Community Radio Journalist
Human rights and creative thinking
खानेपानी,सरसफाईमा समुदाय र चर्पीको आवश्यकता
रीमा बि.सी.
भनिन्छ स्वस्थ भएर बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो तर पनि स्वस्थ रहनका लागि मानिस आफैले पनि सजकता र सचेत अपनाउनु पर्छ त्यसका लागि हाम्रो वरपरको वातावरणलाई कसरी सफा र सन्तुलन बनाउन सकिन्छ त्यस तर्फ पनि ध्यान दिन जरुरी देखिन्छ । अझ भन्ने हो भने बातावरणलाई स्वास्थ्यको मुख्य आधारको रुपमा पनि लिन सकिन्छ । नेपालमा सरसफाइ प्रवर्धनको व्
06/06/2023
त्रिवेणी गाउँपालिका राेल्पामा महिला अधिकार तथा नेतृत्व विकास तालिममा सहजीकरण गर्दे गर्दाकाे झलक २०८० जेठ 23
05/06/2023
राेल्पा त्रिवेणी गाउँपालिकामा
21/04/2020
लकडाउनमा अनुभव साटासाट
13/03/2018
11/01/2016
ओझेलमा परेको मानसिक समस्या
नुवाकोटको पूर्वी भेगमा रहेको छहरेमा भूकम्प पीडितहरुले विवादित जस्तापाता प्रकरणमा दुई जना स्थानीयलाई काठमाडौंमा कुटपिट गरेको विरोधमा सोमबारदेखि त्रिशूली–छहरे–काठमाडौ सडक बन्द गराएका छन्। जस्तापाता विवादका सम्बन्धमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षवाट दुई जना कुटिएको विरोधमा स्थानीयवासीे दोषीमाथि कारवाहीको माग गर्दै त्रिशूली–छहरे–काठमाडौ सडक बन्द गरेका हुन् । स्थानीयवासी मधु कोइरालाले भने, 'कुटपिटमा संलग्नलाई कारबाही नभएसम्म विरोध जारी रहन्छ।' अर्थमन्त्री डा. रामशरण महतका निजी सचिव रमेशकुमार महत पक्षका कार्यकर्ताले प्रश्न सोध्नेमाथि कुटपिट गरेका थिए। महतले जस्तापाता बिक्रीका लागि काठमाडौ लैजान लागेको आरोप लगाउदै नुवाकोटका स्थानीयले शुक्रबारदेखि जस्तासहितको ट्रक नियन्त्रणमा लिएर राखेका छन्।त्यही विषयमा स्पष्ट पार्न आइतबार राजधानीमा पत्रकार सम्मेलन गरिएको थियो। भूकम्प पीडित विद्यालयलाई वितरण गर्न लगिएको जस्तापाता बिक्री गर्न खोजिएका आरोप लगाउंर्दै स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको जस्तापाता दुई सय ७० वण्डल भएको बताइए पनि नापजांच गर्दा एकसय ६९ वण्डल मात्र भएको पाइएको प्रजिअ तथा दैवी प्रकोप उद्धार समितिका अध्यक्ष निरौलाले बताए । सडक वन्द भएपछि नुवाकोटको पुर्वी क्षेत्रमा रहेका ३० भन्दा वढि गाविसका स्थानीय प्रभावित भएका छन् । शुक्रवार स्थानीयले नियन्त्रणमा लिएको एक ट्रिपर जस्तापाताको विषयमा निकै विवाद आएपछि सम्वन्धित निकायले तत्काल छानविन गरिनु पर्ने, स्थानीय कृष्ण वोहरा र शिव वोहरामाथि हातपात गर्नेलाई कारवाही गरिनुपर्ने, ट्रिपर चालकलाई अनुसन्धान गर्नु पर्ने माग गर्दे सडक मार्ग वन्द गरिएको स्थानयिले वताएका छन् । सडकमार्ग वन्द भएपछि यातायात खुलाउन र जस्तापाताको विषयमा छानविन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले