Prithvi Nath Rai

Prithvi Nath Rai

Share

Gold Medalist in Constitutional Law, Ph.D. Scholar, M.Phil. LL.M.-TU, Notary Public Translator, Advocate, Legal Textbook Writer, Philanthropist & Social Actovist

04/09/2026

जापानको हिरोशिमा सहरमा आयोजित एक शारीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगितामा ९० वर्षीय पुरुषले ८५ वर्षमाथिको विधामा जित हासिल गरेका छन्। प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि मात्र ९० वर्ष पूरा भएका खानाजावा तोशिसुकेले आफ्ना ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।

पाका उमेरका खेलाडीहरू सहभागी हुने यस वार्षिक प्रतियोगितामा ४१ देखि ९० वर्ष उमेर समूहका करिब २०० जना एथलीटले १३ वटा विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। प्रारम्भिक चरणमा सँगै प्रस्तुति दिएका खेलाडीहरूले फाइनलमा भने एक मिनेटको स्वतन्त्र प्रस्तुति दिएका थिए जहाँ खानाजावाको प्रस्तुतिमा दर्शकहरूले ठूलो हुटिङ गरेका थिए।

विजेता घोषणा भएपछि खुसी व्यक्त गर्दै उनले आगामी दिनमा विश्व कीर्तिमान कायम गर्ने लक्ष्य रहेको बताएका छन्।

30/08/2026

रसुवामा बिलीन भएका एक दम्पतीले संसारका हरेक दम्पतीलाई लेखेको खुलापत्र

प्रिय दाजु-भाउजु, दिदी-भिनाजु, साथी,
प्रिय लोग्ने-स्वास्नी,

हामी त गयौं।
हिजो बिहानसम्म हामी पनि तपाईहरू जस्तै थियौं। सानो झोला बोकेर, सानो सपना बोकेर रसुवाको बाटो लागेका थियौं। घर फर्किएर के गर्ने, कसलाई के ल्याइदिने भन्ने हिसाब गर्दै थियौं। एकछिनमै... माथिबाट पहाड खस्यो, तलदेखि त्रिशुली उर्लियो, र हाम्रो नाम, हाम्रो नागरिकता, हाम्रो बैंक ब्यालेन्स, हाम्रो झगडा, हाम्रो भविष्य सबै... एकैछिनमा माटो भयो। बिलीन भयौं।

अब हाम्रो कुनै घर छैन, त्यसैले हामी हरेक घरको ढोका ढकढकाउन आएका छौं।

यो पत्र पढ्दा तपाईंको हातमा चिया सेलाएला, तर मन नसेलाओस्। हामी रुँदै लेख्दैछौं, तपाईं धुरुधुरु रुनुपर्छ है।

१. लोग्ने-स्वास्नी बीचको त्यो मौन युद्धको बारेमा

हामी पनि झगडा गर्थ्यौं। को ठूलो, कसको कुरा सही। उसले मेरो माइतीको कुरा काट्यो भनेर म रातभरि नबोली बस्थें। मैले उसको थकान नबुझेको भनेर ऊ बाहिर निस्केर घुम्थ्यो।

प्रिय हो, अहिले बुझ्यौं - त्यो रातभरि नबोल्नु कति महँगो थियो। जीवन यति छोटो रहेछ कि एक रातको मौनताले पनि एक जुनीको पछुतो छोड्दो रहेछ।

तपाईंको छेउमै सुत्ने मान्छे तपाईंसँग प्रतिस्पर्धी होइन, सहयात्री हो। उसको कमजोरीलाई औंलाले नकोट्याउनुस्, हत्केलाले छोपिदिनुस्। दिनमा एकपटक, काम सकिएपछि होइन, कामकै बीचमा सोध्नुस् - "तिमी थाक्यौ कि?" यही एउटै प्रश्नले सम्बन्ध बचाउँछ। माफी माग्न नपर्खनुस्, माफी दिन नपर्खनुस्।

२. सासू-बुहारी बीचको त्यो अदृश्य पर्खालको बारेमा

एउटी आमा, जसले २५ वर्षसम्म आफ्नो छोरालाई हुर्काइन्, उनलाई लाग्छ - "मेरो छोरो खोसियो।"
एउटी छोरी, जसले २५ वर्षसम्म आफ्नो घर छोडेर अर्काको घरलाई आफ्नो भन्न आइन्, उनलाई लाग्छ - "मलाई कहिल्यै आफ्नो मानिएन।"

दुवैको पीडा सत्य हो।

आमा, बुहारीलाई बुहारी होइन, छोरी सम्झेर एकपटक "तिमी नहुँदा घर उज्यालो हुँदैन" भनिदिनुस् न। उनको माइतीको अपमान कहिल्यै नगर्नुस्।

छोरी, ती बुढी औंलाहरूले तिम्रो लोग्नेलाई दिसा सफा गरेका हुन्, ज्वरोमा रातभरि ननिदाई बसेका हुन्। उनको टोकाइमा माया खोज्नुस्, घृणा होइन। एकदिन तपाईं पनि सासू बन्नुहुन्छ। आज तपाईंले जे रोप्नुहुन्छ, भोलि त्यही काट्नुपर्छ।

३. सन्तानको लागि हतारिएको हाम्रो दौडधुपको बारेमा

"मेरो छोरो फस्ट हुनुपर्छ, मेरो छोरी डाक्टर बन्नुपर्छ।" भन्दै हामीले उनीहरूको बालापन खोस्यौं। कहिल्यै सोध्यौं कि उनीहरू खुसी छन् कि छैनन् भनेर?

