ACE Skill Training Center
ACE for skill �
22/07/2025
दक्ष बनौं, बनाऔं ।अ
भर्ना खुल्यो । भर्ना खुल्यो । भर्ना खुल्यो ।
नया भर्नाको Online फारम भर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस :
https://itms.ctevt.org.np:5580/entrance/
SEE Appeared Students हरूको लागि CTEVT/RKBPI Ilam मा शैक्षिक सत्र २०८२/०८३ को लागि नयाँ भर्ना खुल्यो!
🎓 रत्नकुमार बान्तावा बहुप्राविधिक शिक्षालय इलाम (Ratna Kumar Bantawa Polytechnic Institute) CTEVT/RKBPI
अध्ययन हुने कार्यक्रमहरू:
Diploma in Agriculture (Plant Science)
Diploma in Agriculture (Animal Science)
Diploma in Forestry
Diploma in Civil Engineering
तीन वर्षको अध्ययन शुल्क मात्र रु. ५५,०००
Diploma in Pharmacy
तीन वर्षको अध्ययन शुल्क मात्र रु. १,३५,०००
(धरौटी र ब्लक स्टडी बाहेक)
🗓 फारम खुल्ने मिति: २०८२-०३-२३ देखि
⏳ फारम भर्ने अन्तिम मिति: २०८२-०४-११, आइतबार, राति ११:५९ बजे सम्म मात्र (स्वास्थ्य कार्यक्रम बाहेक)
⏳ फारम भर्ने अन्तिम मिति: २०८२-०४-२६, सोमबार, राति ११:५९ बजे सम्म मात्र (स्वास्थ्य कार्यक्रम)
💳 आवेदन दस्तुर: रु. १००० (Portal मार्फत Online Payment)
शिक्षालय प्रशासन
027-421021
027-421022
शिक्षालय प्रमुख
9852680518
परीक्षा शाखा
9842774566
9807314790
📧 Email: [email protected]
🌐 Website: www.rkbpi.edu.np
📣 SLC/SEE पास गरेका वा SEE दिएर बसेका साथिहरूलाई ट्याग गर्नुहोस्!
अबको तीन वर्षले तपाईंको भविष्य निर्माण गर्छ – आजै नाम दर्ता गर्नुहोस् !
रैथाने दक्षता। किरात सीप।
सिलाम साक्मा।
28/06/2025
SEE board परीक्षाको रिजल्टमा यो साल १३.९५% ले वृद्धि।
संपूर्णमा बधाई एवं
वौद्धिकताकोसँगै दक्षताको कामना!
25/02/2025
भाषाविद चुडामणी गौतम !
भावपूर्ण हार्दिक श्रद्धांजलि।
26/11/2024
२२ गतेदेखि!
सुस्वागतम!!
14/11/2024
बधाई!
शुभकामना!
U-19 फाइनल ( मलेशिया,2025) मा नेपाली महिलाहरु!
जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।
कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ । जस्तो, खेलमा हार–जीत हुन सक्छ । यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ ।
एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।
(साभार -शिक्षक मासिक पत्रिका)
10/10/2024
वरिष्ठ उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको छ । उनी टाटा समूहका अध्यक्ष एमेरिटस थिए, जसमा टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज समावेश छन्।
31/08/2024
Congratulations Palesha Goverdhan for becoming the first ever athlete from Nepal to win a Paralympic medal. Goverdhan defeated Marija Micev of Serbia 15-8 in the bronze medal match of the women's k44 under 57 kg weight class taekwondo competition at the Grand Palais in Paris.
पौरख!
22/07/2024
उदाहरणीय कदम!
गुल्मी, कालिगण्डकी-३ मा कोदोको रक्सीको ब्यावसायिक उत्पादन, ब्राण्डिङसहित ईन्नोभेटिभ बहुउद्देश्यीय महिला समुहद्वारा उत्पादित। मूल्य रू ३५०/-छ।
14/07/2024
लु!
शुभकामना छ!
수고 하시길 바랍니다!
Click here to claim your Sponsored Listing.