अग्रसरता देखाएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले बा ३ ख ३८४४ नम्वरको ट्रिपरलाई चालकसहित जस्तापाता छानविन नभएसम्मका लागि सेनाको मैथलिस्थित तालिम केन्द्रमा राखेको छ। स्थानीय वासिन्दाले सो सडक खण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । जस्तापाता वोको ट्रिपर स्थानीयले घेरावन्दी गरेका थिए भने प्रहरीले ट्रिपर र जस्तापाताको सुरक्षा दिएर विदुर ल्याएको हो। नेपाल इन्भेष्टमेन्ट वैकले नुवाकोटको क्षेत्र नं २ अन्र्तगतको खानीगाउ, कविलास, पञ्चकन्या, भद्रुटार, चौघडा र महाकाली गाविसका विद्यालय पुर्ननिर्माणका लागि ल्याएको २ सय ७० बण्डल जस्तापाता भुकम्प पीडितहरुले नियन्त्रणमा लिएका हुन्। ३ सय बण्डल जस्ता मध्य ३० वण्डल कविलासको ठाटीभञ्याङमा राखेर भद्रुटार र महाकाली गाविसका लागी लैजादै गरेको सो ट्रिपरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
Community Radio Journalist Human rights and creative thinking
बुटवल २७ फागुन . अब विस्तारै जाडोयाम सकिएर गर्मीयाम शुरु हुँदैछ । पृथ्वी सूर्यको नजिक जाँदैछ र दिन लामा हुँदैछन् । गर्मीयाममा बहुराष्ट्रिय कम्पनीका चिसा पेयपदार्थ पिउने कुलत नेपालीमा पनि परिसकेको छ । तर, गर्मी छल्न भन्दै हामीले पिउने कोकाकोला र फेन्टा जस्ता पेयपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक भएको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
नेपालमा कोकाकोला र फेन्टा, स्प्राइट लगायतका नाममा ‘गुलियो विष’ मा बेचिँदै आएको छ र ती पेय पदार्थमा एक त बेलाबेलामा अखाद्य वस्तु फेला परिरहन्छन् । केही समयअघि मात्र पनि काठमाडौंको बौद्धमा सुरेस बज्राचार्यको कोल्ड स्टोरमा कोकाकोलाको बोतलमा लेदो भेटिएको थियो । कोकाकोलामा पत्तीका टुक्रा, आलपिन, लेदो भेटिएका खबर पत्रिकामा बारम्बार पढ्न पाइन्छ ।
विज्ञहरू भन्छन्, कोकाकोला आफैंमा मन्द विष हो । भारतमा बाबा रामदेवले कोकाकोलालाई ‘ट्वाइलेट क्लिनर’ को संज्ञा दिदै त्यस्ता पेयपदार्थ नपिउन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । उनको सल्लाह छ, “गर्मीमा कागती, नीम र बेलको सर्वत पिउनुस् । फलफूलको फ्रेस जुस पिउनुस् । दही र मही पिउनुस् । तर कोकाकोला पटक्कै नपिउनुस् ।” बाबा रामदेवले कोकाकोलामा हुने हानिकारक रसायनका कारण मानिसलाई क्यान्सरदेखि अल्सरसम्मका रोग लाग्ने विवरण नै दिएका थिए ।
भारत र नेपालका ठूला मिडियाले बहुराष्ट्रिय कम्पनीको रहरलाग्दो विज्ञापनको लोभमा कोकाकोला र फेन्टाको हानिकारक पक्षबारे जनचेतना जगाउने खालका सामग्री दिंदैनन् । विश्वका धेरै अनुसन्धाताले कोकाकोलाका बारेमा नकारात्मक रिपोर्ट दिएका छन् ।
के भन्छ अनुसन्धान ?
