Hetauda Hikers

Hetauda Hikers

Share

Effort to flourishing hike culture at Makwanpur.

Hometown Hetauda 29/04/2026

पदयात्रा केबल हिडाइ मात्र होइन अनुभुति हो अवसर हो अनि जिवन जिउने कला नि हो, यस्तै कुरा हाम्रो पदयात्री साथि ले भ्लग मा कैद गर्नुभएको छ, आउनुस सगै यात्रा गरुम...

Hometown Hetauda 11 likes, 3 comments. "Hike to Aalukhoriya (With Hetauda Hikers Ep-5)"

Photos from Hetauda Hikers's post 21/04/2026

नयाँ वर्षलाई विशेष तरिकाले स्वागत गर्न हामी हेटौंडा हाइकर्सका साथीहरू नयाँ वर्षको पहिलो शनिबार बिहान ५:३० बजे जम्मा भयौं र “लालिगुराँस हाइक” सुरु गर्यौं। बिहानको शान्ति, चिसो हावा, र आकाशको हल्का गुलाबी रङ्गले हाम्रो स्वागत गर्‍यो।
सुरुमा हामीले साथीहरूसँग गफ, हाँसो, चिनजान साटासाट गर्दै, हाइक गर्दा ध्यान दिनुपर्ने नियमहरूबारे छलफल गर्‍यौं। ६ बजेसम्म करिब ८५ जना साथीहरू जम्मा भए। उत्साह, मिठो हाँसो र नयाँ मित्रताको मिश्रणले हाम्रो यात्रा अझ रमाइलो बनायो। बस आइपुग्यो, र हामी देउराली तर्फ अघि बढ्यौं।

देउरालीमा, वडा अध्यक्ष ज्यु र स्थानीय व्यवसायीहरूले माया र सम्मानका साथ हामीलाई स्वागत गर्नुभयो। खादा र माला लगाएर, खाजा खाँदै र ठाउको जानकारी लिँदै हामी पदयात्रा तर्फ अघि बढ्यौं।
उकालो बाटोमा प्रकृतिले हामीसँग खेल खेलायो छिनमै घाम अनुहारमा पर्‍यो, छिनमै हुस्सुले ढाक्यो, अनि छिनमै पानीको छिट्टाले भिजायो। तर यी अनुभवहरूले थकाइ होइन, उत्साह र आनन्द थपे। बाटोभरि पकाएका ऐसेलु टिप्दै, रमाइलो गफ गर्दै, साथीहरूसँग नाचगान गर्दै हामी अघि बढ्यौं।
वनमा फुलेका लालिगुराँसले बाटोलाई रातो कार्पेट जस्तो ढाकेका थिए। घाँसे मैदान, चिसो बतास, र उडेको बादल सबैलाई हामीले मन र क्यामेरामा कैद गर्यौं। कहिले फूलसँग फोटो, कहिले साथीहरूसँग थकित क्षणहरूमा पनि एक अर्काको हौसला बनी हामी करिब तीन घण्टामा आलु खोरिया चौर पुग्यौं।

आलु खोरिया पुग्दा हामीले लालिगुराँस टिप्नु हुँदैन भन्ने महत्व र यसको संरक्षणबारे छलफल गर्‍यौं। फूल टिप्दा कस्तो घाटा हुन्छ, किन यो आवश्यक छ कि हामी यसलाई बचाइराखौं, र यसको संरक्षणमा हाम्रो भूमिका के हो—सबै कुरा साझा गर्यौं।
त्यसपछि खाजा साट्दै, नाचगान गर्दै हामी रमाइलो गर्‍यौं। पदयात्रा भरि फूल नटिपेकोमा एक अर्कालाई धन्यवाद दिंदै हामी फर्कियौं।

यो हाइक केवल पदयात्रा मात्र थिएन। यो साथीको साथ, प्रकृतिसँगको गहिरो जडान, र संरक्षणको शिक्षा लिएर फर्किने सुन्दर अनुभव थियो।
सहभागी सबैलाई धन्यवाद! हामी विश्वास गर्छौं, अर्को हाइकमा फेरि भेट्ने छौं।

15/04/2026

Dear Hetauda Hikers,

We have reached our maximum limit for this hike. Thank you so much for your overwhelming love and quick response! ❤️

We truly appreciate your enthusiasm.

Stay tuned for more exciting adventures coming soon!

