Click Cinema
CLICK CINEMA - NEPALI FILM PROMOTION
17/06/2026
अञ्जु पन्तकी छोरी र पशुपति शर्मा एउटै फिल्मबाट डेब्यु गर्दै:
गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त र चर्चित लोकगायक पशुपति शर्माले 'रघुजी फिल्मस्'को ब्यानरमा बन्न लागेको नयाँ फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्ने भएका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने यस फिल्मको नाम र सम्पूर्ण स्टारकास्टसहितको आधिकारिक घोषणा निर्माण पक्षले यसै साता गर्दैछ । फिल्ममा उनीहरूको भूमिका भने गोप्य राखिएको छ ।
16/06/2026
विश्वकपमा अभिनेता प्रदीप खड्काले फहराए नेपालको झन्डा:
विश्वकप प्रवर्धनको सिलसिलामा क्यानडा पुगेका अभिनेता प्रदीप खड्काले क्यानडा र बोस्निया हर्जगोभिनाबीचको खेल दौरान नेपालको राष्ट्रिय झन्डा फहराएका छन् ।
16/06/2026
भारतीय टेलिभिजन तथा फिल्म क्षेत्रकी उदीयमान अभिनेत्री संचिता उगले आफ्नै निवासमा मृ'त अवस्थामा फेला परेकी छन् । एकातिर इन्स्टाग्राममा देखिएको उनको खुसी र अर्कोतिर अचानक आएको नि'ध'न'को खबरले परिवार, भारतीय मनोरञ्जन क्षेत्र र उनका फ्यानहरूलाई स्तब्ध बनाएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, ३० वर्षीया अभिनेत्री उगले मुम्बईको वसईस्थित आफ्नै घरमा मृ'त भेटिएकी हुन् । प्रारम्भिक रूपमा यस घटनालाई आ'त्म'ह'त्याको रूपमा हेरिएको छ । संचिता मुम्बईमा आफ्ना आमाबुबा र बहिनीसँग बस्दै आएकी थिइन् ।
तपाईंले हेर्नु भयो त फिल्म रोल नं १ ?
12/06/2026
'वाका वाका'लाई पछि पार्दै शाकिराको 'दाई दाई' उत्कृष्ट विश्वकप गीत:
फिफा विश्वकप २०२६ का लागि तयार पारिएको शाकिरा र बर्ना ब्वायको नयाँ गीत ‘दाई दाई’ ले दशकौंदेखि चर्चित 'वाका वाका' को रेकर्ड तोडेको छ । 'बिलबोर्ड' म्यागजिनले गराएको सर्वेक्षण अनुसार, सन् १९९० यताका १० आधिकारिक विश्वकप गीतमध्ये ‘दाई दाई’ सर्वकालीन उत्कृष्ट गीत बनेको हो । गत मे महिनामा सार्वजनिक भएको यस गीतमा मेस्सी, रोनाल्डो, म्याराडोना, बेकह्याम लगायतका फुटबल हस्तीहरूको नाम समेटिएको छ । अफ्रोबिट्स र पप शैलीको यो गीतले खेल सुरु हुनुअगावै विश्वभरका फुटबल समर्थकहरूको मन जित्न सफल भएको छ ।
12/06/2026
फिल्म १२ गाँउ २ को प्रतिक्षामा हुनुहुन्छ ?
12/06/2026
को को हुनुहुन्छ आँ बाट आमा २ को प्रतिक्षामा ?
08/06/2026
सुनुमा लिम्बुलाई 'मिस एसइई २०२६ इटहरी' को ताज:
ओपन स्पेस प्रालिद्वारा इटहरीमा आयोजित 'मिस एसइई २०२६ इटहरी' को छैठौं संस्करणको उपाधि सुनुमा लिम्बूले जितेकी छन् । जेठ २४ गते आइतबार दुर्गा पार्टी प्यालेसमा सम्पन्न ग्रान्ड फिनालेमा उनले मुख्य ताजसहित 'मिस इन्टलेकच्युल' र 'मिस पब्लिक च्वाइस' को उपाधि पनि हात पारिन् । यस्तै फस्ट रनरअप सितल भण्डारी र सेकेन्ड रनरअप रिया चौधरी हुँदा अर्गनाइजर च्वाइसको अवार्ड दिया महतले हात पारिन् । विजेताहरुले सुष्मा गोदावरी कलेजबाट विजेतालाई १००%, फस्ट रनरअपलाई ७५% र अन्यलाई ५०% छात्रवृत्ति प्राप्त गरे भने फुड भौचर र कस्मेटिक गिफ्ट ह्याम्परहरु पनि पाए । नेपाल टेलिभिजन इटहरीका प्रमुख वसन्त कुमार रुपाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न यस प्रतियोगितामा प्रतिस्पर्धीहरूको कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् भने विभिन्न विधामा अन्य सब-टाइटलहरू समेत वितरण गरिएको थियो ।
05/06/2026
प्रदर्शनरत फिल्म ‘रोल नं १’ को गीत ‘रङ्गीन सपना’ सार्वजनिक:
बालबालिकाको शिक्षा र सीपको महत्त्वलाई पर्दामा उतारेर दर्शकको मन जितिरहेको फिल्म ‘रोल नं १’ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक भएको छ। ‘सेभेन सिज सिनेमा’ को युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको उक्त गीतमा उज्वल सागरको स्वर तथा संगीत र रोशन अधिकारीको शब्द रहेको छ। जोन योञ्जनद्वारा निर्देशित र महेश दवाडीको कथामा आधारित यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगीका साथै निर्भिक रेग्मीलगायत बाल कलाकारहरूको मुख्य अभिनय रहेको छ। विनोद र जान्वी पौडेलद्वारा निर्मित तथा हाल देशभर प्रदर्शनरत यस फिल्मको नयाँ गीतले बालबालिकाको मनोविज्ञानलाई प्रस्ट पार्दै दर्शकको थप आकर्षण बढाउने निर्माण पक्षको विश्वास छ।
05/06/2026
सीमा विवादमा राजेश हमालको चासो, 'साधारण समस्या र राज्य-प्रायोजित अतिक्रमण छुट्याउन जरुरी':
महानायक राजेश हमालले नेपाल-भारत सीमा विवादबारे गम्भीर धारणा सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले सीमा समस्यालाई दुई भागमा बाँड्नुपर्ने तर्क गर्नुभएको छ।
हमालका अनुसार नदीले धार परिवर्तन गर्ने वा स्तम्भ हराउने जस्ता विषय प्रशासनिक र स्थानीय समस्या हुन्, जुन संवादबाट सुल्झाउन सकिन्छ। तर, कालापानी–लिपुलेक–लिम्पियाधुरामा जस्तो सरकारी स्तरबाटै हुने अतिक्रमणलाई राज्य-प्रायोजित भू-अतिक्रमण भन्दै उहाँले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ।
अहिलेको संवेदनशील परिस्थितिमा देशको नेतृत्वमा उच्च परिपक्वता, दूरदृष्टि र निर्णय क्षमता हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ। हमालको यस टिप्पणीलाई सामाजिक सञ्जालमा राष्ट्रियताको पक्षमा सान्दर्भिक बहसका रूपमा हेरिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari
56705