Neon Multispeciality Center
Your One-Stop Neon Multispeciality Center
Pharmacy | Eye Care | Clinic | Lab | Skin | Dental
रोल्पादेखि बुटवल आउनुभएको बिरामि कानको अप्रेशन पछि खुसि बिरामि।Santosh Basnet
PRP for Hair Growth.
घुँडाको लामो समयदेखिको दुखाइले समस्या दिएपछि एक जना बिरामि Chitwan बाट उपचारको खोजी गर्दै Neon Multispeciality Center मा आउनु भएको थियो, उँहाको PRP Therapy द्वारा उपचार गरियो।
कोलोरेक्टल क्यान्सर भनेको ठूलो आन्द्रा (Colon) वा मलद्वार (Re**um) मा हुने क्यान्सर हो। यो प्रायः सानो पोलिप (Polyp) बाट सुरु हुन्छ र समयमै जाँच नगरेमा बिस्तारै क्यान्सरमा परिणत हुन सक्छ।
🔹 लक्षणहरू:
• लामो समयसम्म कब्जियत वा पखाला हुने
• दिसामा रगत देखिनु
• पेट दुख्नु वा फुल्नु
• अचानक तौल घट्नु
• अत्यधिक थकान महसुस हुनु
🔹 जोखिम बढाउने कारणहरू:
• 50 वर्ष भन्दा माथिको उमेर
• धूम्रपान र मदिरा सेवन
• अत्यधिक बोसोयुक्त खाना
• शारीरिक व्यायामको कमी
• परिवारमा क्यान्सरको इतिहास हुनु
🔹 रोकथाम र सावधानी:
✔ नियमित स्वास्थ्य परीक्षण गर्नु
✔ सन्तुलित आहार र फलफूल-तरकारी बढी खानु
✔ नियमित व्यायाम गर्नु
✔ कुनै पनि असामान्य लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनु
👉 सन्देश:
रगतबाट गरिने विभिन्न परीक्षण तथा अन्य स्क्रिनिङले धेरै रोगहरू जस्तै कोलोरेक्टल क्यान्सरलाई पनि समयमै पहिचान गर्न मद्दत गर्छ। समयमै जाँच गरौँ, स्वास्थ्य सुरक्षित राखौँ।
Removing unwanted hair.
Sebaceous cyst
सेबेसियस सिस्ट भनेको के हो?
सेबेसियस सिस्ट छालामुनि बन्ने सानो गाँठो (गाठो) हो जसमा तेलजस्तो पदार्थ (sebum) वा केराटिन जम्मा हुन्छ। यो प्रायः हानिरहित (benign) हुन्छ र बिस्तारै बढ्दै जान्छ।
कहाँ बढी देखिन्छ?
टाउको
अनुहार
घाँटी
ढाड
छाती
कान पछाडि
लक्षणहरू:
छालामुनि गोलो र नरम गाँठो महसुस हुनु
बिस्तारै ठूलो हुँदै जानु
प्रायः दुख्दैन
थिच्दा सेतो वा पहेंलो पदार्थ निस्कन सक्छ
संक्रमण भएमा रातो, दुख्ने र सुन्निने हुन सक्छ
किन हुन्छ?
तेल ग्रन्थी (sebaceous gland) बन्द हुँदा
कपालको जरामा समस्या हुँदा
चोटपटक पछि
कहिलेकाहीँ कारण थाहा नहुन सक्छ
खतरनाक हुन्छ कि हुँदैन?
अधिकांश सेबेसियस सिस्ट खतरनाक हुँदैन। तर:
छिटो बढेमा
धेरै दुखेमा
बारम्बार पाकेमा
डाक्टरलाई देखाउनुपर्छ।
उपचार:
सानो र समस्या नदिने सिस्टलाई उपचार नगरी पनि राख्न सकिन्छ
संक्रमण भएमा औषधि दिइन्छ
पूर्ण निको पार्न सानो शल्यक्रिया गरेर निकालिन्छ
के नगर्ने? ⚠️
आफै फुटाउन नखोज्ने
सुईले घोच्ने नगर्ने
थिच्ने नगर्ने
कहिले डाक्टरलाई देखाउने? 👩⚕️
गाँठो अचानक ठूलो भएमा
दुखाइ भएमा
रातो वा पाकेमा
बारम्बार दोहोरिएमा!
होली रमाइलो पर्व हो तर स्वास्थ्यमा पनि ध्यान दिनु जरुरी छ। यस अवसरमा केही सानो सतर्कता र सुझावहरू:
✅ छालालाई जोगाउन तेल वा मोइस्चराइजर लगाएर मात्र रंग खेल्नुहोस्।
✅ आँखा र मुखमा रंग नपार्न ध्यान दिनुहोस्।
✅ सकेसम्म अर्गानिक र सुरक्षित रंगको प्रयोग गर्नुहोस्।
✅ अत्यधिक मदिरा सेवन नगर्नुहोस्।
✅ कुनै एलर्जी, जलन वा समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
🎉 रमाइलोसँगै स्वास्थ्य पनि सुरक्षित राखौं।
Happy & Safe Holi!
