Intake Accounting Solutions
ब्यबसाय वा कम्पनीको दर्ता,नवीकरण, भ्याट अन्तशुल्क,सबै लेखा ब्यबस्थापन र परामर्शको लागि !
11/02/2025
Welcome
09/02/2025
छुट नै छुट
एकै कलमा लाखौं जरिवाना जोगाउन सकिने
हजुर सन्सारको कुनै पनि देशमा भएपनी नेपालमा कम्पनी ब्यबसायको कुनै पेन्डिङ काम छ भने अहिलेको सुवर्ण मौका नगुमाउनुहोस!
सरकारले अध्यादेश मार्फत कम्पनी अधावधिक तथा खारेज गर्न चाहना भएका कम्पनीको लागि छुटैछुट दिदैछ।
आफ्नो ब्यबसाय दर्ता गर्नुभएको थियो तर कारोबार लामो समयदेखि छैन भने बार्षिक आयकरको ब्याज/ पेनाल्टीमा छुट दिएको छ।
हजुरको ब्यबसाय भ्याटमा दर्ता भै कारोबार गरेको तर भ्याट विवरण बुझाउनुभएको छैन वा भ्याट बुझाउनु भएको छैन भने जरिवाना ब्याजमा छुट हुने भएको छ ।
यी सबै छुट हरु यहि फागुन मसान्तसम्म मात्रै उपलब्ध हुने भएकाले आजै हामीलाई सम्झनुहोस!! हजुरको लाखौ जरिवाना बचाउने समय आएको छ।
Intake Accounting Solutions
9857058707, [email protected]
28/01/2025
मौका नछुटाउनुहोस !
लामो समयदेखि कम्पनी दर्ता भएका तर विवरण अध्यावधिक नगरेका कम्पनीका लागि बिशेष छुट
आएको छ। उक्त मौकाको फाइदा नछुटाउनुहोस।
आन्तरिक राजस्व विभागमा दर्ता भएका कुनै फर्म वा कम्पनीले आफ्नो आयकर र भ्याट रकम
भुक्तानी नगरेको भएपनि पनि छुट रहेको हुनाले छिटो सम्पर्क गर्नुहोस।
हजुरले ब्यबसाय दर्ता गरेर छाड्नुभयो तर आजसम्म आयकर विवरण बुझाउनुभएको छैन भने धेरै नै जरिवाना लागेको हुनसक्छ त्यसकारण उक्त जरिवाना छुट लिनको लागि हामीलाई सम्झन सक्नुहुनेछ।
सम्पर्क : Intake Accounting Solutions
9857058707, 9800751504
Email: [email protected]
10/10/2024
हार्दिक शुभकामना !
29/09/2024
कुनै लनि लेखा तथा कर सम्बन्धि समाधानको लागि आजै सम्पर्क गर्नुहोस् !!
28/09/2024
असोज मसान्त भित्रै आयकर दाखिला गरौं !!
करविवरण पेश गर्न पहिले जस्तो पौष मसान्तसम्म म्याद थप अहिले हुदैन त्यसैले आज नै हामिलाई सम्पर्क गरेर थप जरिवाना बाट बच्नुहोस!
भ्याटमा कारोबार गर्ने तर मास्केवारी र कर नबुझाएको ब्यबसायहरुलाई बिशेष छुट रहेको छ।
हजुरको ब्यबसायको प्यान लिनुभएको धेरै बर्ष भयो अहिलेसम्म कर तिर्नुभएको छैन भने जरिवाना र ब्याज छुट रहेको छ। मौकाको फाइदा उठाउनुहोस।।
Intake Accounting Solutions
Mobile 9857058707
Email [email protected]
अब घरमै बसिबसी आफ्नो ब्यबसायको आयकर दाखिला गर्नुहोस
🔊लामो समयदेखि ब्यबसायको PAN लिनुभएको छ तर कर तिर्नुभएको छैन भने यो असोज मसान्तसम्म जरिवाना छुट रहेको छ ।
🔊 हजुरको ब्यबसाय भ्याटमा दर्ता छ कारोबार भएपन नभएपनी Vat विवरण बुझाउनुभएको छ भने हजुरले लाभ लिन सक्नुहुनेछ।
🔊बार्षीक कारोबार १ करोडभन्दा कम गर्ने ब्यबसायले त अनिवार्य रुपमा आफ्नो कर विवरण वा अडिट यहि असोज मसान्तसम्म गर्नैपर्ने छ।
🔊 वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लागि आवश्यक डकुमेन्ट समेतको हामीले परामर्श दिनेछौं ।
समयमा आफ्नो कर विवरण बुझाउनुहोस!!
हामिलाई एक कल फोन गरेर सबै काम अनलाइन बाट नै गर्न सक्नुहुनेछ !!
सम्पर्क ;- Intake Accounting Solutions
9857058707, [email protected]
Intake Accounting Solutions ब्यबसाय वा कम्पनीको दर्ता,नवीकरण, भ्याट अन्तशुल्क,सबै लेखा ब्यबस्थापन र परामर्शको लागि !