केही वर्षअघि हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट कोकाकोलाले मोटोपन बढाउने मात्र हैन, त्यो जीवनकै दुश्मन भएको पत्ता लागेको थियो । कोकाकोला जस्ता गुलिया हल्का पेयपदार्थ पिएकै कारण वर्षमा विश्वभर करीब पौने दुई लाख (१ लाख ८० हजार) मानिसको मृत्यु हुने गरेको छ । कोक पिएकै कारण विश्वमा हरेक वर्ष एक लाख तेत्तीस हजार मानिस मधुमेहको शिकार हुने गरेका छन् भने हरेक वर्ष ६ हजार मानिस क्यान्सरको शिकार हुने गरेका छन् । यसैगरी कोक जस्ता पदार्थ पिएकै कारण करीब ४४ हजार मानिस मुटुको रोगी भएर मर्ने गरेका छन् । सन् २०१३ को १९ मार्चमा डेली मेल युकेको रिपोर्ट अनुसार यो तथ्यांक अमेरिकन हार्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो ।
अमेरिकाको प्रतिष्ठित संस्था ‘इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभोलुशन ग्लोबल बर्डन अफ डिजिज् स्टडिज’ ले सन् २०१० मा भारतमा गरेको अनुसन्धानपछि के पाइयो भने भारतमा त्यस वर्ष ९५ हजार ४२७ जनाको मृत्युको एउटा ठूलो कारण कोकाकोला र फेन्टा जस्ता हल्का पेय नै रहेछ । त्यसरी मृत्यु हुनेहरूको संख्या सन् १९९० को तुलनामा २० वर्षमा १६१ प्रतिशतले बढेको रहेछ । सो रिपोर्टका अनुसार भारतमा कोकाकोला पिउनेहरूमध्ये ७८ हजार १७ जना मानिस मुटुको बिमारबाट मरे । ११ हजार ३१४ मानिस मधुमेहका कारण मरे ।
भारतको अर्को उदाहरण लिऊँ । छत्तीसगढस्थित दुर्ग, राजनन्दन गाउँ र धमतारी जिल्लाका किसानका अनुसार उनीहरूले आफ्नो धान खेतलाई कीटनाशकबाट बचाउन कोक र फेन्टाको प्रयोग गरेका थिए र त्यो सफल भएको थियो । पानीमा कोक र फेन्टा मिलाएर धान बालीमा छर्किनु कीटनाशकको प्रयोगभन्दा धेरै सस्तो र प्रभावकारी भएको किसानहरूको अनुभवबारे सन् २००४ को ३ नोभेम्बरमा बीबीसी न्यूजले नै समाचार प्रसारण गरेको थियो ।
कोक र फेन्टा जस्ता कार्बोनेटेड पेयपदार्थबाट डाइबिटिज, हाइपरटेन्सन र पेटमा पत्थरी हुने संभावना अत्यधिक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । दिनमा दुई वा त्यसभन्दा बढी कोक पिउँदा क्रोनिक किड्नी रोग हुने खतरा बढ्न सक्ने उनीहरूको सल्लाह छ । अमेरिकी चिकित्सा अनुसन्धान पत्रिकामा सन् २००८ को जुलाई १८ मा प्रकाशित खबर अनुसार कोकाकोलामा फस्फोरिक एसिड बढी हुन्छ, जसले हाम्रो मूत्र प्रणालीमा असर पारी मिर्गौलामा समेत पत्थरीको कारण बन्न सक्छ ।
coke
विश्वको चर्चित पत्रिका ‘डेली एक्सप्रेस’ का अनुसार जो मानिस हरेक दिन कोकाकोला पिउँछन्, उनीहरूलाई मुटु या नसाको रोग हुने खतरा ४३ प्रतिशत हुन्छ । अनुसन्धानकर्ताले अध्ययनका दौरान के पाए भने कोकाकोला नपिउनेहरूमा हृदयघातको खतरा कम देखिएको थियो । अझ अर्को रोचक तथ्य त के पाइयो भने कोकाकोला पिउनेहरूको प्रजनन् क्षमता समेत कमजोर हुन्छ ।
घातक रसायन
