Trinetra bhandari group
Nandaram Bhandari
यो अवधारणा लाई ब्यवहारिक बनाउने प्रयास आफ्नो तर्फ बाट जारीनै छ, त्यस्का लागि सर्वप्रथम घर ब्यवहारिक काम बाट अब ६९ बर्षे उमेरमा आफै रिटायर्ड हुनुपर्ने अवस्था भएपनि दुई भाई साम्पत्तिक हक़दार छोराहरू स्वरोज़गार सिलसिला मा देश बिदेस रहनेवाले आफ्नै काममा रहंदा बस्दा पूर्ण रूपमा समय र बौद्धिक लगानी मैले आफूले चलाएको जे छ जस्तो छ त्यस्मा लाग्न लाग्न दिन नसकिने कारणले पनि आफ्नो अलपत्र हुन सक्ने संभावना लाई मध्यनजर गरी अब आफू आफ्ना श्रीमती हरूलाई दैनिक चल्न चलाउन सकिने मासिक आयआर्जन का लागि सहयोग पुग्ने खालको प्रोपर्टी बाहेक अरू अचल संपत्ति को रूपमा रहेको जग्गा जमिन लगायत लाई सिस्टम ले आयआर्जन गर्न सक्ने स्वतःसक्रिय रहने गरी त्रिनेत्र अवधारणा अन्तर्गत का ऑर्गनाइज़ेशन हरूमा शेयर को रूपमा बिकसित गर्न हाल सम्मको रिणात्मक ब्यवहार मिलाउन माधव ज्वाई, दीपक ज्वाई ( भान्जी ज्वाई) हरूको सहयोग लिई उहॉहरू लाई स्वत:यो ग्रुप मा रहने ब्यवस्था मिलाई सर्वप्रथम नन्दराम, मुकेश, महेश, माधव, दीपक गरी ५ जनाको त्रिनेत्र भण्डारी ग्रुप निर्माण गरी त्यो ग्रुप को आवश्यक ब्यवस्थापन मा नन्दराम का अहिले सम्म र पछि बन्ने बनाउने कुरा हरूमा संबन्ध सरोकार चासो हिस्सा रहने राख्ने ब्यवस्था मिलाई त्यही ग्रुप को माध्यम बाट अवधारणा कार्यान्वयन मा भूमिका निर्वाह गर्न लगाउन हाल २ करोड़ बाहिरी रिण ब्यवस्था छोराहरू (मुकेश, महेश) को नामबाट ब्यवस्था मिलाई त्यस्ले बैकमा रोक्का रहेको बुटवल १८ मोतीपुर को १८कठ्ठा ५ धूर जग्गा लाई स्वतंत्र उपयोग हुन पाउने बनाई त्यसलाई “त्रिनेत्र नीजि संयुक्त आवास, त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली , त्रिनेत्र ट्रष्ट, त्रिनेत्र भण्डारी ग्रुप “ लगायत बाट जमिनको यथार्थ मूल्य भुक्तानी बातावरण मिलाई त्यो मूल्य बाट अहिले ब्यवस्था गरेको रिण तथा नन्दराम भण्डारी को अन्य सबै रिण ब्यवस्थापन गर्न सकिने जती गरी गराई बॉकी रहे अन्य आयआम्दामी अथवा स्वयं साम्पत्तिक हक़दार छोराहरू बाट मिलाई मिलि ग्रुप तथा त्रिनेत्र को संपूर्ण अवधारणा लाई क्रमिक रूपमा कार्यान्वयन गर्न गराउन एक बलियो आधार युक्त प्रौढ़ावस्था मैत्री बातावरण निर्माण का लागि युवा सहभागिता को उदाहरणीय आधार सहित अबको नेपाल र नेपाली सबै तथा हामी माण्डब्य गोत्रिय भण्डारी र त्रिनेत्र ग्रुप त्रिनेत्र अवधारणा त्रिनेत्र सदन सहित त्रिनेत्र स्वयं को आगामी सबै कार्यक्रम हरू निर्वाध रूपमा अगाडि बढाउन बातावरण निर्माण का लागि मेरो नीजि प्रयास रहेको छ, त्यस्का लागि सामान्य रूपमा युके बाट नीजि काममा नेपाल आएको अवस्था माधव ज्वाई संग रिण सहयोग माँग गर्दै छोराहरू लाई त्यस्को जानकारी गराएको छु, अब आज छोरा मुकेश एयर इंडिया ११४ बाट अहिले भरखर युके ब्रमिंघम दिल्ली हुदै भोली काठमाण्डू आउने म काठमाण्डू मै भएको ले म मुकेश यहाँ हुने भोली ज्वाई युके फ़्लाइट बाट स्कटलेण्ड पुगेपछि फिन्लेण्ड बस्ने महेश तथा दीपक ज्वाई संग पनि छुट्टा छुट्टै तथा समूह, समूह गत कुरा गरी यसलाई अगाडि बढाउन एक ग्रुप निर्माण गर्ने योजना रहेको छ ।
त्यस्मा छोराहरू तथा माधव तथा दीपक ज्वाई हरू सकारात्मक नै हुनुहुन्छ, यसलाई समबेदनशील भै सिस्टमेटिक तरिकाले सत्य न्याय अहिंसा को माध्यम बाट नीति नियम नैतिकता को ख्याल हिसाव किताब राखी सिस्टम को शुरुआत गराउने महत्वपूर्ण र ज़िम्मेवार भूमिका म स्वयं त्रिनेत्र अवधारणा को अवधारणा कार अधिवक्ता नन्दराम भण्डारी को रहेको कुरा पूर्ण रूपमा महशुस भै अहिले निद्रा बाट ब्यूझी १:४१ मा यो लेख तयार गरेको छु । जय श्री राधे , जय श्री राम , जय शम्भो, शिव शंभो । ओम नम: शिवाय!!!
