको प्वाल बन्द गरेको) र २५ (मतपत्रको 👉फाँटबारी) को मुचुल्काहरु

महिला पुरुषको तथ्यांक फाराम, पोल बुक आदी।

_____________________________________________________

#निर्वाचन२०८२ #मेरोमतमेरोअधिकार #सचेतमतदाता #लोकतन्त्रकोउत्सव

#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन_२०८२

Photos from All Knowledge's post 28/02/2026

शाखा अधिकृत तयारीका दौरानमा सन्देश सरले लेख्नुभएको चतुर्थ पत्रको नमुना उत्तरपुस्तिका र सुझाव ।

अन्तिम परीक्षासम्ममा मैले गरेको सुधार :
१.अक्षरलाई खँदिलोबाट अलि खुल्ला र केरमेट गरिन उत्तरलाई सकेसम्म शिर्षक विभाजन गरेर लेख्ने कोशिस

२.निष्कर्षलाई केही मात्रामा छोटो तथा मुख्य Body part लाई बढी लेख्ने कोशिस गरेँ, प्रश्नले सोधेको उत्तर लेखनमा बढी केन्द्रित ।😊

17/01/2026

लोकसेवा पढाइ सम्बन्धी ऐन,२०८२ 😂
प्रमाणीकरण मिति:२०८२/१०/३

सम्वत् २०८२ को ऐन नम्बर १
लोकसेवा सम्बन्धी पढाईलाई व्यवस्थित गर्न बनेको ऐन

प्रस्तावना: लोकसेवा आयोगबाट लिइने परीक्षा उत्तिर्ण गर्न गर्नु पर्ने पढाइलाई व्यवस्थित गरी व्यवहारिक बनाउन वाञ्छनीय भएकोले,
मेरो अन्तर्मनले यो ऐन बनाएको छ
भाग-१
प्रारम्भिक
१.संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम लोकसेवा पढाई सम्बन्धी ऐन,२०८२ रहेको छ।
(२) यो ऐन मैले चाहेका मितिबाट प्रारम्भ हुनेछ।
२.परिभाषा:विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा;
(क) "पढाइ" भन्नाले लोकसेवा सम्बन्धी पढाई सम्झनु पर्दछ र सो शब्दले नोट बनाउने, लेख्ने र याद गर्ने कार्य समेत्लाई बुझाउँछ।
(ख) "आराम" भन्नाले सुत्ने, बस्ने, मोबाईल चलाउने, घुमफिर गर्ने कार्यलाई सम्झनु पर्द्छ र सो शब्दले मनोरञ्जन हुने अन्य जुनसुकै कार्यलाई बुझाउँछ।
(ग)"परीक्षा" भन्नाले नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परीक्षा बाहेक लोकसेवा आयोगबाट लिइने जुनसुकै परीक्षालाई सम्झनुपर्दछ र सो शब्दले प्रदेश लोकसेवा आयोगबाट लिने परीक्षा समेतलाई बुझाउँछ।
(घ)"समयतालिका" भन्नाले दफा ३ बमोजिमको समयतालिका सम्झनुपर्छ।
(ङ)"पाठ्यपुस्तक"भन्नाले सम्बन्धित पत्रको पाठ्यपुस्तक सम्झनुपर्छ।
(च)"पाठ्यक्रम"भन्नाले सम्बन्धित सेवाको पदको पाठ्यक्रम सम्झनुपर्छ।
(छ) " तोकिए बमोजिम" भन्नाले यस अन्तर्गत बनेको नियमावलीमा तोकिए बमोजिम भन्न सम्झनु पर्दछ।
भाग-२
समयतालिका र आरामसम्बन्धी
३.समयतालिका बनाउनुपर्ने :(१)पढाइ र आरामबीच तादात्मयता कायम गर्दै आफ्नो समयानुकुल हुने गरी सन्तुलित समयतालिका बनाउनुपर्नेछ।
(२)समयतालिकामा पढाइको लागि तय गरिने समयभन्दा बाहेकको समयमा पढाइ गर्न पाइने छैन
तर आरामको लागि समय कम भएमा थप गर्न यस दफाले बाधा पुर्‍याएको मानिने छैन।
४.आरामलाई विशेष प्राथमिकता दिनुपर्ने: (१)यस ऐनमा अन्यत्र जनसुकै कुरा उल्लेख गरेको भए तापनि आरामलाई विशेष प्राथमिकता दिई पर्याप्त आराम गर्नुपर्नेछ।
(२)आराम कमी भई स्वास्थ्यमा प्रतिकुल असर पर्न गएमा सो सम्बन्धमा कुनै गुनासो गर्न पाइने छैन
(३) समयतालिका र आराम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
भाग-३
पाठ्यपुस्तक खरिद सम्बन्धी