13/04/2026

🌺✨ LALIGURASH HIKE – Celebrate, Explore & Protect Nature ✨🌺

Join us for a refreshing and meaningful day hike dedicated to the beauty of Laligurash (Rhododendron) 🌺 — Nepal’s national flower and a true symbol of Himalayan forests.
This “Laligurash Hike” is a special initiative focused on promoting the importance, beauty, and conservation of Laligurash. Let’s come together to admire its natural charm and spread awareness on why we should enjoy it in nature, not pluck it, so future generations can continue to witness its blooming glory in the hills of Nepal

🤝 Jointly Organized By
Hetauda Hikers, Nomads by Lamira, Eco Steps, and Nepalese Center for Integrated Development (NCID)

📍 Hiking Details
• Destination: Beautiful hill trails filled with blooming Laligurash 🌺
• Duration: 3–4 hours hike
• Date: Baisakh 5, 2083

Registration link : https://forms.gle/3mK5itW662MaCtXDA

• Fee: Rs. 599 per person (includes registration, light snacks & 2-way transportation)

• Meeting Point: La'mira Coffee Club
• Time: 5:30 AM sharp

🌺 Why This Hike?
This hike is all about celebrating Laligurash — learning its importance, enjoying its natural beauty, and spreading awareness to protect it for generations to come.

🎒 What to Bring
Water bottle, umbrella/raincoat, light snacks, and comfortable hiking shoes & clothing.

📞 Contact Persons
Kamal: 9842712754
Sawroz: 9845297957
Milan Dhakal: 9845295726

💳 eSewa Payment: 9845295726
(Please mention “Hetauda Hikers” in remarks)

Let’s walk together, admire Laligurash together, and protect nature together 🌿🌺

Photos from Hetauda Hikers's post 12/04/2026

हेटौँडा हाइकर्सको बसन्त हाइक—झरनाको मधुर स्वर र वसन्तको मुस्कानबीच, हामीले जीवनलाई अझ नजिकबाट महसुस गर्यौँ। हाइकर्सहरूसँगको आत्मीय भेटघाट, ख्याल-ठट्टा र गफगाफले यात्रालाई अझ रमाइलो बनायो। वसन्तको जादुमय स्पर्शले प्रकृतिमा फेरिएका रङ्गहरूले मनलाई गहिरोसम्म छोयो र हामीलाई मोहित बनायो।
मनहरी आमा घरदेखि राक्सिराङको जलपरी झरनासम्मको यात्रामा, प्रकृतिको काखमा रमाउँदै बितेका ती सुन्दर क्षणहरूलाई क्यामेरामा कैद गर्ने सानो प्रयास गर्यौँ।
यो यात्रा साँच्चै अविस्मरणीय बन्यो।
आशा छ, आगामी हाइकमा पनि तपाईंहरू सबैको साथ रहनेछ।

29/03/2026

🌿 Spring Hike Announcement – Hetauda Hikers 🌿
हरेक दिनको दौडधुप, कामको चाप र थकानबीच मन कतै हराएको जस्तो लाग्छ?
आउनुहोस्, यस वसन्तमा प्रकृतिको काखमा केही शान्त क्षण बिताऔँ…
यहि शनिबार चैत्र २१ गते Hetauda Hikers ले आयोजना गर्न लागेको वसन्त पदयात्रा – जलपरी झरना (राक्सिराङ, मकवानपुर) को दर्ता फारम खुलिसकेको छ।
घना हरियाली वन हुँदै शान्त बाटो, प्रकृतिको मधुर स्वरमा संगत गर्ने हावाको स्पर्श, र अन्त्यमा झरनाको अनुपम सौन्दर्य— जहाँ पुग्दा मन आफैँ हलुङ्गो भई जीवन पुनः ताजा हुन्छ।

किन सहभागी हुने?
• शरीरलाई स्वस्थ र सक्रिय बनाउने अवसर
• मनको तनाव हटाई नयाँ ऊर्जा प्राप्त गर्ने
• प्रकृतिको सौन्दर्यसँग नजिक हुने अनुभूति
• नयाँ साथी र सम्झनाहरू बनाउने अवसर
• व्यस्त जीवनबाट केही क्षण शान्ति र आनन्दको खोजी
यो वसन्त, केवल ऋतु होइन—नयाँ उत्साह, नयाँ ऊर्जा र नयाँ यात्राको सुरुवात हो। 🌼

📢 दर्ता खुला भइसकेको छ!
सीमित सिट भएकाले छिट्टै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