त्रिनेत्र को स्थापना बर्तमान नेपाल र नेपाली को आम अवस्था र स्थिति त्यसबाट श्रिजित परिस्थिति त्यस्को मूल कारण को बारेमा खोज अनुसंधान गर्दै जॉदा देखिएको “ सत्य न्याय र अहिंसा “ को माध्यमबाट समाधान का सरल उपाय हरू खोजिगर्ने क्रममा मानिस मानिस का लागि मानिस मानिस आफू आफूले आफ्ना आफ्ना तर्फ बाट गर्नु पर्ने काम कर्तब्य ब्यवहार र कर्म हरूको मूल्यांकन बाट निस्किने परिणामले पनि निर्धारण गर्ने देखिएकाले मानिसको पहिलो कर्म क्रिषी त्यस पछिको पर्यटन त्यस्का लागि आवश्यक पर्ने संपूर्ण कुराहरू जुन कुराहरू समय समयमा बिबिध बिभिन्न र अनेक हुन सक्छन् तथापि मानिसले “ क्रिषी,पर्यटन “” सत्य, न्याय र अहिंसा “ को मूल सिद्धांत र मर्म लाई आत्म सात नगर्ने हो भने यो जगतमा मानिस मानिस भएर अस्थित्वमा रहि रहन सक्दैन किनकि यी कुराहरू ले ईश्वर द्वारा निर्मित यो संसारको ईको सिस्टम ( एकले अर्काको अस्थित्व रक्षा र बिनास ) मा काम गरि रहेको हुन्छ । त्यसैले त्यही कर्म मानवीय जीवनको मूख्य धर्म पनि हो भन्ने निस्कर्ष बाट यस्को जानकारी दिलाउने तेस्रो आखा को नाम “ त्रिनेत्र “ हो जस्को जानकारी प्राप्त स्थान “ त्रिनेत्र सदन “ बुटवल उपमहॉनगर पालिका-४ जेसिसचोक हो । त्यही बाट त्यही लोगोमा न्यायिक बिबाद समाधान केंद्र र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली हरूको जन्म भएको छ ।
अब सर्वप्रथम त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली लाई ब्यवस्थित गर्न प्रतिमन स्म्रिति प्रतिस्ठान ( ट्रस्ट) को रूपमा प्रतिमनका संतान हरूको सहभागी तामा एक ट्रस्ट स्थापना गरी त्यस्ले गर्ने जेष्ठ नागरिक हित संरक्षण तथा तिनै प्रतिमन स्म्रिति प्रतिष्ठानका ट्रस्टी ( गुठीयार) हरूको समेत शेयर लगानी मा त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली को शेयर बितरण र संचालन गर्ने लक्ष लिईएको छ , जस्ले बर्तमान अवस्था मा परंपरादेखी चली आएको ब्यक्ती ब्यक्ती को छुट्टा छुट्टै एकल पारिवारिक क्रिषी कर्ममा आधारित धारणा र ब्यवहार ले हाम्रो दैनिक ब्यवहार असंभव भएको कुरालाई आत्मसात गर्दै संयुक्त पारिवारिक अवधारणा र उस्को संयुक्त लगानी अथवा मेहनत परिश्रम मा चल्ने संचालन हुने क्रिषी लगायत का कर्म ब्यवस्थित गर्ने लक्ष्य र उद्देश्य मा आवश्यक काम क्रिया संचालन गर्नु पर्ने आजको आवश्यकता महसूस मा आवश्यक काम हरू क्रमिक रूपमा अगाडि बढी रहेका छन ।
त्यसै तेसै क्रममा भविष्य मा हामी प्रतिमनका संतान हरूको मात्रै संस्थापित हुने त्रिनेत्र प्रतिमन स्म्रिति ट्रस्ट र त्यस्को बिधिवत गठन प्रक्रिया पुरा नभए सम्म का लागि श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली बुटवल-४ ले बुटवल उपमहॉनगर पालिका वार्ड नं १८ पोखराबारी मा रहेको २ बिगहा क्षेत्रफल जमिनमा हामी प्रतिमनका संतान देश बिदेस मा रही बर्तमान अवस्थामा आय आर्जन को अवस्थामा पुगेको अथवा नेपालकै बिभिन्न भागना रोजगारी अथवा बसोबास का कारण आय आर्जन गर्न अथवा आय आर्जन पश्चात पनि यत्र तत्र सर्वत्र बिश्वभर छिरलिएर रहेका रोजगार युवा प्रौढ अथवा जेष्ठ सदस्य हरू को तत्काल र दीर्घकालिक उपयोग हुन सक्ने जमिन मा आवश्यक निर्माण आवस्यकता का आधारमा निर्माण र संचालन गरी ती दुबै संस्थाहरूका माध्यमबाट प्रतिमनका जेष्ठ संतति हरूलाई ब्यवस्थित रूपमा जीवनको उत्तरार्ध ( कम्तिमा ६० बर्ष पछिको कष्टकर हुन सक्ने मानवीय जीवन)ब्यवस्थित गर्न सकिने गरी कम्तिमा ३० फ़िट मोहडा १० धूर क्षेत्रफल का छुट्टा छुट्टै जग्गा धनी प्रमाण पूर्जा प्राप्त ४० वटा छुट्टा छुट्टै घर परिवार अथवा उक्त परिवार का जेष्ठ सदस्य हरूले आय आर्जन को अवस्थामा नहुदा पनि आफ्ना आफ्ना रिटायर्ड लाईफ आफ्ना संतान हरूको आआफ्ना घर घरमा हुने निरंतर उपस्थिति को अभावको अवस्था अथवा रोजगारी र आय आर्जन का लागि बाध्यता वस देश बिदेस रहनु परि आफ्ना आफ्ना गार्जियन हरूले जेष्ठ अवस्था मा सुख भन्दा दुखको अनुभूति बढी गर्नु पर्ने छोरा छोरी हरूलाई आफ्ना बावु आमाको जेष्ठ अवस्थाको कष्टकर स्थितिमा आवश्यक सहयोग नपुग्ने अवस्थाको न्यूनीकरण गर्न सकिने गरी ब्यवस्थित गर्न एक उच्चस्तरीय र ब्यवस्थित हिसावले लक्ष्य प्राप्त गर्ने उद्देश्य ले काम गर्न सकिने गरी ४० वटा घर परिवार को ब्यवस्थापन मिलाउन सक्ने क्षमता बिकास गर्ने लक्ष्य लिएको छ ।