Neon Multispeciality Center Pvt.Ltd
21/02/2026
Neon Multispeciality Center परिवारको तर्फबाट मनोरोग बिशेषज्ञ डा. सजिता पौडेल र जनरल फिजिसियन डा. सन्तोष घिमिरेलाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना, तपाईंहरू दुवैको नयाँ जीवनयात्रा प्रेम, विश्वास, समझदारी र सफलताले सधैं भरिपूर्ण रहोस्।
सुख, शान्ति र समृद्धिले भरिएको दीर्घ दाम्पत्य जीवनको कामना गर्दछौं।
PRP लगाउन पोखराबाट बुटवल नियोन मल्टिस्पेसियलिटि सेन्टरमा।
20/02/2026
MD (Dermatology) मा टप र्याङ्क हासिल गर्दै Gold Medalist बन्न सफल तथा Prof. Anil Sadhana Award – Academic Excellence in Dermatology द्वारा सम्मानित हुनुभएकोमा Dr. Asmita Acharya लाई Neon Multispeciality Center परिवारको तर्फबाट हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछौं।
यस ऐतिहासिक उपलब्धिले भविष्यका दिनहरू अझ उज्ज्वल र प्रेरणादायी बनाओस् भन्ने शुभकामना ब्यक्त गर्दछौ।
🔎 Functional Dyspepsia के हो?
यो पेटको पाचन प्रणालीसँग सम्बन्धित समस्या हो जसमा पेट दुख्ने, भारी हुने, पोल्ने, छिट्टै पेट भरिने जस्ता लक्षण देखिन्छन् तर एन्डोस्कोपी वा अन्य परीक्षणमा ठूला संरचनात्मक समस्या देखिँदैन।
⚠️ मुख्य लक्षणहरू:
पेटको माथिल्लो भागमा दुखाइ वा पोल्ने
खाना खाएपछि धेरै भारी महसुस हुनु
थोरै खाँदा नै पेट भरिएको जस्तो हुनु
वान्ता जस्तो लाग्नु
ग्यास, डकार धेरै आउनु
🧠 कारणहरू:
पेटको गतिशीलता (motility) कमजोर हुनु
अत्यधिक एसिड उत्पादन
तनाव र चिन्ता
अनियमित खानपान
कहिलेकाहीँ Helicobacter pylori संक्रमण
🩺 कसरी पत्ता लगाइन्छ?
लक्षणको आधारमा
रगत जाँच, अल्ट्रासाउन्ड
आवश्यक परेमा एन्डोस्कोपी
अन्य गम्भीर रोग नभएको पुष्टि भएपछि Functional Dyspepsia भनेर निष्कर्ष निकालिन्छ।
💊 उपचार:
एसिड कम गर्ने औषधि (PPI, Antacid)
पाचन सुधार गर्ने औषधि
तनाव व्यवस्थापन
सानो–सानो मात्रामा बारम्बार खाना
मसलेदार, धेरै तेलिलो खाना कम गर्नु
🍎 जीवनशैली सुझाव:
समयमै खाना खाने
धूम्रपान र मदिरा त्याग्ने
पर्याप्त पानी पिउने
नियमित व्यायाम गर्ने
तनाव कम गर्ने प्रयास गर्ने
यदि लामो समयसम्म पेट दुखाइ, तौल घट्नु, बान्तामा रगत देखिनु वा खाना ननिलिनु जस्ता गम्भीर लक्षण देखिए तुरुन्तै चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।
“Neon Multispeciality Center मा घुँडाको दुखाइको उपचार स्वरूप PRP को दोस्रो dose लिँदै गर्नुभएका बिरामीसँग अहिले हाम्रो Dr. Samrat Parajuli ले प्रत्यक्ष review लिँदै हुनुहुन्छ।
पहिलो dose पछि दुखाइ कत्तिको कम भयो? हिँडडुलमा कस्तो सुधार आयो? सिँढी चढ्दा–ओर्लिँदा सहज भयो कि भएन? — यस्ता सबै पक्षहरूको मूल्यांकन गरिँदै छ।
@डा. सम्राट पराजुली
PRP अर्थात Platelet Rich Plasma उपचार आफ्नै रगतबाट तयार गरिने आधुनिक र सुरक्षित विधि हो, जसले घुँडाको जोर्नीमा भएका समस्या र सुजन कम गर्न तथा टिस्यु पुनःनिर्माणमा सहयोग पुर्याउँछ।
यदि तपाईं पनि लामो समयदेखि घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने, विशेषज्ञसँग परामर्शका लागि एकपटक Neon Multispeciality Center अवश्य आउनुहोस्।
स्वस्थ जोर्नी, सहज जीवन — Neon Multispeciality Center।”
Click here to claim your Sponsored Listing.
Website
Address
Butwal
32900
Opening Hours
| Monday | 06:00 - 10:00 |
| Tuesday | 06:00 - 10:00 |
| Wednesday | 06:00 - 22:00 |
| Thursday | 06:00 - 22:00 |
| Friday | 06:00 - 22:00 |
| Saturday | 06:00 - 22:00 |
| Sunday | 06:00 - 22:00 |