Real Analysis-tej
एक सभ्य समाजको निर्माण गर्ने सबै अठोट गरौ
28/12/2021
17/09/2021
बिभेदको विरुद्ध लडाइँ बाकी छ!
[ ] रियल तेज
एक समुदाय छ
जो सधै आरनमा
घन बजारि रहन्छ
एक समुदाय छ
जो सधै आगनमा
गफ फकाली रहन्छ
जस्ले आरनमा घन चलायो
उस्लाई यो समाजका गफाडीहरुले
कहिले मान्छे गनेनन
जस्ले आगनमा गफ चलायो
उ सधै यो समाजको
उच्छ कोटिमा दर्ज भै रह्यो
उ भाडा बनाउछ
उनी भाडामा खान्छन
उ पानीका पाइप बनाउछ
उनी त्यो भित्र बग्ने पानी खान्छन
उ लुगा सिलाउछ
उनी लुगा लगाउछन
उ गहना बनाउछ
उनी गहना लगाउछन
उ खेत जोत्छ
उनी अगेनो जोत्छन
उ जुत्ता बनाउछ
उनी जुत्ता लगाउछन
उ बिना उनी अधुरो अपुरो निअस्त्र निर्वस्त्र छन
उनी बिना उ कहिले अधुरो छैन अपुरो छैन
उ सधै उ नै रहि रह्यो
उनी उहाँ हजुर हुँदै जि सम्म पुगे
उस्ले समाजका सिमा रेखा
जोगाइ रहन पर्ने
उनी सिमाना पार गरिरहने
यो कहिले सम्म चल्छ?
ए सिल्पी समुदायका मान्छे हो
के तपाईहरुलाई यो समाजले
सधै घोडा नै बनाइ राखेको सैह्य छ?
आउनुहोस् हात मिलाउनुपर्छ
त्यो आरनामा बजारिने घन
यो समाजको टाउको ठिक मध्य भागमा बजारौ
खोइ कित्ता काट भए पछि
कसरी चल्दो रहेछ
दमनको अगेनो
शोषणको भोजन
कसरी नढल्दो रहेछ
अत्याचारको पर्खाल
दमनकोको परिधी?
कपडा सिलाउने मेसिनले
सिलाइदिउ थिचोमिचोका मुखहरु
फरुवा सब्बल बाउसाहरुले
पुरिदिउ बिभेदको गिद्दिहरु!!
एक चोटि सम्झिनुस
यति बेला सिङ्गो बस्ती
बिस्वकर्मा पुजा गरिरहेका छन
तिम्रै हात बाट श्रिङ्गारियका वस्तुको
तर बस्तु पुज्ने पुजारिहरु
मान्छेलाई किन कहिले मान्छे गन्दैनन?
2078-06-01
एक दिन एउटा स्कूल टिचर ले बोर्डमा लेखे;
9×1=7
9×2=18
9×3=27
9×4=36
9×5=45
9×6=54
9×7=63
9×8=72
9×9=81
9×10=90
जब उनले पूरा लेखेर सके, उनले विद्यार्थी तिर हेरे र देखे कि सबै विद्यार्थी उनले लेखेको देखेर हाँसी रहेका थिए | किनकी प्रथम गुणांक गलत थियो |
त्यसपछी शिक्षकले भने कि,
"मैले पहिलो गुणांक जानेरै गलत लेखेको हु, किनकी म आज तिमीहरुलाई एउटा महत्वपुर्ण कुरा सिकाउदै छु |"
म चाहन्छु कि संसारमा तिमीहरु माथी कस्तो व्यवहार हुन्छ त्यो तिमीहरुलाई थाह लागोस | तिमीहरुले देखिराछौ, मैले "९ पटक" सहि लेखेको छु तर यसको लागी कसैले बधाई दिएनन् तर मेरो एक गल्तीमा सबै हास्यौ र मेरो मजाक उडायौ |
- "तात्पर्य"...:
यस संसारमा तिमी हजार पटक राम्रो काम गर तर त्यसको तारिफ हुदैन तर एक पटक पनि गल्ती गर्यौ भने आलोचना "उपहास" अबस्य हुन्छ...
तर यसबाट तपाईलाई हताश वा निराश हुनु आबश्यकता छैन, सदैब उपहास र आलोचना बाट माथी उठेर मजबुत बन्नुहोस् ।
31/03/2021
do u love nature
Click here to claim your Sponsored Listing.