उक्त लक्ष्य प्राप्ति का लागि तिनै ४० घर परिवार हरूको संयुक्त स्वामित्व संचालन र ब्यवस्थापन मा संचलित हुने सकभर तिनै ४० घर परिवार का युवा सदस्य हरूको रोजगारी तथा अनुभव आदान-प्रदान अथवा योगदान रहन सक्ने आवश्यक वातावरण मा संयुक्त लगानी मा समय समय अनुसार का आयआर्जन का काम पनि गर्न सकिने गरी देश बिदेस शहर बजार जुन सुकै स्थान का लागि संपर्क माध्यम अथवा कार्यालय, ब्यापार ब्यवसाय केन्द्र को रूपमा बिकसित गर्न सकिने स्थान का लागि उपयुक्त हुने कम्तिमा ५ कठ्ठा अगाडि पर्ने भाग , त्यसैगरी उक्त ४० घरमा रहने बस्ने हरूको दैनिक आवश्यकता पूर्ति अथवा जेष्ठ हरूको सेवा सुसार अथवा होम डेलीभरी सेवा प्राप्त गराउन सक्ने तथा सामुहिक सामाजिक दैनिक धार्मिक बौद्धिक शारीरिक योग कसरत जमघट आदिकाव्य लागि उपयुक्त हुन सक्ने आवश्यक बातावरण मिलाउने गरी ब्यवस्थित गर्न कम्तिमा ५ कठ्ठा जमिनमा ४० घर परिवार तथा उनीहरू संग सम्बन्धित हरूको सामुहिक लगानी अथवा सहयोग मा संचालन हुन सक्ने सामुहिक स्वामित्व मै रहने नीजि सामुहिक गुठीको माध्यमबाट जेष्ठ सदस्य हरूको हक हित सेवा सुबिधा संरक्षण गरी सामुहिक भोगाधिकारको सामुहिक ट्रस्ट ( गुठी ) ले सदुपयोग गरी ब्यवस्थित हामी हाम्रो हाम्रो समय देश काल परिस्थिति बातावरण र समाजले पनि आवश्यकता महसूस गरि सकेको कुरा लाई हामी प्रतिमनका संतान हरूले पनि समयमै उपयोग सदुपयोग गर्न सकियोस ताकी त्यसकामले हामी हाम्रो समूह हाम्रो कामलाई अरू अरू हरूले समयमा अनुकरण अथवा अनुसरण गर्न सहज होस भन्ने भावना अनुसार काम कार्य अगाडि बढ्ने काम जारी नै छ । यस्मा देश बिदेस जहॉ कहीं रहेका युवा जेष्ठ प्रौढ प्रतिमन का संतान हामीहरू सबैको समान उल्लेख्य भूमिका रहेको छ नै , त्यसैमा पनि
अब यी उद्देश्य पूर्ती गर्न गराउन प्रतिमनका बर्तमान समयमा देश बिदेस मा रोजगारी अथवा पेशा ब्यवसाय मा संलग्न हरूले आफ्ना आफ्ना गार्जियन ( आमा बुवा) हरूको रिटायर्ड लाईफ ब्यवस्थित गराई दिने र त्यही ब्यवस्थापन ले आफ्नो आफ्नो पनि रिटायर्ड लाईफ नेपालमा पनि स्वदेशी बिदेशी अनुभव संयोजन गरिएको उच्चस्तरबाट ब्यवस्थित हुने सोचबाट प्रेरित भै अगाडि बढ्नु पर्ने जरूरी हुन्छ । त्यस्का लागि यो सोचको संचार संपर्क र संबंध बिस्तार लगायत का काम को साथमा आवश्यक लगानी अथवा समय समयमा सोच बिचार राय सल्लाह सुझाव संलग्नता सक्रिय सहभागिता लगायत का काममा पनि जोडिन उपयोग गर्न ती बर्तमान अवस्था का देश बिदेस जो जहॉका भए पनि रोजगार युवा हरूमा सिस्टमको बिकास र बिस्तार र सबै आवश्यक कर्म कर्तब्य हरू पुरा गर्नु आवश्यक छ , ती सबै काममा सबैले तत् तत् ज़िम्मेवारी र कर्तब्य हरू आआफैले आ आफ्नो तर्फ बाट स्व कर्तब्य बोधमा पुरा गर्न गराउन पनि प्रतिमनका संतान हामी सबैमा म अधिवक्ता नन्दराम हार्दिक अनुरोध र अपिल पनि गर्न चाहन्छु । जस्ले नै युवा तथा जेष्ठ हरूको एकसाथ संरक्षण हित र आम हित गर्नेछ । हरि ॐ तत्सत । ॐ नम: नम: नम: ।२०८० /९ /९ बिहान ४.५१ आनन्द गद्दी त्रिनेत्र सदन ।
हाल काम र जीवन पद्धति ब्यवस्थित गर्ने पुनीत उद्देश्य ले काम अध्ययन पेशा ब्यवसाय रोजगारी को सिलसिला मा मधेस पहाड गाउ टोल शहर बजार अथव केन्द्र बाटै पनि हाम्रा जिजुबाजे प्रतिमन प्रतिमनका ५ भाई छोराहरू हाम्रा आफ्ना आफ्ना पूर्खा जिजूहरू डण्डपाणी , कांशीराम, जयलाल , निरीश्वर, नरहरि का जुहॉं ढाव जुनिया साजबोट डकुवा रूपाकोट जिमिरपाटामा सत्य न्याय ईमान्दारिता स्वपरिश्रम प्रगती र समाजको उत्तरदायी ज़िम्मेवार ब्यक्ती वा ब्यक्ती हरूको समूह को रूपमा त्यहॉको समाजले हामीहरूलाई ढवाली को संज्ञाले चिन्ने , चिन्न सक्ने स्वदेश तथा बिदेस मा रहेका आदरणीय बर्तमान अवस्था का जीवन आधार भविष्य का हाम्रा कर्णधार रोजगार आदरणीय युवा शक्ति हरू ,
तपाईहरू लाई म तपाईहरू को काका भतिजा दाई भाई बुवा हजूरबुवा जे परेपनि सबैमा एकमुष्ट प्रभातकालिन ढोग नमस्कार प्रणाम शुभार्बाद छ ।
मैले यसअघि नै संप्रेषण गरी सकेका यो पेजमा संग्रहित बिचार हरूले खोजेको संयुक्त आवास योजना, सामुहिक स्वामित्व भूमिका र दायित्व बोकेको सामाजिक आर्थिक कारोबार आयआर्जन, जेष्ठ नागरिक को भविष्य सुनिश्चितताको लागि क्रियाशील नेपाली बौद्धिक आर्थिक लगायत को समाजको आमूल परिवर्तन को बाहक बन्ने चाहना राख्ने हामी दमारे दाजूभाई हरू मा बिचार हरू संप्रेषण भै रहेकामा अब ती सबै कुराहरू लाई कार्य र कार्यान्वयन मा पुर्याउने हामीहरूको पूर्व सल्लाह सहमति अथवा आम सहमति छ , द्विविधा वा बिमति छैन, सामाजिक संजाल संपर्क मा जोडिन अथवा बिचार आदान-प्रदान भएको छ छैन, सबै मलाई याद रहेन , किनकि हामी नजिक को सम्बन्ध भएर पनि हाम्रो आदान-प्रदान र संपर्क बसोबास को ब्यवस्थापन हामीहरू आफै हामीहरूले नमिलाएको कारण ले हामी र हाम्रा जेष्ठ नागरिक हरूको जेष्ठ अवस्था को यो अवस्था मा हाम्रो चयन कम भएको छ , किनकि हामी हाम्रो परंपरागत घर बसोबास हरूले हामीलाई सुरक्षा रोजगारी र भविष्य को जिम्मा लिन सकेन त्यसैको खोजीले हाम्रो जीवनको महत्व पूर्ण उर्जा ब्यय भैरहेको छ हाम्रा जेष्ठ हरू एक्लो महशुस गरी रहेका छन् रक़म खर्च गर्न सक्ने ले पनि सुबिधा पाएन त्यसैले हाम्रा जेष्ठ को सुरक्षा को सुनिश्चितता हाम्रो पनि भविष्य नेपालमा पनि दाजूभाई को गोल बिचमा साम्पत्तिक अधिकार सहितको छुट्टा छुट्टै र सामुहिक हक संरक्षण गर्ने पुनीत उद्देश्य ले स्थापित “ त्रिनेत्र “ लोगोको त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली को ब्यवसायिक फ़र्म संचालन गरी आम्दामी ब्रिद्धि आयआर्जन निम्ति ब्यवसाय संचालन, उन्का जेष्ठ अथवा उनीहरू को ब्यवस्थित रूपको मनोरंजनात्मक आनन्ददायक बसोबास आवास को शुरुआत गर्ने उद्देश्य को सोच कार्यान्वयन गर्न एउटा गुरू योजना प्रस्ताव गरिएको छ , त्यसलाई आवश्यक राय सल्लाह सुझाव अनुकूल परिमार्जन अथवा यथारूप कार्यान्वयन मा लानु छ , त्यसैले त्यस्का लागि सबैले आआफ्ना स्थान बाट उल्लेख्य भूमिका क्रियाशीलता र संलग्नता का हार्दिक अनुरोध छ ।
