Beebas Limbu
Driven by a passion, be inspired yourself and let them overcome the challenges to you and achieve your dreams.
We can turn obstacles into opportunities and create a brighter future! मानवता नै संसारको पहिलो र अपरिहार्य धर्म हो !!
धर्मको नाममा मानव समाजलाइ पुनः ढुंगेयुग तर्फ धकेल्न खोजिंछ भने,
त्यो कुरा म बाट कदापि स्वीकार्य हुनेछैन ।
(बिवस मादेन लिम्बु)
27/01/2026
के नेपाली जेन्जी युवाले चाहेको योहि हो त ?🤔
11/01/2026
इन्डियन आइडलका विजेता प्रशान्त तामाङको आकस्मिक निधनको खबरले मन गहिरो रूपमा स्तब्ध बनाएको छ।
हिजो मात्रै प्रेरणाको स्वर बनेका उनी आज सम्झनामा सीमित हुनु जीवनको कठोर यथार्थ हो। सफलता, प्रसिद्धि र सपनाहरू सबै क्षणिक रहेछन् भन्ने बोध आज अझ गहिरो भएको छ।
हामी दौडिरहन्छौँ, नाम, दाम र पहिचानको पछि ! तर जीवन कहिले रोकिन्छ थाहा हुँदैन। मृत्युले सबैलाई समान बनाउँछ, न त उमेर हेर्छ, न त हैसियत।
आजको यो क्षणले मलाई सिकायो, बाँचुन्जेल प्रेम गरौँ, क्षमा गरौँ, र जीवनलाई अर्थपूर्ण बनाऔँ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। 🙏
काठमाडौ इमाडोलको भाटभाटेनी अपोजिटमा नयाँ भब्य फुट्सल बन्दै छ ।
सबैजनालाई अग्रिम स्वागत छ ।🙏
28/12/2025
रबि लामेछने र बालेन शाह बिच भएको सहमतीले देशलाई निकास देला त ?
28/12/2025
Good morning
❤️❤️
27/12/2025
हर्कवाद आयो है !😍✍️
26/12/2025
Great work: बाँके जिल्ला ट्राफिक प्रहरीले "सवारी चलाउदा चालकको ध्यान सवारी साधनहरुमा लेखिएका अस्वभाविक शब्दहरुमा गई दुर्घटना हुनसक्ने" भन्दै त्यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिई हटाउन लगाई कारबाही गरेको छ । 🙏
Pic. From Banke traffic police 🙏
25/12/2025
स्तम्भ लेखक तथा राजनितिक बिश्लेसक दिल निसानी मगर ज्युको यो लेख चित्त बुज्दो लाग्यो । 🙏
प्रचण्डको माग अनुसार नेपालमा पहिलो पटक समानुपातिक व्यवस्था ल्याइँदा उनको निकै खोइरो खनियो। तर जसले त्यतिबेला समानुपातिक प्रतिनिधित्वको विरोध गर्थे, आज तिनैले समानुपातिक सूचीमा आफ्नो नाम घुसाइसकेका छन्। नेपाली सेनाको लोकतान्त्रिकरण गरौँ, यो सलामी र मलामी बाहेक अरु गर्न नजानेको सेनाले काम दिँदैन भनेर प्रचण्डले २० वर्षअघि नै भनेका थिए। त्यतिबेला प्रचण्डलाई देशद्रोही भन्नेहरू आज आएर नेपाली सेनाले सिंहदरबार जोगाउन सकेन भन्दै डाँको छाडेर रुवाबासी गरिरहेका छन्।हर्क साम्पाङको श्रमदान प्रशंसनीय छ, तर यो श्रमदान शब्दको आविष्कारक हर्क साम्पाङ होइनन्। सशस्त्र संघर्षको समयमा नै प्रचण्डले श्रमदान अभियान चलाएका थिए। समाजमा गलत काम गर्नेहरूलाई श्रम-शिविरमा राखिन्थ्यो। महिनौँसम्म बाटो खन्ने काममा लगाइन्थ्यो।
यो संसदीय व्यवस्थामा खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ, सत्ताको खेल मात्रै हुने एकथान चुनावले देशलाई निकास दिँदैन, त्यसैले प्रत्यक्ष कार्यकारीको निर्वाचन गरौँ भनेर पहिलो संविधानसभामा प्रस्ताव लैजाने मान्छे पनि प्रचण्ड नै थिए। त्यतिबेला प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर खुब हाँसोको पात्र बनाइयो। तर आज कलिला जेनजी भाइ–बहिनीहरू समेत प्रत्यक्ष कार्यकारीको चुनाव चाहियो भन्दैछन् । सिस्टम चेन्जको लागी भन्दै रगत बगाएका छन्। न्यायलयमा राजनीतिकरण भएको छ, न्यायालयको पुनर्संरचना गरौँ भनेर सबैभन्दा पहिला आवाज उठाउने प्रचण्ड नै हुन्, तर त्यतिबेला जंगलीले संविधान हातमा लिन खोज्यो भन्दै अपमान गरियो। आज एउटा रवि लामिछानेले अदालतबाट भोग्नु परेको अन्यायपूर्ण व्यवहार देखेर सबैजना आजित भइसकेका छन्। विगतमा पनि यस्ता हजारौँ, हजार रवि लामिछाने हरुलाई अदालतले निकै दुख दिने गरेको थियो। अन्यायमा परेका जनता लाई न्याय दिन प्रचण्डले जन- अदालत नै गठन गर्नु परेको थियो।
आज मान्छेहरू आफूलाई मन लागेको बोलेका छन्, लेखेका छन्, अभियन्ताको नाममा सिधै अख्तियारमा गएर फलनालाई पक्राउ गर भन्दै टेबुल ठटाएका छन्। किसानको छोराछोरी सँग यस्तो आँट राजाको पालामा थिएन, राणाको पालामा थिएन, पञ्चायतको पालामा थिएन, बहुदलको पालामा पनि थिएन। केवल प्रचण्डले विकसित गरेको गणतान्त्रिक पालामा मात्रै जनताको आक्रोसले स्थान पाएको छ। केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरायो, जनताको वाक् स्वतन्त्रता हनन गरिदियो। जेनजीले आफ्नो अधिकार शान्तिपूर्वक मागेको थियो, तर पाएनन्। त्यसपछि केपी ओलीलाई हेलिकप्टरमा भगाएर आफ्नो अधिकार खोसेर ल्याए। अधिकार मागेर होइन, खोसेर ल्याउनुपर्छ भनेर प्रचण्डले नै जनतालाई सिकाएको कुरा हो।
रवि भन्नुहोस्, बालेन भन्नुहोस् वा हर्क भन्नुहोस्, यिनीहरूले विकास र रोजगारीको मिठो भाषण गर्छन्, तर यिनीहरूले प्रचण्डले जस्तो हेपिएका, दबिएका, थिचिएका भुईँमान्छे हरुको न्याय, समानता र अधिकारका निम्ति कुनै आन्दोलन गर्नु परेको छैन। सहर, बजारमा देखा परेका थरी, थरीका स्टन्टबाजहरूको कारण यतिबेला प्रचण्डको राजनीतिक पोजिसन केही ओझोलमा परे जस्तो देखिएको होला तर जसरी बाजागाजा नबजाएर पनि मयूर प्वाँख फिजाएर नाच्छ, त्यसरी नै देश यतिबेला स्लो पोजिसनमा प्रचण्डको विचारमा नाचिरहेको छ।
[मनमा लागेको कुरा]
Click here to claim your Sponsored Listing.
Our Story
Dear supporters & followers! Welcome to our Entertaining page.
Our passion is to Entertain you by being up to date here by posting the latest HD Entertaining Movies, Videos, Singing, Dancing, and Music videos as well.
So please do not forget to give us the feedback after watching our post on this page.
And it will be our great owner if you help us by liking our page and comment share as well.