यो पदयात्रामा 50 जना को लागि मात्र सिट रहेको छ, Google form र esewa payment छिटो भर्नेलाई पहिलो प्राथमिकता दिइने छ ।

Form link : https://forms.gle/WPAc8SNacZ5DrX9J6

Register : ( compulsory to reserve your seat )
शुल्क : रु . १००

पदयात्री ले पदयात्रा सुरु हुने स्थान Manhari (ज्यामिरे) सम्म आफ्नो साधन को व्यबस्था आफै गर्नु पर्ने छ

Esewa account : 9845295726
जम्मा हुने स्थान : Infront of Dhakal Dhawa, Bhutandevi School gate.
समय : बिहान 5:30 बजे, चैत्र २१ गते, शनिबार

Contact person :
Sawroz : 9845297957
Milan Dhakal : 9845295726
Pradeep Kumar Rai: 9845782819

Photos from Hetauda Hikers's post 23/09/2025

त्रिखण्डी डाडाको हाइक साँच्चै यादगार रह्यो!

२–३ घण्टा ट्रेल्समा हिँड्दा हामीले केवल पदयात्रा गरेनौं—साथीहरूसँग हाँसो, रमाइलो, र स-साना क्षणहरू सँगै बाँड्दै हामीले आफूलाई साँच्चिकै फ्रेश महसुस गर्‍यौं।

कसैले चढाइमा हाँस्दै ढल्कियो , कसैले साथीको लागि पानी बाँड्यो । छोटो ब्रेकमा सबैले सँगै बसेर खाजा खायौं , रमाइला फोटो खिच्यौं , अनि अनौठो गफले यात्रा अझ मजेदार बनायो।

यात्रा मा मकवानपुरको हरियाली र पहाडको सुन्दरता अनुभव गर्दा, हामीले शरीर मात्र होइन, मन पनि हल्का महसुस गर्‍यौं। यस हाइकले हामीलाई “refresh button” जस्तो महसुस भयो—बिगतका राजनीतिक तनाव, Gen Z आन्दोलन र अन्य तनावपूर्ण कुरा भुलेर, नयाँ ऊर्जा र सकारात्मकता लिएर फर्क्यौं।

यस्तो अनुभवले सम्झाउँछ—हाइक केवल शारीरिक अभ्यास होइन, साथीहरूको साथमा रमाइलो क्षण सँगाल्ने, मनलाई फ्रेश बनाउने, र जीवनलाई हल्का महसुस गराउने उत्तम तरिका हो।

16/09/2025

जाने होइन त त्रिखण्डी डाडा

बिगत केहि दिन देखि देश को परिस्थिति हामी सबै जना मा एक प्रकार को नैराश्त्ता पक्कै भएको होला ? अब आफु लाइ फ्रेश बनाउन रेगुलर लाइफ मा फर्कन सहयोग गर्न के गर्ने ?

हाइक जाने

घुम्ने, घुमाउने क्रम लाई जारि राख्दै यसपाली हामि ले त्रिखण्डी डाडा को पद यात्रा चुनेको छौ, जुन सुन्दर त छदै छ, आत्मीय र मनमोहक नि छ, यो पदयात्रा 2- 3 घण्टा को हुने छ, यात्रा को दौरान तपाई ले मकवानपुर को सुन्दरता महसुस गर्दै सफा हावा ले फोक्सो र पदयात्री साथी हरु को मिठो मिठो गफ ले मुटु भर्न सक्नुहुनेछ |
लामिरा कफी क्लब पारिजात पथ मा जम्मा हुदै हामी टौबास सम्म आफ्नो आफ्नो सवारी साधन मा जाने छौ, अनि पदयात्रा सुरु भइ त्रिखण्डी डाडा मा सकिने छ |

ल है त पदयात्रा गर्दा आफु लाइ चाहिन सक्ने रेनकोट, छाता, पानि, केहि खाने कुरा र अन्य सामग्री सहित आफु लाई हिड्न सजिलो हुने जुत्ता र मौसम सुहाउदो लुगा र टन्नै रमाइलो गर्ने मुड लिएर आउनु होला |

यो पदयात्रा मा 50 जना को लागि मात्र सिट रहेको छ, Google form र e sewa payment छिटो भर्ने पहिलो प्राथमिकता दिइने छ

Register : ( compulsory to reserve your seat )
शुल्क : NRS 100
हाइकिङ्ग सुरु हुने ठाउ सम्म पुग्न को लागि आफ्नो सवारी को व्यबस्था आफै गर्नु पर्ने छ
Esewa account : 9845295726
जम्मा हुने स्थान : लामिरा कफी क्लब, पारिजात पथ
समय : बिहान 5:30 असोज 4 गते 2082

form link : https://forms.gle/vVj8kvhpByzTe6cj9

Photos from Hetauda Hikers's post 17/06/2025

What a day. What a journey. What a feeling.