आदरणीय हाम्रा भविष्य, हाम्रा कर्णधार,हाम्रा आधार स्तब्ध युवा रोजगार भाई भतीजा बन्धु बान्धव हरू , सबैमा एकसाथ स्मरण र संझना छ ।
हाम्रा पूर्वज त्यस जमानाका त्यसक्षेत्रकै तालुकदार तत्कालिन राज्य सरकार लाई आवश्यक रकम पहिल्यै प्रदान गरी त्यस जमिनको पुरापुर मूल्य पहिलेनै सरकार लाई बुझाई अरू रैतीहरूले जस्तो बर्सेनी तिरो बुझाउने जग्गा कमाउने मोही नभै लालमोहरिया जग्गा ( हाल जुहॉं मोहरिया )गाउमा बसी हालको हंसरा,जुहॉं ,जुनिया लगायत को ठाउमा बसोबास को आवश्यक ब्यवस्थापन मिलाउने त्यस जमानाका अन्तिम तालुकदार स्वयम् प्रतिमनका संतान दरसंतान ( जसलाई त्यो अवस्था मा दमारे साहूको रूपमा संबोधन गरिन्थ्यो जुन कुरा रूपाकोटमा होईन जुनिया जुहॉंमा अद्यपी प्रचलित छ त्यसैले ) हामी उनै स्वाभिमानी बीर पूर्खाका संतान अहिले पनि कुनै पनि ठाउमा त्यो समाजमा रहेका कोही भन्दा धेरै कमजोर अथवा सामान्य भाषामा भन्दा हेपिएको स्थितिमा पनि जीवन निर्वाह गर्ने त्यसैलाई बानी पार्ने चलन हामी दमारेका संतान कोही कसैको पनि रहे भएको मैले देख्दिन, गणना गरिने सम्पत्ति को हिसावमा समय काल परिस्थिति अनुकूल थोरै धेरै हुन सक्छ तर नीति नैतिकता र ईमान्दारिताको कुरा मा सबै समान छन् । जहॉ कुरो सबैको मिल्छ, हो ब्यवहार , कारोबार, ज़िम्मेवारी हरू बिबिध हुन सक्छन् छन् पनि तर जव सत्य , न्याय र अहिम्सात्मक बिधि निर्माण गरिन्छ , त्यो कुरामा हामी दमारे भाईबन्धु हरू कोही कसैको बिमति पनि हुदैन र बिबाद पनि हुदैन, जुन कुराहरू धेरै ठाउ हरूमा प्रयोग भै रहेका छन् म स्वयम् र अन्य दाजूभाई हरू पनि यस्का भुक्त भोगीहरू हुनु होला, होलान् जस्ले हामीहरू लाई अझै बलियो ग्रुप अथवा संगठन निर्माण को पनि आधार तयार गरेको हुन सक्छ, जसलाई पनि हाम्रो ग्रुप को प्रेरणा श्रोत मान्न सकिन्छ । जस्ले हामीहरू लाई समय सापेक्ष काम कर्म अथवा हाम्रो असल कर्म ( जेष्ठ हरू सम्मान पूर्वक आआफ्नै स्थानमा हँसी ख़ुशी र सुख पूर्वक रिटायर्ड लाईफ को रूपमा जीवन ब्यतीत गर्ने समय सापेक्ष उपयुक्त बातावरण को निर्माण युवाहरू अथवा काममा जुट्नु पर्ने ,समय ब्यतित गर्नु पर्ने, आ आफ्ना परिवार हरूलाई पनि आ आफ्ना स्थान हरूमा लानु पर्ने अथवा आ आफ्नै घर घरमा सुबिधा संपन्न हिसावले बालबच्चा सहित बस्नु पर्ने अवस्था लाई पनि उपयुक्त र कामयाव हुने हिसावले मानिस कै जीवन स्तरलाई समयसापेक्ष र उपयोगी बनाउने हिसावको नेपाल र नेपाली कै लागि एक नया नौलो र उच्चस्तरीय कामको लागि कल्पना गर्ने हाम्रो सामुहिक शक्ति) को निर्माण गरेको छ ।
यो शक्ति ले भविष्यमा यो समाजलाई दिशानिर्देश गर्ने गरी त्यस्ता अनेकों असल कर्म हरू पनि यो संगठन ले गर्न सक्छ, किनकि हामी हरू सबैलाई हाम्रै ती पूर्वज हरूको असल कर्म हरूको प्रेरणा आशिर्वाद र संरक्षण प्राप्त छ, जसलाई जोगाई राख्न र यसलाई ब्रिद्धी गर्दै समय सापेक्ष परिमार्जन परिस्क्रित गर्दै परिणाम मुखी बनाउन पनि अरू धेरै असल कर्म हरू गरी समाजमा हाम्रो पुरानै नाम र काम स्थापित गर्नु छ , जुन संगठन निर्माण र केही कर्मको क़ानूनी आधार निर्माण का लागि हाल श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली लाई प्रयोग गरिने छ , किनकि कुनै पनि कुराको आधार अर्थ संग जोडिएको हुन्छ, त्यो असल मित्र पनि हो त्यही दुस्मन र जोडिने आधार र त्यही बिग्रह अथवा बिछोड को आधार पनि हुन सक्छ, ती सबै कुरालाई ब्यवस्थित गर्ने अथवा सिस्टमेटिक तरिकाले चलाउने त्यस देश को नियम कानून हो जो पारदर्शी र न्यायका आधारमा चल्ने चलाउने गरी निर्माण गरिनु पर्छ , त्यही नयॉ आफ्नो अथवा हाम्रो समूहको लागि आफ्नो कानून आफै बनाउने कुराको एउटा माध्यम, जो नबनुन्जेलको लागि पनि कानूनी आधारको रूपमा हाम्रै नाममा दर्ता भै कुनै आर्थिक कारोबार वा दायित्व केही नलिएको यदी हाम्रो संगठन ले पनि सामुहिक लगानी मा नेपालको क्रिषी र टुरिजम ब्यवसाय देश बिदेस को अनुभव सहित यहॉ ब्यवस्थित गर्न सक्ने अथवा ईच्क्षा हुने अवस्थामा पनि उपयोग गर्न सकिने कानूनी प्रक्रिया पुर्याई दर्ता भएको “ श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली “ लाई उपयोग गर्ने बिचार गरिएको छ , हाल सम्म उक्त प्राली को नाममा बैंक खाता पनि खोली नसकिएको कुनै काम पनि नगरिएको क़ानूनी आधार मात्रै खड़ा गरिएको ले अविलम्ब हाललाई उक्त कम्पनी को नाममा आधिकारिक बैंक मा खाता खोली यो अवधारणा मा सहमतभै अथवा नबुझेका स्पष्ट नभएका सबै कुरा त्यही प्राली को अहिले सम्म को बर्तमान संचालक म अधिवक्ता नन्दराम भण्डारी संग