५.उपयुक्त पाठ्यपुस्तक खरिद गर्नुपर्ने:(१) लेखकको शैक्षिक योग्यता,कार्य अनुभव वा कार्य आवद्धता र पुस्तकमा समावेश भएको विषयवस्तुलाई मुख्य आधार मानी आफूले तयारी गर्न लागेको सेवाको पदको प्रत्येक पत्रको लागि कम्तिमा दुईवटा पाठ्यपुस्तक खरिद गर्नुपर्नेछ
(२) दफा (१) बमोजिम पाठ्यपुस्तक खरिद गर्दा पाठ्यपुस्तकको मूल्यलाई समेत ध्यान दिनुपर्नेछ।
(३) पाठ्यपुस्तक खरिद गर्दा बजारमा उपलब्ध पाठ्यपुस्तकहरु मध्ये सबैभन्दा पछिल्लो संस्करणको अध्यावधिक पाठ्यपुस्तक खरिद गर्नुपर्नेछ।
(४)एउटै लेखकको एक भन्दा बढी पाठ्यपुस्तक खरिद गर्न पाइने छैन ।
तर पहिले खरिद गरेको पाठ्यपुस्तक च्यातिई, पुरानो भई, अक्षर मेटीई वा अन्य कुनै कारणले प्रयोग गर्न नसकिने भएमा एउटै लेखकको एकभन्दा बढी पाठ्यपुस्तक खरिद गर्न यस दफाले बाधा पुर्‍याएको मानिने छैन।
भाग ४
पढाइ सम्बन्धी
६.पढाइ गर्नुपर्ने:(१) दफा २ को खण्ड (ग) बमोजिमको परीक्षा उत्तीर्ण गर्ने गरी पढाइ गर्नुपर्नेछ।
(२) दफा ३ को समयतालिकालाई नजरअन्दाज गरी पढाइ सम्बन्धी कार्य गर्न सकिने छैन।
(३)पाठ्यक्रममा उल्लिखित पाठको सम्बन्धमा आफूलाई महत्वपूर्ण लागेका मुख्य मुख्य बुँदा टिपी नोट बनाउन सकिने छ।
(४) उपदफा (३) बमोजिमको नोटमा उल्लिखित विषय आफ्नो इच्छा अनुसार याद गर्न वा घोक्न पाइनेछ

भाग ५
ट्युसन सम्बन्धी
७.ट्युसन पढ्न सकिने:(१) आफूले तयारी गरिरहेको पदको पाठ्यक्रममा उल्लेखित विषयवस्तुको बारेमा ज्ञानको दायरा बढाउन वा फराकिलो पार्न अतिरिक्त कक्षा लिनुपर्ने लागेमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेका संस्थाहरूमा ट्युसन पढ्न सकिनेछ ।
(२) उपदफा (१)बमोजिम ट्युसन पढ्दा आफ्नो पढाइको स्तर र आर्थिक अवस्थालाई ध्यान दिनुपर्नेछ।

भाग-६
नमुना परीक्षा सम्बन्धी
८.नमुना परीक्षा दिन सकिने:(१) आफूले आवश्यक ठानेमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेका संस्थाहरूले सञ्चालन गर्ने नमुना परीक्षामा सहभागी हुन सकिनेछ।
तर हप्तामा एकभन्दा बढी नमुना परीक्षा दिन पाइने छैन।
(२) नमुना परीक्षामा आफूले प्राप्त गरेको अंकलाई हेरी लोकसेवा आयोगको परीक्षामा पनि यही अनुपातमा अङ्क आउला भन्ने मनमनै सम्झी मख्ख पर्न पाइने छैन।

भाग-७
विविध
९.सामूहिक छलफल गर्न सकिने:लोकसेवा तयारी गरिरहेका साथीहरु मिली सामूहिक छलफल गरी पढ्न सकिनेछ।
१०.भ्रममा पर्न नहुने :देखाएका विषयमा भ्रममा पर्नु हुँदैन:
(क) ट्युसन नपढी पास भइँदैन भन्ने,
(ख)मैले त के पास गर्न सक्छु होला र !भन्ने,र
(ग) बिहान मात्र पढेमा याद हुन्छ भन्ने ।
११.प्रेमी वा प्रेमिका बनाउनमा प्रतिबन्ध: दफा २ को खण्ड (ग) बमोजिमको परीक्षामा सफलता नमिलेसम्म प्रेमी वा प्रेमिका बनाउन पाईने छैन।
१२.बाधा नपर्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पढाईमा लाभ पुग्ने गरी कुनै कार्य गर्न यस ऐनको कुनै दफाले बाधा पारेको मानिने छैन।
तर दफा ११ बमोजिमको कार्य गर्न पाइने छैन।
१३.नियम बनाउन सकिने: यो ऐनलाई कार्यान्वयन गर्न नियमहरु बनाउन सकिने छ।

भाग-८
खारेजी र बचाउ
१४.खारेज गर्न परेन: यो विषयमा यसभन्दा पहिले ऐन नबनेकाले कुनै ऐन खारेज गर्न परेन।
१५.बचाउ :दफा १२ कै आधार र कारणबाट कुनै काम कारबाहीको बचाउ गर्नु परेन।

Photos from All Knowledge's post 17/01/2026

सुदूरपश्चिम प्रदेशले सहायक पाँचौं तह ( अप्राविधिक) लाई सोधेको प्रश्नपत्र❤️🙏

17/01/2026

आफ्नो पुरस्कार ट्रम्पलाई दिइन्😮
भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले पाएको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार ट्रम्पसँग भेट गर्दै उनले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी हुन् ।
ट्रम्पसँगको भेटपछि उनले अन्तर्राष्ट्रिय मिडियासँग भनेकी छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’
2026 Jan 16

Photos from All Knowledge's post 17/01/2026

आर्थिक सर्वेक्षण २०८१/८२, साेह्राैँ याेजना, दिगाे विकास लगायतका महत्वपूर्ण समसामियक तथ्यांकहरु।

Photos from All Knowledge's post 17/01/2026

२०८२ देखिका महत्त्वपूर्ण समसामयिक घटनाक्रम।

©Rajendra Raut

Photos from All Knowledge's post 17/01/2026

"वित्तिय उत्तरदायित्व: नीति, कानून एवं व्यवहार"
रामु डोटेल
(निजामती सेवा पत्रिका)

Photos from All Knowledge's post 17/01/2026

२०८२ देखिका महत्त्वपूर्ण समसामयिक घटनाक्रम।

©Sandesh Team

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu