Ramnarayan Mehta
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramnarayan Mehta, Journalist, Inaruwa Nepal, Gurugram.
27/09/2025
नेपाली कृकेटको लागि आज एक एतिहासिक दिन । आजबाट हामि दुई पटकको विश्वकप विजेता वेस्ट ईण्डिजसँग T20I सिरिज खेल्दै छौँ । नेपाली टिमलाई धेरै धेरै शुभकामना ।
27/09/2025
नवरात्रीको छैठौदिन आज मां दुर्गा छैठो रुप #मा_कत्यायनी को पुजा अराधाना गरिदैछ।
मा कत्यायनीको पुजा गर्नाले भक्तजनले अर्थ, धर्म, काम र मौक्ष चारौ फलको प्राप्ती हुने, रोग ,शोक, डर, त्रास नष्ट हुने, तथा घरमा शुख शान्ती समृद्धि प्राप्त हुने जनबिश्वास रहेको छ
मां कात्यायनीले सबैको रक्षा गरून्, कल्याण गरुन 🙏🙏
#शुभनवरात्री #जयमातादी ❤️🙏🥀🥀
27/09/2025
Super Over मा श्रीलंकालाई पराजित गर्दै भारतले Asia Cup मा अपराजित यात्रा कायम राखेको छ । सुपर ओभरमा भारतका अर्शदिप सिंहले मात्र २ रन खर्चेर २ विकेट लिएपछि भारतले १ बलमै लक्ष्य भेटायो। यस अघि दुवै टिमले निर्धारित २० ओभरमा समान २०२/५ रन बनाएका थिए । भारत र पाकिस्तान बीच फाइनल भोलि हुनेछ।
जनकपुरधाम राजदेवी मन्दिर झुलामा फसेकाहरूको उद्धार गर्दैै सुरक्षाकर्मी। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ ।
26/09/2025
गृहमन्त्री ओम प्रकाश अर्यालले सिआइबी प्रमुख मनोज केसीलाई भुटानी प्रकरणसहित सबै फाइल खोल्न निर्देशन दिएका छन्।
25/09/2025
सूचना विभागबाटै हुने भयो अनलाइन दर्ता तथा नवीकरण
सरकारले अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ। छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ बमोजिम अब सूचना तथा प्रसारण विभागबाटै अनलाइन सञ्चार माध्यमहरूको दर्ता तथा नवीकरण हुने भएको छ ।
आज भएको निर्णय अनुसार, अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई नै स्थानीय अधिकारीको रुपमा तोकिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गर्नुभएको यो निर्णयले अनलाइन सञ्चार माध्यम दर्ता प्रक्रियालाई थप सहज र एकीकृत बनाउने अपेक्षा गरिएको छ ।
जेनजीलाई झड्का उनीहरुले चाहे जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र संविधान संशोधन गर्ने माग यो सरकारको कार्यक्षेत्रभित्र नपर्ने भएको छ ! प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै स्पष्ट गरेकी छिन ।
24/09/2025
यस्तो छ सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न तयार गरेको ७ बुँदे परिपत्र :
#एम्बुलेन्स काे अवस्था नाजुक छ थाहाँ छैन अब कहिले ठीक हुन्छ? हिजो ल्याइएको एम्बुलेन्स भोक्राहा नरसिंह गाउँपालिका को दोस्रो एम्बुलेन्स हो।
24/09/2025
पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र
मुख्य बुँदाहरू यसप्रकार छन् :
1. तीनै तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी/करार कर्मचारी नराख्ने।
2. संघ, प्रदेश र स्थानीय तहका मन्त्री तथा पदाधिकारीहरूले सल्लाहकार राख्न नपाउने।
3. सांसदलगायत राजनीतिक पदाधिकारीहरूले स्वकीय सचिव वा सुविधा पाउने व्यवस्था खारेज गर्ने।
4. राष्ट्रपतिको वा प्रधानमन्त्रीको विदेश भ्रमणमा १० जनाभन्दा बढी नजाने।
5. राजनीतिक र प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरिद नगर्ने।
6. मन्त्रालयमा स्वकीय सचिवालय नराख्ने—गाडी र भौतिक सुविधा नदिने ।
7. मन्त्रीका प्रेस सल्लाहकार नराख्ने—राष्ट्रपति र प्रधानमन्त्रीले मात्र राख्न पाउने।
24/09/2025
केपी सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड निर्णय।
“एमाले सांसद एवं भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Address
Inaruwa Nepal
Gurugram
56710