साउन १५,
खीर खाने दिनको शुभकामना !!
29/07/2024
28/07/2024
Call us
ढुवानी सेवा वा ढुवानी साधन भाडामा लिएबापत दाखिला गर्नुपर्ने रिभर्स भ्याटबारे बुझौँ
🚚 भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्तिलाई ढुवानी साधनको भाडा वा ढुवानीबापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ।
💸 भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्तिलाई यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल बाट नै भुक्तानी हुने भएकाले रिभर्स भ्याट दाखिला गर्नुपर्दैन।
🏦 यस्तो रिभर्स भ्याट बापतको रकमलाई राजस्व शीर्षक नम्बर ३३३१७ मा महिना सकिएको २५ दिनभित्र दाखिला गर्नुपर्दछ ।
📚 यसरी दाखिला गरिएको भ्याट रकमलाई खरिद खातामा करयोग्य खरिदमा तिरेको कर र भाडा रकमलाई करयोग्य खरिदको कोलममा चढाइ खरीदमा तिरेको भ्याट र भाडा खर्च दाबी गर्नुपर्दछ ।
✔️ प्यानमा मात्र दर्ता भएको व्यक्तिले यसरी रिभर्स भ्याट दाखिला गरेमा भ्याटसहितको सबै रकम आयकर प्रयोजनका लागि खर्चकट्टी गर्न पाउँछ।
🚫 समयमा उक्त भ्याट रकम दाखिला नगरेमा १५% ब्याज र १०% थप दस्तुर लाग्दछ ।
नमस्ते 🙏,
👮♂️ कर अधिकृतले परीक्षणका बखत स्टक बुकमा भएको भन्दा गोदाममा वास्तविक स्टक कम वा बढी भेटाएमा के हुन्छ ?
🚚 स्टक बुक भन्दा भन्दा गोदाममा कम स्टक भेटिएमा कर अधिकृतले निम्न बमोजिम गर्न सक्नेछ:
👉 उक्त वस्तुहरू बिक्री भएको मानि सोको बजार मूल्य निर्धारण गर्ने ।
👉 यसरी बिक्री कायम भएको रकमलाई सम्बन्धित आर्थिक वर्षको आय विवरण पेश गर्दा बिक्रीमा जोड्नुपर्छ ।
👉 यसरी कायम भएको बिक्री रकममा कर अधिकृतले कर योग्य बिक्रीको १३% भ्याट रकम, सो को १००% सम्म जरिवाना त्यस्तै थपदस्तुर र ब्याज समेत बुझाउनको लागि आदेश दिन सक्नेछ ।
👉 कर निर्धारण भइसकेपछि यसरी कम देखिएको स्टक परिमाण हरू कार्यालयले दिएको विवरणका आधारमा बिजक जारी नगरिकन सोझै स्टक बुकबाट घटाउन मिल्छ।
-----------------------------------------
🚚 स्टक बुक भन्दा गोदाममा बढी स्टक भेटिएमा कर अधिकृतले निम्न बमोजिम गर्न सक्नेछ:-
👉 बढी देखिएको स्टकको बजार मूल्य गणना गरेर सोको ५०% रकम जरिवाना गर्ने ।
👉 कर अधिकृतले कर निर्धारण गरेपश्चात फरक देखिएको उक्त स्टकलाई स्टक बुकमा आम्दानी (Inwards) देखाउनु पर्दछ ।
👉 ( यो व्यवस्था भ्याटमा दर्ता नभएका व्यवसायलाई लाग्ने छैन, भ्याटमा दर्ता भएका व्यवसायको हकमा भने कर लाग्ने तर कर छुट दुवै वस्तुहरूमा यो जरिवाना लाग्दछ । )
------------------------------------------
😎 यदि यसरी कर तथा जरिवाना तिर्नुपर्ने अवधिमा हजुरले पेश गर्ने भ्याट विवरणमा पाउनुपर्ने क्रेडिट भएमा, कर अधिकृत समक्ष निवेदन पेश गरी क्रेडिटले खामेसम्मको रकम नगद नतिरिकन उक्त क्रेडिट ब्यालेन्समा मिलान गर्न पाइन्छ ।
------------------------------------------
🤔 यस्तो जरिवानाबाट कसरी बच्ने त ?
💡 प्रत्येक सामानको बिक्रीमा अनिवार्य बिजक जारी गर्ने ।
💡 समय समयमा गोदाम र स्टक बुकको स्टक भिडाउने । फरक परेको भेटिएमा के कति कारणले फरक परेको हो पत्ता लगाई समायोजन गर्ने । (यस सम्बन्धमा आफ्नो लेखा/कर परामर्शदाता सँग सल्लाह लिनुहोला ।)
💡 मौज्दात परीक्षणका क्रममा आउने कर अधिकृतलाई सामानको प्रकृति स्पष्ट खुलाई आफूले स्टकमा राखेको स्टकको प्रकृति बमोजिम गणना गर्न सहयोग पुर्याउने ।
📞 थप जानकारीका लागि नजिकैको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Butwal
32907