अल्कोहल नहुने भएकाले यस्ता पेयलाई हल्का पेय भनिएको हो, तर कोकाकोला यस्तो हल्का पेय हो, जसमा कार्बनडाइअक्साइड ग्यास राखिएको हुन्छ, त्यसैले यसलाई कार्बोनेटेड पेय भनिएको हो । हामीले कोक या फेन्टा खाँदा केहीबेरमै नाक या मुखबाट एकप्रकारको ग्याँस बाहिर निस्किएको या डकार आएको महसूस गर्ने गर्र्छौं । त्यो खासमा कार्बनडाइअक्साइड हो । हामीलाई थाहै छ, हाम्रो शरीरले प्राण वायु शरीरभित्र लिन्छ । रगतमा भएको ग्लुकोजसँग दहन क्रिया भएपछि त्यो शरीरका लागि हानिकारक तत्वहरू समेट्दै कार्बनडाइअक्साइडका रूपमा शरीरबाट बाहिर निस्कन्छ । कार्बनडाइअक्साइड मानव शरीरले फाल्ने बायु हो । तर, कोक मार्फत हामी त्यही कार्बनडाइअक्साइड पेटमा हुल्ने गर्छौैं । फोक्सोले काम नलाग्ने भनेर फाल्ने कार्बनडाइअक्साइड हामीले पेट, रगतहुँदै दिमागसम्म पु¥याउँछौं, सोही कारण कोक पिएपछि नाकमा जलन हुन थाल्छ ।
कोकमा यस्ता धेरै घातक रसायन पाइएको छ । कोकाकोलामा सोडियम मोनो ग्लूटामेट, ब्रोमिनेटेड भेजिटेबल आयल, मिथाइल बेन्जिन र एडोसल्फान जस्ता विषाक्त रसायन हुने गरेको पाइएको छ ।
कोकाकोलामा चिनी या कर्न सिरप अत्यधिक हुन्छ । यो नै मानिसको मोटोपन, टाइप बी मधुमेह र मेटाबोलिक सिन्ड्रोमको कारण बनिदिन्छ । यसबाट उच्च रक्तचाप, उच्च कोलस्टोरल र मुटु रोगको कारण बनिदिन्छ ।
यस्ता पेयमा हुने क्यारमल रंग खासमा मिथाइलिमाइडोजल रसायन हो, जसलाई प्रयोगशालामा परीक्षण गरियो । आखिर यो रसायन फोक्सो, पेट र थाइराइड क्यान्सरको कारण भएको पाइयो ।
कोकाकोलामा हुने फस्फोरिक एसिड सबैभन्दा खतरनाक तत्वहरूमा एक हो । यो नै मानिसको हाडहरूको कमजोरी र आस्टियोप्यारोसिसको कारण हो । कोकमा साइट्रिक र फस्फोरिक एसिड हुन्छ, जसलाई धेरै खाँदा हाड र दाँत कमजोर हुन जान्छ ।
कोकाकोलाको अर्को घातक रसायन हो, क्याफिन । यो क्याफिनकै कारण कोक पिउने बच्चामा टाउकोदुखाइ, निद्रा नलाग्नु, चिड्चिडापन आदि समस्या देखा परेको अनुसन्धानकर्ताहरूले पाए । कोकाकोलामा हानिकारक कीटनाशकको निर्धारित मात्राभन्दा धेरै बढी घातक रसायन हुने भएकाले यसलाई कीटनाशकभन्दा खतरनाक मानिएको हो । यसमा भएको चिनी र एसिड नै बच्चाहरूको दाँत कीराले खाने र सडेर जाने कारण हुन् । किनकि, कोकमा भएको एसिडले दाँतको इनामेल नै मेटाइदिन्छ र दाँत सिरिङ्ग हुने रोग देखा पर्छ र विस्तारै दाँत कीराले खान थाल्छ ।
कोकाकोलाको अर्को खराबी हो, यसले मानिसको पेटमा पेप्टिक अल्सरलाई बढाइदिन्छ । कोल्ड ड्रिंक्समा मिठासका लागि सेक्रिनको प्रयोग गरिएको छ भने त्यो झन् क्यान्सरको कारण बनिदिन्छ ।
ट्वाइलेट क्लिनर
