Pramod Mahato प्रमोद महतो
केन्द्रीय सांसद , महोत्तरी क्षेत्र नम्बर १।।
जय घन्टी 🔔 जय देश 🇳🇵 जय युवा जय मात्रृभुमि
11/06/2026
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षौंदेखि अन्योलमा रहेको बर्दिबास मेडिकल कलेज परियोजनाको प्रारम्भिक चरणका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसै आर्थिक वर्षदेखि निर्माण कार्य औपचारिक रूपमा सुरु हुने भएको छ र परियोजनाको कार्यान्वयनमा कुनै किसिमको अवरोध नआउने विश्वास गरिएको छ।
करिब १००० करोड + रुपैयाँ लागत अनुमान गरिएको यस राष्ट्रिय गौरवको परियोजनाको काम सुरु भइसकेपछि आगामी आर्थिक वर्षहरूमा केन्द्र सरकारबाट थप ठूलो बजेट विनियोजन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइनेछ। बर्दिबास मेडिकल कलेज निर्माण सम्पन्न भएपछि महोत्तरीसहित समग्र मधेश प्रदेशका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
05/06/2026
करिब ६० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेका गौशाला नगरपालिका वडा नं. ४ का नागरिकहरूलाई ३४ वटा लालपुर्जा वितरण गर्न सफल भएका छौं। यस कार्यले स्थानीय बासिन्दाको जग्गा स्वामित्व सुनिश्चित गर्दै उनीहरूको लामो समयदेखिको समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
04/06/2026
सम्पूर्ण जिल्लावासीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशन सफलताको लागि शुभकामना 🙏
29/05/2026
गणतन्त्र दिवस २०८३ को शुभकामना ❣️🙏🏾
27/05/2026
गौशाला नगरपालिका वडा नं. १२ निवासी युवा भाइ सिकेन्द्र महतोज्यूको उपचारको क्रममा दुःखद निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। हिजो साँझ सम्पन्न सम्पन्न उहाँको अन्त्येष्टिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। साथै शोकाकुल परिवारजन तथा आफन्तहरूमा यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु। 🕉️ शान्ति 🙏
विशेष समयमा हिजो राति वर्दिवास ३ कालापानीमा घटेको घटनाबारे सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु। साथै, सम्पूर्ण जनसमुदायलाई संयमित, शान्त र जिम्मेवार रहन हार्दिक आग्रह गर्दछु।
तपाईंहरूको अधिकार, सुरक्षा र न्यायका लागि म सधैं प्रतिबद्ध र तयार रहनेछु। 🙏
#सांसदसचिवालय #महोत्तरी #प्रमोदकुमारमहतो
25/05/2026
महोत्तरी क्षेत्र नं. १ अन्तर्गत बर्दिवास नगरपालिका वडा नं. ३(कालापानी) मा वन कार्यालयका DFO द्वारा एकतर्फी तथा जनतालाई दुःख दिने किसिमले सूचना जारी गरी घर खाली गर्न अन्यथा घर भत्काइने चेतावनी दिइएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै हाललाई निर्देशन नभएको स्पष्ट गर्न चाहन्छु र
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्ने नियतले केही बिचौलियाहरु स्थानीय चुनावलाई लक्षित गर्दै हाम्रो पार्टीलाई बदनाम गराउन खोज्दै छन्। त्यसकारण कसैको भ्रममा नपर्न सम्पूर्ण आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु।
म सदैव तपाईंहरूको पक्षमा दृढतापूर्वक उभिएको छु। यहाँका प्रत्येक नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्नु मेरो जिम्मेवारी हो।
त्यसैले सबैलाई संयमित रहन, शान्तिपूर्ण रूपमा घर फर्किन तथा हाल कुनै आन्दोलन नगर्न हार्दिक अनुरोध गर्दछु।
साथै यस विषयमा प्रमुख जिल्ला अधिकारी (CDO) तथा मधेश प्रदेशका वन मन्त्रीज्यूसँग समेत कुराकानी भएको छ। उहाँहरूले समेत त्यस्तो कुनै निर्देशन जारी नभएको स्पष्ट पार्नुभएको छ। त्यसैले जनतालाई अनावश्यक त्रास सिर्जना गर्ने कार्यप्रति गम्भीर रूपमा ध्यान दिँदै सम्बन्धित DFO अजय मिश्राज्युलाई भोलिनै प्रदेश कार्यालयमा बोलाई आवश्यक स्पष्टीकरण लिने प्रक्रिया अगाडि बढाइनेछ।
धन्यवाद!
25/05/2026
महोत्तरी क्षेत्र नं. १ || सांसद सचिवालय
जनसम्पर्क तथा समन्वयलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउन सचिवालय टोली सक्रिय रूपमा कार्यरत रहनेछ।
🔹 सचिवालय प्रमुख
भागवत कुमार शाह (गौशाला नगरपालिका)
📞 981-6803635
🔹 सचिवालय सदस्य
विजय पोखरेल (बर्दिबास नगरपालिका)
📞 981-4898009
🔹 सचिवालय सदस्य
सरोज कुमार महतो (भङ्गहा नगरपालिका)
📞 986-9271481
🔹 सचिवालय सदस्य
हरिनारायण यादव (समग्र समन्वय)
📞 970-4649786
“जनताको सेवा, समन्वय र समस्याको समाधानका लागि सदैव प्रतिबद्ध।”
#घण्टीछाप #महोत्तरी #प्रमोदकुमारमहतो #सांसदसचिवालय #जनसम्पर्क #राष्ट्रियस्वतन्त्रपार्टी
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Janakpur
45600