बाबु-आमा हो, छोराछोरीलाई सम्पत्ति होइन, संस्कार दिनुस्। उनीहरूलाई महँगो मोबाईल होइन, एक घण्टा आफ्नो काख दिनुस्। उनीहरूले तपाईंसँग पैसा होइन, समय मागेका हुन्। उनीहरू बिग्रिएका होइनन्, हामीले सुन्न छोडेका हौं। आज बेलुका उसको आँखामा हेरेर सोध्नुस् - "आज तिमीलाई के कुराले दुखायो बाबु?"

४. त्यो बुढाबुढी आमा-बुबाको एक्लोपनको बारेमा

घरको कुनामा खोक्दै बस्ने त्यो बा, आँगनमा घाम ताप्दै माला जप्ने त्यो आमा... उनीहरू बोझ होइनन् है। उनीहरू हाम्रो जरा हुन्।

हामीले उनीहरूलाई पुरानो फर्निचर जस्तै किनारामा लगाइदियौं। उनीहरूलाई औषधी त किनिदियौं, तर औंठी समातेर "बा, म छु" भन्न बिर्सियौं।

याद गर्नुस् - भोलि तपाईंको छोराछोरीले तपाईंलाई त्यही व्यवहार गर्नेछन्, जुन व्यवहार आज तपाईं आफ्ना बुढा आमा-बुबालाई गर्नुहुन्छ। उनीहरू धेरै बाँच्दैनन्। उनीहरू जीवितै हुँदा उनीहरूको पाउ छुनुस्, फोटोमा माला लगाएर के गर्नु?

५. आर्थिक विपन्नताले ल्याएको हीनताको बारेमा

पैसा नहुँदा लोग्नेले स्वास्नीको अगाडि शिर झुकाउनु परेको छ। स्वास्नीले छिमेकीको साडी देखेर आफ्नो च्यातिएको सारी लुकाउनु परेको छ।

दाजु-भाइ हो, गरिब हुनु पाप होइन। लोभ गर्नु पाप हो। तपाईंको छिमेकीको घर ठूलो होला, तर उसको रातको निद्रा तपाईंको भन्दा गहिरो नहुन सक्छ।

भौतिकताले पेट भरिन्छ, मन भरिँदैन। एक छाक कम खानुस्, तर ऋण गरेर देखावटी जिन्दगी नबाँच्नुस्। श्रीमान-श्रीमती मिलेर एउटै थालमा खाएको त्यो दाल-भात, पाँचतारे होटलको एक्लो भोज भन्दा मीठो हुन्छ।

अन्त्यमा...

हामी जाँदा हाम्रो साथमा के गयो? न सुनका बाला गए, न जग्गाको लालपुर्जा गयो, न बैंकको चेकबुक गयो।

साथमा केही गएन भने किन यति लोभ? किन यति मोह? किन यति अभिमान? किन यति अहंकार? किन यति रीस, किन यति राग?

मेरो, मेरो भन्ने सबै यहीं छुट्यो। "म" भन्ने मान्छे नै रहेन।

त्यसैले हात जोड्छौं -

आज घर जानुस्। ढोका खोल्नासाथ लोग्ने/स्वास्नीलाई अंगालो हाल्नुस्। "माफ गरिदेऊ, मैले तिमीलाई धेरै दुखाएँ" भनिदिनुस्। सासूको पाउ ढोग्नुस्, बुहारीको शिर सुम्सुम्याउनुस्। छोराछोरीलाई मोबाइल होइन, आफ्नो छातीमा टाँस्नुस्। बुढी आमाको काखमा शिर राखेर एकछिन सुत्नुस्।

र आजदेखि भौतिकताको होइन, आध्यात्मिकताको कुरा गर्नुस्। साँझमा आधा घण्टा बत्ती निभाएर सबै परिवार सँगै बस्नुस्। एक अर्काको आँखामा हेर्नुस्। प्रभुको नाम लिनुस्। धन्यवाद भन्नुस् - "हामी सँगै छौं भनेर।"

किनकि भोलि के हुन्छ कसैलाई थाहा छैन। रसुवाको पहिरोले हामीलाई सिकाएको सबैभन्दा ठूलो सत्य यही हो - जीवन भोलि होइन, आज हो। अहिले हो। यही क्षण हो।

हामी त बिलीन भयौं, तपाईं बिलीन नहुनुस् है, आफ्नै अहंकारको पहिरोमा।

उही - तपाईंहरूकै जस्तो एक जोडी
जो अब जूनमा बस्छ, हावामा बस्छ, र तपाईंहरूको घरको झ्यालबाट तपाईंहरू मिलेको हेर्न चाहन्छ।

रसुवाको त्रिशुली किनारबाट...
( काल्पनिक हो सत्यता छैन)
:लेखक - उत्तम निरौला, काठमाडौं ।
#खुलापत्र
#नेपाली

30/08/2026
30/08/2026

Everest Furniture

20/08/2026

What’s Religion?

Category

Telephone

Website

Address

Kathmandu