कोकाकोलामा पीएचको मात्रा २.४ देखि लिएर ३.५ सम्म हुन्छ, जुन एसिड याने अम्लकै अर्को रूप हो । घरहरूमा शौचालय सफा गर्दा प्रयोग गरिने ट्वाइलेट क्लिनरको ‘पीएच’ मानक पनि कोकाकोला सरह नै हुन्छ । यही कारण कोकाकोलालाई पनि शौचालय सफा गर्न प्रयोग गर्न सकिन्छ । बाबा रामदेवले यसलाई ट्वाइलेट क्लिनर भन्नुको खास कारण यही हो, जुन विज्ञानले प्रमाणित गरिसकेको छ । सामान्य रूपमा पानीको पीएच मात्रा ७.५ को आसपास हुन्छ, जुन पिउनयोग्य हुन्छ ।
एउटा प्रयोग गरौं
कोक कति घातक हुन्छ भन्नेबारेमा तपाईं हामी एउटा प्रयोग गरेर हेर्न सक्छौं । कोकको बोतलमा अलिकति दूध मिसाउनुस् । त्यसलाई दुई तीन घन्टा त्यसै छाडिदिनुस् । त्यसपछि तपाईं देख्नुहुनेछ, बोतलको तल्लो सतहमा सेतो फोहोरजस्तो चिज जम्मा भइरहेको हुनेछ । अनि माथितर्फ हल्का रंगको पेय पदार्थ देख्नुहुनेछ । त्यस्तो किन हुन्छ भने कोकमा रहेको फस्फोरिक एसिडले दूधको क्याल्सियमलाई बाहिर निकालिदिन्छ । यदि यही कोक पिउने हो भने त्यसले हाम्रो हाडमा रहेको क्याल्सियमलाई पनि त्यसैगरी बाहिर निकाल्ने भयो । यसरी शरीरबाट क्याल्सियम बाहिर निस्कन थाल्यो भने तपाईंको हाड के होला ? खासगरी ती बच्चाहरू जो हुर्किंदो उमेरका छन् र जसलाई अग्लो हुन र शरीरको पुष्टिका लागि क्याल्सियमको अत्यधिक खाँचो छ, उनीहरू कोकको कुलतमा लाग्दा शरीरमा भएको क्याल्सियम पनि समाप्त हुन जान्छ । अनि उनीहरू रुग्ण, रोगी र कमजोर हुन्छन् ।
बन्द गरौं बिक्री
बहुराष्ट्रिय कम्पनीहरूले विश्वमा यसरी नयाँ पुस्तालाई रोगी बनाइरहँदा राज्य भने मौन छ । अनि ठूला मिडियालाई विज्ञापनको हाड फालिएको छ, उनीहरू पनि मौन छन् । अब अति भैसक्यो, यस्ता पेयपदार्थको विरुद्धमा सामाजिक जागरणसँगै सरकारले पनि ठोस निर्णय गर्र्नैै पर्छ । नेपालमा बोटलर्स नेपालमाथि सरकारी लगाम जरुरी छ । कमसे कम स्कूल र कलेजका क्यान्टिनमा कोक बेच्न नपाइने नियम बनाइनुपर्छ । अनि स्वास्थ्य संवाहकहरूले पनि बाबा रामदेवले झैं चेतना जगाउनुपर्छ ।
कोकाकोला मन्द विष भएको थाहा पाएपछि भारतका महानायक अमिताभ बच्चनले कोकाकोला जस्ता हल्का पेयको विज्ञापनमा मोडलिङ गर्न बन्द गरेको अहमदावादमा आयोजित एक कार्यक्रममा घोषणा गरिसकेका छन् । “मलाई जयपुरमा एक फुच्ची छात्राले सोधिन्, ‘जुन पेय पदार्थलाई मेरो गुरुले विष भन्नुभएको छ, त्यसको विज्ञापनमा तपाईं किन खेल्नुहन्छ ?’ मसँग उनलाई दिने कुनै जवाफ थिएन । त्यसपछि मैले त्यस्ता पेयपदार्थको विज्ञापनमा खेल्न छाडिदिएँ ।”
भारत लोकसभाको क्यान्टिनमा कोकाकोलामाथि प्रतिबन्ध लगाइएको छ । तर नेपाल र भारतलगायत तेस्रो विश्वका स्कूल र कलेजका क्यान्टिनमा कोक र फेन्टा मजाले बिक्री भइरहेको छ । भर्खरका युवाहरू कोकको कुलतमा लागेका छन् । कुनै पार्टीमा जाँदा चार–पाँच ग्लास कोक पिउन उनीहरू पछि पर्दैनन् । यसरी स्कूले उमेरदेखि नै नेपालको उर्वर युवा शक्ति मन्द विषको चपेटामा परिरहँदा राज्य उदासीन हुनु बिडम्बना हो ।
कोकाकोलाबारे बाबा रामदेवको भिडियो लिंक
गुरुयोजना होइन शुरुयोजना बनाउदै अगाडी बढनुस्
रीमा बि.सी.
बुटबल, फागुण ७ । ६५ औ राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा लुम्बिनी अञ्चल अस्पताल विकास समिती कर्मचारी यूनियनले अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । यस क्षेत्रकै जेठो अस्सपताल (एक सय वर्ष) को रुपमा चिनिने लुम्बिनी अञ्चल अस्पताल फोहोरका कारण आफै विरामी परेको गुनासोहरु आइरहेका बेला अस्पताललाई हाम्रो अस्पताल, राम्रो अस्पतालको रुपमा विकास गर्नका लागि अस्पताल वरिपरिको वातावरण स्वस्थ्य भए मात्र अस्पतालले दिएको सेवा स्वच्छ हुन्छ भन्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको लुम्बिनी अञ्चल अस्पताल विकास समिती कर्मचारी युनियनले जनाएको छ ।
कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले अनुगमनका क्रममा विरामीको उपचार गर्ने अस्पताल आफै विरामी अवस्थामा रहेको अनुगमनका बेला भेटेको भन्दै तपाईहरु घरको वरिपरिको बातावरण सफा होस भन्ने ठान्ने, शौचालय सफा होस भन्ने ठान्ने तर अस्पतालको सरसफाई चाहिन्छ की चाहिँदैन तपाई आफै भन्नुहोस । अहिले एक सय पैतिस शैयाको अस्पताल आफै विरामी छ भने ५ सय शैया बनाउँदा यसको अवस्था झन कस्तो होला ? हामीले आन्तरीक समस्याहरुको व्यवस्थापन तिर ध्यान दिँदैनौ किन खाली दातृ निकायको आशिरर्वाद राख्छौ, तपाई आफै विरामी हुनुहुन्छ भने कसरी विरामीको उपचार गर्नुहुन्छ ? तपाईको अस्पतालको वरिपरि फोहोर,चमेना गृहमा फोहोर र सडेगलेका र बासी खानेकुराहरु छन, अस्पतालको हाताभित्र स्टेचरमा वेवारिसे विरामीहरु अचेत अवस्थामा लडिरहेका छन् त्यस विषयमा पहिला सुधार गर्नुहोस् । तपाईहरु गुरुयोजनाको कुरा गर्नु भन्दा अहिले भैरहेका कमिकमजोरीहरुलाई सुधार गर्ने खालको सुधार योजना ल्याउनुस गुरुयोजना होइन शुरु योजना बनाएर अगाडी बढ्नुस । वर्षमा एक दिन सफा गरेर सरसफाई टुङ्किदैन यसलाई निरन्तरता दिनुस अनि मात्र सरकारी अस्पतालप्रतिको विश्सनीयता बढ्छ ।
कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल विकास समितीका अध्यक्ष डाक्टर प्राश्चित श्रेष्ठले हामीले दिएको सेवा हामीले राम्रो भन्दैमा, अस्पताल सफा छ भन्दैमा राम्रो हुन सक्दैन सेवाग्राहीले हाम्रो सेवालाई राम्रो छ र सरकारी अस्पतालको अवस्था वातावरणीय हिसाबले सफा छ , भन्नुपर्छ, सरसफाई कहिल्यै नटुङ्गिने विषय भएकोले यो शुरुवात हो यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अस्पतालका सुपरिटेन्डन डाक्टर तारानाथ पौडेलले हामी सेवा प्रदायक निकाय भएकोले अस्पताललाई आफ्नै घर संझेर सफा राख्नुपर्ने र अस्पतालको वेडलाई आफू सुत्ने खालको वेड संझेर