From the moment the sun kissed the horizon and we gathered, sleepy-eyed but excited, we knew this wasn’t just another Saturday—it was an escape, an adventure, a memory in the making.

With every step, the city noise faded and nature’s whisper grew louder.
The trail was tough, the sun was strong, and our legs screamed halfway—but our hearts? They were full. Full of laughter, full of connection, and full of those quiet moments where you realize: this is what being alive feels like.

We shared stories. We shared water. We shared silence that somehow said more than words ever could.

When we reached the top—wind in our hair, views stretching far beyond what words can capture—it didn’t feel like we had just reached a destination. It felt like we found a part of ourselves we’d forgotten. That wild, free, limitless part.

We danced. We sat on the edge of cliffs. We smiled for pictures. But more than anything, we soaked in the now.

To everyone who made this day beautiful—thank you.
To the mountains, for grounding us—thank you.
To the version of us that keeps showing up, step after step—thank you.

Until next time, let’s keep walking, keep wandering, and keep choosing the path that leads us back to ourselves.

09/06/2025

जाने होइन त ओखरे डाडा ?

घुम्ने घुमाउने क्रम लाई जारि राख्दै यसपाली हामि ले ओखरे डाडा को पद यात्रा चुनेको छौ, जुन सुन्दर त छदै छ, आत्मीय र मनमोहक नि छ, यो पदयात्रा ३- ४ घण्टा को हुने छ, यात्रा को दौरान तपाई ले मकवानपुर को सुन्दरता महसुस गर्दै सफा हावा ले फोक्सो र पदयात्री साथी हरु को मिठो मिठो गफ ले मुटु भर्न सक्नुहुनेछ |

लामिरा कफी क्लब पारिजात पथ मा जम्मा हुदै हामी बाघझोरा हुदै २० मिनेट माथि सम्म आफ्नो आफ्नो सवारी साधन मा जाने छौ, अनि पदयात्रा सुरु भइ ओखरे डाडा मा सकिने छ |

ल है त पदयात्रा गर्दा आफु लाइ चाहिन सक्ने रेनकोट, छाता, पानि, केहि खाने कुरा र अन्य सामग्री सहित आफु लाई हिड्न सजिलो हुने जुत्ता र मौसम सुहाउदो लुगा र टन्नै रमाइलो गर्ने मुड लिएर आउनु होला |

यो पदयात्रा मा 50 जना को लागि मात्र सिट रहेको छ, Google form र e sewa payment छिटो भर्ने पहिलो प्राथमिकता दिइने छ
Register : ( compulsory to reserve your seat )
शुल्क : NRS 100

हाइकिङ्ग सुरु हुने ठाउ सम्म पुग्न को लागि आफ्नो सवारी को व्यबस्था आफै गर्नु पर्ने छ

Esewa account : 9845295726
जम्मा हुने स्थान : लामिरा कफी क्लब, पारिजात पथ
समय : बिहान 5:30 जेष्ठ 31 गते 2082

Registration link : https://forms.gle/xevQYcbqGPYsNpTL7

Chhatre Dada / छत्रे डाँडा–नयाँ गन्तब्य (With Hetauda Hikers Ep-3) 10/04/2025

Hetauda Hikers को छत्रेडाँडा पाथिभरा हाइकिङ लाइ जिवन्त तरिका ले कैद गर्नु भएको मा हाइकर लागि Rajan Katuwal लाइ धन्यवाद ।

घुम्नुस् है घुम्नुस्,
मकवानपुर साँच्चै रमाइलो छ ...

Chhatre Dada / छत्रे डाँडा–नयाँ गन्तब्य (With Hetauda Hikers Ep-3) वसन्त ऋतुको आगमन अनि बढ्दै गरेको गर्मी । हामी पनि के कम लाग्यौं गुराँस हेर्न, डाँडा पाखा चहार्न अनि व्यस्त शहरबाट .....

Want your organization to be the top-listed Non Profit Organization in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Hetauda
Hetauda