जुनसुकै माध्यम बाट प्रत्यक्ष अप्रत्यक्ष संपर्क मा रही बुझी क्लियर भै यसकाममा जोडिन अर्थात् यो कामलाई सामुहिक रूपमा अगाडि बढाउन यस्को शेयर सदस्य भै शेयर सदस्य को हैसियत प्राप्त गर्न अथवा यो संस्था को संस्थापक सदस्य भन्ने मूख्य आधार तयार गर्न रकम हिनामिना हुने अवस्था मा संचालक म नन्दराम भण्डारी ब्यक्तिगत रूपमा पनि पूर्ण ज़िम्मेवार हुने रहने गरी प्रतिबद्धता को आधार निर्माण का लागि प्रतियुनिट अथवा प्रति ब्यक्ती कम्तिमा रू १/१ एक लाख प्रति यूनिट नेपाली रूपैया उक्त खातामा जम्मा गरी पूर्व प्रतिबद्धता जनाउनु सक्ने हामी डकुवा मा जन्म संबंध हुने रूपाकोटमा अन्य भण्डारी हरूले ढवाली भनी संबोधन गर्ने हामी असली दमारे हरू र प्रतिमनकै संतान ( हाल पनि साजबोट,ढाव , जिमिरपाटा र त्यहॉ बाट अन्यत्र गै बसोबास गरेका अथवा त्यहॉ बाट पनि देश बिदेस का बिभिन्न ठाउमा रोजगारी अथवा बसोबास श्रीजना गरी बसेका सबै दाजूभाई, भाई भतीजा र उन्का सबै पारिवारिक सदस्य हरू ) सबैमा यी सबै कुराको सबैले आआफ्नै तरिका र माध्यम बाट बिस्त्रित रूपमा जानकारी लिई र जानकार रही ) हामीहरू को संगठित समूह बाट उपयुक्त देखेको नाममा उपयुक्त देखेका अन्य सबै उद्देश्य हरू राखी एक ज़िम्मेवार नेपालको कानून अन्तर्गत एक ट्रस्ट को निर्माण गर्ने जुन ट्रस्ट ले नै उक्त प्राली को नाममा जम्मा भएको रकमको खर्च अथवा सदुपयोग गर्ने अधिकार र संरक्षण गर्ने कर्तब्य पालन गर्नु पर्ने छ । तत्पश्चात् त्यही ट्रस्ट ले उपयुक्त स्थान को खोजी र स्थान छनौट पश्चात त्यस जमिनका लागि आवश्यक रकम बन्दोबस्त तथा अन्य ब्यवस्थापन मिलाई सबैका नाममा समानुपातिक हिसावले उपयोग गर्न मिल्ने मिलाउने गरी सामुहिक उपयोग का लागि र ब्यक्ती ब्यक्ती का लागि एउटै प्लट एउटै साईज़ एउटै सेवा सुबिधा उपलब्ध हुने गरी सबैका समान डिज़ाइन तला अथवा हाईटमा उदाहरण अथवा पर्यटकीय हिसावले पनि अरू हरूका लागि प्रेरणा श्रोत हुने गरी हाम्रो दमारे नयॉ बस्ती बुटवल उपमहॉनगर अथवा हाम्रो यस क्षेत्र को सुबिधा उपयोग सहजरूपमा प्राप्त हुने गरी हाम्रो सामुहिक क्षमताले भ्याउने सबैलाई सकभर उपयुक्त हुने स्थान को चयन लाई संलग्न सबै शेयर सदस्य हरू बाट अनुमोदन गरी गराई जमिन सबैका नाममा छुट्टा छुट्टै समान हिसावको मोहडा अथवा क्षेत्रफल जग्गा धनी पूर्जा प्राप्त गरी , उक्त जमिनमा त्यही ट्रस्ट ले निर्धारण गरेको मापदंड अनुकूल आआफ्ना भवन अथवा आवास ग्रिहहरू आवश्यकता का आधारमा निर्माण गरी उपयोग गर्न पाउने गरी स्थान सुरक्षित गर्ने, भवन निर्माण गर्ने आवस्यकता अनुसार ब्यक्तिगत र सामुहिक रूपमा सुबिधा को रूपमा पनि उपयोग गर्ने आवश्यक सबै बातावरण निर्माण र ब्यवस्थापन गर्ने मिलाउने र बर्तमान अवस्था मा जस्तो युवा जती रोजगारीको लागि बाध्यात्मक परिस्थिति का कारण बिदेस आफ्नो नीजि घर चाहे मधेस पहाड गाउ शहर अथवा केन्द्र जहॉ भएपनि जेष्ठ अर्थात् ब्रिद्ध ब्रिद्धा हरू एक्लो र कष्टकर जीवन जिउन बाध्य हुने अवस्था लाई केही रूपमा सरल र सहजीकरण हुन सक्छ कि जुन कुराको शुरुआत पनि हामी दमारे का असल सन्तान हरूबाटै किन नगर्ने ? हामी ब्यक्तिगत रूपमा मात्रै होईन समूह र संगठित रूपमा पनि हामी जोडिन सक्छौ सक्दैनौ ? कति सक्छौ सक्दैनौ ? सक्दैनौ भने किन सक्दैनौ ? हाम्रा पनि केही कमी कमजोरी हरू छन् कि के छन्? यी सबै कुरा जान्न र बुझ्न पनि यो जमानामा यही माध्यम उपयुक्त हुने मेरो नीजि ठहरका आधारमा यस्को उपयोग गरेको हु ।
यसो गर्दा भविष्य मा यो एउटा ब्रिहत एवम हाम्रो सुबिधा र अरूका लागि नेपालकै निम्ति एक नमुना र उदाहरणीय काम त हुन्छ नै जहॉं हामी अहिले बैदेशिक अथवा स्वदेश का रोज़गार चेतनशील युवा हरू यस्तै एउटा प्लेट फर्ममा जुट्दा असम्भव छैन तर सबै आ आफ्नै तरिकाले बुटवल तराई अथवा पहाडमा छिरलिदा तपाई बिदेस मा रही आयआर्जन गर्ने र अन्यत्र अर्थात् त्यहॉ गै जीवन निर्वाह गर्न नसक्ने जेष्ठ सदस्य हरू , अथवा यही सानो तिनो पेशा ब्यवसाय गरी येनकेन जीवन गुजारा गर्ने अथवा पहिले तराई झरेका जमिन भएका नभएका भरखर नयॉ घर घडेरी किन्ने बनाउने नबनाउने कसैलाई शान्ति र अमनचयन को बातावरण बन्न सकेन किनकि नहुनी लाई जिन्दगी भर बनाउने पिर बनेकाको बुढेस अथवा जेष्ठ अवस्था मा आ आफ्ना घरमा एक्ला एक्लै बस्नु पर्ने बाध्यता मात्रै होईन भविष्य मै पनि ती ठाउ हरूमा अरू संतान हरूको स्थायी बसोबास ब्यवस्था नमिल्ने र त्यो ठाउ आफूले छोड्दा सबै छोडिने रक़म खर्च पनि हुने सुख सुविधा को उपयोग गर्न नपाउने, बैदेशिक रोजगार बाट रिटायर्ड लाईफ पनि आफ्ना ठूला ठुला घरमा पनि एक्ला एक्लै कष्टकर तरिकाले जिउनु भन्दा बिदेस मै पलायन भै त्यतै बिसर्जन हुनु पर्ने बाध्यता लाई हामीले यो खालको एउटा योजना ले हामीलाई सम्म ब्यवस्थित गर्न सक्छ कि भन्ने सोचले यो अवधारणा को बिकास भएको छ । यो अवधारणा कार्यान्वयन गर्न हामीलाई अहिले बुटवल को सबै सुबिधा सहजरूपमा उपलब्ध हुनसक्ने सुगम उपयुक्त बातावरण युक्त स्थान मा कम्तिमा २ बिगहा क्षेत्रफल जमिन आवश्यक छ जस्का लागि कम्तिमा हाम्रो जमिन उपलब्ध हुने क्षमता २० करोड सम्मको हुनु पर्ने छ , जस्लाई हामी अहिले बैदेशिक रोजगारीमा रहेका मैले संकलन गरेको मोटामोटी तथ्यॉंक अनुसार ६०, देखी ७० जनाको नाम संकलित छ, त्यस्मा तत्काल जमिनका लागि लगानी जुटाउन सक्ने नसक्ने कतिजना कहॉ कहॉ हुनुहुन्छ ? उहॉहरू को यस सन्दर्भ र यो प्रसंगमा के र के के बिचार हरू छन्, सबैको संकलन आवश्यक छ , यस्मा जोडिदै जानेहरू सबै संग यी कुराहरू यसरी नै गर्दै आवश्यक टुंगोमा पुर्याउने सोच हो , त्यसो गर्दा घडेरी जमिनका लागि उपयुक्त र आवश्यक जमिनमा तत्काल रकम जुटाउन असमर्थ रहेपनि हाल प्रतिबद्धता का लागि रू एकलाख सम्म जुटाई पछिका लागि आधार र प्रतिवद्धता जनाउनेहरू सबै दाजूभाई हरूलाई उक्त घडेरी जमिन ट्रस्ट मा सुरक्षित रहने राख्ने गरी तत्काल अन्य सक्षम अथवा तत्काल का लागि सक्ने हरू सबै जुटी आवश्यक ब्यवस्थापन मिलाउदा त्यती असहज नहुन सक्छ अथवा जमिनको ब्यवस्थापन मिलेको अवस्था मा निर्माण का काम आवस्यकता का आधारमा पनि गर्दै जान सकिन्छ, सबै भन्दा ठूलो बल आत्म बिस्वास र आत्मबल हो यसलाई असम्भव मान्नु पर्ने जरूरी हाम्रो बैदेशिक रोजगार हरूको संख्या र उनीहरू को नेपालमा रहने बस्ने आफ्ना गार्जियन परिवार समाज दाजूभाई र हाम्रो कुल धर्म संस्कार संस्कृति प्रतिको लगावका कारण म त्यती असम्भव देखिरहेको त छैन । तथापि त्यस्मा म एउटा माध्यम मात्रै हो अरू सबै तपाई तिमी हरू सबैको प्रतिबद्धता र भूमिका हो, जसलाई शुरूमा यसबारे नजाने नबुझेका कुरा अध्ययन गर्न बुझ्न मनन गर्न र संपर्क मा हुने अरू दाजूभाई अथवा गार्जियन परिवार लगायत सबैमा बुझ्न बुझाउन पनि म अनुरोध गर्न चाहेको हो । यसै संजाल मार्फत ।
यस्मा सरोकार रहने राख्ने राख्ने हामीहरू सबै मिल्दा यो र यो संग सम्बन्धित अन्य काम आवश्यक कामहरू त्यती असम्भव पनि देखिदैन ,किनकि त्यो भन्दा बढी बढ़ी मूल्यमा त्यत्तीकै सुबिधा युक्त ठाउ हरूमा हाम्रा दमारे भाई बन्धुत्व खाली अथवा घर बनाएका घर घडेरी हरू पनि प्रसस्तै देखिन्छ ने तर पनि बातावरण र सुबिधा मिलेको त्यती देख्न सकिदैन किनकि हाम्रो एकता र सामुहिक प्रयास त्यसमा रहेन ब्यक्ती ब्यक्ती को आ आफ्नो क्षमताले जे संभव भो त्यही गरीयो त्यसैले हाम्रो समूह पनि बनेन डकुवा मा बुवा हजूरबुवा जिजू हरूले निर्माण गरेको समूह हामीहरू ले नै भत्कायौ, त्यसैलाई अहिले बुटवल मा जुटाउन भने खोजिएको हो यसलाई त्यसरी नै बुझ्न बुझीदिन म नन्दराम भण्डारी हार्दिक अनुरोध र अपिल पनि गर्न चाहन्छु ।किनकि ठाउ ठाउमा महँगा महँगा घडेरी हरू किन्ने घर बनाउने दमारे हरूको संख्या पनि यो बुटवल क्षेत्रमै पनि उल्लेख्य नै रहेको छ तापनि जेष्ठ सदस्य र बैदेशिक रोजगार हरूको चयन त्यती राम्रो हुन सकेको देख्न सकिएन , त्यसैले यो सोच आएको छ । त्यसैले यो कुरा लाई बैदेशिक स्वदेशी रोजगार युवा हरू सबैले आवश्यक समय आआफ्नो अनुकूलतामा फूर्सद को समयको सदुपयोग गरी सोच बिचार गरी आफ्नो आफ्नो पनि नेपाल मा रिटायर्ड लाईफ को भविष्य सुनिश्चित गर्न यो सामाजिक संजाल को प्रयोग उपयोग गरी यो र यस्तै बारेमा अन्य सबै सल्लाह सुझाव हरू यस्तै माध्यम बाट समयमा , समय समयमा उपलब्ध गराई आवश्यक सहयोग गरी लक्ष्य मा पुग्ने पुर्याउने गरी सबै हाम्रा दमारे भाई बन्धु हरू advocate Nandaram Bhandari को नाम बाट फ़ेसबुक आईडी चलेको सामाजिक संजाल मा जोडिन र बिचार आदान-प्रदान गर्न पनि सबैमा हार्दिक अनुरोध गर्दछु ।
नन्दराम भण्डारी
बुटवल
आवस्यकता का आधारमा रकम जम्मा गर्न सकिने हाल प्रयोग हुने खाता :-
त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली
Gmail Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.
हाम्रो जन्मस्थल अर्थात् जन्मभूमि तत्कालिन गुल्मी रूपाकोट -४ हाल चन्द्रकोट -७ रूपाकोट डकुवामा जन्मभै हाल रोजगारीको सिलसिला मा देश बिदेस का बिभिन्न स्थान र हैसियत मा जीवन चलाउन रमाउन सफल युवा बिद्यार्थी अथवा स्वरोज़गार हाम्रा असल दाजूभाई बुवा आमा हरूमा म त्यस ठाउबाट २०४९ देखी त्यसपुण्यभूमी बाट रोजगारी , कामको सिलसिला,यातायात साधनश्रोत , शैक्षिक बौद्धिक बातावरण को खोजी लगायत का बिबिध कारणबाट स्थायी बसाई सर्दै आई हाल सम्म बर्तमान मा बुटवल उपमहॉनगर पालिका-४ जेसिसचोक लाई स्थायी बसोबास कायम गरी आएको म अधिवक्ता नन्दराम भण्डारी को सबैमा हार्दिक नमन, नमस्कार र सादर प्रणाम छ ,स्वीकार को अपेक्षा राख्दछु ।बिगत देखी बर्तमान सम्म को यथार्थ अवस्था सम्म को मेरो अनुभव अनुभूति र बाध्यता हरूको एक साथ स्मरण गर्दै प्रेम भावका साथ मेरो जन्मभूमि,जन्मदाता बुवा आमा र मेरा हाम्रो डकुवा मात्रै होईन हामी दमारे, ढवाली भनी संबोधन गरीने हाम्रा सबै बुवा आमा दाजूभाई दिदी बहिनि हरू मद्धे दिवंगत हरूमा चीर शान्ति को कामना गर्दै सबैलाई एकसाथ ह्रिदय देखी हार्दिक स्मरण र हार्दिक नमन गर्न चाहन्छु । स्वीकार गर्नु होला ।
मैले यहॉहरू संग संबंध बिस्तार र स्मरण को उद्देश्य अरू नभएर त्यो जन्मभूमि डकुवा र जन्मदाता हाम्रा बुवा आमा हरू संगको नाता संबंध बाट जोडिने हाम्रा भाई बन्धु बान्धव हरू संग आधुनिक ब्यवहार परिस्थिति बाध्यता र समयको गति संगै बिश्व बजारमा हामीहरू सबै बिभिन्न ठाउहरूमा छिरलिएर रहे पनि हाम्रो भावनात्मक सम्बन्ध कुनै न कुनै कुनै एक ठाउमा रहने भएकाले त्यही सम्बन्ध लाई अरू सुद्रिढ मज़बूत आधार निर्माण गर्न अथवा एउटा बलियो सबैको भरपर्दो साझा हाम्रै ट्रस्ट अथवा बिस्वास मा निर्मित एक बातावरण मा हाम्रा दाजूभाई हरूको एक्यवद्धता,एक्यभाव , र अहिले सानो र कमजोर देखिए पनि भविष्य मा हाम्रो एक बलियो आधार शुत्र निर्माण गर्ने लक्ष्य का साथ शुन्यको स्थितिबाट अघि बढ्ने बढाउने बढ्न बढाउन समय सापेक्ष प्रेरित र प्रेरणा प्रदान गर्ने पुनित उद्देश्य ले यहॉहरू संग मेरो संबंध बिस्तार मात्रै होईन , यो सामाजिक संजाल को सही उपयोग अथवा प्रयोग बाट हामी हाम्रा उपयोगी समय सापेक्ष असल कामहरू स्थापित गर्न सक्छौ भन्ने उदाहरण प्रस्तुत गर्न यो संजाल को उपयोग गरिएको छ, यस्को सकभर सही र दीर्घकालिक रूपमा हामी हाम्रो समूह र हाम्रो यो ग्रूप लाई समग्र रूपमा के कस्ता क्रियाकलाप गर्दा अरू बढी प्रभावकारी र सामुहिक ब्यक्ती ब्यक्ती को ब्यक्तिगत रूपमा पनि हितकर हुन सक्छ, सामुहिक सामुदायिक बिकास अथवा क्षमताअभिब्रिद्धीका आधार अथवा संभावना छन्, हुन सक्छन् के के छन्? सबै कुराको खोज अनुसंधान,निस्कर्ष निचोड र कार्यान्वयन यस्को लक्ष्य हो ,यसलाई यसरी नै बुझ्नु जरूरी छ । “संघे शक्ति कलौ युगे “भन्ने भनाई र सबैभन्दा बलियो शक्ति भाई बन्धुत्व भाव र सामुहिक बिकास को भावनै बलियो आधार शक्ति हो, त्यही बल हाम्रो शक्ति हो, यस्को संयोजन को माध्यम निर्माण लक्ष्य मात्रै हाम्रो अभियान हो, किनकि यो समय परिस्थिति र हाम्रो बाध्यात्मक परिस्थिति को यो माग हो ।
दाजूभाई हरू, २०८०/८/२३ गते हाम्रा कान्छा बुवा ईस्वरी प्रसाद भण्डारी का जेठा छोरा चन्द्रकोट गा पा उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी का फ़िनलैंड निवासी जेठा छोरा हाम्रा भतीजा बिबेक भण्डारी को बिवाह सिलसिला मा हाल उहॉहरू को स्थायी बसोबास रहेको चोरकाटेमा गएको अवस्था २०८०/८/२४ गते बिहान हाम्रो जन्मस्थल डकुवा पुग्दा त्यहॉको सबैको स्थिति र अवस्था हेर्दा देख्दा बुझ्दा मलाई भएको अनुभूति यहॉहरू मा प्रस्तुत गर्ने र त्यही डकुवा को आधारमा एक संपर्क शुत्रको बिस्तार र बिकास गर्ने गरी हाम्रो बर्तमान को साथै भविष्य मजबुत पनि बनाउदै लाने असल उद्देश्य ले त्यही डकुवा लाई जन्मभूमि र त्यही का बुवा आमाहरूका असल संतान हामीहरू समाजमा दिगो रूपमा स्थापित भै रहन ,हाम्रो सुदुर भविष्य सुनिश्चित गर्न तत्काल हामीहरू ब्यक्तीगत र समूह गत रूपमा पनि हाम्रो रूपाकोट डकुवा को स्मरण हुने गरी अहिलेको परिस्थिति ,रोजगारी र कामको खोजीमा आफ्नो पैत्रिक स्थल छोडी देश बिदेस जॉदा कमाउदा रमाउदा पनि आफ्ना आफ्ना आफ्ना गार्जियन अभिभावक हरूको जीवन स्तर र शैली परिवर्तन नहुदा जेष्ठ नागरिक र युवा रोजगार हरूदुबैमा पनि समय समयमा पर्न जाने पिडामहशुस लाई न्यून गर्ने उपाय स्वरूप आआफ्ना दाजूभाई हरूको ब्यक्तिगत र सामुहिक संबंध पूर्ववत् हाम्रो जन्मभूमि डकुवा ले समेटे राखेजस्तो गरी हाम्रो एवम समयको आवस्यकता ले निर्धारण गरेको यो हाम्रो केन्द्र को रूपमा बिकसित बुटवल उपमहॉनगर पालिका क्षेत्रमा हाम्रा लागि आवश्यक छुट्टा छुट्टै संख्यामा आधुनिक नीजि आवास योजना, सामुहिक रूपको बलियो आधार स्तम्भ (ट्रस्ट)अथवा ब्यवसायिक खालको संयुक्त लगानी बाट चल्ने श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली अथवा त्यस्तै नामका प्राली लगायत को ब्यवसायिक ब्यवहारिक माध्यम वा शुत्रको उपयुक्त माध्यम र बातावरण बाट समाजमा हामीहरू पनि बलियो रूपमा स्थापित हुने खालकोकेही हाम्रा सरोकार का सामुहिक काम हरू पनि गर्न सक्छौ कि समयमा सोचबिचार र कर्म अगाडि बढाउन पर्ने पनि मलाई त्यहॉ कै लागि तत्काल को आवश्यकता महसूस भएकोले यहॉहरू सबैसंग एउटा संपर्क माध्यम को रूपमा नेपालको बुटवल मा रही मैले ब्यक्तिगत रूपमा भ्याए सकेको काम कर्तब्य पुरा गर्ने ज़िम्मेवारी प्राप्त गर्न अथवा कोही कसैलाई त्यो कामको ज़िम्मेवार बनाउन पनि यो सामुहिक प्रयास को अभियान को शुरुआत गरिएको छ , सामाजिक संजाल को सदुपयोग गरिएको छ । यस्को उचित र सम्मान पूर्वक उपयोग गर्न डकुवा मा जन्मस्थल अर्थात् जन्मसंबन्ध रहेका सबै हाम्रा दाजूभाई हरू र हामी संग सम्बन्धित सबै दमारे ढवाली दाजूभाई हरूमा हार्दिक अनुरोध गर्दछु । यो संग जोडिई उपयुक्तता का आधारमा उचित प्रयोग गर्न पनि हार्दिक अनुरोध छ ।
अनुरोधकर्ता
नन्दराम भण्डारी
अधिवक्ता
बुटवल-४ जेसिसचोक
९७७-९८५७०२७०६४
nandarambhandari01 @ gmail.com .Facebook: Nandaram Bhandari
Gmail Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.