लागिपर्न सबै चिकित्सक तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो । डाक्टर पौडेलले मिडिया लगायतका सरोकारवाला निकायहरुलाई निष्पक्ष रुपमा सवालहरु उठान गरिदिन आग्रह गर्दे अस्पताल भित्र भएका राम्रा कुराहरुलाई बाहिर ल्याइदिन र नराम्रा कुराहरु आफूहरुलाई भनिदिन आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालका बरिष्ठ सर्जन डाक्टर कृष्ण प्रसाद खनालले सदिऔ देखि रैती बनेका जनतालाई मालिक बन्नुपर्छ भन्ने महान दिन प्रजातन्त्र दिवशमा यस्तो खालका सरसफाई अभियानले ठूलो सन्देश दिएको भन्दै नेपाल सरकारले निशुल्क स्वास्थ्य सेवाका कुरा गर्दा हेल्थपोष्ट र पिएचसी र जिल्ला अस्पतालसम्म मात्र भएपनि अञ्चलको हकमा जिल्ला अस्पतालबाट रेफर गरेर आएका लक्षित समुदायका अतिगरिब÷ असाहय, गरिब, अपाङ्ग, जेष्ठ नागरिक महिला स्वास्थ्य स्वयं सेविका र एकल महिलाका लागि निशुल्क स्वास्थ्य सेवा भएपनि यी बाहेकको हक ७० प्रकारका औषधी निशुल्क स्वास्थ्य अन्तरर्गत भएपनि अञ्चल अस्पतालमा यो सेवा नभएको बताउनु भयो । कार्यक्रममा अस्पताल विकास समितीका सदस्य टंक पराजुलीले अस्पतालले अव नयाँ खालको गुरुयोजना बनाएर अगाडी बढदैछौ । आइसीयु सेवा नहुँदा अन्यत्रै जानुपर्ने समस्या भएकोले बैशाख महिनादेखि सेवा सुरु गर्ने,इमर्जेनसी सेवा, प्रसूति सेवालाई सर्व सुलभ बनाउने,बाटो निर्माण तथा ढल निर्माण, पुराना बुढा रुखहरु काट्ने र नयाँ बृक्षरोपण गर्ने बताउदै मिडियाहरुले हाम्रा राम्रा र नराम्रा पक्षहरुलाई केलाइदिनुस । जुन एक जनाले गरेको गल्तीलाई कोट्याई दिने दश जनाले गरेको राम्रो कामलाई पनि बाहिर ल्याइदिन आग्रह गर्दे आफूहरुको पनि केही गल्ती कमजोरी भएको महशुश गर्दे बुटबलमा मात्र होइन नारायणगढ र काठमाण्र्डौमा पनि प्राइभेट क्लिनीकहरुमा डाक्टर भेटने समय यतिवजेदेखि यतिवजेसम्म भन्ने खालको बोर्ड टाँगिएको बताउनुभयो । कार्यक्रममा सिस्टर प्रभा ज्ञवालीले अस्पताल वरिपरि बेवारिसे मान्छेहरुका कारण अस्पतालमा बढीे फोहोर हुने गरेकोले अस्पतालले फोहोरी आरोप खेप्नुपरेको बताउनुभयो । खनालले आफूहरुले राम्रो काम गरेको भएपनि मिडियाहरुले गलत तरिकाले बाहिर ल्याइदिएको भन्दै दुखेशो पोख्नु भयो । कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष सुरेन्द्र पन्त,सहलेखापाल केशवराज पाण्डेय, राम बहादुर पिएस, लगायतले आ–आफना धारणाहरु राख्नुभएको थियो । कार्यक्रम कर्मचारी युनियनका दिपेन्द्र पौडेलको स्वागत तथा सचिव कृष्ण प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Click here to claim your Sponsored Listing.