Kp Flow

Kp Flow

Share

*जीवन बीमाको बारे मा जानकारी गराउने ।
*सामाजिक चेतना गराउने
*मनोरञ्जनात्मक गराउने

14/02/2026

पहिला विनाश, अनि विकास—
यो कस्तो राजनीति हो, मैले अझै बुझ्न सकिनँ।

आवेग र रिसमा गरिएका निर्णय
कसैको हितमा हुँदैनन्,
क्षणिक ताली पाइएला,
तर दीर्घकालीन असर घातक हुन्छ।

राजनीति सोच र धैर्यको मैदान हो,
यहाँ हतार र उत्तेजनाले होइन—
विवेक, जिम्मेवारी र दूरदृष्टिले निर्णय लिनुपर्छ।

आज भत्काउने,
भोलि आफैँ आएर राहत दिने,
र फेरि जनताको नायक बन्ने—
यो कस्तो खेल हो?

जनताको पीडामा राजनीति गर्ने होइन,
जनताको भविष्यमा भरोसा दिनु नेतृत्व हो।

याद गरौँ—
राजनीति फोहोर खेल होइन,
हामीले त्यसलाई फोहोर बनाएका हौँ।
बदल्न सकिन्छ,
तर आवेगले होइन—
बिचार, धैर्य र इमानदारीले मात्र।

10/02/2026

join Please

10/02/2026

गेम सुरु भयो ok लेख्नुहोस ok लेखेको साथिलाइ follow गर्नुहोस ।आज 1000 follower बढाउनुहोस्।

10/02/2026

तपाइले गालि गर्ने ब्यक्ति साचि कै गलत छ ? उस्को बारे बुझेर गालि गर्नु भएको कि अरु ले गरेको देखेर तपाइ गर्नु भएको एक पट्क आफुलाइ यो प्रसन गरेर जवाफ कमेन्ट्मा पिलिज

Photos from Kp Flow 's post 08/02/2026

जहॉं जितको भन्दा धेरै हारको चर्चा र प्रशंसा हुन्छ नि त्यो नै हाम्रो ठुलो उपलब्धि हो !
आज फेरि १ पटक देश नेपाल र नेपालीको क्रिकेट विश्व ले हेर्यौ र हाम्रो नाम सधै सम्झिने छन् ! ❤️नेपाल , नेपाल🙏❤️

07/02/2026
05/09/2025

युवाको लगानी र विफलता: नेपालमा व्यवसायिक चुनौती

नेपाल स्वतन्त्र पहिचान बोकेको मुलुक हो। तर छिमेकी राष्ट्रहरू दिन प्रतिदिन सम्पन्न हुँदै गर्दा हाम्रो देश भने अझै पनि राजनीतिक अस्थिरता, कमजोर प्रशासनिक क्षमता र जिम्मेवारीहीनताका कारण पछाडि परिरहेको छ। सरकारी वा निजी दुवै संस्थामा कार्य सम्पादनको स्तर अपेक्षित छैन। यिनै कारणले गर्दा आज हजारौं युवा रोजगारी र सुरक्षित भविष्यको खोजीमा विदेशिन बाध्य भएका छन्।

यद्यपि, कतिपय युवाले विदेशमा सिकेका सीप र संचित पुँजी लिएर आफ्नो देशमै केही गर्ने, उद्यमी बन्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ फर्कने निर्णय लिन्छन्। उनीहरूको चाहना प्रशंसनीय भए पनि धेरैजसो उद्यमहरू २–३ महिना वा १–२ वर्षमै धराशायी हुन्छन्। अन्ततः उनीहरू पुनः विदेशिन बाध्य हुन्छन्। प्रश्न उठ्छ—किन असफल हुन्छन् त यी लगानी?

प्रमुख कारणहरू

१. विदेशी मोडल, नेपाली सन्दर्भमा असफलता
विदेशमा देखिएको व्यवसायिक मोडललाई जस्ताको तस्तै नेपालमा लागू गर्दा सफलता नआउनु स्वाभाविक हो। किनभने त्यहाँको बजार संरचना, उपभोक्ता व्यवहार र जीवनशैली नेपालसँग मेल खान्न।

२. प्रणालीगत अन्तर
विदेशी शहरहरू व्यवस्थित, अनुशासित र नियमनमा आधारित हुन्छन्। त्यहाँ ग्राहकको पहुँच, सुविधा र आवश्यकता अनुसार व्यवसाय फस्टाउँछ। तर नेपालमा अव्यवस्थित शहरीकरण, अनौपचारिक बजार र नियमनको अभावले व्यवसायलाई चुनौती दिन्छ।

३. बजार अध्ययनको कमी
व्यवसाय सुरु गर्नुअघि ग्राहक पहिचान, बजार माग र प्रतिस्पर्धाको मूल्याङ्कन नगरी सिधै लगानी गर्नु विफलताको प्रमुख कारण हो। उपयुक्त स्थान, सही ग्राहक वर्ग र मागको पहिचान नगरे व्यवसाय टिक्न कठिन हुन्छ।

४. सामाजिक गतिविधिमा बढी समय खर्च
व्यवसाय सुरुवातमै निरन्तरता, लगनशीलता र अनुशासन अपरिहार्य हुन्छ। तर कतिपय उद्यमीले व्यवसायिक अनुशासन भन्दा बढी सामाजिक गतिविधिमा समय दिने गर्दा व्यवसाय कमजोर बन्न पुग्छ।

निष्कर्षमा नेपाल फर्केका युवाको लगानी असफल हुनु केवल व्यक्तिगत कमजोरीको परिणाम मात्र होइन, यो देशको प्रणालीगत कमजोरीसँग पनि गाँसिएको छ। व्यवस्थित नीतिगत सहयोग, प्रष्ट बजार अध्ययन, स्थानअनुकूल व्यवसाय छनोट र निरन्तर श्रमका साथ अघि बढेमा नेपालमै सफल उद्यमी बन्न सकिन्छ।

युवाको सीप, अनुभव र पुँजीलाई सही बाटोमा उपयोग गर्न सकेमा नेपाललाई सबल बनाउन सकिन्छ। यसरी मात्रै पुनः विदेशिनुपर्ने बाध्यता घटाउन सकिन्छ र युवाले आफ्नै भूमिमा स्थायित्वसहितको भविष्य निर्माण गर्न सक्छन्।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै 19/12/2024

Note 👏👍

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै नेपालबाट दैनिक दुई हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । धेरैजसो स्वदेशमा अवसर नपाउँदा .....

Photos from Kp Flow 's post 12/12/2024

समय मैं बुद्धि पुराए पुन जिवन पनि प्राप्त गर्न सकिन्छ , आर्थिक क्षती विरुद्ध को सुरक्षा जीवन बिमाले दिन्छ त्यसैले समय मै सुरक्षीत हुनुहोस्❤️❤️👏

यस हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मा साबधिक जीवन बीमा गर्नु भएका सैनामैना ८ निवासी बिमित ओम प्रकाश श्रेष्ठलाई Blood Cancer (Leukemia) भएकोमा तपाईंलाई शिघ्र स्वास्थ्य लाभ तथा दिर्घायू जीवनको कामना गर्दछौं साथै तपाई को घातक रोग बाफत प्रात्त हुने चेक रकम आज मिति २०८१/०४/११ गते शुक्रबार श्री हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मुर्गिया शाखा मा स्वयं बिमित ओम प्रकाश श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको छ साथै समयमा नै रकम चेक मार्फत उपलब्ध गराउनु भएकोमा सम्पूर्ण हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड परिवारलाई ह्रदय देखि नै कृतज्ञता तथा आभार ब्यक्त गर्दछौ ।

मुर्गिया शाखा
हिमालयन लाइफ इन्स्योरेन्स लिमी

Want your business to be the top-listed Finance Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Tilottama-9 Sunyanapath Rupandehi
Butwal
32903