हामी हाम्रो अहिले सम्म को अर्थात् अहिले सम्म येनकेन चले चलाईएको सिस्टम को बिरूद्ध होईन, यो अर्थात् पूर्वीय भनौ अथवा हाम्रो हिन्दू संस्कार संस्क्रिति भित्र को क्रिषी र संयुक्त पारिवारिक संरचना बाट स्वनिर्वाहमुखी पेशा ब्यवसाय र त्यसैमा आश्रित मानवीय पारिवारिक संरचना मा पश्चिमा संस्कार अथवा आधुनिक बैज्ञानिक अर्थात् पूंजीवाद एवम बिस्वबजार तथा बिश्वब्यापिकरणको बेग र प्रभाव लाई समायोजन अर्थात् हाम्रो समाज सापेक्ष सामाजिक आवश्यकता समयकाल परिस्थिति अनुकूल को नयॉ पारिवारिक आर्थिक सामाजिक प्रगति र समय सापेक्ष बिकास लाई कसरी टेवा योगदान समेत पुर्याई हरेक ब्यक्ती वा समूह समुदाय को बिकास बिस्तार गर्न सकिएला भन्ने सोच बाट यो एकल पारिवारिक संरचना बाट संयुक्त पारिवारिक संस्थागत संरचना र सिस्टम को निर्माण गरी त्यही सिस्टम मा हामी सबै अटाउने आवस्यक बातावरण निर्माण गर्नु यो अभियान को मूल लक्ष र उद्देश्य हो , जस्को कार्यान्वयन सामुहिक स्वामित्व प्राप्त गर्न प्रतिवद्ध भै शुरूमा यस अभियान संग जोडिन ईच्क्षा राखी यस संजाल अर्थात् यो पेजमा जोडिने हरू संग आवश्यक सरसल्लाह र संबाद मार्फत गरिने छ । बिस्त्रित अवधारणा यो पेजमा पोस्ट भएका सबै स्टाटस हरू र प्रत्यक्ष संबाद संपर्क मा पेश गरिने हुने अबधारणा हरूका आधारमा निस्चित गरिने छ ।
हामी हरू युवाहरू लाई देश बिदेस रोजगारी अथवा स्वतंत्रता को रक्षा सहितका सबैका अधिकार हरू सुरक्षित राख्दै सबै उमेर उमेर समूह का मानिसहरूका आ आफ्ना ज़िम्मेवारी कर्तव्य र दायित्व हरूमा सजग सतर्क र भविष्य का लागि अफ्ठेरो स्थिति को श्रिजना नहुने वातावरण र परिस्थिति को निर्माण गर्न यो अभियान मा लाग्नु पर्ने भएको छ , सबैले आफै नपरी निभोगी कुरा बुझ्न र बुझाउनु छ, जहॉ धन सम्पत्ति अथवा भौतिक बिलासिताले मात्रै जीवन सुखी खुसी र आनन्दित बन्न सक्दैन, जहॉ एक्लो पन अथवा एक्लो अथवा सहाराबिहिन रहने अवस्था हरेक जेष्ठ हरूका लागि चिन्ता र आम चासोको बिषय हुन सक्छ तर उपयुक्त उत्तम बिकल्प को खोजी हाम्रो अभियान को मूल लक्ष उद्देश्य पनि हो, जुन काम अरूका लागि नेपालमा एक उदाहरणीय पनि बन्न सकोस ।
यो एउटा नयॉ अभियान अथवा नयॉ सिस्टम को रूपमा बिकसित गर्नु पर्ने आजको आवश्यकता देखिएको ले यी कुरा हरू भएका छन् ।किनकि ब्यक्तिगत धन सम्पत्ति अथवा घर जग्गा जमिन अथवा बैंक ब्यालेन्सले मात्रै यो सिस्टम र ब्यवहार ले कुनै पनि मानिस को उतरार्द्ध ब्यवस्थित अथवा सोंच अनुरूप हुन नसकेको यथार्थ लाई कोही कसैबाट उजागर अथवा त्यस्को उत्तम बिकल्प को खोज गर्न सकिएन भने जीवनको सार्थकता प्रमाणित हुन सक्दैन भन्ने सोच बाट यो सक्ने समर्थनवान हरूको समयमै उनीहरू लाई यसप्रति आकर्षण बढाउन मात्रै नभएर अवधारणाको जानकारी गराउने उद्देश्य ले पनि यो पेज को निर्माण गरिएको हो , उद्देश्य ब्यक्तिगत को साथै सामुहिकता अथवा संस्थागत बिकासमा पनि जानुपर्ने आजको आवश्यकता देखिएको छ , तपाई लाई के लाग्छ, बिचार राख्ने यो एउटा भण्डारी हरूको प्लेट फर्म पनि हो , जहॉ फरक फरक बिचारहरूको संकलन र संग्रह पनि हुदै जाने छ , बिचार हरू बिस्लेषणात्मक तथ्यपरक यथार्थमा आधारित बौद्धिक र आग्रह पूर्वाग्रह रहित हुनु जरूरी हुनेछ ।
त्रिनेत्रको अर्थ तिनवटा ऑखा अथवा तेस्रो ऑखा अर्थात् बिगत बर्तमान र भविष्य जहॉ बिगतको कुरा जानकारी रहन्छ,बर्तमान मा चलिन्छ भविष्य सुनिश्चिता का लागि सचेत रहनु मानिस को पहिलो कर्तब्य हो , जस्मा च्यूत हुदा मानिस दुखी हुनु पर्छ, धोका ख़ानुपर्छ प्रगती हुदैन, ईज्जत प्रतिष्ठा त के सामान्य चल्न पनि मुस्लिम पर्ने हुन्छ । जुन अवस्था हाम्रा बन्धुबान्धव भाई भतिजाहरू कोही कसैलाई नपरोस भन्ने यस्को चाहना हो ।यो ग्रुप ले हाम्रा बुवा बुवा हरूका बाबु आमा हजूर बुवा र जिजूका बंशज सम्म लाई समेट्न खोजीएको छ ।त्यसो गर्दा बुवाको माथि तिनपुस्ता तल तिन पुस्ता गर्दा ६ पुस्ता हुने भएकोले मेरो माथि ४ तल तिन गर्दा हुने पुस्ता ले ७ पुस्ता लाई नै संबोधन गरी रहेको हुन्छ ।जसलाई घर ब्यवहारिक बनाउन सबै मिलेको १ दीर्घकालिक संरचना निर्माण गर्नु पर्छ जसका आधारमा यो ग्रुप अस्थित्व मा रहने बिस्वास गर्न सकिन्छ ।हाम्रो हिन्दू परंपरा, संस्कार संस्कृति अथवा हाम्रो धार्मिक मान्यता र आनुवंशिक प्रभाव हरूको सु़क्ष्म अध्ययन मा ७ पुस्ता र त्रिनेत्र ( साक्षात शिवजीको तेस्रो ऑखा) ले शिवजी को रूप लाई संकेत गर्दछ ।जस्को अर्थ प्रयोग र प्रयास हामी माण्डब्य गोत्रिय गुल्मी जुहॉं का पुराना त्यहॉ र त्यहॉ बाट रिमथुम जुनिया मा बसोबास गरी जुहॉं अरूवा ढाव जुनिया तोला साजबोट रूपाकोट दम्कुवा जमिरपाटा डकुवा लगायत ठाउ हरूको आवाद कमोद भोग गरी आएका हाम्रा पूर्खा प्रतीमनका संतान हरूको एक समूह यो भण्डारी ग्रुप हो, जस्को संयोजन बाट हरेक असम्भव काम अथवा ब्यवहार हरूलाई संभव तुल्याउने उनीहरू को महत्वपूर्ण ज़िम्मेवारी को कर्तब्य र भूमिका हुनु पर्दछ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal